PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-१३ का ५३ वर्षीय पुरुष रहेका छन्। गएराति १२:१० बजे उनको गण्डक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी दिए। एक सातादेखि उपचार चलिरहेको ती पुरुषको वैशाख ६ गते नारायणी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को सर्वदलीय संयन्त्रले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रोक्न प्रशासनलाई दियो निर्देशन

    प्रदेश २ को सर्वदलीय संयन्त्रले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रोक्न प्रशासनलाई दियो निर्देशन

    वीरगंज : कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका हुन्। सामाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित

    त्रिदेशीय सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित

    काठमाडौँः नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी त्रिदेशीय सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जीत हासिल गरेको हो। नेदरल्याण्ड्सलाई नेपालले १४२ रनले हरायो। नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनायो। नेपालका लागि करण केसीले ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने र कमल ऐरीले दुई/दुई विकेट लिए।…

    विस्तृतमा पढ्नुस्

  • टी २० मा नेपाली क्रिकेट टीमको पहिलो सर्वाधिक २ सय ३८ रन

    टी २० मा नेपाली क्रिकेट टीमको पहिलो सर्वाधिक २ सय ३८ रन

    काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। यो नेपाली किक्रेट टीमकै लागि ठुलो सफलता हो। सफलता यस अर्थमा नेपालले टी २० मा अहिलेसम्म यति धेरै स्कोर नै गरेको थिएन। यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलेमा नेपालले भुटान बिरुद्ध २ सय ३६ रन बनाएको थियो। त्यस्तै यही जारी सिरिजमा मलेसियासँग पनि नेपालले २…

    विस्तृतमा पढ्नुस्

  • नेपालले नेदरल्याण्ड्सलाई दियो २ सय ३९ रनको विशाल लक्ष्य, दुबै कुशलले बनाए अर्धशतक

    नेपालले नेदरल्याण्ड्सलाई दियो २ सय ३९ रनको विशाल लक्ष्य, दुबै कुशलले बनाए अर्धशतक

    काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। यो नेपालको टी २० मा सर्वाधिक ठूलो स्कोर हो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए। भुर्तेलले ५३…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमित पूर्वराजदम्पती अस्पताल भर्ना

    कोभिड १९ संक्रमित पूर्वराजदम्पती अस्पताल भर्ना

    काठमाडौंः कोभिड १९ संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन्। आज दिउँसो पूर्वराजा शाह पूर्वरानी कोमल शाह सहित काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका हुन्। पूर्वराजा शाहका सहयोगी सागर तिमल्सिनाले आज दिउँसो उनीहरु अस्पताल गएको जानकारी दिए। 'दिउँसो अस्पताल जानु भएको हो। स्वास्थ्यमा खासै समस्या देखिएको होइन। के भएको हो भन्ने कुरा अस्पतालबाट नै बुझ्नुहोला,' तिमल्सिनाले भने। पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

    त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

    काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्। जारि सिरिजमा भुर्तेलको यो चौथो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन रित्तियो, नयाँ दिल्लीको एकै अस्पतालमा २० जनाले गुमाए ज्यान

    अक्सिजन रित्तियो, नयाँ दिल्लीको एकै अस्पतालमा २० जनाले गुमाए ज्यान

    नयाँ दिल्ली : अक्सिजनको उपलब्धता हुन नसक्दा चिन्तजनक अवस्थामा उपचार गराइरहेका २० जना विरामीको गए राति दिल्लीको जयपुर गोल्डन अस्पतालमा मृत्यु भएको छ।  'अक्सिजनको स्टक सकिँदै गएपछि हामीले धेरै प्रयास गरेका हौं,' जयपुर गोल्डन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर डीके बालुजाले भने।  उनका अनुसार अस्पतालमा २ सय भन्दा धेरै विरामी थिए। र, उनीहरुसँग अस्पतालमा बिहान १०:४५ बज्दा आधा घन्टाका लागि पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग : उद्घाटनमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै, कुन टोलीको तयारी कस्तो?

    नेपाल सुपर लिग : उद्घाटनमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै, कुन टोलीको तयारी कस्तो?

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपालको पहिलो फुटबल फ्रेन्चाइजमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रने छन्। खेल साँझ साढे ५ बजेबाट सुरु हुने छ। २०७५ मा एन्फा, नेपाल स्पोर्टस र इभेन्ट म्यानेजमेन्टबीच नेपाल सुपर कप आयोजनाका लागि सम्झौता भएको थियो। त्यतिबेला प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, यस्तो छ नेपालको तयारी

    त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, यस्तो छ नेपालको तयारी

    काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल सवा १ बजे खेल सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र १ हार ब्यहोर्दै ६ अंक जोडेर शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो भने नेदरल्याण्ड्सले ४ खेलमा २ जित र १ बराबरी खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित

    आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७ दशमलब ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। मुम्बईका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री ज्ञवाली

    कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार रहेको बताएका छन्। जमलस्थित साँस्कृतिक नाच घरमा आयोजित ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’को नवौँ संस्करणमा ज्ञवालीले फिल्म क्षेत्रले के भोगिरहेको छ भन्ने सरकारलाई थाहा भएको सुनाए। ‘फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रसँग जोडिएका सबैले भोगेका कठिनाइका बारेमा सरकारलाई जानकारी छ। त्यसको निम्ति हामीले विभिन्न ढङ्गले…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथामा पनि पुग्यो कोरोना, नर्वेका एक पर्वतारोहीमा संक्रमण

