काठमाडौं : भारतले सहयोग स्वरुप पठाएको १० लाख खोप सहितको विमान काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। आज बिहान एयर इन्डियाको बिमान खोपको खेप लिएर भारतबाट उडेको थियो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको हो। नेपाल ल्यान्ड भएको खोप ५ दिनभित्र मुलुकभरि पठाइसकिने तयारी सरकारले गरेको छ। यो खोप कोभिड १९ विरुद्ध फ्रन्ट लाइनमा…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा आजबाट बहसको समय थप घटाइएको छ। बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका थिए। बुधवार ३० मिनेटका लागि तोकिएको समय आज २० मिनेटमा झारिएको हो। प्रधानन्यायाधीशले भने, 'तपाईंहरुका धेरै मान्छे छन् भनेर समय तोकेको हुँ।' आज अधिवक्त ओमप्रसाद अर्यालले बहस गरेका छन्। उनलाई २० मिनेट समय तोकिएको हो।…
काठमाडौँः प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला इन्चार्जलाई हतियार सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सङ्खुवासभा मादी नगरपालिका वडा नम्बर ४ ओखरबोटे बस्ने ३२ वर्षीय डीबी सिलवाल भन्ने धनबहादुर बिकलाई नियन्त्रणमा लिएको डीएसपी मानबहादुर राईले जानकारी दिए। उनले मोरङ जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सूचना प्राप्त भएकोले नियन्त्रणमा…
काठमाडौं: महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट भिड्नेछन्। खेल दिउँसो साढे ११ मा सुरु हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा बिराटनगर महानगरपालिका मोरङले वालिङ नगरपालिका स्याङ्जाको सामना गर्नेछ। खेल दिउँसो साढे दुईमा सुरु हुनेछ। प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा,…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन्। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लबलाई लुम्बिनीले चुनौती दिनेछ भने मुलपानी क्रिकेट मैदानमा हुने खेलमा शसस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेश भिड्ने छन्। दुबै खेल ९ बजे सुरु हुनेछ। आफ्नो पहिलो खेलमै जित निकालेको एपीएफ लगातार दोस्रो जितको खोजिमा हुनेछ। त्यस्तै ३ खेल खेलेर १ जित…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले फुलहममाथि जित निकालेको छ। क्राभेन कटेजमा भएको खेलमा घरेलु टोली फुलहमलाई २-१ ले हराउँदै युनाइटेड शीर्षस्थानमा उक्लिएको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको पाँचौ मिनेटमै फुलहमका अडेमोला लुकमेनले गोल गर्दै टोलिलाई अग्रता दिलाए। उता युनाइटेडका एडिन्सन काभानीले २१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए र पहिलो हाफ १-१…
काठमाडौंः मालपोतका कर्मचारीले नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गरी ठगी गरेको खुलेको छ। ठगी अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ट र काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाललाई पक्राउ गरेको हो। श्रेष्ठ मालपोत कार्यालय कलंकीका नायव सुव्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन्। उनीहरुले मीना खड्काको नामको…
काठमाडौं: प्रतिनिधिसभा विघटनकाे मुद्दा सुनुवाइका क्रममा संवैधानिक इजलासमा बुधबार प्रधानमन्त्रीले न्यायलयलाई प्रभावित पार्न खाेजेकाे विषय एक निवेदकले प्रवेश गराएका छन्। अधिवक्ता कञ्चनकृष्ण न्याैपानेले प्रधानमन्त्रीले न्यायपालिकाकाे क्षेत्राधिकार मिचेर बाेलिरहेकाे भन्दै राेक लगाउन आदेशकै माग गरे। प्रतिनिनिधसभा पुनर्स्थापना हुँदैन भनेर जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेकाे उनकाे आराेप थियाे। उनकाे प्रश्नमा इजलासले पुनः प्रश्न गर्यो दुबै तर्फबाट आइरहेकाे छ नि? अर्का न्यायाधीश अनिलकुमार सिन्हाले भने, 'त्यसमा तपाईं…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिममाथि ९ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले खड्क बोहोराको सर्वाधिक ४० रन तथा सञ्जु दमाइको ३५ रनको महत्वपूर्ण योगदानमा ११० रन बनाएको थियो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न सागर ढकाल र दीपेन्द्र सिंह…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार १२ जनाको नमुना परीक्षणका क्रममा ३१८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा १४५ जना छन्। जसमध्ये काठमाडौंमा ११६, ललितपुरमा २६ र भक्तपुरमा ३ जनामा संक्रमण पुष्टि भएको…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट शुरू गरेको महिला राष्ट्रिय फुटबल लिगको उद्घाटन खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब…
काठमाडौं : नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ। 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ। 'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए। हाल एप्लिकेसनमा ३० जनाभन्दा बढी सेलिब्रेटीहरू जोडिएका छन्। यस संख्यालाई बढाउँदै लैजाने सिइओ समुल खड्काले बताए। समुलसँगै प्रशान्त खड्का र तपेन्द्रबहादुर खड्काले प्ल्याटफर्म संचालनमा…
काठमाडौं : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ। ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको ब्युरोको टोली आवश्यक अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका४ घर भई हाल तारकेश्वर-१० मनमैजु बस्ने ३१ वर्षीय सन्दिप राई, सोही वतन भएका ३२ वर्षीय दिपक राई, ईलाम-२ मालापथ बस्ने ३६ वर्षीय केसाङ…
काठमाडौं : भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए। भ्याक्सिनको पहिलो खेप बिहीवार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। 'फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खेप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला…
काठमाडौं : सरकारले काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापालाई नियुक्त गरेको छ। उपकूलपतिका अर्का प्रत्यासी तथा केयू सिनेट सदस्य बालचन्द्र लुइटेलले थापाको नियुक्तिको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् थापालाई उपकुलपति नियुक्त भएकोमा लुइटेलले बधाइसमेत दिएका छन्। Congratulations Professor Bhola Thapa for being appointed as the Vice-Chancellor of Kathmandu University! Posted by Bal Chandra Luitel on Tuesday, January 19, 2021 त्यसैगरी…
विराटनगर : आजका लागि प्रदेश १ को सातौं हिउँदे अधिवेशन डाकिएको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थामा पुगेपछि अन्योलमा रहेको अधिवेशन सुरु गर्ने सहमति कार्यव्यवस्था समितिले आज तय गरेको हो। आज प्रदेश प्रमुखले अधिवेशन सुरु गर्नका लागि पठाएको पत्र सभामुखले पढेर सुनाउने छन्। त्यसपछि बैठक स्थगित हुने बताइएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने विषयका कारण प्रदेशको अधिवेशनमा…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भाव लिएर अगाडि बढिरहेको बताएका छन्। ओलीका कदमलाई चुनौती दिने व्यक्तिलाई सत्रुको व्यवहार हुने गरेको उनले सुनाए। आज प्रचण्ड-नेपाल पक्षका नेताहरुले पत्रकारहरुसँग छलफल गरेका थिए जहाँ उनले नेकपा एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार खराब बाटोतिर पुगेको बताए। प्रधानमन्त्री ओलीले 'सकिङ स्टेप' चाल्ने बताएको उनले सुनाए। 'सकिङ…
काठमाडौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित रहेका ५२ वर्षीय दुर्गादत्त ढकालको मृत्यु भएको हो। चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेका ढकालको हिजो मृत्यु भएको हो। 'हिजो मृत्यु भएको थियो। आज बिहान अन्त्येष्टि समेत भइसकेको छ,'भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईले जानकारी दिए।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई उठाउन ब्लुप्रिन्टसहित आउने बताएका छन्। पटकपटक जनताले उही नेताहरुका लागि किन साथ दिने भन्ने प्रश्नको जवाफमा प्रचण्डले स्वेतपत्र जारी गरेर आफ्नो मान्यता, विचार र आन्दोलनबारे प्रस्ट पार्ने जनाएका हुन्। आन्दोलनरत नेकपाका अध्यक्षद्वय प्रचण्ड तथा माधवकुमार नेपालले संचारकर्मीहरुसँग आज बिहान गरेको छलफलमा लोकतन्त्र, सुशासन लगायतका विषयमा प्रस्ट रुपमा स्वेतपत्र सहित आउने…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा अब भने बहसको समय निर्धारण गरिएको छ। आजबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका हुन्। एउटै वरिष्ठ अधिवक्ताले लामो समयसम्म बहस गर्ने गरेकाले समय धेरै लाग्ने भएपछि समय सिमा निर्धारण गरिएको हो। प्रधानन्यायाधीश राणाले आज वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भने। त्यस्तै अधिवक्ताहरुले १ घण्टा…