वर्षौंसम्म अर्जेन्टिनी स्टार लियोनल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोस 'राइभल' का रुपमा मैदानमा उत्रिए। तर, अहिले अवस्था फरक भएको छ। दुवैजना खेलाडी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन्। बार्सिलोनाबाट मेस्सी पेरिस जाँदैगर्दा रामोसले पनि उनलाई स्वागत गरेका छन्। अघिल्लो वर्ष एल क्लासिको हुँदा मेस्सी बार्सिलोनाको र रामोस रियल मड्रिडका कप्तान थिए। दुवैको आआफ्नो क्लबसँगको करार यही…
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्। अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा उनी प्रकाउ परेका हुन्। यसैबिच अभिनेत्री शिल्पा शेट्टी विरुद्ध एक महिलाले करोडौँ ठगी गरेको आरोप लगाएकी छिन्। ती महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन गर्न सुरु गरेको छ। छानबिनकै क्रममा हिजो बुधवार प्रहरी शिल्पाको जुहुस्थित घर समेत पुगेका थिए। ज्योत्सना चौहानले…
काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठ बाहिर प्रदर्शन भएको छ। कांग्रेसको १४ औं महाधिवेशन सयममै गर्न माग गर्दै युवाहरुले देउवा निवास बाहिर प्रदर्शन गरेका हुन्। उनीहरुले संबैधानिक संकटबाट कांग्रेसलाई जोगाउँ, समायोजनका नाममा भएको धाँधली खारेज गरौं, समयसिमा भित्रै महाधिवेशन सुनिश्चित गरौं लेखिका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। केही सयममा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु बुढानिलकण्ठ जाँदैछन्। सानेपास्थित होटल समिटमा भएको भेला सकिएपछि जिल्ला सभापतिहरु देउवालाई भेट्न बुढानिलकण्ठ जान लागेको भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए। भेलामा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु सहभागी भएको उनले बताए। देउवा पक्षको जिल्ला सभापतिहरुले महाधिवेशन नजिकिएको बेला गुट उपगुटको भेला गर्न नहुनेसमेत जनाएको छ। यसअघि वरिष्ठ…
काठमाडौंः प्रहरीले ज्यान मारेको अभियोगमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले बुधवार ललितपुरबाट शिवजी खत्री भनिने रामेछापका ४६ वर्षीय ग बहादुर खत्रीलाई नियन्त्रणमा लिएको हो। उनलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। खत्रीले २०६२ पुस ६ गते रातिको समयमा कलंकी लामपाटीमा भगवती लामा (अधिकारी)लाई आगोले जलाएर फरार भएको अनुसन्धानमा देखिएको छ। घटनाको थप…
टोकियो ओलम्पिक सकिएपछि जापान पुगेका ओलम्पियनहरु स्वदेश फर्किएका छन्। कोभिड १९ को कडा मापदण्डबिच सम्पन्न प्रतियोगितामा सफलता पाएर स्वदेश फर्किएका खेलाडीले सम्मान पाइरहँदा अस्ट्रेलियाको दृश्य भने फरक देखियो। टोकियोबाट सिड्नी हुँदै दक्षिण अस्ट्रेलिया पुगेका केही खेलाडीहरु २८ दिनको आइसोलेसनमा बस्न बाध्य भएका छन्। स्टेटअफ साउथ अस्ट्रेलियामा खेलाडीहरु २८ क्वारेन्टिनमा बस्न बाध्य भएका हुन्। सिड्नी कोरोनाको डेल्टा भेरियन्टले केसहरु बढाएसँगै लकडाउनमा छ। सिड्नी हुँदै आउने…
काठमाडौंः साउन १६ गते रातिदेखि निषेधाज्ञा गरेपनि झापामा कोरोना संक्रमितको सङख्या अझैं घट्न सकेको छैन। केही दिनयता झापामा दैनिक ३ सय भन्दाबढी संक्रमित थपिदैं गएका छन्। ५ सय भन्दाबढी संक्रिय संक्रमित हुने जिल्लामा झापा पनि गरिरहेको छ। बुधवार झापामा ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै ४ जना संक्रमितको मृत्यु समेत भयो। बुधवार झापामा संक्रिय संक्रमितको सङ्ख्या ३ हजार…
बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बुधबार २२ घण्टाको समय दिएका थिए। सोही अनुसार ४१ सांसद रहेको नेपाली…
काठमाडौंः आज राति ८ बजेबाट सवारी साधन चलाउन रोक लगाइएको छ। मंगलबार उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारी साधन चलाउन नपाउने निर्णय गरेको हो। होटेल, रेष्टुरेष्टमा ८ बजेपछि मानिसको भीड बढेकाले संक्रमण फैलिने भन्दै ८ बजेपछि सवारी साधनलाई रोक लगाएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न…
यूईएफए सुपर कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले उपाधि जितेको छ। नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा १३ हजार दर्शकबीच सम्पन्न खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले उपाधि जितेको हो। खेलको २७ औं मिनेटमा हाकिम जियाचको गोलमा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले चेल्सी अघि रहे पनि दोस्रो हाफमा भिल्लारियलले गोल फर्काउँदै खेल बराबरीमा…
काठमाडौंः लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यहरुलाई विपक्षी गठबन्धनले अवाञ्छित र जनादेश प्रतिकूल कार्यका लागि उत्प्रेरित गरेको आरोप लगाएका छन्। प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा पत्रमा पोखरेलले सदस्यहरुलाई कारबाही र राजीनामा जस्ता गतिविधि गरेको पनि उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले भनेका छन्, 'प्रदेश सभाबाट दुईजना सभासदहरुलाई राजीनामा पाँच जनालाई कारबाही, एक जनालाई दल परिवर्तन गराउने…
काठमाडौंः सरकारले कोभिड बिरुद्धको खोप किन्न १९ अर्ब ५८ करोड ऋण लिने भएको छ। ऋण लिन सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको हो। सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई…
बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशसभामा सहभागी दलहरुलाई उनले दाबी पेश गर्न आह्वान गरेका हुन्। उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी…
काठमाडौं : नेपालमा थप ३ हजार ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको १६ हजार ६५६ जनाको नमुना परीक्षण गर्दा २०.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको १० हजार ९०७ जनाको आरटी-पीसीआर परीक्षणका क्रममा २४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आरटी पीसीआर परीक्षणका क्रममा दुई हजार ६१६ जनामा…
काठमाडौंः उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत भएको भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई नियन्त्रणमा लिएको हो। उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुपयोग गरी नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी ठगी गरेकाले नियन्त्रणमा लिएको महाशाखाका एसपी…
काठमाडौं : अधिकांश अपराधका घटना भएपछि अपराधीले आफूलाई लुकाउन खोज्छ। घटनापछि कति जना भाग्छन् त कति चुप बस्छन्। तर बुधवार बिहान एउटा अपराधको घटनामा अभियुक्तले नै प्रहरीलाई फोन गरेर जानकारी दिए। आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरेका थिए। 'उसैले फोन गरेर मारेको जानकारी दिएको थियो,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने। घटनास्थल- काठमाडौंको गुहेश्वरी। खबर गर्ने व्यक्ति…
काठमाडौं : कोरोना भाइरसका कारण यसवर्षको गाईजात्रा कार्यक्रम पनि डिजिटल रुपमा नै संचालन हुने भएको छ। गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकारहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्थे। तर कोरोना संक्रमणका कारण गतवर्षदेखि भौतिक उपस्थितिमा कार्यक्रमहरु हुन नपाएसँगै 'डिजिटल' रुपमा शोहरु प्रशारण हुन सुरु भएको हो। यो वर्ष मनोज गजुरेलको टिमले '७८ सालको गाईजात्रा' प्रदर्शन गर्दैछन्। भदौँ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष…
केहि दिनदेखि भारतमा 'बचपनका प्यार मेरा भूल नही जाता रे' गीत निकै चर्चामा छ। यो गीत सामाजिक संजालमा भाइरल भइरहेको छ। गीत गाउँदै समाजिक संजालमा राख्ने क्रम बढ्दो छ। यो गीत भाइरल हुनुको कारण हुन् सहदेव कुमार दिरदो। सहदेव कुमार दिरदो छत्तीसगढको सुकमा जिल्लाका हुन्। उनले दुईवर्षअघि विद्यालयमा स्कुल ड्रेसमा नै 'बचपनका प्यार मेरा भूल नही जाता रे' गीत गाएका…
काठमाडौं : उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ। तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरूमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास पैदा भएको छ। उपत्यकाका जिल्ला प्रशासनले मंगलवार बिहीबारबाट लागू हुने गरी राती ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने…
काठमाडौंः लगातार ओह्रालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार भए पनि बुधबार पुनः घटेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ।नेपाली बजारमा बुधबार सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत सोमबार ८९ हजार रहेको मूल्यमा मंगलबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। त्यसमा आज ४ सय रुपैयाँ घटेको हो। चाँदी पनि लगातार घटेर…