तनहुँ : बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३४ वर्षीया बिष्णुमाया नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बहु विवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकोमा जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेकी बिष्णुमायालाई खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको…
वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कोरोना सम्बन्धि तथ्यांकमा भदौ १८ गतेसम्म पर्सा जिल्लामा २ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। संक्रमितमध्ये १ हजार ८२२ जना पुरुष र ५२२ जना महिला छन्। यसैगरी, हालसम्म २४ जना भारतीय, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी, १२० जना थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड,…
काठमाडौं : नेपाल सहकारी पत्रकार समाजको १० औं स्थापना दिवस सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट स्थापना दिवस मनाइएको हो। कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए। सहकारीले सदस्यको आर्थिक समाजिक रुपान्तरणमा सघाउ पुर्याउनुपर्नेमा जोड दिँदै सचिव पाण्डेले सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको…
काठमाडौं: शुक्रवार १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ जना पुरुष र ५ जना महिलाको संक्रमणका कारण मृत्यु भएको बताए। बिहीवार १२ जनाको मृत्यु भएकोमा आज १४ जनाको मृत्यु भएको हो। हालसम्म नेपालमा मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ। कहाँ कहाँ भयो मृत्यु? काठमाडौंका ३ जना महिलाको निधन भएको…
काठमाडौं : रुपेन्देहीमा पछिल्लो अद्यावधिक विवरणअनुसार थप ५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीकाअनुसार पछिल्लो परीक्षणमा २८ महिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको छ। योसँगै रुपन्देहीमा एक हजार १९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो परीक्षणमा संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिकाका १३ महिला र १७ पुरुष रहेका छन्। त्यस्तै सिद्धार्थनगर नगरपालिकाका १० महिला र ५…
सिराहा : सिरहामा महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये…
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा एक महिलाले देवरसँग विहे गरेकी छन्। बिहारको सीतामढीमा पतिको निधनपछि विधवा बनेकी रंजीता देवरको प्रेममा परेकी थिइन्। परिवार र समाजको विरोधका बीच उनले महिला प्रहरी थानामा गएर देवरसँग लगनगाँठो कस्दै पुन: सिन्दुर पोते, चुरा लगाएकी हुन्। विहेको वर्षौपछि रंजीता खुशी देखिइन् भने बुहारीलाई एकपटक फेरि दुलहीका रुपमा देखेर ससुराली परिवार पनि हर्षित थियो। देवरको…
काठमाडौं : कोभिड-१९ नियन्त्रणका लागि सरकारले मास्कको प्रयोगलाई अनिवार्य गराएको छ। कोभिड-१९ को संक्रमण रोकथामका लागि एसएमएस (सोसल डिस्टेन्सिङ, मास्क र स्यानिटाइज) लाई अगाडि बढाएको छ। मास्कको प्रयोगलाई लिएर विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) र युनिसेफले कोभिड-१९ को सन्दर्भमा बालबालिकाको प्रयोगलाई लिएर पाँच वर्ष मुनिका बालबालिकाले मास्क लगाउन आवश्यक नभएको उल्लेख गरेको छ। त्यस्तै ६ देखि ११ वर्षका बालबालकाले अवस्था हेरिकन मास्कको प्रयोग…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा राहत सामाग्री लिएर बाढीग्रस्त बाग्लुङको ढोरपाटन नगरपालिका पुगेका छन्। आज बिहान नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री थापा बाग्लुङ पुगेका हुन्। अविरल वर्षासँगै बुधवार १२ बजेतिर आएको बाढीमा १४ जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ…
काठमाडौं : अनामनगरमा एक महिलाको हत्या भएको छ। बर्दिया बाँसगढी नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका २९ अनामनगरमा बस्ने ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्याको अभियोगमा ३६ वर्षीय श्रीमान अजय विक पक्राउ परेका छन्। आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजयलाई सोमबार बेलुका महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको केन्द्रीय…
इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीच आजबाट तीन खेलको टी २० सिरिज सुरु हुँदैछ। आज बेलुका पौने ११ मा सिरिजको पहिलो खेल सुरु हुनेछ। यसअघि इङ्ग्ल्याण्डले पाकिस्तानसँग टी सिरिज खेलेको थियो भने अस्ट्रेलियाले कोरोनाको महामारी यता पहिलो टी२० सिरिज खेल्न लागेको हो। सिरिजका सबै खेल साउथ ह्याम्टनमा हुनेछन्। खेल बन्द रंगशालामा हुनेछ। आइसिसीको टी२० वरीयता अनुसार अस्ट्रेलिया नम्बर १ टिम हो भने इङ्ग्ल्याण्ड…
सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा ड्रग्स जोडिन आइपुगेको छ। सीबीआईसँगै नार्कोटिक कन्ट्रोल ब्यूरोले पनि अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा अभिनेत्री कंगना रनौतले रिपब्लिक टिभीलाई अन्तर्वार्ता दिने क्रममा बलिउडका ९९ प्रतिशत कलाकारले ड्रग्स सेवन गर्ने गरेको अभिव्यक्ति दिइन्। साथै ए तहका स्टार कलाकार पनि अग्रपंक्तिमा रहेको उनको भनाई थियो। ‘बलिउड इण्डस्ट्रीका ९९ प्रतिशत मानिस एक समयमा ड्रग्स लिन्थे,’ उनले ट्वीटरमा पनि लेखेकी…
काठमाडौं : 'सर मान्छेको टाउको काटेर ल्याएको छु'। शुक्रवार बिहान सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगेर एक युवकले सुरक्षामा खटिएका प्रहरीलाई भने। त्यसपछि प्रहरी नै अलमलमा परे। कालो रंगको पछाडि भिर्ने झोला देखाउँदै युवकले टाउको नै देखाएपछि नपत्याउने कुरै भएन। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो। युवक थिए- २६ वर्षीय राजु परियार। 'कालो झोलामा टाउको लिएर नै आएपछि नियन्त्रणमा लिएका…
काठमाडौं : नेपाली भाषाको मानकीकरणमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले निर्वाह गरेको भूमिकाप्रति अलङकार प्रतिष्ठानले एक्यवद्धता जनाएको छ। प्रतिष्ठानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश ९२०७२० लाई खारेज गराई मानक वर्णविन्यासमा नयाँ शब्दकोश प्रकाशन तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका ९२०६६० खारेज, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहका सम्पूर्ण…
काठमाडौं : रुपन्देहीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। आज शुक्रवार मृत्यु हुने दोस्रो संक्रमित हुन्। बुटवल उपमहानगरपालिका वडा न. ८ का ७८ वर्षका पुरुषको शुक्रवार बिहान ९: ०० बजे लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएपछि भर्ना भएका उनमा संक्रमण पुष्टि भएको हो। मृतक संक्रमितको अस्पतालले सञ्चालन…
काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा रुपन्देहीकी ६४ वर्षीया महिलाको मृत्यु भएको हो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की महिलाको उपचारका क्रममा शुक्रवार बिहान ८:४५ बजे मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज अलमले जानकारी दिए। भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि उपचारको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा…
काठमाडौं : चितवनमा थप १०६ जना संक्रमित पहिचान भएका छन्। चितवनका दुई वटा प्रयोगशालामा भएका परीक्षणमा चितवन जिल्लाका ७४ र अन्य जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा भएको २८४ नमुना परीक्षणका क्रममा १८ जना संक्रमित पहिचान भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरपालिका ८ पुरुष र ६ महिला…
काठमाडौं : भोलि (शनिवार) मध्यरातबाट कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले सम्भवत आज (शुक्रवार) राजीनामा गर्ने छन्। छ महिनाअघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रो पटक नियुक्त भएका खतिवडाले प्रधानमन्त्री ओलीलाई बिहीवारै 'राजीनामा दिन्छु' भन्ने जानकारी दिएका थिए। तर, प्रधानमन्त्री ओलीले 'भोलिसम्म पर्खनुहोस्' भनेपछि त्यो च्याप्टर त्यहीँ टुङ्गिएको थियो। स्रोत भन्छ, 'सबै कुरा यथास्थितिमै रह्यो भने अर्थमन्त्री खतिवडाले आज राजीनामा…
काठमाडौं : रातो मछिन्द्रनाथ (बुंगद्य:) को रथयात्राको आज क्षमा पूजा हुने भएको छ। बिहान ९ बजेर ३० मिनेटमा पूजा गरिनेछ। ६ महिनादेखि रोकिएको यस रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन्। रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको थियो। बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र…
काठमाडौं : पोखरा महानगरपालिकामा १६ जनासहित गण्डकी प्रदेशमा ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै यो प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्। त्यसैगरी…