काठमाडौं : सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको मन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए। मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोलीसमेत गठन गरेका थिए। मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले अस्पताल संचालनका लागि मानवीय, भौतिक, आर्थिक तथा…
काठमाडौं : निर्वाचन आयोगले थप तीन पार्टी दर्ता गर्ने निर्णय गरेको छ। दल दर्ताका लागि आएका निवेदनका आधारमा आयोगले निर्णय गरेको हो। योसँगै आयोगमा अद्यावधिक भएका दलहरुको संख्या १०६ पुगेको छ। 'नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ र ५…
काठमाडौं : प्रेसर कुकर र लोहोरो प्रहार गरी कीर्तिपुरमा छोराहरुले बाबुको हत्या गरेका छन्। ६५ वर्षका बाबुको हत्यामा संलग्न भएको भन्दै प्रहरीले काठमाडौं महानगरपालिका-१३ घर भई हाल कीर्तिपुर नगरपालिका-६ पाण्डेछाप बस्ने मृतकका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएका वृद्धको उपचारका क्रममा वीर…
काठमाडौं : आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्। नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले के गर्ने? निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गराउँदै…
काठमाडौं: नेपाली क्रिकेट टोलीले आज ओमनको सामना गर्दैछ। आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे खेल सुरु हुनेछ। प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले खेलको पूर्वसन्ध्यामा टोलीको तयारी राम्रो भएको बताएका थिए। 'टिमको राम्रो सेप बनेको छ। यद्यपि केही महत्वपूर्ण खेलाडीहरु चोटका कारण टिम बाहिर छन्,'उनले अगाडि भने,…
यूईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा सम्पन्न अन्तिम ३२ को पहिलो लेगको खेलमा १८ वर्षपछि युरोपा लिग खेलिरहेको घरेलु टोली बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको २९ औं मिनेटमा नापोलीका पिओट्र जिएलिन्सकीले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनालाई फेरान…
काठमाडौँ : बुधबारको प्रतिनिधि सभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ अघि बढाउन सत्ता साझेदार दल तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गठबन्धनको बैठक बोलाए। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजेका लागि सर्यो। केही ढिला गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भयो। बैठकको सुरुमै देउवाले धारणा राखे। संक्षिप्तमै देउवाले एमसीसीलाई लिएर आफ्नो विचार राखे। कुनै भूमिका नबाँधी…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। बिहीबार राति ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो। औपचारिक रुपमा कुनै प्रतिक्रिया दुबै नेताले दिएनन्। प्रतिपक्ष दलका नेता ओलीको सचिवालयले भने एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ। बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक लगत्तै देउवाल ओलीलाई भेट्न बालकोट पुगेका थिए। गठबन्धन…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। स्रोतका अनुसार राति करिब सवा ८ बजे देउवा बालकोट पुगेका हुन्। पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका हुन्। एमसीसीसँगको सम्झौता प्रतिनिधि सभामा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति नभएपछि देउवा बालकोट पुगेका हुन्। गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पेश लागि पहिले…
काठमाडौँः नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का दोषी ठहर भएका छन्। विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई बिहीबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते खड्काविरुद्ध मुद्दा दायर गरेको थियो। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई)…
काठमाडौँः सत्ता साझेदार दलहरुको अडान यथावत रहेपछि मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एससीसी) सँगको सम्झौता शुक्रबार प्रतिनिधि सभामा पेश हुने वा नहुने विषयमा ठोस् सहमति भएन। प्रधानमन्त्री निवासमा बसेको गठबन्धन आवद्ध दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको हो। सम्झौता पेशबारे अडान यथावत रहेपछि शुक्रबार बिहान १० बजे पुनः बैठक बस्नेगरि छलफल स्थगित गरिएको हो। छलफलपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए। ‘कांग्रेसे एक्लै लड्छु भनेर मात्र हुँदैन। कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन’, उनले भने, ‘एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ।’…
धनगढी : धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा होलील्याण्ड इंग्लिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा होलील्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो। शारदा सरस्वतीदिएको ७५ रनको लक्ष्य होलील्याण्डले ८ विकेटको क्षतिमा १६.२ ओभरमा…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ लाई लिएर बालुवाटारमा अहिले सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद बढेपछि निर्णायक वार्ताका रुपमा अहिले बैठक बसिरहेको हो। सत्तारुढ गठबन्धनको बैठक अघि भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका थिए। एमसीसीका कारण सत्तारुढ गठबन्धनमा तिक्तता आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दूतका…
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर बैठक बसेको हो। एमसीसी र गठबन्धनको भविष्यलाई लिएर आजको बैठक 'निर्णयक' हुने बताइएको छ। बालुवाटारमा जारी बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्ण प्रसाद सिटौलासहितका नेता सहभागी छन्। यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारारणकाजी श्रेष्ठ, नेकपा एकीकृत…
काठमाडौं : आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ। तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय भएको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले एआइजीको दरबन्दी थप गर्ने निर्णय भएको बताए। प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ। प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति बेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको विरुद्ध स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई…
काठमाडौं : नेपाली क्रिकेट टोली अहिले विश्वकप क्वालिफायर्सको पूर्वसन्ध्यामा छ। शुक्रवार नेपालले ओमनसँग खेल्दै विश्वकप क्वालिफायर्समा आफ्नो दाबेदारी दिँदैछ। प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले टोलीको तयारी राम्रो भएको बताए। 'टिमको राम्रो सेप बनेको छ। यद्यपि केही महत्वपूर्ण खेलाडीहरु चोटका कारण टिम बाहिर छन्,'उनले अगाडि भने, 'ब्याटिङमा पनि राम्रो सेपिङ भएको छ। फास्ट बलिङ र स्पिनरहरुले राम्रो…
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकपको 'ग्लोबल क्वालिफायर्स'को पूर्वसन्ध्यामा नेपाल विश्वकपमा छनोट हुने योग्य रहेको बताएका छन्। उनले टिम 'कम्बिनेसन' राम्रो भएकाले सबैको अन्तिम लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताए। 'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी सक्षम छौं जस्तो लाग्छ। अगाडिका खेलहरुमा हामी योजनाका साथ अघि…
काठमाडौं : कोरोना भाइरस महामारीका कारण दुई वर्ष 'होल्ड'मा रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ। लामो समय रोकिएको फिल्मको प्रदर्शन मिति नजिकिएपछि फिल्म टिम अहिले प्रचारप्रसारमा व्यस्त छ। २ वर्षअघि नै प्रचारमा ५० लाख खर्च गरेको दाबी गर्ने फिल्म टिमले दर्शकलाई हलमा तान्न अहिले नयाँ तरिका प्रयोग गरिरहेको छ। बुधवार मात्रै फिल्मले थारु भाषामा प्रमोसल गीत सार्वजनिक गरेको थियो।…