PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • आईसीयूमा उपचाररत कोरोना संक्रमित उच्च अदालतका न्यायाधीश भट्टराईलाई काठमाडौं लगियो

    आईसीयूमा उपचाररत कोरोना संक्रमित उच्च अदालतका न्यायाधीश भट्टराईलाई काठमाडौं लगियो

    कञ्चनपुर : कोभिड १९ बाट संक्रमित उच्च अदालत दिपायल-महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई काठमाडौं लगिएको छ। महाकाली उप-प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत भट्टराईलाई बुधवार विहान हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित नारायणथानको कोभिड १९ अस्पताल लगिएको अधिवक्ता प्रकाश पाण्डेले जानकारी दिए। उनका अनुसार एक साताअघि संक्रमित भएका न्यायाधीश भट्टराईको स्वास्थ्य अवस्था स्थिर छ। ‘फोक्सोमा समस्या देखिएको छ। अक्सिजनबाट बाहिर राख्दा समस्या छ।…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

    बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९ औं मिनेटमा मड्रिडका करिम बेञ्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए।…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : रोमाञ्चक खेलमा दिल्लीविरुद्ध बेङ्ग्लोरको १ रनको जित

    आईपीएल : रोमाञ्चक खेलमा दिल्लीविरुद्ध बेङ्ग्लोरको १ रनको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि १ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो।…

    विस्तृतमा पढ्नुस्

  • चीनले नेपाललाई थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने, इमर्जेन्सी सप्लाइ रिजर्भ बनाउने प्रस्ताव

    चीनले नेपाललाई थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने, इमर्जेन्सी सप्लाइ रिजर्भ बनाउने प्रस्ताव

    काठमाडौं: कोभिड-१९ विरुद्धको लडाइमा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी (९ करोड १९ लाख ८४ हजार ५३३) बराबरको स्वास्थ्य सामाग्री अनुदान सहयोग उपलब्ध गराउने भएको छ।  चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको दक्षिण एसियका देश पाँच देशहरु अफगानिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्सका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  कन्फ्रेन्समा महामारी पछिको आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा निषेधाज्ञा : विवाहको २ वटासम्म सवारी साधनको लागि अनुमति लिनु नपर्ने

    काठमाडौंमा निषेधाज्ञा : विवाहको २ वटासम्म सवारी साधनको लागि अनुमति लिनु नपर्ने

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको छ। प्रशासनले सोमवार जारी गरेको निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको हो। जस अन्तर्गत अत्यावश्यक सेवाहरुमा कुरियर तथा डाँक सेवा थप गरिएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि…

    विस्तृतमा पढ्नुस्

  • ‘कांग्रेस बल्लबल्ल तयार भएको छ, जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ’

    ‘कांग्रेस बल्लबल्ल तयार भएको छ, जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ’

    काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले निर्णय लिन ढिलाइ गर्दा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न नसकेको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ। मंगलबार स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अघि बढाउन नेपाली कांग्रेस बल्लतल्ल तयार भएको तर जसपाले निर्णय लिन नसकेको बताए।  प्रस्ताव अघि बढाउनेबारे माओवादी स्पष्ट रहेको बताउँदै उनले वर्तमान सरकारको चाँडोभन्दा चाँडो विकल्प खोजी हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं रेजर्समाथि १० खेलाडीमा सीमित धनगढीको सानदार जित

    काठमाडौं रेजर्समाथि १० खेलाडीमा सीमित धनगढीको सानदार जित

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसीले काठमाडौं रेजर्समाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले ३-० को सहज जित निकालेको हो। धनगढीको जितमा ओलावाले आफिजले दोहोरो गोल गर्दा टंक बस्नेतले १ गोल गरे। तीनै गोल पहिलो हाफमा भएको थियो। खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै खेलमा अग्रता बनाएका…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादीको प्रस्ताव, विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा

    केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादीको प्रस्ताव, विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाएको छ। मंगलबारको स्थायी कमिटी बैठकले तत्कालीन एमाले र माओवादी केन्द्र फरक फरक दल हुने सर्वोच्चको फैसलापछि विधान संशोधन प्रक्रिया अघि बढाएको थियो। स्थायी कमिटीबाट अनुमोदन भएको विधान केन्द्रीय कमिटी पठाएको हो। केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]

    सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]

    भेरी अस्पतालको दुर्दशालाई मिडियाले बाहिर ल्यायो। अनि अस्पताल प्रशासनले माग्यो - करारमा चिकित्सक र स्वास्थ्यकर्मी। भेरीमात्र होइन सबैखाले अस्पतालहरु कोरोना भाइरस संक्रमितहरुले भरिएका छन्। नेपालका विभिन्न स्थानमा स्थानीय प्रशासनबाट निषेधाज्ञा त जारी भएको छ तर त्यसको पालना कसरी हुन्छ भन्न सकिन्न। छिमेकी मुलुक भारतमा अक्सिजन र ओखती नपाएर मरिरहेका मानिसको शव विसर्जनका दृष्यहरु विभिन्न माध्यमबाट प्रवाह हुँदा एक किसिमको भय…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा निषेधाज्ञा : वीरगंज ईनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपार गर्न पूर्ण रुपमा रोक

    पर्सामा निषेधाज्ञा : वीरगंज ईनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपार गर्न पूर्ण रुपमा रोक

    वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गते बिहान ४ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। जसअनुसार अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसको साथै सबै प्रकारका सभा,…

    विस्तृतमा पढ्नुस्

  • बिदामा बसेका स्वास्थ्यकर्मीलाई हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

     बिदामा बसेका स्वास्थ्यकर्मीलाई हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ् तथा जनसंख्या मन्त्रालयले विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरुन्त कार्यालयमा हाजिर हुन भनेको छ। कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने कोभिड-१९ संक्रमित बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि लागि सरकारको निमित्त सचिवस्तरीय बैठकबाट कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने यस अघि लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार…

    विस्तृतमा पढ्नुस्

  • फेरि बन्यो काठमाडौंमा खुल्ला आकाशमुनि 'हिरासत', मास्क नलगाई हिंड्नेलाई प्रहरीले समात्दै उभ्याउँदै

    फेरि बन्यो काठमाडौंमा खुल्ला आकाशमुनि 'हिरासत', मास्क नलगाई हिंड्नेलाई प्रहरीले समात्दै उभ्याउँदै

    काठमाडौँः तपाई अहिले काठमाडौं विभिन्न चोकमा निस्किनु भयो भने डोरीले बेरेर राखेको खुल्ला ठाउँ देख्नुहुन्छ। अनि कागजमा 'होल्डिङ एरिया' भनेर लेखिएको हुन्छ। तर सुरक्षाकर्मीहरू यसलाई ख्यालठट्टामा खुल्ला आकाश मुनिको हिरासत समेत भन्छन्। यो 'हिरासतमा' पर्नु भयो भने पनि कुनै अदालतमा मुद्दा नै चाहिँ जाँदैन। प्रहरीले केही घण्टा भने तपाईंलाई सडकमै 'होल्ड' भने गर्नेछ। अनि तपाइको 'अपराध' हुने छ- मास्क नलगाई हिँडेको। कोभिड…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक नियुक्ति सच्याउन राष्ट्रसंघीय विज्ञहरुको आग्रह, 'नियुक्ति असंवैधानिक र अन्तर्राष्ट्रिय मान्यता विपरीत'

    संवैधानिक नियुक्ति सच्याउन राष्ट्रसंघीय विज्ञहरुको आग्रह, 'नियुक्ति असंवैधानिक र अन्तर्राष्ट्रिय मान्यता विपरीत'

