काठमाडौं : मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीमानाकामा कडाइ गर्ने निर्णय गरेको हो। त्यसका साथै बैठकले अन्तर्राष्ट्रिय सीमा जोडिएका स्थानीय निकायलाई आवश्यक परेको खण्डमा थप कडाइ गर्न सक्ने अख्तियारी दिएको छ। बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथामको लागि गरेको सिफारिसलाई केही परिमार्जन गर्दै…
काठमाडौंः महालक्ष्मी नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो। वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ। वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह हुने छैनन्।
वीरगंज : वीरगंजमा सोमवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीया संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो। सोमवार एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो। उनको सोमवार नै साँझ ६ वजे मृत्यु भएको बताइएको छ। मृत्युको…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी बिहीवार (बैशाख १६ गते) बिहान ६ बजेदेखि लागू हुने गरी बैशाख २२ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्। सो अवधिमा सबै प्रकारका सभा,…
वीरगंज : वीरगंजमा सोमवार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरगंज-८ निवासी ३८ वर्षीया संक्रमित महिलाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी सो महिलालाई सोमवार १२:१५ वजे अस्पताल भर्ना गरिएको थियो। उनको सोमवार नै साँझ ५:४६ मृत्यु भएको श्रीवास्तवले बताए।
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)ले निर्णायकहरू सार्वजनिक गरेको छ। निफले सार्वजनिक गरेका निर्णायकहरुमा नेपालबाट दुई जना परेका छन्। निफले विदेशीसहित चार जना जुरीको नाम सार्वजनिक गरेको हो। जसमा नेपालबाट निर्देशक तुलसी घिमिरे र छिरिङ रितार शेर्पा परेका छन्। घिमिरेले वर्ल्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका फिल्म हेरेर निर्णय दिनेछन्। त्यसैगरि, शेर्पाले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को…
जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा रहेको २०० शय्याको अस्पताललाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइने भएको छ। कोभिड १९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमणको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजी तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरुसँग भएको छलफलमा जानकी मेडिकल कलेजमा रहेको २ सय शय्याको अस्पताललाई तत्काल कोभिड…
कैलालीः कञ्चनपुरमा सोमबार थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका -४ का ६० वर्षीय पुरूषको कोभिडका कारण मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि शनिबार महाकाली अस्पतालमा भर्ना भएका ती पुरुषमा संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका-१ का ४८ वर्षीय पुरुषको धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी…
कैलाली : कैलाली र कञ्चनपुरमा आजबाट लागू हुने गरी राति लकडाउन हुने भएको छ। धनगढीमा आज बसेको अन्तर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समितिको बैठकबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो। साथै भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ। ‘दुवै जिल्लामा महामारीको गति बढ्दो गतिमा रहेकाले तत्काल सफ्ट खालको निर्णय गरेका छौँ’। कैलालीका…
पहिलो लहरको तुलनामा भारतका नेपालसँग जोडिएका राज्यहरुमा कोभिड-१९ को दोस्रो लहर डरलाग्दो गरी सल्किएको छ। औषधिदेखि अक्सिजनसम्मको चरम अभाव खेपिरहेको भारतमा जति संकट गहिरिन्छ, त्यत्तिकै जोखिमतिर धकेलिन्छ नेपाल। यतिखेर नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ। भारतमा त दैनिक ३ लाख भन्दा बढीमा संक्रमण देखिएको छ। मृतकको संख्या पनि दैनिक दुई हजारभन्दा माथि छ। यस्तो अवस्थामा भारतसँगको सीमाबाट आवतजावत जारी नै…
काठमाडौँ : काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 'गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,' गृह मन्त्रालय स्रोतले भन्यो। १६ गतेदेखि लागू हुने निषेधाज्ञामा…
काठमाडौं : कोरोना संक्रमण फैलिएपछि सरकारले देशभरकै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। तर, सरकारको निर्णय अवज्ञा गरेर विद्यालय संचालन गरेको भन्दै प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय संचालन गरी पठनपाठन गराउदै गरेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख समेतको टोलीले अनुगमन गरेको थियो। सरकारी निर्णयको अवज्ञा गरेको ठहर्याउँदै उनीहरुलाई नियन्त्रणमा…
काठमाडौं : काठमाडौंमा मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान मास्क नलगाई हिँड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको छ। काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई केही समय राखेर छोडेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। आज बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको हो।…
काठमाडौं: पोखरा विश्वविद्यालले जारी परीक्षा र मिति तोकिएका परीक्षाहरु अर्को सूचना जारी नहुन्जेलका लागि भन्दै स्थगित गरेको छ। विश्वविद्यालय परीक्षा समितिको बैठकले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि परीक्षा स्थगित गर्न सिफारिस गरेको सन्दर्भमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालमा भने आज पनि परीक्षा जारी छ। त्रिभुवन विश्वविद्यालले भने मन्त्रिपरिषद्कै निर्णय कुरेर बसेको छ। कोभिड-१९ संकट व्यवस्थापन…
काठमाडौं : कोभिड १९ संक्रमणविरुद्धको खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएका छन्। आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घाइते बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका मानिसलाई महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ। 'खोप लगाउने क्रममा झगडा भएको रहेछ। पीडित पक्षले शरीरमा चोट लागेको…
काठमाडौं : सर्वोच्च अदालतमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा आज पनि पेशीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो। आइतबार ढुङ्गानाकै इजलासमा परे पनि समय अभावका कारण ‘हेर्न नभ्याउने’ भएर सुनुवाइ आजलाई सरेको थियो। पेशीको सूचीमा अगाडि पाँचवटै बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा भएकाले पालो आउने आँकलन गरिएको छ। अध्यक्ष…
काठमाडौँः काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने तयारी गरेका छ। आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण फैलिन सक्ने स्थानहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भइरहेको छ। ' केही समय कडाइ गर्ने विषयमा हामीबिच छलफल भएको छ। लगभग हामी तीनै जना यस विषयमा सहमत छौँ। आज नै गृहसचिवसंग कुरा गरेर बेलुकासम्म…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि आज उत्रँदै छ। प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी…
काठमाडौं : आइतबारबाट मकवानपुरमा चल्ने सवारी साधनमा जोरबिजोर प्रणालीमा लागू भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। तर पनि चालकहरूले प्रणाली उल्लङ्घन गर्दै सावरी चलाएको पाइएको छ। सोमबार बिहान मात्र प्रहरीले सवारी साधननलाई नियन्त्रणमा लिएको छ। हेटौँडा बजार क्षेत्रबाट ५५ वटा मोटरसाइकल, ७ वटा अटो, ५ वटा म्याजिक र एउटा…
नयाँ दिल्ली : भारतमा गएको साता कोभिडको संक्रमण यसरी बढ्यो कि विश्वका कुनै पनि मुलुकले सामना गर्न नपरेको स्थिति आइलाग्यो। पछिल्लो सात दिनमा भारतमा २२ लाख ४९ हजार नयाँ कोभिड १९ का केस थपिए। पेन्डेमिक सुरु भएदेखिकै तथ्याङ्क केलाउने हो भने यति धेरै प्रभावित कुनै पनि मुलुक कहिल्यै भएको थिएन। आइतवारमात्रै भारतमा थप ३ लाख ५५ हजार मानिस संक्रमित थपिए…