PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

    हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

    कैलालीः धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र विद्याभूषण पब्लिक स्कुल गेट विजयी भएका छन्। धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। हिमालयनले पहिलो खेलमा एभरेस्टलाई ८१ रनले पराजित गर्दै जित दर्ता गरेको छ। टस…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारमाथि च्याम्पियन मछिन्द्रको संघर्षपूर्ण जित

    थ्री स्टारमाथि च्याम्पियन मछिन्द्रको संघर्षपूर्ण जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले थ्री स्टारमाथि १-० गोलअन्तरले जित निकालेको हो। मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्। यसअघिकै खेलबाट च्याम्पियन बन्ने निश्चित गरेको मछिन्द्रले आजको खेलमा जित निकालेसँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवसमा भीमफेदी कारागारका १० जना कैदीबन्दीलाई आममाफी

    प्रजातन्त्र दिवसमा भीमफेदी कारागारका १० जना कैदीबन्दीलाई आममाफी

    हेटौँडाः प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भीमफेदी कारागारका १० जना कैदीलाई माफी दिएकी छन्। हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीलाई आममाफी दिने गरिएको छ। जसमा यो वर्ष भीमफेदीबाट १० जनाले माफी पाएका हुन्। जसमा ३ जना कर्तव्य ज्यान, ४ जना सवारी ज्यान, २ जना चोरी डकैती तथा १ जना ज्यान मार्ने उद्योगका कैदीको बाँकी सजाय माफ…

    विस्तृतमा पढ्नुस्

  • ३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    ३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको कोभिड १९ परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २७२ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाका कारण कुल मृतकको संख्या ११ हजार ९१७ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्नुस, यो सरकारको आयु बढीमा एक वर्ष हो : ओली

    संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्नुस, यो सरकारको आयु बढीमा एक वर्ष हो : ओली

    भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको बताएका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अबको एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्। उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई ‘स्वार्थी’ भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

    सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

    काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ गरिएको जनाइएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ मानबहादुर मार्ग नजिकै…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीलाई संसदमा पेश हुन एकीकृत समाजवादीले नरोक्ने, 'यथास्थितिमा पारित गर्न पनि नहुने'

    एमसीसीलाई संसदमा पेश हुन एकीकृत समाजवादीले नरोक्ने, 'यथास्थितिमा पारित गर्न पनि नहुने'

    काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा पेश गर्न नरोक्ने भएको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद बढिरहेको बेला एकीकृत समाजवादीले आज आधिकारिक धारणा बनाउन स्थायी कमिटी बैठक बोलाएको थियो। बैठकले एमसीसी प्रस्ताव संसदमा पेश गर्न नरोक्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीले प्रस्ताव प्रतिनिधिसभामा पेश हुन नरोक्ने…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगबाट रेलिगेशनमा पर्‍यो च्यासल युथ क्लब

    ए डिभिजन लिगबाट रेलिगेशनमा पर्‍यो च्यासल युथ क्लब

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएको हो। फ्रेन्ड्स क्लबको जितमा जमौउल एन्थोनी फ्रान्कोइसले दोहोरो गोल गरे। ३८ औं मिनेटमा फ्रेन्ड्सलाई अग्रता दिलाएका उनले ४३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै दोस्रो गोल गरे। यता…

    विस्तृतमा पढ्नुस्

  • मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

    मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

    काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग हुने…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समाथि नेपालको सहज जित : १३६ रनको अन्तरले जित निकाल्दा सन्दीपले लिए तीन विकेट

    फिलिपिन्समाथि नेपालको सहज जित : १३६ रनको अन्तरले जित निकाल्दा सन्दीपले लिए तीन विकेट

    काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत आज सम्पन्न खेलमा नेपालले फिलिपिन्समाथि सहज जित निकालेको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी खेल्दै सर्वाधिक १०४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ८३ रनको अर्धशतकीय पारी…

    विस्तृतमा पढ्नुस्

  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते, तोडे नेपाली धावकको कीर्तिमान

     सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते, तोडे नेपाली धावकको कीर्तिमान

    पोखरा : सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुष तर्फको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। नेपालमा भएको म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका थिए। केन्याली धावक कोसगेईले २ घण्टा १९…

    विस्तृतमा पढ्नुस्

  • प्रेमीसँग मिलेर पतिको हत्यापछि हराएको भन्दै प्रहरीकहाँ उजुरी : आफैँले थापेको जालमा परिन् उमादेवी

