काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे सुरु हुनेछ। आजको खेलमा रेलिगेशन जोनमा रहेको ब्रिगेड ब्वाइज जितको दवाबमा हुनेछ। ६ अंक जोडेको च्यासल युथ क्लब रेलिगेशनमा परिसक्दा ७ अंक सहित १३ औं स्थानमा रहेको ब्रिगेडलाई अब हार या बराबरीको विकल्प रहँदैन। बराबरी भएको खण्डमा पनि…
काठमाडौं: अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोट 'ए' मा नेपालले आज क्यानडाको सामना गर्दैछ। अलअमेरत क्रिकेट स्टेडियममा हुन समूह बी को खेलमा नेपाल र क्यानडा दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन्। समूह बी मा अपराजित नेपाल दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको टोली हो। नेपालले पहिलो खेलमा ओमनलाई र दोस्रो खेलमा फिलिपिन्सलाई हराएको थियो। दोस्रो…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित निकालेको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। बार्सिलोनाको जितमा यही फेब्रुअरीमा प्रिमियल लिग क्लब आर्सनलबाट बार्सिलोना पियरे एम्रिक औबुमेयाङले ह्याट्रिक पुरा गरे। खेलको २३ औं मिनेट औं जोर्डी अल्बाको पासमा औबुमेयाङले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल ३२ औं मिनेटमा ओस्मान डेम्बेलेको…
काठमाडौं : आइतवारबाट मौसममा केही बदलाव आएको छ। गण्डकीको उच्च पहाडी क्षेत्रमा हिमपात तथा पोखरामा भारी असिना वर्षाका कारण चिसो बढेको छ। काठमाडौंमा पनि आइतवार राति वर्षा भएको थियो। सोही कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २४ घण्टा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। 'बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न…
कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो। १७४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी…
कैलालीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका -३ हुलाकी राजमार्गमा सुप प्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टीकापुर नगरपालिका ६ का ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।
काठमाडौंँ: प्रतिनिधि सभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुँदै गर्दा बानेश्वर क्षेत्रमा आइतबार दिनभर विरोध प्रदर्शन चर्किरह्यो। एमसीसीको विरोधमा राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूहले प्रदर्शन चर्काएपछि संसद् भवन नजिकै नयाँ बानेश्वर तनावग्रस्त बनेको थियो। प्रर्दशनकारी र सुरक्षाकर्मीबीच झडपका दृष्य छिनछिनमै दोहोरिए। प्रहरीले भेट्दा प्रदर्शनकारी र प्रदर्शनकारीको निशानामा पर्दा प्रहरी प्रताडीत भइरहे। दिनभर बानेश्वर क्षेत्रमा आगो बलिरहेको थियो। दिनभर भएको…
काठमाडौँः जिल्ला न्यायाधीशको पदपूर्तिको परीक्षामा तीन जनामात्र उत्तीर्ण भएका छन्। १८ जनाको मागका लागि १९६ जना परीक्षामा सहभागी भएका थिएन। जसमध्ये तीन उम्मेद्वार अन्तर्वार्ताका लागि छनोट भएका हुन्। करिब तीन महिनासम्म लिखित परीक्षाका नतिजा रोकिएको थियो। प्रधानन्यायाधीश प्रकरणका कारण रोकिएको नतिजा आइतबार कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको न्याय सेवा आयोगले प्रकाशित गरेको हो। आयोगका अनुसार लिखित परीक्षामा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)ले मनाङ मर्स्याङदी क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीले मनाङमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एनआरटीको जितमा मेसुके ओलोमोउले निर्णायक गोल गरे। उनले खेलको २६ औं मिनेटमा एरिक बिस्टले फ्रिकिकबाट प्रहार गरेको बललाई नियन्त्रणमा लिएर सहज गोल गरेका थिए। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा एनआरटीले…
