काठमाडौं : प्रतिनिधि सभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ। आज बसेको कार्य व्यवस्था समितिको बैठकमा एमसीसी कार्यसूचीको नपरेको हो। बैठकमा आज थारु आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यतालिका छ। यस्तै, तीनजना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ। सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरेको थियो। एमसीसी पेश गर्न लागेपछि संसद…
काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबिच झडप भएको छ। बानेश्वर क्षेत्र यतिखेर सुरक्षाकर्मी र एमसीसी विरोधी बिचको रणमैदानमा परिणत भएको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विषयमाथि नेपालमा चरम राजनीति जारी छ। आज संसदमा एमसीसी पेश गर्ने तयारी भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
काठमाडौं : प्रतिनिधिसभामा आज अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको भेटमा एमसीसी पेश नगर्ने निर्णय भएको हो। ‘दुई नेताहरुबिचको छलफलमा आज एमसीसी टेबल नगर्ने सहमति भयो’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने। सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरे पछि…
काठमाडौं : केही समय अघिबाट कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ बानेश्वस्थित शंकर हलमा समितिको बैठक सुरु भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले बोलाएको परामर्श बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएको छैन। आज दिउँसो १ बजे संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्दैछ। आज बस्ने बैठकमा…
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले गठबन्धनको सहमति बिना अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पारित भए स्वत: गठबन्धन तोडिने बताएका छन्। सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरेको छ। एमसीसीका बारेमा निर्णय लिन बसेको संसदीय दलको बैठक पछि प्रतिक्रिया दिँदै गुरुङले भने, ‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमति बिना गर्ने कुरा त सरकारले गठबन्धन…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी रहेको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै विवाद बढिरहेको बेला…
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न तीन शर्त अघि सारेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी रहेको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै विवाद बढिरहेको बेला माओवादीले संसदीय दलको बैठकबाट शर्तहरु राखेको हो। माओवादीले संसदमा एमसीसी पेश गर्न अवरुद्ध संसद् खोल्नुपर्ने माग राखेको छ। नेकपा एमालेको…
बुटवल : मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा आंशिक प्रभाव परेको छ। प्रहरीले बन्द गराउँदै हिँडेका नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु) सहित ९ जनालाई पक्राउ गरेको छ। युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायत…
बलिउड गायक एवम् संगीतकार बप्पी लहरीको निधन भएको छ। ६९ वर्षीय लहरीको मंगलवार राति ११ बजे मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेको छ। स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलवार नै अस्पताल लगिएको थियो। बलिउडका ‘डिस्को किङ्ग’ कहलिन लहरीले गीतसंगीतका साथै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। उनीसँग करिब ४० लाखको गहना भएको बताइन्छ। लहरीको निधनमा…
काठमाडौः प्रहरीले एक प्रयाङ्कस्टारलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर व्युरोको टोलीले मंगलबार झापा विर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई नियन्त्रणमा लिएको हो। उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए। केही दिन अघिमात्र गृह मन्त्रालयले…
काठमाडौः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनीतिक दलले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने सामान्य देखिएको छ। सडकमा निजीदेखि सार्वजनिक सवारी चलेका छन्। तर साबिकको भन्दा केही कम सवारी चलेका कारण यात्रुलाई भने समस्या भएको छ। बस स्टेसनमा यात्रुको चाप देखिएको छ। त्यस्तै, चलेका सार्वजनिक सवारीमा पनि…
काठमाडौं : नेपालमा प्राप्त खोप र स्वास्थ्य मन्त्रालयको खोपको वितरण र मौज्दात तथ्यांक केलाउँदा २४ लाख खोप हराएको भन्दै समाचार आए। यस्तो समाचार आएसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडाको विरोधमात्र भएन्। उनी विरुद्ध प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघले अख्तियारमा छानविनको माग गर्दै उजुरी समेत दियो। स्वास्थ्यमन्त्री खतिवडाले खोप वितरणमा अनियमितता नभएको र नहराएको बताइरहे। उनले खोप हराएको भन्दै मिडियामा समाचार…
एजेन्सी : रुसले युक्रेनी सीमाबाट आफ्ना केही सेना फिर्ता गर्ने घोषणा गरेको छ। युक्रेनमाथि हमलाको धम्कीका बीच मंगलबार रुसको यस्तो भनाइ आएको हो। तर, युक्रेनले भने रुसी सेनाले सीमा छाडेपछि मात्रै विश्वास गर्न सकिने जनाएको छ। युक्रेनी सीमामा रुसले करिब एक लाख सैना तैनाथ गरेको छ। उसले बेलारुससँग मिलेर संयुक्त सैन्य अभ्यास गरिरहेको छ। रुसको घोषणाले 'आशा जगाएको' नाटोले जनाएको…
काठमाडौं : नेपालमा प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्वीट्जरल्याण्डले चासो व्यक्त गरेको छ। मंगलवार सिंहदरबारमा पुगी नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापलरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गर्दै यस्तो चासो व्यक्त गरेकी हुन्। उनले नेपालमा प्रावधिकि तथा व्यवसायीक शिक्षाको गुणस्तर बढाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने सुझावसमेत दिएको शिक्षा मन्त्री पौडेलको…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। १० खेलबाट १८ अंक जोडेको त्रिभुवन आर्मी क्लब अंकतालिकाको तेस्रो स्थानमा छ भने हिमालयन शेर्पा १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा आर्मी मनाङ मर्स्याङदी क्लबलाई…
काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट २१, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जना आज बिहान समातिएका हुन्। बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले बताए। 'ठुक्क भएर हिंड्दा हुन्छ। हामीले सुरक्षा अवस्था कडा बनाएका छौं,' उनले भने। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।
काठमाडौं : सरकारले गठन गरेको छानबिन समितिले कोभिडविरुद्धको खोप अधियानमा अनियमितता र लापरबाही भएको ठहर गरेको छ। खोप आपूर्ति, भण्डारण र वितरणमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड-१९ विरुद्ध खोप छानबिन समितिले प्रतिवेदन बुझाउँदै यस्तो ठहर गरेको हो। स्वास्थ्यमन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा पैसा लिएर खोप लगाइएको पाइएको र निर्णय नभई…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाए। उनले ५१ औं मिनेटमा स्कट म्याकटोमिनीको पासमा गोल गरे। लगत्तै खराब ट्याकल गरेका ब्राइटोनका लेविस डङ्क रेड कार्ड खाँदै…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनमाथि जित निकालेको छ। स्टेडियो जोशे अल्भालेड स्टेडियममामा सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा घरेलु टोलीमाथि सिटीले ५-० को फराकिलो जित निकालेको हो। खेलको ७ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै बर्नान्डो सिल्भाले १७ औं र…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो। खेलमा राम्रो पकड बनाएको पीएसजी फिनिसिङमा चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो। रियल…