    काठमाडौं : राष्ट्र संघीय मानवअधिकार विज्ञहरुले नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा सरकारले पदाधिकारी नियुक्त गरेको विषयमा गम्भिर चासो ब्यक्त गरेको छ। राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालय अन्तर्गतको विज्ञ समूहका सदस्यहरुले मानव अधिकार आयोगका सदस्यको नियुक्त अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाएको बताएको छ। साथै विज्ञहरुले नेपाल सरकारसमक्ष तत्काल नियुक्तिको कदम सुधार गर्न आग्रहसमेत गरेको छ।  'नियुक्ति प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नहुनु र नेपालले…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाले तर्सायो काठमाडौं उपत्यकामा आएर बस्नेलाई : एकै दिनमा ५० हजारले उपत्यका छाडे

    निषेधाज्ञाले तर्सायो काठमाडौं उपत्यकामा आएर बस्नेलाई : एकै दिनमा ५० हजारले उपत्यका छाडे

    काठमाडौं : 'घर फर्किनको लागि केही दिन दिएका छौँ।' सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको यो भनाई समाचारको शीर्षक बन्यो।सिडिओ पराजुलीले यसो भन्नुको कारण काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञाको सन्दर्भ नै थियो। उनको भनाइ सार्वजनिक हुनुअघि नै काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका सिडिओ बसेर बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरिसकेका थिए। तर, आधिकारिक निर्णय सार्वजनिक भइसकेको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत

    राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत

    काठमाडाैं : नेपाली राष्ट्रिय फुटसल टाेलीकाे प्रशिक्षकमा गाैरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र दिएका हुन्। एन्फा फुटसल कमिटीकाे सिफारिसमा बस्नेतलाई ६ महिनाका लागि नियुक्त गरिएकाे हाे। बस्नेतले यसअघि राष्ट्रिय फुटसल टाेलीकाे सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनले एएफसी ए लाइसेन्स काेर्ष पूरा गरेका छन्। 'याे दायित्व पाउँदा म खुशी छु। मेराे…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंलाई 'ट्रान्जिट' बनाएर विदेश यात्रामा रोक

    काठमाडौंलाई 'ट्रान्जिट' बनाएर विदेश यात्रामा रोक

    काठमाडौं : अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हुने यात्रालाई रोक लगाउने भएको छ। वैशाख १५ गते राति १२ बजेबाट लागू हुने गरी ट्रान्जिटको रुपमा यात्रा गर्नेलाई निधेष गरिएको विभागले जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १५ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। अध्यागमन विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश…

    विस्तृतमा पढ्नुस्

  • हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो

    हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो

    काठमाडौंः प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र  राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक हार्डवेयर पसलमा छापा मार्दा कुटुवा पेस्तोल फेला पारेको हो। प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २३ वर्षीय सजित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित वरुण धाडेवाको घरमा सटर भाडामा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा बढ्दै : साता दिन होइन १५ दिनसम्म गर्न मन्त्रिपरिषद्को निर्देशन

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा बढ्दै : साता दिन होइन १५ दिनसम्म गर्न मन्त्रिपरिषद्को निर्देशन

    काठमाडौंः मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। सोमबार काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। प्रशासनले बैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लगाएको हो। तर मन्त्रिपरिषद्को बैठकले भने थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। त्यसैले बिहीबारदेखि जारी हुने निषेधाज्ञा १५ दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: काठमाडौंलाई धनगढीको चुनौती

    एनएसएल: काठमाडौंलाई धनगढीको चुनौती

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी साँझ साढे ५ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगिताको उद्घाटन खेल ललितपुर सिटी एफसीमाथि जित निकालेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने छ। धनगढीले भने यसअघिको खेलमा विराटनगर सिटीसँग ३-० फराकिलो अन्तरले…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : पञ्जाबविरुद्ध कोलकाताको जित

    आईपीएल : पञ्जाबविरुद्ध कोलकाताको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा कोलकाताले पञ्जाबमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। पञ्जाबका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell