काठमाडौं : निर्वाचन आयोगले मतपत्र छपाईको लागि आवश्यक पर्ने कागज खरिद प्रक्रिया अगाडि बढाएको छ। मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज 'पेपर फर व्यालेट पेपर'को विनिर्देशन (स्पेसिफिकेशन) र लगत अनुमान गरि ई-बिडिङ को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। त्यस्तै आयोगले मतदान केन्द्रमा प्रयोग हुने सामाग्रीकोसमेत विनिर्देशन स्वीकृत गरेको छ। आयोगले मतदान केन्द्रका लागि ५३…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनाको कोभिड १९ परीक्षण गर्दा ५७० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ९९३ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ। संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ११ हजार ९११ जना संक्रमितको कोरोनाका कारण…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्। बिहीवार अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’लाई लिएर सत्तारुढ गठबन्धनको बैठक बस्नु अघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग प्रचण्डले छलफल गरेका थिए। सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सकसमा छन्। सत्तारुढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गराउने प्रयास गरिरहँदा प्रचण्ड त्यसको विपक्षमा उभिएका छन्। जसकारण सत्तारुढ गठबन्धनको भविष्य अन्योलमा परेको छ। बुधवार संसदमा एमसीसी पेश हुनबाट प्रचण्डले रोक्न सफल भए पनि भोलि फेरि एमसीसी पेश गर्ने तयारी सरकारको…
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा गरेको तालाबन्दीको विरोध गर्दै प्राध्यापकहरुले प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरुले उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। ‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म’, ‘विश्वविद्यालय…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मनाङ मर्स्याङदी क्लब विभागीय टोली एपीएफसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले मनाङलाई ३-१ गोल अन्तरले हराएको हो। खेलको ३३औँ मिनेटमा मनाङका एडिलेजा सोमिडेको प्रहार एपीएफका गोलकिपरले बचाएका थिए। ३७औँ मिनेटमा एपीएफका गोलकिपर युया कुरियामाको कमजोरीको फाइदा उठाउँदै अन्जन विष्टले गोल गरे। ४०औँ मिनेटमा मनाङका अन्जनको…
काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए। निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो। रेशराजले २०४५ सालमा रिलिज भएको फिल्म 'तिलहरी' बाट निर्देशनमा डेब्यु गरेका थिए। उनले टुहुरो, माटो…
काठमाडौं : साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशन गरेको छ। प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु संग्रहीत शब्दकोश प्रकाशन गरेको हो। कोषकार प्राध्यापक नीलमणि ढुंगानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरिएको छ। कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द…
काठमाडौं : धरान उपमहानगरपालिका दुई ठाउँमा मानिसको शरीरको अंग भेटिएको छ। बुधवार जेब्रा झोलामा हालेर फ्याँलिएको अवस्थामा मानिसको खुट्टा र टाउको भेटिएको थियो। आज उक्त स्थानभन्दा केही पर अर्को झोलामा शरीरको भाग भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकरी दिएको छ। अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। हत्या गरेर फ्याँलिएको अवस्थामा शव भेटिएको हो।सुनसरीको धरान ४ को कोशी राजमार्गको धरान - धनकुटा सडक…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको इतिहास सबै नेपालीलाई पढाउनुपर्ने बताएका छन्। बिहीवार बिहान नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै देउवाले किताब सबैलाई पढाउनुपर्ने बताएका हुन्। 'नेपाली कांग्रेसको इतिहास सम्पूर्ण नेपालीहरुलाई पढाउनुपर्छ। नेपाली कांग्रेसको इतिहासको सम्बन्धमा अझै जानकारी छैन,' प्रधानमन्त्री देउवाले भने। एक प्रसंग कोट्याउँदै देउवाले बीपी…
काठमाडौं : ‘स्की’का लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ। तर, मुस्ताङमा सम्पन्न चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा नि ‘स्की’ सम्भावन छ भन्ने सिद्ध भएको छ। सामान्य वातावरण भन्दा अलि फरक वातावरणमा समाहित हुँदै खेल्नु पर्ने ‘स्की’ खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमा जस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ। यो खेल विशेष गरि युरोपमा…
काठमाडौं : बुधवार काठमाडौंमा हजारका नक्कली नोट भेटिएसँग 'फेक करेन्सी'को त्रास बढेको छ। तराईका जिल्लामा फाट्टफुट्ट नक्कली नोट भेटिन थालेको भए पनि काठमाडौंमा धेरैपछि नक्कली नोट फेला परेको हो। बुधवार प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट फेला परेको हो। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो काठमाडौँ महानगरपालिका १६ नयाँ बजार मेडिकल चोकबाट चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले रौतहट गौर…
फिल्म ‘रबर सिटी’ को छायांकन सुरु भएको छ। विनोद पौडेलको निर्देशनमा रहेको फिल्मको कथा भुटानी शरणार्थीमा आधारित छ। फिल्मको सुटिङ अमेरिकाबाट सुरु भएको हो। फिल्मको मुख्य भूमिकामा शुशांक मैनाली देखिनेछन्। यसैगरी फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका छ। केही अमेरिकी कलाकारको पनि फिल्ममा अभिनय रहनेछ। अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले 'रबर सिटी' भनिन्थ्यो। जसकारण धेरैजसो फिल्मको…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ संसदबाट अस्वीकृत हुने सम्भावना पनि रहेको बताएका छन्। बिहीवार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण कार्यक्रममा सम्बोधन गर्दै देउवाले आफूहरुले एक भएर एमसीसीको पक्षमा निर्णय लिएको बताए। ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ।…
ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा करिब एक सयजनाको मृत्यु भएको छ। रियो डि जनेरियोको उत्तर तर्फ रहेको पहाडी क्षेत्रमा रहेको पेट्रोपोलिस शहर प्रसिद्ध पर्यटकिय क्षेत्र हो। बाढी पहिरोका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् भने शहरमा पानी जमेको छ। ८० वटाभन्दा बढी घरहरुमा क्षति पुगेको बताइएको छ। ३५ जना भन्दा बढी मानिस हराइरहेका छन्। बाढी पहिरो गएको क्षेत्रमा उद्धारकार्य…
काठमाडौं : एमसीसीका विषयमा साझा धारणा तय गर्न बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक करिब २० मिनेट बसेर सकिएको छ। बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए। समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्दै छ। त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ। गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका…
भारतमा पछिल्लो २४ घन्टामा ३० हजार ७ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ५ सय ४१ जनाको संक्रमणकै बिच मृत्यु भएको छ। संक्रमण जति भएको छ त्यसको दोब्बर भन्दा धेरै संक्रमणमुक्त भएका छन्। यस अवधिमा ६७ हजार ५ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।…
काठमाडौः बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ। आज बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र दुर्गामाया थापा छन्। 'ठक्कर दिने बसको नम्बर भने खुल्न सकेको छैन। थप अनुसन्धानको क्रममा नै छ,' महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले भने।…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब आमने सामने हुँदैछन्। संकटा १५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ भने एनआरटी १४ अंक जोडेर सातौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा एनआरटी पाँचौं स्थानमा उक्लने छ भने संकटा क्लबले जित निकाले चौथो स्थानको थ्री…
दाङ : धारिलो हतियारले घाँटी रेटी बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। यो पश्चिम दाङको घटना हो। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगर छन्। ६३ वर्षीय बुवा कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी…