इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले प्यालेसलाई ३-० को सहज जित निकालेको हो। खेलको २७ औं मिनेटमा मार्कोस एलोन्सोको गोलमा चेल्सीले अग्रता बनाएको थियो। त्यस्तै ४० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल थप्दा पहिलो हाफमा चेल्सी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा चेल्सीले अर्को गोल…
अभिनेता शाहरूख खान, सलमान खान र आमिर खान बलिउडमा निकै चर्चित नाम हुन्। साथै यी तीनजना अभिनेताबीच निकै समानता छ। पहिलो त उनीहरू तीनै खान हुन्, दोस्रो यी तीनैजना एकै सालमा जन्मेका हुन् अर्थात् सन् १९६५ मा। अर्को चाखलाग्दो कुरा त बलिउड फिल्म उद्योगमा यी तीन खानको दबदबा तीन दर्शकदेखि कायम नै छ। यिनीहरूले फिल्म क्षेत्रमा करिअर सुरु गरेको बेला…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिड्स युनाइटेडलाई हराउँदै म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गरेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टरले लिड्स युनाइटेडमाथि ५-१ गोलअन्तरले जित निकालेको हो। म्यानचेस्टरको जितमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक पुरा गर्दा म्यासन ग्रिनउड र फ्रेडले समान १/१ गोल गरे। उता लिड्सका लागि लुक ऐलिङले सान्त्वना गोल फर्काए। खेलको ३० औं मिनेटमा पउल पोग्बाको…
काठमाडौँः नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको निर्धारित मिति सारेको हो। महाधिवेशन काडमाडौँमा हुनेछ। यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए। बैठकले क्रियाशील सदस्यताको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने अन्तिम म्याद भदाै २ गतेसम्म तोकेको छ। परिमार्जित तालिका अनुसार…
काठमाडौंः स्याङजामा एक बृद्धले पुलबाट हाम फाल्दा बेपत्ता भएका छन्। आज बिहान सवा ११ बजेतिर स्याङ्जा गल्याङ नगरपालिका-१ राम्दीपुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।पाल्पा रैनादेवी छहरा गाँउपालिका-५ बस्ने वर्ष ८७ को जुद्द बहादुर कार्की हाम फालेका थिए। बेपत्ता भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंः स्याङजामा एक बृद्धले पुलबाट हाम फाल्दा बेपत्ता भएका छन्। आज बिहान सवा ११ बजेतिर स्याङ्जा गल्याङ नगरपालिका-१ राम्दीपुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।पाल्पा रैनादेवी छहरा गाँउपालिका-५ बस्ने वर्ष ८७ को जुद्द बहादुर कार्की हाम फालेका थिए। बेपत्ता भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेपाल प्रहरीले ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको हो। आज बिहान ११ बजे डीएसपी नेतृत्वको टोली अभियुक्त सहित काठमाडौंमा ल्यान्ड भएको हो। उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। 'हाम्रो टोली पक्राउ गर्न पोर्चुगल…
काठमाडौंः झापामा साउन १६ गते रातिबाट निषेधाज्ञा लगाए पनि अझै कोरोना संक्रमण कन्ट्रोलमा आउन सकेको छैन। दैनिक औसत २ सय भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन्। शुक्रवार १ सय ७३ जनामा संक्रमण देखिएको हो। त्यस्तै दुई जनाको मृत्यु समेत भएको छ। झापामा संक्रमिय संक्रमितको सङख्या दैनिक ३ हजार माथि नै रहेको छ। शुक्रवार ३ हजार २ स ५४ जना संक्रिय संक्रमित…
रामपुरः पाल्पाको रिब्दीकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ। शुक्रवार साँझ ६ बजेतिर गोली लागेका धनबहादुरको मृत्यु भएको हो। उनका बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी सय मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। एकनाले…
काठमाडौं: नेपाली कांग्रेसका सबै आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामाको चेतावनी दिएका छन्। शुक्रबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा भएको केन्द्रीय समितिको बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको चेतावनी दिएका हुन्। आमन्त्रित केन्द्रीय सदस्यलाई काममा खटाउने तर अधिकार भने नदिने व्यवस्था भएकोले आफूहरुले सामूहिक राजीनामाको तयारी गरेको सदस्य बालकृष्ण पाण्डेले बताए। 'हामीलाई केन्द्रीय सदस्य सरह काममा खटाउने तर अधिकार…
टोकियो ओलम्पिकममा साउदी पहिलो स्वर्ण पदकको नजिक थियो। साउदी र इरानका खेलाडी आमनेसामने थिए। रेफ्री थिए टर्कीका। साउदीका तारिग हामेदी ४-१ ले अघि थिए। हामेदीले इतिहास रच्नै लागेका थिए। त्यतिबेलै हामेदीले इरानका सज्जाद गंजजादेहलाई किक प्रहार गरे र उनी त्यहीँ ढले। टर्कीका रेफ्री उगर कुवासले यसलाई नियमको गम्भीर उल्लंघन माने। हामेदी हिंसक भएको भन्दै खेलमा इरानीलाई जिताए। स्वर्ण पदक इरानका सज्जादलाई दिने निर्णय…
काठमाडौंः आज देशभर नाग पञ्चमी मनाइएको छ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। काठमाडौंको नक्सालस्थित नागपोखरी, भक्तपुरको नाग पोखरीमा भक्तजनहरु दर्शन गर्न पुगेका थिए। प्रचलन अनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास…
काठमाडौं : बम विस्फोट गराएको घटनामा पुर्पक्षको लागि कारागारमा रहेका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमको आज सुनवाइ नहुने भएको छ। न्यायधिश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको सुनवाइ हेर्न नमिल्नेमा राखिएको हो। ०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा जिल्ला अदालत रौतहटले थुनामा पठाएको थियो। जिल्ला अदालतको निर्णय उच्च अदालतले पनि सदर गरेको थियो। आलम…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र बिहीबार राति ८ बजेदेखि सवारी साधन गुड्नलाई रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन गर्ने हिजो (बिहीबार) ठुलो सङ्ख्यामा काठमाडौँका तीनै जिल्लामा प्रहरी खटाइयो।तर प्रहरीले हिजो कुनै पनि सवारी साधनका चालकलाई कारबाही भने गरेन। अर्थात् ८ बजेपछि अनावश्यक रूपमा सार्वजनिक सवारी लिएर हिँड्ने मानिस नभेटिएको प्रहरीले दाबी गरेको हो। 'हामीले नियम उल्लङ्घन गर्ने धेरै होलान् भनेर त्यही…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सबैभन्दा बढी चर्चामा आएको विषय हो - मलाई शेरबहादुर देउवा मलाई मनपर्छ, किनभने.. शीर्षकको भिडियो सिरिज। देउवा सचिवालयले देउवाका राम्रा कामको प्रचार गर्न भन्दै थालेको यो भिडियो प्रचारले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बढी बटुल्न थाल्यो। दुई - तीन भिडियो बनेर सामाजिक सञ्जालमा राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता देउवा सचिवालयमाथि खनिन थाले।…
तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कन्दहार नियन्त्रणमा लिएको दाबी गरेको छ। यो दाबी पुष्टि भए तालिवानको लागि यो ठूलो जित हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। कन्दहार कुनै बेला तालिवानको पकड रहेको क्षेत्र थियो। प्रमुख व्यापारिक हब भएकोले पनि रणनीतिक रुपमा तालिवानले कन्दहार नियन्त्रणमा लिने प्रयास पहिलादेखि नै गर्दै आएको थियो। तालिवानले हेल्मन्द प्रान्तको राजधानी लस्कर घा समेत नियन्त्रणमा लिएको बताइएको…
बुटवलः लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। शपथलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। बैठकले कोरोना हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजेन परीक्षणको लागि घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। खोप कार्यक्रमलाई प्रभावकारी बनाउने…
विधुर ढकाल/पूजा पन्थी- काठमाडौँ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई विस्थापित गरेर स्थापित भएका कुलप्रसाद केसी 'सोनाम' कुनै समय कांग्रेससँग कडा रुपमा भीडन्तमा उत्रिन्थे। उनै सोनाम कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री बनेका छन्। उनले कुनै बेलाका आफ्ना नेता शंकर पोखरेललाई सत्ताबाट विस्थापित गरेका छन्। यी दुईबीचको सम्बन्ध र राजनीतिक उतारचढाव रोचक छ। सोनामले ४२ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरे। तीन…
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइजी भैरहवा ग्लाडियटर्सले श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमललाई विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको छ। त्यस्तै प्रशिक्षकमा पुबुदु दासानायकेलाई नै निरन्तरता दिएको छ। चान्डिमल श्रीलंकाको टि२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन्। सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२० आईमा…
काठमाडौं: नेपाली फुटबल टोलीको फीफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालको १६८ औं स्थानमा पुगेको हो। यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको छ भने पछाडि १९६ औं स्थानसम्म पुगेको छ। पछिल्लो समय…