अप्रत्यासित रुपमा हामिद कारजाई इन्टरनेसनल एयरपोर्ट बन्द भएपछि सेड्युलमा रहेका विभिन्न मुलुकका फ्लाइटहरु अनिश्चित भएका छन्। अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमवार एउटा नोटम अर्थात् सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो। साथै एक अर्को सूचनामा काबुललाई ट्रान्जिट बनाउने विमानहरुलाई नआउन भनिएको छ। यससँगै अफगानिस्तानको काबुलमा उडान गर्दै आएका व्यवसायिक उडानहरु प्रभावित भएका…
वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नारायणी अस्पतालमा छापा हानेको छ। वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा हानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी गराए। उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय छानविन टोलीले छापा मारेको उनले पुष्टि गरे। विभिन्न सञ्चार माध्यममा नारायणी अस्पतालको फार्मेसीको १ करोड २३ लाख अनियमितता भएको समाचारको…
काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्दार गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले उद्दारका लागि समन्वायात्मक भूमिमा निर्वाह गर्ने बताए। 'सरकारले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपालीलाई सीघ्र उद्दार गर्ने र नेपाल सरकारका सम्बन्धित निकायले समन्वयात्मक रुपमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न लिगको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले रियल सोसिडाडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो। जेरार्ड पिक्वेको गोलमा १९ औं मिनेटमा अग्रता बनाएको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटमा पहिलो हाफको इन्ज्युरी समयमा गोल थपे। दोस्रो हाफमा ब्रेथवेटले नै फेरि अर्को गोल गरे। उनले खेलको ५९ औं मिनेटमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमको जितका लागि कोरियाली स्ट्राइकर सन ह्युङ मिनले निर्णायक गोल गरे। ६० हजार दर्शककोबीच सम्पन्न खेलमा उनले खेलको ५५ औं मिनेटमा स्टेभेन बर्जविनको…
काठमाडौँः नेपाल तरुण दलले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै तालिवानको कदमबाट थुप्रै नेपाली नागरिक असुरक्षित भएको भन्दै तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानको विद्रोही संगठन तालिवानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठूलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित…
काठमाडौँः परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा रहेका नेपाली नागरिक फिर्ताबारे समन्वय गर्न सहसचिव स्तरको एक कार्यदल गठन गरेको छ। आइतबार मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बसेको अन्तर मन्त्रालय समन्वयको बैठकले कार्यदल गठन गरेको हो। कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड –१९ संकट व्यवस्थापन केन्द्र र…
काठमाडौं : अफगानिस्तानमा तालिवान लडाकुहरुले राजधानी काबुललाई घेरा हाल्दै अगाडि बढिरहेका छन्। काबुलका विभिन्न जिल्लामा नियन्त्रण आफ्नो हातमा लिएका छन्। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालेका छन्। नेपालीलाई उद्धार गर्नका लागि भनेर १२ दिन पछिलाई चार्टर उडान बुक गरेको छ। करिब १५ सय नेपाली रहेको अफगानिस्तानमा नेपाली लिनका लागि नेपाल वायु सेवा निगमको विमान बुक भएको…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ। संक्रमण भएका…
काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ। आइतवार भएको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो। समितिको बैठकमा आइतवार परराष्ट्र सचिव भरतराज पौड्याल उपस्थित थिए। समितिले अफगानिस्तानमा कति नेपाली छन्? उनीहरुको अवस्था कस्तो एकिन गरी उद्धारको काम थाल्न निर्देशन दिएको हो। 'त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत…
काठमाडौंः प्रहरीले यार्सागुम्बा लुटेरा समूहलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार काठमाडौंको विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धर्म ओखेडा, मनोज कुमार श्रेष्ठ, दीपक थापा मगर, विशाल लामा,योङदेश लामा, रोशन श्रेष्ठ, मोहम्मद इसाक रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा समेत बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूले साउन…
काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले यस्तो जानकारी दिए। त्यहाँ रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि सहसचिव हरिशचन्द्र घिमिरेकाे नेतृत्वमा समिति गठन भएको उनले जानकारी दिए। समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उनले बताए। त्यहाँ करिब १५ सय नेपाली…
तालिवान लडाकुहरुले काबुलामा रहेको महत्त्वपूर्ण कारागारलाई नियन्त्रणमा लिएको छ। अमेरिका सेनाको एयरबेस बग्राममा रहेको महत्त्वपूर्ण एयरबेस नियन्त्रणमा लिएको तालिवानी प्रवक्ताले जनाएका छन्। अमेरिकी सेनाले निर्माण गरेको एयर बेस खाली गरेर अमेरिकी सेना फर्किएको थियो। यो कारागारलाई नियन्त्रणमा लिइएको तालिवानले जनाएको छ। साथै त्यहाँ रहेका कैदी बन्दीहरु सुरक्षित रहेको बताइएको छ। #عاجل: د بګرام په هوایي اډه کې تر…
काठमाडौं: बन्द प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट १७ जना खेलाडी बाहिरिएका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीबाट २८ जनामा घटाएका हुन्। एघार खेलाडीहरु क्याम्पबाट रिलिज भएका छन् भने बाँकी रहेका ६ मध्ये पाँच जना नेपाल पुलिसका खेलाडीले परीक्षाका कारण ट्रेनिङ सेसनमा उपस्थित हुन सकेका थिएनन्। त्यस्तै बाँकी एकजनालाई कोभिड संक्रमण भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले…
तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ। दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्न लडाकुहरुलाई हिंसा रोक्न र काबुल छाड्न चाहनेलाई सुरक्षित बाहिर जाने बाटो दिन निर्देशन दिइएको बताएका छन्। यद्यपि काबुलमा असर्फ घानी प्रशासनले तालिवानी लडाकुबिरुद्ध जवाफी हमला बोल्छ कि बोल्दै भन्ने स्पष्ट खुलेको छैन। तालिवानले अनलाइनमार्फत…
खास गरी ओलम्पिकमा खेलाडीले मेडल टोकेको दृश्य सामान्य हो। तर, जापानका एक जना मेयरले अनुमतिबिनै मेडल टोकिदिएर मेडल क्षति पुर्याएपछि विवादमा तानिएका छन्। नागोयाका मेयर टाकाशी कावामुराले अघिल्लो हप्ता सफ्टबलकी खेलाडी मिउ गोटोको गोल्ड मेडल टोकेपछि आलोचना बेहोरेका छन्। लाइभ ब्रोडकास्टिङका क्रममा उनको व्यवहारका कारण अपमानजनक र कोभिड १९ को महामारीबिच जोखिम हुने भन्दै आलोचना बेहोरिरहेका हुन्। नगोया सिटीका एक जना…
काठमाडौंः गत साता लगातार घटेको सुनको मूल्य आइतबार तोलामा एक हजार रुपैयाँ बढेको छ। गत साता घटेर तोलाको ८९ हजारभन्दा तल पुगेको कारोबार मूल्य साताको पहिलो दिन ९० हजार रुपैयाँभन्दा माथि उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो।…
काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। पेरिसडाँडा पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक सकिएको छ। अहिले माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बिहान…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गमाथि जित निकालेको छ। घरेलु मैदानमा पार्क डेस प्रिन्सेसमा पीएसजीले ४-२ गोलअन्तरले जित निकालेको हो। खेलको तेस्रो मिनेटमै माउरो इकार्डीको गोलमा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै खेलको २५ औं मिनैटमा किलियन एम्बाप्पे र २७ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दा पीएसजी पहिलो हाफमा तीन गोलले अघि रह्यो। दोस्रो…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा अलाभेसलाई हराउँदै रियल मड्रिडले विजयी सुरुवात गरेको छ। मेन्डिजोर्रोर्जा स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली अलाभेसलाई ४-१ ले हराउँदै मड्रिडले लिगमा सुखद सुरुवात गरेको हो। पहिलो गोल बराबरीमा रोकिएको खेलमा मड्रिडलाई करिम बेञ्जेमाले अग्रता दिलाएका थिए। खेलको ४८ औं मिनेटमा इडन हजार्डको पासमा बेञ्जेमाले अग्रता दिलाएका थिए। त्यस्तै ५६ औं मिनेटमा लुका मोड्रिचको पासमा…