काठमाडौं : कोभिड-१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड-१९ नियन्त्रका लागि पार्टीलाई परिचालन गर्ने निर्णय गरेको हो। जिल्ला-जिल्लामा हेल्थ डेस्क राख्ने, जागरण अभियान चलाउने र कोरोनाविरुद्ध पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 'जिल्ला…
वीरगंज : पर्सा-बाराका जिल्ला प्रशासनले विवाह तथा धार्मिक कार्यक्रमका लागि अनुमति लिनुपर्ने सूचना जारी गरे पनि अटेर गरी सयौंको उपस्थितिमा वैवाहिक कार्यक्रमहरु भइरहेका छन्। विवाहको लगन सुरु भएसँगै वीरगंजका करिब एक दर्जन होटल तथा पार्टी प्यालेसमा राति र बिहानको गरी दैनिक दुई वटा विवाह भइरहेको देखिएको छ। सबै होटलमा सयौंको भीडभाड तथा धुमधामका साथ विवाह तथा धार्मिक कार्यक्रम भइरहेको छ।…
वीरगंज : बाराको सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको उपाधि संकटा क्लब काठमाडौंले जितेको छ। शनिवार साझ भएको फाइनल खेलमा अफ्रिकन रुटस एशोसिएसन, क्यामरुनलाई सडन डेथमा हराउँदै संकटा गोल्डकपको च्याम्पियन बनेको हो। निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सडन डेथसम्म पुगेको थियो। सडन डेथमा भने गोलरक्षका राजाबाबु थापा निर्णायक बन्दा…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक २ घण्टा ढिलो गरी सुरु भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको थियो। बैठकको तयारीका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गरेको नेम्वाङको भनाई छ। 'बैठक सुरु हुनुअघि…
बुटवलः बाँकेमा एक जना कोभिड १९ सङ्क्रमितले आत्महत्या गरेका छन्। कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले शनिवार साँझ पौने ७ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ। वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए। योसँगै कोरोनाबाट बाँकेका…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक एक घन्टा बितिसक्दा पनि सुरु भएको छैन। महाधिवेशन आयोजक कमिटीको बैठक अचानक बोलाइएको भए पनि अझै सुरु भइनसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। आकस्मिक रुपमा बैठक बोलाइएकोले एजेण्डा सार्वजनिक नगरिएको उनको भनाई छ। 'बैठक सुरु हुन सकेको छैन। अहिले एजेण्डाका बारेमा सार्वजनिक गरिएको छैन। एजेण्डा…
काठमाडौंः अधिकांश डाक्टर, नर्स तथा प्रशासनिक कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नियमित सेवा एक साताका लागि बन्द गरिएको छ। आकस्मिक बाहेकका अन्य सेवा वैशाख १८ गतेसम्म बन्द गरिएको सूचना अस्पताल प्रशासनले जारी गरेको हो। अस्पतालमा कार्यरतहरुको पीसीआर परीक्षणका क्रममा पीसीआर गरिएकामध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई बधाई दिएका छन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स बिच काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हिजो नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्। 'नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै…
काठमाडौंः कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले दायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको छ। सुनुवाइको ३०औँ नम्बरमा नेपालसहितका नेताको रिट छ। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत अध्यक्ष ओलीले आफूहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता भएको थियो। वैशाख ९ गते रिट सर्वोच्चमा दर्ता भएको…
काठमाडौंः सैगै सिकार खेल्न भएको साथीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बु रहेका छन्। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। वैशाख ८ गते बिहान करिब ९ बजे हस्त बहादुर राई, गजेन्द्र राई र रुबिन लिम्बु घरबाट…
कैलालीः कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुष्टि भएको थियो। उनमा निमोनिया र श्वासप्रस्वासको समस्या…
काठमाडौंः प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले हुम्ला सर्केगाड गाउँपालिका घर भएका १९ वर्षीय मुनबहादुर रावतलाई नियन्त्रणमा लिएको हो। इमाडोलबाट ग्वार्को तर्फ आउँदै गर्दा प्रहरीले शङ्का लागेर चेक गर्दा रावतको साथबाट ५ थान नक्कली नोट फेला परेको हो। उनले त्यो नोट कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला अदालतबाट…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान १० बजे बैठक बोलाइएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफलका लागि बैठक डाकिएको एक सदस्यले बताए। स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ पेस गरिसकेका छन्। स्पष्टीकरणको कारबाही रोक्न माग गर्दै दायर रिटमा समेत आजै…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी दिउँसो साढे २ बजे भिड्ने छन् भने दोस्रो खेलमा पोखरा थण्डर्स र वुटवल लुम्बिनी एफसी साँझ साढे ५ बजे भिड्ने छन्। नेपालकै पहिलो फ्रेन्चाइज फुटबल एनएसएल शनिवारबाट सुरु भएको हो। शनिवारको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई हराउँदै प्रतियोगितामा सुखद…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा राजस्थानले कोलकातामाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ दशमलब ५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। कोलकाताका लागि…
हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाका एक वृद्धलाई गाडीमा ल्याएर छाडिएको छ। शुक्रवार वृद्ध जगन्नाथ गिरीलाई उनकै परिवारका सदस्यले मानवसेवा आश्रम मुख्य कार्यालय गेटबाट सय मिटर अगाडि सेतो गाडीमा ल्याई आश्रमलाई जानकारी नगराएर बाटोमा अलपत्र छाडेर गएको मानवसेवा आश्रमका अभियन्ताको दावी छ। २०७६ भदौ २५ गते चितवनको सडकपेटीमा कष्टकर…
कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएकी कञ्चनपुरकी एक महिलामा कोरोना पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलाको शुक्रवार राति ९ बजे मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी बिहीवार मात्रै…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं रेजर्सका लागि निर्णायक गोल बन्यो। भोलि एनएसएलमा दुई खेल हुँदैछन्।…
वीरगंज : शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्डकप शनिवारदेखि शुरु भएको छ। वीरगंज-२१ परवानीपुर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका हुन्। प्रतियोगिता उद्घाटनपछि उनले प्रदेश सरकार प्रदेशको खेलकुद विकासको लागि प्रतिबद्ध रहेको बताए। उनले परवानीपुर खेलकुद मैदान एतिहासिक खेलकुद मैदान भएको र करिब…
हेटौँडा : मकवानपुरगढी गाँउपालिका वडा नम्बर १ स्थित पिङडाँडाको एक बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जलेका भएका छन्। मकवानपुरगढी गाँउपालिकामा रहेको अमृत बहुउद्देश्य पशु तथा कृषि फर्ममा शुक्रवार राति आगलागी हुँदा खोरमा रहेका ३२ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गए राति करिब साढे ९ बजे एक्कासी बाख्रा फर्ममा आगलागी हुँदा फर्मसँगैको घरमा रहेको नगद…