काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राप्रपा कहिल्यै नफुट्ने दाबी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन्। भने, 'हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ। कम्युनिष्ट र काँग्रेस भन्दा फरक…
काठमाडौं : देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 'अब मनसुनको समय सकिन केही समय मात्र बाँकी…
भारतमा थप २७ हजार २५४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, ३७ हजार ६८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७४ हजार २६९ पुगेको छ। संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ४२ हजार ८७४ जना संक्रमितको मृत्यु भइसकेको छ।
काठमाडौं : नेपाल मौरीपालक महासंघले कमला घिमिरेको ‘हान्छु तिम्लाई लौरी’ ले बोलको गीतमा प्रयोग भएको ‘तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति जनाइएको छ। शुभारम्भ डिजिटल म्यूजिकले असार १८ गते युट्युबबाट सार्वजनिक गरेको तीज गीतमा उक्त शब्द प्रयोग गरिएको छ। मौरीपालक महासंघले गीत सार्वजनिक भएको झन्डै साढे दुई महिनापछि आइतवार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता…
विश्वकप लिग २ अन्तर्गत आज त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। ओमनस्थित अल अमेरत स्टेडियममा आज दिउँसो सवा ४ बजे दुई टोली आमनेसामने हुँदैछन्। नेपाल र अमेरिका आज प्रतिस्पर्धामा उत्रन लागिरहँदा यसअघिको भेटमा नेपालले हात पारेको कीर्तिमानी जितलाई स्मरण गर्नपर्ने हुन्छ। २०७६ माघ २९ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकामाथि ८…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे नेपाल र अमेरिका ओमनमा आमने सामने हुनेछन्। त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको थियो जसमा दुबै खेलमा जित निकालेको थियो। नेपालले सिरिजमा उपकप्तानसमेत…
काठमाडौं : सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको भन्दै संस्थापनइतर समूह सानेपामा छलफलमा जुट्ने भएका छन्। आज दिउँसो २ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु सानेपामा छलफलमा जुट्न लागेका हुन्। कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आएका छन्। प्रक्रियागत रुपमा सिफारिस भएका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि सहज जित निकालेको छ। एलल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ३-० को सहज जित निकालेको हो। खेलको २० औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। उक्त गोलसँगै सलाहले प्रिमियर लिगमा १०० गोलसमेत पुरा गरेका छन्। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि फराकिलो जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोलीले सेल्टा भिगोमाथि ५-२ गोलअन्तरको सहज जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पुरा गरे। खेलको चौथो मिनेटमै सान्टी मिनाको गोलमा सेल्टाले अग्रता बनाएको थियो। २४ औं मिनेटमा रियलका करिम बेन्जेमाको गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ३१ औं…
काठमाडौंः दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पन मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाइ ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। दोलखासँगै आसपासको जिल्लामा धक्का महसुस गरिएको छ।
काठमाडौं : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिज आज सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो खेल गोलरहित बराबरीमा रोकिएसँगै दुई खेलको मैत्रीपूर्ण सिरिज सकिएको हो। सिरिजको पहिलो खेल नेपालले २-१ गोलअन्तरले आफ्नो पक्षमा पारेको थियो। आज नेपालसँगको दोस्रो खेल बराबरीमा रोकिएपछि बंगलादेशी खेलाडीहरु मैदान सेलिब्रेसनको मुडमा देखिन्थे भने प्रशिक्षक गोलम रोब्बानी छोटोन पनि खुशी देखिन्थे। ‘मेरा खेलाडीलाई धन्यवाद…
हेटौँडाः नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभाका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारलाई चाँडै विस्थापित गर्ने दाबी गरेका छन्। गठबन्धन निर्माण गरेर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई छिटोभन्दा छिटो बिदा गर्ने उनले दाबी गरे। ‘संविधानमा दुई प्रावधान छन्। बहुमत पुर्याएर प्रदेश प्रमुखमा जान सकिने र अविश्वासको प्रस्ताव लान सकिन्छ। कुन बाटोबाट छिटो हुन्छ त्यही अनुसार जानेछौँ,’ उनले भने। उनले आपसी…
काठमाडौं : विश्व कम्युनिस्ट आन्दोलनमा विचार र राजनीतिक, नयाँ वैचारिक राजनीतिक शश्लेषणको समस्या रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनले अहिले यही समस्याको सामना गरिरहेको बताए। 'मलाई सोधियो केपी ओलीसँग एकता गरेर के पाउनु भयो? मैले भने, केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेर आएँ। यो ज्ञान प्राप्त गर्ने सजिलो थिएन,' नेकपा माओवादी…
काठमाडौं : नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने बताए। नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसारवाद, व्यक्तिवादमा फस्ने गरेको भन्दै उनले अगाडि भने,…
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा ९११ जना संक्रमित पहिचान भएका छन्। शनिवारपनि दैनिक संक्रमितको संख्या एक हजार कम रेकर्ड भएको थियो। यस्तै, १ हजार ४२३ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ। संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार…
काठमाडौं : ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ। करिब २० बर्ष अगाडि रेकर्ड गरिएको गीतलाई नयाँ भर्सनमा बले इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। गीतमा गायक प्रमोद निर्वाणले स्वर भरेका छन् भने उनलाई सरला बीसीले साथ दिएकी छिन्। गीतको शब्द प्रमोद निर्वाण र सिरोसे बर्डले रचेका हुन् भने संगीत प्रमोदकै रहेको छ। गीतको भिडियोमा सागर लम्साल (बले),…
काठमाडौं : प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ। विपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित भएको जानकारी गराए। आजै पहिलो बैठक सुरु भएसँगै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका थिए। जवाफमा आफूले संसदीय मर्यादा कायम राख्नै आह्वान गरेको भन्दै…
काठमाडौं : मुकुन्द भट्टको निर्देशन रहेको फिल्म 'लप्पन छप्पन २' को रिलिज मिति सार्वजनिक भएको छ। कोरोनाले पटक-पटक रिलिज मिति सरेको यो फिल्म अब आगामी फागुन १३ रिलिज हुने पक्का भएको छ। एक्सन जनरामा बनेको यस फिल्मलाई आगामी शिवरात्रीको अवसरमा रिलिज गर्ने लागेको निर्देशक मुकुन्द भट्टले जानकारी दिए। फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका…
काठमाडौं : भदौ २४ गते मैतीदेवीको सेतोपुल नजिकै रहेको मात्रिका आई सेन्टरमा शंकास्पद बस्तु राखेर फिरौती उठाउन खोजेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरि आइतवार सार्वजिक गरेको हो। पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षिय आशिष गुरुङ्, २० वर्षीय अभिषेक कुँवर र रोल्पाका ४० वर्षीय अमरबहादुर रोक्का मगर रहेका छन्। सेतो पुलबाट…
काठमाडौं : नेकपा एमालेले आज पनि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुखलाई 'संसदीय मर्यादा' कायम गर्न भन्दै एमाले सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका हुन्। सभाभुख अग्निप्रसाद सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका १४ जना सांसदलाई गरेको कारवाही कार्यान्वयन नगराएको भन्दै बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आफ्नो माग पूरा गराउन एमालेले दबाब दिँदै आएको छ। एमालेको…