    प्रेमीसँग मिलेर पतिको हत्यापछि हराएको भन्दै प्रहरीकहाँ उजुरी : आफैँले थापेको जालमा परिन् उमादेवी

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय उमादेवी चौधरी र ५२ वर्षीय हनुमान चौधरी रहेका छन्। प्रहरीले अभियुक्त भनेर पक्राउ गरेकी महिला मृतकी श्रीमती हुन्। ५४ वर्षीय लप्टेन चौधरीको माघ २९ गते उनीहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिमालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ब्लगको आशय नै नबुझी पत्रकार श्रेष्ठलाई प्रहरीले धम्की दिएकोमा महासंघको आपत्ति : अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप

    ब्लगको आशय नै नबुझी पत्रकार श्रेष्ठलाई प्रहरीले धम्की दिएकोमा महासंघको आपत्ति : अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप

    काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा युट्युव लगायत सामाजिक सञ्जालमा आएका 'फेक न्यूज' को 'फ्याक्ट चेक' गरेको आधारमा प्रहरीले माइसंसार डट कममा ब्लग लेख्दै आएका पत्रकार उमेश श्रेष्ठलाई कारबाही गर्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। पहिलोपोस्टका पूर्व सम्पादक श्रेष्ठलाई फ्याक्ट चेक गरेको आधारमा अनावश्यक दु:ख तथा थुनामा राख्ने धम्की दिएको भन्दै महासंघले शनिवार विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्ण…

    विस्तृतमा पढ्नुस्

  • बालकुमारी मन्दिरमा पुगेर गृह मन्त्री खाणले भने : माताको मूर्ति चोरलाई कारबाही गर्नु

    बालकुमारी मन्दिरमा पुगेर गृह मन्त्री खाणले भने : माताको मूर्ति चोरलाई कारबाही गर्नु

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्। सुनाकोठीको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। ‘सार्वजनिक सम्पत्तिको खोजीनीति गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्। मूर्ति…

    विस्तृतमा पढ्नुस्

  • ५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

    ५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

    काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय माफी दिइएको हो। सरकारले फागुन ६, ७ र ८ गते…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलको पेट्रेपोलिसमा बाढी पहिरो : मृत्यु हुनेको संख्या १३० नाघ्यो, २०० बढी बेपत्ता

    ब्राजिलको पेट्रेपोलिसमा बाढी पहिरो : मृत्यु हुनेको संख्या १३० नाघ्यो, २०० बढी बेपत्ता

    ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा मृत्यु हुनेको संख्या १३० नाघेको छ। स्थानीय अधिकारीहरुका अनुसार हालसम्म १३६ जनाको मृत्यु भइसकेको छ। यस्तै, २१३ जना अझै हराइरहेका छन्। हजारौं व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरो गएको क्षेत्रमा उद्धारकार्य अझै जारी छ। विभिन्न संघसंस्थाले राहत कार्य संचालन गरिरहेका छन्। रियो डि जनेरियोको उत्तर तर्फ रहेको पहाडी क्षेत्रमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • कुशल बने टी २० आईमा नेपालको तर्फबाट शतक बनाउने तेस्रो खेलाडी, फिलिपिन्सलाई २१९ रनको टार्गेट

    कुशल बने टी २० आईमा नेपालको तर्फबाट शतक बनाउने तेस्रो खेलाडी, फिलिपिन्सलाई २१९ रनको टार्गेट

    काठमाडौं : टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। उनी ६१ बलमा १३ चौका र १ छक्काको सहायतामा १०४ रन बनाउँदै अविजित रहे। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १७.१ ओभरमा ३७ बलमा अर्धशतक पुरा गरे। उनी ४७ बलमा ६ चौका र ४ छक्काको सहायतामा ८३…

    विस्तृतमा पढ्नुस्

  • पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोमा म विश्वस्त छु : बाइडेन

    पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोमा म विश्वस्त छु : बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्‍लादमिर पटिनले युक्रनेमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। युक्रेनसँग जोडिएको सीमामा रसियाले सेनाको तैनाथी गरे पछि अमेरिकाले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको छ। तर, रसियाले भने अमेरिकी दाबीको खण्डन गरेको छ। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको छ। युक्रेनलाई लिए रसिया र अमेरिका…

    विस्तृतमा पढ्नुस्

  • कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान

    कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान

    काठमाडौं: टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतको प्रहार गरेका छन्। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए। त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँदा यो समाचार तयार गर्दासम्म कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा…

    विस्तृतमा पढ्नुस्

  • हामी स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं : प्रधानमन्त्री देउवा

    हामी स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्। ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell