काठमाडौं : निर्वाचन आयोगले आजदेखि फागुन १५ सम्म स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला गरेको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले सूचना प्रकाशन गरी भाग लिन चाहने दलका लागि दर्ता आह्वान गरेको हो। आयोगका अनुसार हाल १०३ दल दर्ता कायम छ। यद्यपि चुनावका लागि दलहरुले छुट्टै दर्ता गर्नुपर्छ। दर्ताका लागि केके चाहिन्छ? राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलान इङ्ग्लिस क्लब लिभरपुलसँग पराजित भएको छ। सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इन्टर लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रोबेर्टो फर्मिन्होले लिभरपुललाई अग्रता दिलाए। उनले खेलको ७५ औं मिनेटमा एन्ड्र्यु रोबर्टसनको पासमा गोल गर्दा ८३…
काठमाडौँः आयल निगमले भारतबाट खरिद गर्ने मूल्यमा बृद्दि भए पनि आम उपभोक्ताको लागि भने मूल्य नबढ्ने भएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार आयल निगमले खरिद गर्ने मूल्यमा भने बृद्दि भएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसा बढेर आएको निगमले जानकारी गराएको छ। बढेर आएको मूल्य…
सुर्खेतः कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने भएको छ। अघिल्ला वर्षहरुमा तामझाम साथ विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने प्रदेश सरकार यसपटक नमनाउने भएको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम नगर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले जनाएको छ। ‘कोभिडको जोखिम कायमै रहेकाले वार्षिकोत्सवका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भनेर निर्णय भइसकेको छ’ मुख्यमन्त्रीका स्वकीय…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ। ‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८/१०/२४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २१ औं मिनेटमा ऋतिककुमार खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। पहिलो हाफमा थ्री स्टार एक गोलले अघि रहे पनि दोस्रो पुलिस खेलमा फर्कन…
पोखराः गण्डकी प्रदेश स्थापनाको चार वर्ष पुगेको छ। प्रदेश सरकारले प्रदेश स्थापनाको चार वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्दै मनाएको छ। मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले संघले प्रदेशलाई पर्याप्त अधिकार प्रयोग गर्न नदिएको गुनासो पोखेका छन्। 'संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको अवस्थाबारे तपाईं हामी जानकार नै छौं’ उनले गुनासो पोखे।…
काठमाडौः प्रहरीले नक्कली रुपैयाँसहित चार जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो काठमाडौँ महानगरपालिका १६ नयाँ बजार मेडिकल चोक एरियाबाट चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले रौतहट गौर नगरपालिका घर भएका २८ को पृथ्वीप्रसाद साह,२७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र वर्ष २८ को महमद शम्साद आलमलाई नियन्त्रणमा लिएको हो। महाशाखाबाट खटिएको टोलीले…
काठमाडौँः फिल्म 'लाइफ इन एलए' को प्रदर्शन मिति तय भएको छ। बुधबार फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो फिल्म नेपालमा वैशाख ९ गतेबाट प्रदर्शनमा आउने छ। सूर्य एन श्रेष्ठको निर्देशन र निर्माण रहेको फिल्मको छायाङ्कन अमेरिका र नेपालमा भएको हो। ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन्।…
काठमाडौँः स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रशासनको दरपीठ बदर गर्दै रिट दर्ताको आदेश गरेको हो। कार्यकाल पूरा नहुँदै निर्वाचन घोषणा गरिएको भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले पेश गरेको रिट सर्वोच्च प्रशासनले माघ २६ गते दरपीठ गरेको थियो। खतिवडाको इजलासले संविधान र कानुनको व्याख्यामा उठाइएको…
काठमाडौं: पछिल्लो २४ घन्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार ७५६ जनाको कोरोना परीक्षण गर्दा ६३९ जनामा कोरोना संक्रमण देखिएको हो। आरटी-पीसीआर परिक्षणबाट ४४८ जनामा र एन्टीजेन परिक्षणबाट १८५ जनामा कोरोना संक्रमण देखिएको हो। परिक्षण गरिएका ६.५४ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो। पछिल्लो २४ घन्टामा १ हजार ६०० जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या १८ हजार २५१…
काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले पार्टी त्यागेको घोषणा गरेका छन्। गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीभित्र समान्तवादी सोच मौलाउँदै गएको दाबी गर्दै आफूले पार्टी छाडेको उनले उल्लेख गरेका छन्। 'पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकडी, चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति, नातावादजस्ता क्रियाकलप पछिल्लो दिनमा…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा आर्मी र शेर्पा १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको २६ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमा अग्रता बनाएको आर्मी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा हिमालयन शेर्पा खेलमा फर्कियो। खेलको ६५ औं…
बलिउड गायक एवं संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा आज निधन भयो। बलिउडका ‘डिस्को किङ्ग’ का रुपमा चिनिने उनी धेरै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। सार्वजनिक कार्यक्रममा सुन लगाएर देखिने बप्पीको गहनाप्रतिको मोह ज्यादै थियो। बप्पीले एक अन्तर्वातामा आफ्ना लागि सुन भाग्यशाली भएकाले धेरै सुन लगाउनुको कारण खुलाएका थिए। आफ्नो जीवनमा गहनाको निकै महत्त्व रहेको बप्पीले बताएका थिए। यतिसम्म की उनी गीतको…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता गरिएकाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ्न नहुने बताएका छन्। सरकारले आज संसदमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने तयारी गरेको थियो। तर, सत्तारुढ दलकै अवरोधका कारण आजको बैठकमा एमसीसीलाई कार्यसूचीमा नै राखिएन। ‘कतिपय विषयमा दशौँ वर्ष लगाएर सहमति हुन्छ। कतिपय विषय परिस्कृत हुन्छ, परिमार्जन…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा पेश गर्ने विषयमा निरन्तर प्रयास भइरहेको बताएका छन्। उनले शुक्रवारसम्म सहमति जुटाउनका लागि समय निर्धारण गरिएको समेत बताए। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा बडुले एमसीसीबारे सडकमा उठेका बहस र विवादलाई टुंगोमा लानका लागि पनि सो प्रस्तावलाई संसद्मा लानुपर्ने बताए। ‘यो विषयलाई संसद्मा…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोमाथि मछिन्द्रले संघर्षपूर्ण…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन जारी छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीका…
आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' फेब्रअरी २५ बाट रिलिज हुँदैछ। फिल्म माफिया डन गंगुबाईको जीवनमा केन्द्रित छ। आलिया यस फिल्ममा गंगुबाईको भूमिकामा छिन्। फिल्ममा अजय देवगन पनि मुख्य भूमिकामा देखिँदैछन्। तर, रिलिज हुनुअघि नै यो फिल्म विवादमा परेको छ। फिल्मको कथालाई लिएर गंगुबाईको परिवारले आपत्ति जनाएका छन्। गंगुबाईलाई समाजसेवी भन्दा पनि 'यौनकर्मी'को रुपमा चित्रण गरिएको परिवारका सदस्यको आरोप छ। गंगुबाईले सन् १९४९ मा…
काठमाडौं : प्रहरीको घेरा तोड्रदै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु पनि नयाँ बानेश्वर पुगेका छन्। 'राजतन्त्र जिन्दावाद' भन्दै बिजुली बजारमा प्रहरीको घेरा तोडेर उनीहरु बानेश्वर पुगेका हुन्। एमसीसीको विरोधका लागि पुगेका राप्रपाका नेता कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृति समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध पनि नारावाजी गरिरहेका छन्। बानेश्वरमा विभिन्न वामपन्थी दलका नेता तथा…