    सगरमाथामा पनि पुग्यो कोरोना, नर्वेका एक पर्वतारोहीमा संक्रमण

    काठमाडौं : विश्वको उच्च शिखर सगरमाथामा पनि कोरोना संक्रमण पुगेको छ। सगरमाथा आरोहणमा गएका एक जना आरोहीमा कोरोना देखिएको हो। एक वर्ष लामो लकडाउनपछि आरोहणको लागि खुला गरिएको केही हप्तामै कोरोना संक्रमण सगरमाथासम्म पुगेको हो। नर्वेका एक पर्वतारोहीमा संक्रमण देखिएपछि उनी आठ दिन अस्पतालमा आइसोलेसनमा बसेका छन्। उनीसँग भरियाको रुपमा गएका शेर्पामा पनि संक्रमण देखिएको छ। बीबीसीसँग कुराकानी गर्दै ति…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बाराका थप एक संक्रमितको मृत्यु

    वीरगंजमा बाराका थप एक संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ४० का पुरुष रहेका छन्। नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहँदा उनको शुक्रवार अपरान्ह साढे ४ बजे निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी गराए। उनका अनुसार गत वैशाख ६ गतेदेखि स्वास्थ्यमा गडबडी देखिएपछि उनी नारायणी…

    विस्तृतमा पढ्नुस्

  • सभामुखलाई भीम रावलले किन दिए धन्यवाद?

    सभामुखलाई भीम रावलले किन दिए धन्यवाद?

    काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएका छन् । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोकेको भन्दै रावलले सापकोटालाई धन्यवाद दिएका हुन् । ओलीले राष्ट्र हितविपरीत एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाउँदै त्यसलाई रोक्न आफूहरु लागेको बताए। उनले भने, ‘देश हितविपरीत जान्न भनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ।’ देश…

    विस्तृतमा पढ्नुस्

  • २५५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा उपत्यकाका मात्र ९४०, भारतबाट नेपाल आउने ११० जना संक्रमित

    २५५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा उपत्यकाका मात्र ९४०, भारतबाट नेपाल आउने ११० जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट गरिएको ८ हजार ७९८ नमूनाको आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ४४९ र ८६६ एन्टिजिन आरडीटी परीक्षणका क्रममा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा पीसीआर केस दुई लाख ९४ हजार ६०१ पुगेको छ…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्षअघिको त्यो रहस्मय मृत्यु : विदेशबाट आएका श्रीमानको खानामा श्रीमतीले नै मिसाएथिन् विष

    ५ वर्षअघिको त्यो रहस्मय मृत्यु : विदेशबाट आएका श्रीमानको खानामा श्रीमतीले नै मिसाएथिन् विष

    काठमाडौं : पाँच वर्षअघि श्रीमानलाई विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले धादिङ घर भएर भक्तपुर सूर्य विनायक बस्ने २९ वर्षीय पार्वती थापा मगरलाई नियन्त्रणमा लिएको हो। पार्वतीले २०७२ माघ २८ गते ३२ वर्षीय श्रीमान् विष्णु थापा मगरलाई विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो। वैदेशिक रोजगारीमा गएका विष्णु घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • माधवकुमार गुट छोडेर ओलीतिर लाग्दा शेरबहादुर पनि पुरस्कृत

    माधवकुमार गुट छोडेर ओलीतिर लाग्दा शेरबहादुर पनि पुरस्कृत

    काठमाडौं : माधवकुमार नेपाल समूहमा सक्रिय रहेको नेकपा एमालेको एक जोडी नै पुरस्कृत भएको छ। आज बसेको बालुवाटार बैठकले शेरबहादुर तामाङलाई नेकपा एमालेको कार्यालय सचिवको जिम्मेवारी दिएको छ।  तामाङ आफैँले जिम्मेवारी पाएको जानकारी गराए। शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवैजना पहिले माधवकुमार नेपाल समूहमा सक्रिय थिए। पछि दुवै जना ओलीपक्षतिर लागेका हुन्। ओलीतिर लागेलगत्तै उषाकला राईले प्रदेश १…

    विस्तृतमा पढ्नुस्

  • एमालेको स्थायी कमिटी : कसको 'एक्जिट' कसको 'इन्ट्री'?

    एमालेको स्थायी कमिटी : कसको 'एक्जिट' कसको 'इन्ट्री'?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको स्थायी कमिटीमा माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई हटाई नयाँ स्थायी कमिटी गठन गरेको छ। २२ सदस्यीय एमालेको स्थायी कमिटीलाई झारेर १९ पारिएको छ। यसरी गठन भएको स्थायी कमिटीमा पूर्व माओवादी नेताहरुलाई भने समावेश गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले अपुरो बनायो नदिम - श्रवणको जोडी

    कोरोनाले अपुरो बनायो नदिम - श्रवणको जोडी

    चर्चित संगीतकर्मी जोडी नदिम - श्रवणको जोडीलाई कोरोना भाइरसले अपुरो बनाएको छ। एकसाथ नाम जोडिएर आउने उनीहरूमध्ये श्रवण राठौर अब रहेनन्। उनको विहीवार साँझ संक्रमणपछि मृत्यु भएको हो। दुई दिनअघि उनलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो। श्रवणलाई मधुमेहको समेत समस्या थियो। संक्रमणपछि उनको फोक्सोमा असर परेको भाष्करमा जनाइएको छ। उनको मुम्बईस्थित रहेजा अस्पतालमा उपचार भइरहेको थियो। नब्बेका दशकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell