काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्। 'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले यहाँ पुर्यायो। केपी ओली भष्मासुर भएर निस्किए। अब उनीहरुलाई भष्म…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले देशभर जनआन्दोलनको झल्को दिने गरी आन्दोलन सुरु भएको बताएका छन्। 'देशभरबाट थोरै संख्यामा मानिसहरु आउनु भएको छ। मलाई जनआन्दोलनको झल्को आइरहेको छ। यो त कास्टिङ हो। अझै फिल्म सुरु हुन बाँकी छ,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा उनले भने। केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरेको उनले आरोप लगाए। 'केपी ओलीको 'के'…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीका भगौडा भएको आरोप लगाएका छन्। 'केपी ओली कम्युनिस्ट आन्दोलनका भगौडा हुन्। कम्युनिस्ट पार्टीका भगौडा हुन्,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओली बालुवाटारका केही व्यक्तिको सानो गुट लिएर कम्युनिस्ट पार्टीलाई त्याग गरेका छन्।' उनले रुखका केही पात झर्दैमा रुख नढल्ने बताउँदै…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेको विषयले सत्तारुढ दल विभाजनको चरणमा पुग्यो। औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी कसको भागमा पर्छ, अझै तय भएको छैन। सतहमा यतिखेर सत्तारुढ नेकपा एकातिर देखिन्छ भने अर्कातिर आन्दोलनरत नेकपा। आन्दोलनरत नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै विरोध सभा आयोजना गरिरहेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट मानिसहरु यो…
नेपाली फिल्म ‘परदेशी-२’को प्रदर्शन मिति तय भएको छ। आउँदो वर्षको दशैँमा फिल्म रिलिज हुने बताइएको छ। फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन्। यो वर्षको दशैँमा रिलिज हुने तय गरिएको भएतापनि कोरोना भाइरसका कारण रिलिज हुन सकेन। हाल चलचित्रको छायांकन सकिएसँगै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो। नारायण ईन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी-२’ को निर्माण…
भारतीय टेलिभिजन सोनी च्यानलमा प्रशारण हुने‘कौन बनेगा करोडपति’को १२औँ सिजनको ग्रान्ड फिनाले आज हुने भएको छ। ग्रान्ड फिनालेमा करगिल युद्धका वीर जवानहरुलाई समावेश गरिने बताइएको छ। च्यानलले एक प्रोमो रिलिज गर्दै फिनाले जवानहरुप्रति समर्पित हुने जनाएको छ। प्रोमोमा अमिताभ बच्चनले वीरहरुको परिचय दिएका छन्। जवानहरुको सम्मानको लागि उनले कविता समेत सुनाएका छन्। हट सिटमा परमिर चक्रबाट सम्मानित सूबेदार प्रमुख योगेन्द्र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज राजधानीमा भव्य प्रदर्शन भएको छ। सत्तारुढ दलकै विपक्षी खेमाका रुपमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु प्रदर्शनमा सहभागी छन्। पार्टीभित्रको विवाद सुल्ट्याउनुको साटो प्रतिनिधिसभा नै विघटन गरेका कारण ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु विरोधमा उत्रिएका हुन्। पार्टी फुटमा गइसकेको भए पनि निर्वाचन आयोगले ओली पक्ष…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको हो। प्रदेश १ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाउँदा शुभाङ्कर राओले ३६ रन जोडे। त्यस्तै मिनस थापाले २५ रन बनाउँदा श्रवण…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले वाग्मती प्रदेशसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा प्रदेश दुईले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईका लागि विवेक यादवले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६६ रन जोडे। त्यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन,…
काठमाडौं : आज बिहानैदेखि काठमाडौंको दरबारमार्ग, घण्टाघर, भद्रकाली, प्रर्दशनीमार्ग, पुतलीसडक लगाएका क्षेत्रका सडक खाली गरिएको छ। यी क्षेत्र भएर चल्ने सवारी साधनलाई समेत रोक लगाइएको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वको समूहले सभागृहभन्दा बाहिरको मुल सडकमा विरोध कार्यक्रम गर्दैछ। आजको कार्यक्रममा देशभरबाट १ लाख नेता तथा कार्यकर्ता उतार्ने सो समूहले घोषणा गरिसकेको छ।…
काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन्। बिहीवार अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले राजपत्रबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल सिन्हाले राजपत्र उपलब्ध गराउन महान्यायाधीवक्ता, नायव महान्यायाधीवक्ता पदम वडाललाई अनुरोध गरेका थिए। आज इजलासको सुरूवातमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गरेका हुन्। प्रतिनिधिसभा विघटनविरूद्वको मुद्दामा बहस सुरू भएको छ।
काठमाडौंः १० वर्षअघि प्रेमिकालाई गोली हानी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ताप्लेजुङको छाँगे घर भएका २७ वर्षीय कुमुकहाङ लिम्बु आङबुहाङ भनिने पवन लिम्बु लाई नियन्त्रणमा लिएको हो। 'घटना घटाएपछि उनी फरार भएर काठमाडौंमा बस्दै आएको थाहा पाएपछि हाम्रो टोलीले नियन्त्रणमा लिएको छ,' काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने। उनलाई काठमाडौंको मुलपानीबाट पक्राउ…
काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्दैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेलमा आर्मीसँग बराबरीमा रोकिएको पुलिसले पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवातको खोजीमा रहेको दौदण्डगढी नगरपालिकाको सामना गर्नेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। यसअघि नेपाल पुलिसले दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एट्लेटिको मड्रिडले जित निकालेको छ। म्युनिसिपल डी इपुरुवामा भएको खेलमा एट्लेटिकोले घरेलु टोली आइबरलाई २-१ गोलअन्तरले हराएको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको १२ औं मिनेटमै इबरका मार्को डिमिट्रोबिचले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। तर ४० औं मिनेटमा एट्लेटिको मड्रिडका लागि लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। र, बार्नेसको यो गोलनै लिभरपुलमाथिको जितका लागि निर्णायक बन्यो। बर्नलीले…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको संविधानले मानव अधिकार अन्तर्गतका नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारको सुनिश्चित गरेको बताएका छन्। मानव अधिकार परिषद् यूपीआर वर्किङ ग्रपको ३७औँ युनिभर्सल पेरियोडिक रिभ्यूमा नेपालको मानव अधिकार प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। समानता, सामाजिक न्याय, भेदभावरहित मूल्य र मान्यताको जगमा नेपालको संविधान बनेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले मानव अधिकार प्रतिबद्धता…
वीरगंज : बारा प्रहरीले सरकारी छाप कीर्ते गर्ने एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने विन्दा महतो नुनिया रहेका छन्। उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा हिँजो साझ पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बारा जिल्ला अदालतको २०६९ पुस २६ गतेको फैसला अनुसार कीर्ते मुद्दामा उनलाई १ वर्ष…
वीरगंज : बारा प्रहरीले चोरी गरी नेपाल भित्र्याइएको भारतीय बोलेरो बरामद गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरस्थित सडकखण्डमा बेवारिसे अवस्थामा पार्क गरी राखिएको सो बोलेरो बाराको प्रहरी गस्ती टोलीले हिजो दिउँसो बरामद गरेको थियो। बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार बीआर ०५ पी ३७४२ भारतीय नम्बरको बोलेरो बरामद भएको हो। गाडीको सिस्टम चेकजाँच गर्दा चोरी गरी ल्याइएको…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एक जना वरिष्ठ अधिवक्ता बहस गर्नबाट वञ्चित भएका छन्। बिहीवार बहसका लागि संवैधानिक इजलासमा उपस्थित भएका सर्वोच्च अदालत बार एशोसिएसनका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्य बेन्चबाटै फर्किएका हुन्। चिया ब्रेकपछि अधिवक्ता टिकाराम भट्टराई र वरिष्ठ अधिवक्ता गुणनीति न्यौपानेले बहस गरेपछि आचार्य बहस गर्न भन्दै इजलासको रोस्टम तर्फ अगाडि बढेका थिए। तर प्रधानन्यायाधीश चोलेन्द्र…
काठमाडौं : फिल्म ‘घिन्ताङ’का लागि मुख्य कलाकार अनुबन्धित भएका छन्। अभिनेत्री एलिजा गौतम र गौरव पहारी फिल्ममा रियल लाइफ जोडी बन्ने भएका हुन्। सामाजिक विषयमाथि बन्ने घिन्ताङलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन्। उनले यसअघि पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीरलगायत फिल्म निर्देशन गरेका थिए। लामो समयपछि उनी फिल्म निर्देशनमा फर्किन लागेका हुन्। हाल घिन्ताङको प्रि-प्रोडक्सनको काम…