लामो समयदेखि सत्ता गठबन्धनका शीर्ष नेताबिचको छलफलपछि आज प्रतनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय प्रवेश गरेको छ। जतिखेर बालुवाटारमा गठबन्धनका शीर्ष नेता संसदमा टेवल गर्न सहमति जनाइरहेका थिए, त्यतिखेर बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शनका लागि उत्रिसकेका थिए, उनीहरुका कार्यकर्ता। सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेक सबैजसो दल सडकमा ढुंगामुडासहित उपस्थित थिए विरोध प्रदर्शनका लागि। स्थिति…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा दर्ता भएको अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा उभिने बताएका छन्। आज प्रतिनिधिसभामा विवाद र बिरोधका बिच सरकारले एमसीसी टेबल गरेको दावी गरेका छन्। आज बिहानमात्र अध्यक्ष दाहाल लगायतको सत्तारुढ दलले संसदमा टेवल गर्ने सहमति गरेको थियो। अध्यक्ष दाहालले भनेका छन्, 'विवाद र विरोधका बिच सरकारले एमसीसी टेवल गरेको छ। हाम्रो…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले रबरको गोली प्रहार गरेको छ। बिजुलीबजारमा प्रदर्शनरत् आन्दोलनकारीमाथि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो। बिजुलीबजार पुलमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। त्यो रोक्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारी र प्रहरीको ढुंगामुढामा केही गाडीहरु फुटेका छन्। प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास…
काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सत्ता गठबन्धनले प्रतिनिधि सभाको बैठकमा आइतवार टेवल गरे पनि गठबन्धनकै केही नेता भने यसको विरुद्धमा उभिए। नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताहरुले आफ्नो पार्टी र गठबन्धनको निर्णयको विरोधमा संसद र सडकमै उत्रिएर विरोध जनाए। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले एमसीसी अघि बढाउने सहमति गरेको थियो। प्रधानमन्त्री देउवाले…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले शेर्पामाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको १५ औं मिनेटमै रुप बहादुर लामाले गोल गर्दै जावलाखेलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको हिमालयन शेर्पाले ७१ औं मिनेटमा अमृत श्रेष्ठको उत्कृष्ट एक्रोबेटिक गोलको…
काठमाडौं : बानेश्वरमा एमसीसीको विरोधमा गरिरहेका प्रदर्शनकारी र प्रहरीको झडपमा परी नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेमा अध्यक्ष सिंहसहित अखिल क्रान्तिकारीका केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायतका नेता कार्यकर्ता रहेका छन्। घाइतेहरुको बानेश्वर स्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै झडपमा परी केही प्रहरीसमेत घाइते…
पोखरा : पोखराका केही स्थानमा भारी असिना परेको छ। अत्याधिक मात्रामा असिना बर्सिएपछि सडक नै सेताम्मे भएको छ। असिनाका कारण पोखरामा ह्वात्तै चिसो बढेको छ भने मानिसको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागका केही स्थानमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने त्यसको विरोधमा बोलेका हुन्। 'शिर निहुरिने काम गरे केही नेताहरुले।…
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेवल हुँदैगर्दा बानेश्वरमा विरोध प्रदर्शन चर्किएको छ। एमसीसीको विरोधमा राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूले प्रदर्शन चर्काएपछि संसद् भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ। सत्तारुढ गठबन्धनको बैठकले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने सहमति गरेअनुसार आज संसद्मा यसको प्रकृया अगाडि बढेको छ। एमसीसीको विरोधमा रहेका साना वामपन्थी राजनीतिक दलहरु बिहानैदेखि बानेश्वरमा…
काठमाडौं : सत्तारुढ दलकै सांसदको विरोधका बिच अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सरकारले सदनमा टेवल गराएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव प्रस्तुत गर्नुपर्ने हालका अर्थमन्त्री डाक्टर जनार्दन शर्माले बहिस्कार गरेपछि प्रस्तावलाई सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेवल गराएका हुन्। कार्की एमसीए…
काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले आजको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई कार्यसूचीमा राखेको छ। सत्तारुढ गठबन्धन बिच एमसीसी संसदमा पेश गर्ने सहमति भएपछि आज बसेको कार्यव्यवस्था समितिले कार्यसूचीमा एमसीसी प्रवेश गराएको हो। गठबन्धनले एमसीसी अघि बढाउने सहमति गरे पनि सत्ता घटक दलका नेताहरुले उक्त सहमतिबारे बिरोध गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु…