कजाकस्तानको सरकारले त्यहाँका सैन्य अधिकारीलाई प्रदर्शनकारी माथि बिना चेतावनी गोली हान्ने हतियारसमेत दिएको छ। एलपी ग्यासको मूल्यवृद्धिसँगै कजाकस्तानमा जनवरी २ देखि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ हताहती भएको छ। सयौँ घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिनका लागि रसियाले नेतृत्व गरेको कजाकस्तानसमेत संलग्न पूर्व सोभियत सदस्यको सैन्य गठबन्धनले सेना परिचालन गरेको छ। रसियाली सेना स्थिती नियन्त्रणका लागि कजाकस्तान…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्। नेकपा एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र सातदोबाटो १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलमा अग्रता सातदोबाटोले बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशील राईले गोल गर्दै अग्रता दिलाए। तर, संकटाले पनि लगत्तै गोल फर्कायो।…
काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा संसदको अवरोध हटाउने बारेमा छलफल भएको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदको गतिरोध अन्त्यका बारेमा नेताहरु बिच छलफल भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हटाउन पहल गर्ने निर्णय भएको जानकारी दिए। 'यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसद संचालन गर्ने बारेमा पनि छलफल भएको…
काठमाडौं : काठमाडौंको बानेश्वरस्थित एनआइसी एसिया बैंक 'लुट' प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। 'हामी यो अनुसन्धानमा सफल भएका छौं। केही मानिस नियन्त्रणमा लिएका छौं। अन्य लिने र अनुसन्धान भने जारी नै रहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने। पुस १८ गते…
भर्खरै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ८ औं महाधिवेशन सम्पन्न भएको छ। पार्टीको केन्द्रीय कमिटी छनोट गर्दै सकिएको महाधिवेशनबाट पदाधिकारी चयन हुन सकेको छैन। महाधिवेशनले ४५ बुँदे प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको प्रस्तावमा एमसीसी, नेपालको सीमा रक्षा, संसदमा देखिएको गतिरोध लगायतका विषयलाई समेटिएको छ। यही सेरोफेरोमा न्युज एजेन्सी नेपालले माओवादी केन्द्रका नेता देव गुरुङसँग कुराकानी गरेको छ। गुरुङसँगको अन्तर्वार्ताको…
गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले पहिलो साता बक्सअफिसमा राम्रो व्यापार गरेको छ। आज रिलिज हुने भनिएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ रिलिज नभएपछि ‘कठपुतली’ ले दोस्रो सातामा धेरै शो पाएको छ। एफक्युबका व्यवस्थापक रामहरी कोइरालाले कठपुतलीले आज धेरै शो पाएको बताएका हुन्। एफक्युबका साथै क्यूएफएक्स चेन, विएसआर, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, कीर्तिपूर सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा यस फिल्मले राम्रो शो पाएको…
काठमाडौं : नेपालमा पनि ओमोक्रन भेरियन्ट तीब्र रफ्तारमा बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले १ हजार १ सय ४६ कोभिड १९ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गरे २ सय ५० वटामा एस जिन नेगेटिभ फेला पारेको र सोमध्ये २४ स्याम्पलमा जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमोक्रन भेरियन्ट पुष्टि भएको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनबाट आउने परिणाम आफूहरुका लागि अनौठो नहुने बताएका छन्। नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनादेश विपरीत गठन भएको गठबन्धनका कारण संख्या केही तलमाथि हुने भएकाले आफूहरु परिणामबाट नडराउने बताएका हुन्। 'यो जनादेशबाट सिर्जना भएको परिस्थिति होइन। हिजोको बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरेर आएको परिणाम हो। राष्ट्रियसभा निर्वाचनमा…
काठमाडौं : राष्ट्रिय सभाको बैठकको मिति फेरि परिवर्तन भएको छ। पुस २५ गते बस्ने तय भएको बैठक अब पुस २७ गतेका लागि बोलाइएको संसद सचिवलयले जनाएको छ। पुस २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गर्दै जनाएका हुन्। यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी…
काठमाडौं : आज दशेभर नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ। प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन हुँदैछ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो। महाधिवेशन पूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन थापाथालीस्थित…
विराटनगर : सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले विराटनगरबाट ल्याइएको ५० लाख रुपैयाँ कम्पनीको भएको जिकिर गरेका छन्। बिहीवार राजस्व अनुसन्धान विभागमा बयान दिँदै उनले टिकट बिक्रीबाट भएको ५० लाख रुपैयाँ संकलन सौर्य एयरलाइन्सबाट ल्याएको बताएका थिए। 'एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको हो। यो कम्पनीको पैसा हो,' उनले अनुसन्धान अधिकृतसँग भनेको स्रोतले जानकारी दिएको छ। अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम बैंकिङ…
अहिले सामाजिक संजालमा बेलायतको बर्मिंघमका मुख्य सडकमा 'सेभ मि फ्रम एरेन्जड म्यारिज' लेखिएको होर्डिङ बोर्डको चर्चा छ। होर्डिङ बोर्डमा एक पुरुषको हाँस्दै गरेको तस्विर पनि छ। उनी विवाहका लागि केटी खोजिरहेका छन्। तर, उनी प्रेम विवाह गर्न चाहन्छन्, 'एरेन्जड म्यारिज' होइन। २९ वर्षीय मुहम्मद मलिक लन्डनमा बैंक कन्सल्टेन्टका रुपमा कार्यरत छन्। उनलैले होर्डिङ बोर्डहरु खरिद गरेर विवाहको लागि विज्ञापन गरेका हुन्। उनले…
पछिल्लो समय कजाकस्तानमा हिंसा भड्किएको छ। हिंसा भड्किएसँगै राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त र मध्य एसियाका लागि महासिचवका विशेष प्रतिनिधिले संयमता अपनाउँदै संवाद अगाडि बढाउन अनुरोध गरेका छन्। बिहीवार न्यूयोर्कमा पत्रकारसँग कुरा गर्दै महासचिवका प्रवक्ता स्टेफन दुजारिकले राष्ट्रसंघले कजाकस्तानको घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन्। उनले राष्ट्रसंघ र त्यहाँका अधिकारी बिच सम्पर्क भइरहेको र बिहीवार बिहानमात्र विशेष प्रतिनिधि नाटलिया घेर्मन र उप…
काठमाडौं : काठमाडौंको कपनमा दुई जना मृत अबस्थामा फेला परेका छन्। कपनको शिवजी चोक नजिकै रहेको घरको कोठाभित्र एक युवक र एक युवती मृत अवस्थामा फेला परेका हुन्। संखुवासभा घर भएका २५ वर्षीय अनिस जीमी राई र खोटाङ युसुना राई गतराति मृत अवस्थामा फेला परेका हुन्। 'बन्द कोठाभित्र दुई जना मृत भेटिएका छन्। घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,' महानगरीय प्रहरी…
भारतमा एकैदिन १ लाख १७ हजार १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। डेल्टा भेरियन्टको संक्रमणबाट जुधिरहेको भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै पहिलोपटक १ लाख भन्दा बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा दैनिक संक्रमण दर ७.७४ प्रतिशत पुगेको छ। यस्तै, संक्रमणका कारण ३०२ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ४ लाख ८३ हजार १७८ पुगेको छ। हालसम्म भारतको २७ वटा राज्यमा…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट आठौं चरणका खेल सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो बिग्रिएको लयलाई फर्काउने होडमा हुनेछ। सुरुवाती तीन खेलमा अपराजित रहेको सातदोबाटो त्यसयताका चार खेलमा जितविहीन छ। 'गेम हो। राम्रै गर्न खोजिरहेका थियौं। केटाहरुले मेहेनेत गरेकै…
काभ्रेपलाञ्चोक: जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ। महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।…
काठमाडौं: भारत सरकारको बिहीवारको क्याबिनेट बैठकले नेपालको दार्चुला जिल्ला र भारतको धार्चुलामा महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ। भारतका विदेश मन्त्री डा एस जयशंकरले ट्वीट मार्फत महाकालीको पुलसम्बन्धी निर्णयले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धमा अझ गहिराइ आउने विश्वास लिएको जनाएका छन्। Significant decisions taken by the Cabinet today under PM @narendramodi ’s leadership: -MoU…
काठमाडौं : गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी)को सरुवा गरेको छ। बिहीवारको मन्त्रीस्तरको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका २६ जना एसएसपीहरुको सरुवा गरिएको हो। एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन्। महाशाखामा एसएसपी बसन्त कुँवरलाई सरुवा गरिएको छ। उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए। त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराइको…