काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानका बेला अनुपस्थित भएका सांसद खिमविक्रम शाहीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। शाहीले बुधवार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको र आफू सदनमा जाने भनी तयारी अवस्थामा रहेका बेला अचानक विरामी भई अस्पताल जानुपरेको उल्लेख गरेका छन्। संसदमा उपस्थित नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला शाहीले बिहीवार विज्ञप्ति जारी…
काठमाडौँ : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञाको कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षण गराउनेको सङ्ख्यामा कमी आएको छ। सार्वजनिक तथा निजी सवारी साधनहरू नचल्दा परीक्षण गराउनेको सङ्ख्या कमी आएको अस्पतालका एक कर्मचारीले जानकारी दिए। अस्पताल नजिकै भएका मानिस भने हिँडेर नै अस्पताल पुगेका थिए। आज बिहान लाइनमा बसेको १०/१५ मिनेटमा नै परीक्षण गर्ने पालो आएको परीक्षण गर्न…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास नलिई हिंडेका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ। आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ। जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन्। यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई प्रहरीले साँझ ७ बजेसम्म राखेर मात्र फिर्ता गर्ने जानकारी दिएको छ।…
काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ। बिहान १० बजेसम्म खाद्यन्नका पसलहरु संचालन गर्न दिइएको थियो। जसले गर्दा बिहान मानिसको चहलपहल केही देखियो। सुरक्षाकर्मीले पनि खाद्यान्न किन्नका लागि केही सहजीकरण गरेको थियो।…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा भोलि शल्यक्रिया हुन लागेको हो। त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुने उनको सचिवालयले जानकारी गराएको छ। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। विभिन्न परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको…
काठमाडौं : कोभिड १९ संक्रमणको सिकार भएकी पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ। स्वाप्रश्वासमा समस्या देखिएपछि पूर्वरानी शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए। कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन्। 'पहिले अक्सिजनको डिमाण्ड ३/४ केजी मात्र थियो। अहिले डिमाण्ड बढेर १० केजीसम्म पुगेको छ। त्यसैले आईसीयूमा राखिएको…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) स्वास्थ्य मापदण्ड थप्दै गर्दै निषेधाज्ञामा पनि जारी रहने भएको छ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा अघिल्लो शनिवारमा बन्द रंगशालामा सुपर लिग चलिरहेको छ। पछिल्लो समय कोभिडको संक्रमण बढेसँगै एनएसएल के हुने भन्ने अन्योल उत्पन्न भएको थियो। आयोजकले लिगमा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न खेलकुद मन्त्रालयको सिफारिसमा सीसीएमसीबाट स्वीकृति मिलेको दाबी गरेको छ। खेलाडी,…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली पीएसजी १-२ गोलअन्तरले पराजित भएको हो। खेलको १५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। उनकै गोलमा पीएसजी पहिलो हाफमा एक गोलले अघि…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। हैदरावादका लागि मनिष…
काठमाडौं : संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) भित्रको दरारका कारण यतिबेला प्रदेश सरकारहरु पनि डेन्जर जोनमा छन्। विशेषगरि एमालेले नेतृत्व गरेको प्रदेश १, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका सरकारमाथिको संकट जारी छ। डेन्जर जोनमा पुगेका प्रदेश १, गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव विचाराधीन छन्। प्रस्ताव अन्य दलका कारणभन्दा पनि एमालेकै असन्तुष्ट पक्षको सहयोगमा सफल हुने भय पनि मुख्यमन्त्रीहरुलाई…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पोखरा थण्डर्सले विराटनगर सिटी एफसीमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले १-० गोल अन्तरले संघर्षपूर्ण जित निकालेको हो। पोखराको जितमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा श्रेष्ठले खेलको अन्तिम समयमा गोल गरेका थिए। खेलको ८३ औं मिनेटमा गरेको श्रेष्ठको गोल नै…
काठमाडौं : प्रहरीले गत २४ घण्टामा ‘तपाईँको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ६६ हजार ७४७ जनालाई मास्क वितरण गरेको छ। कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले तपाईँको मास्क खोई? कार्यक्रम सञ्चालन गरेको हो। त्यस्तै, प्रहरीले मास्क नलगाउने ३० हजार ८८३ जनालाई होल्डिङ जोनमा उभ्याएर छोडेको छ भने १९ हजार १४५ जनालाई सम्झाएर पठाएको छ। यसैगरी, मास्क नलगाउने १ हजार…
वीरगंज : बाराको परवानीपुरमा आयोजित त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि वाग्मती युवा क्लब सर्लाहीले जितेको छ। आज भएको फाइनल खेलमा वीरगंज युथ एकेडेमीलाई १-० गोलले हराउँदै वाग्मती युवा क्लबले उपाधि जितेको हो। वाग्मतीका लागि सागर शाहीले दोस्रो हाफको १० मिनेट खेल बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो। उपाधिसँगै वाग्मती युवा क्लबले नगद १ लाख रुपैयाँ…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको छ। प्रशासनले सोमवार जारी गरेको निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको हो। जस अन्तर्गत अत्यावश्यक सेवाहरुमा कुरियर तथा डाँक सेवा थप गरिएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि…
बुटवल : रुपन्देहीमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भोलि बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। भोलि बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेसम्म रूपन्देहीमा निषेधाज्ञा हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। निषेधाज्ञालाई कडा तरिकाले लैजाने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। उनले रूपन्देहीमा अत्यावश्यक बाहेकका हरेक क्षेत्र बन्द हुने बताए। यस अवधिमा शान्ति सुरक्षा…
हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन्। वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका…
काठमाडौं: नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी २० वरीयतामा छलाङ मारेका छन्। अघिल्लो हप्ता सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी २० सिरिजबाट सिनियर टोलीमा डेब्यु गरेका कुशलले वरीयता सुधार्दै ६१ औं नम्बरमा उक्लिएका हुन्। त्रिदेशीय सिरिजमा लगतार तीन अर्धशतक प्रहार गरेका भुर्तेल अघिल्लो साता पहिलो पटक टी २० वरीयताको शीर्ष सयभित्र परेका थिए। उक्त वरीयतामा ९३ औं स्थानमा रहेका रुपन्देहीका २४…
काठमाडौं : अब विदेश जाने नागरिकहरुको कोभिड-१९ परीक्षण सरकारी प्रयोगशाला तथा मापदण्ड पुगेका अस्पतालमा आधारित 'ए' वर्गका प्रयोगशालाबाट मात्र हुने भएको छ। पछिल्लो समय विदेश जाने नागरिकको परीक्षणमा अनियमितता भएको सार्वजनिक भएपछि परीक्षणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडाइ गरेको हो। त्यस्तै परीक्षण रिपोर्टहरुमा सम्बन्धित व्ययक्तिको फोटो र वारकोड वा आईएमयु अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्। चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक बहादुर बस्नेतले गोल थपे। उता बुटवलका लागि आशिष लामाले ३२…
काठमाडौंः काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा फेरी आगोलागी भएको छ। आज दिउँसो लागोलागी भएको जानकारी पाएपछि नियन्त्रणको प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र दमकल सहितको टोली शिवपुरी पुगेका छन्। बुढानीलकण्ठ नगरपालिका स्थित चण्डेश्वरी मन्दिर नजिकैबाट आगो सल्किएको हो। ' एकदमै भिरालो र बाक्लो सल्लाको पतकर भएको ठाउँमा आगलागी भएको छ। कसैले लगाएको हुनुपर्छ,' बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव…