PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई लगाएर सरकार मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ: कांग्रेस

    निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई लगाएर सरकार मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ: कांग्रेस

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड १९ को संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको टिप्पणी गरेको छ। कांग्रेसको कोभिड १९ अनुगमन समितिले बिहीवार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा गर्ने र हटाउने हचुवाको निर्णयले कोभिड महामारी नियन्त्रण नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। ‘अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ। निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमितको उपचारका लागि भरतपुर अस्पतालमा ६ आइसीयू सहित १०० शैय्या थपियो

    कोभिड-१९ संक्रमितको उपचारका लागि भरतपुर अस्पतालमा ६ आइसीयू सहित १०० शैय्या थपियो

    काठमाडौं : चितवनको भरतपुर अस्पतालले कोभिड-१९ संक्रमितको उपचारका लागि थप १०० शैय्या छुट्याएको छ। अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसुबुक पेज मार्फत् यस्तो जानकारी गराएका हुन्। हाल अस्पतालले कोभिड-१९ डेडिकेटेड आईसीयू १० सहित ७५ शैय्या छुट्याएको छ। अस्पतालमा संक्रमितको चाप बढ्दै गए पछि १७५ शैय्या कोभिड डेडिकेटेड गर्ने निर्णय भएको उनले जानकारी दिए। आइतवारबाट सर्जरीका ३५, मेडिकल क्याविनका…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा भिड जम्मा भएपछि पुल्चोकबाट हटाइएको हो : प्रजिअ ललितपुर

    निषेधाज्ञामा भिड जम्मा भएपछि पुल्चोकबाट हटाइएको हो : प्रजिअ ललितपुर

    काठमाडौं : निषेधाज्ञाको समयमा मानिसको भिड जम्मा भएर रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि झडपको स्थिति आएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन्। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै दुई सातादेखि काठमाडौंका तीन जिल्लामा निषेधाज्ञा जारी छ। 'निषेधामा भिड भएपछि सुरक्षाकर्मीले भिडलाई हटाएको हो। अहिले भिड हटिसकेको छ,' प्रमुख जिल्ला अधिकारी भट्टले पहिलोपोस्टसँग भने। रथ तान्न पुगेका…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा प्रहरीको मोटरसाइकलमा आन्दोलनकारीको आगो

    पुल्चोकमा प्रहरीको मोटरसाइकलमा आन्दोलनकारीको आगो

    ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्। निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् रातो मछिन्द्रनाथको सामुन्ने रणमैदानमा परिणत भएको पुल्चोकको सडक

    हेर्नुस् रातो मछिन्द्रनाथको सामुन्ने रणमैदानमा परिणत भएको पुल्चोकको सडक

    ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ। निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए। दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकको आन्दोलनमा प्रहरीको वाटर क्यानन क्षतिग्रस्त, त्यसमाथि थपियो तोडफोड

    पुल्चोकको आन्दोलनमा प्रहरीको वाटर क्यानन क्षतिग्रस्त, त्यसमाथि थपियो तोडफोड

    ललितपुर : नेपाल प्रहरीको वाटर क्यानन सामान्य दुर्घटनामा परेको छ भने आन्दोलनकारीले त्यसमा थप तोडफोड गरेका छन्। रातो मछिन्द्रनाथको रथ चलाउन माग गर्दै उत्रिएका युवाहरुले भिड तितरवितर पार्न ल्याइएको वाटर क्यानन तोडफोड गरेका हुन्। पानीको फोहराले रथ तान्न खोज्नेहरुलाई प्रहार गर्ने तयारी भएपछि स्थानीय आक्रमक भएर उत्तिएका थिए। उनीहरुले प्रहरीलाई ढुंगामुडासमेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा प्रहरीले हान्यो अश्रु ग्यास, रथ तान्ने र सुरक्षाकर्मीबीच भिडन्त

    पुल्चोकमा प्रहरीले हान्यो अश्रु ग्यास, रथ तान्ने र सुरक्षाकर्मीबीच भिडन्त

    ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ। निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए। दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका…

    विस्तृतमा पढ्नुस्

  • रथ तान्न युवा समूह आएपछि प्रहरी अलमलमा, प्रशासन भने छलफलमा

    रथ तान्न युवा समूह आएपछि प्रहरी अलमलमा, प्रशासन भने छलफलमा

    काठमाडौं : रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै युवाहरुले आज पुल्चोकमा प्रदर्शन गरेपछि प्रहरी नै के गर्ने भन्ने विषयमा अलमलमा परेका छन्। कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका छन्। काठमाडौं उपत्यकाभित्रका तिनवटै प्रशासन कार्यालयले भदौ २४ गते रातिसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको समयमा घरबाट निस्कन…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा खुकुलो बनाएकोमा उपत्यका नगरपालिका फोरमको असन्तुष्टि, थप कडा बनाउन प्रशासनसँग माग

    निषेधाज्ञा खुकुलो बनाएकोमा उपत्यका नगरपालिका फोरमको असन्तुष्टि, थप कडा बनाउन प्रशासनसँग माग

    काठमाडौं : बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ। तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ। तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्

  • ११.५ नमुना परीक्षण गर्दा एक संक्रमित, उपत्यकामा पाँच नमुना मध्ये एकमा संक्रमण

    ११.५ नमुना परीक्षण गर्दा एक संक्रमित, उपत्यकामा पाँच नमुना मध्ये एकमा संक्रमण

    काठमाडौं : नेपाल कोभिड-१९ को विश्व ड्यासबोर्डमा ६१ औं स्थानमा पुगेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका ८ मुलुक मध्ये नेपालभन्दा अगाडि तीन मुलुक छन् भने पछाडि चार। संक्रमणको ग्राफ उकालो लाग्दैजाँदा पछिल्लो एक सातामा सात हजार २ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। जुन प्रति दिन औशतमा एक हजार ३३ हुन आउँछ। पछिल्लो सात दिनमा ८३ हजार…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा उपचारका क्रममा प्युठानका संक्रमितको मृत्यु

    बुटवलमा उपचारका क्रममा प्युठानका संक्रमितको मृत्यु

    काठमाडौं :  रुपन्देहीमा उपचारका क्रममा प्युठानका एक जना संक्रमितको मृत्यु भएको छ। प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षका पुरुषको बुधवार राती ९: १० बजे मृत्यु भएको हो। बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ १० गते निमोनिया र लिभरमा समस्या देखिएपछि उपचारको अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य खराब हुँदै गएपछि…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु, शव व्यवस्थापनको तयारी

    भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु, शव व्यवस्थापनको तयारी

    काठमाडौं: भक्तपुरका ४० वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ। कोभिड-१९ संक्रमित महिलालाई बुधवार राति अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्‍याउँदा नै स्वास्थ्य अवस्था जटिल रहेकी महिलाको विहान पौने २ बजे निधन भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकारी दिए। 'पहिल्यदेखि उहाँ संक्रमित हुनुहुन्थ्यो। विहान २:४५ मा निधन भएको हो,' उनले भने। महिला मिर्गौला रोगी भएको अस्पतालले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री थापा राहत सामाग्री लिएर सेनाको हेलिकप्टरबाट बाग्लुङतिर

    गृहमन्त्री थापा राहत सामाग्री लिएर सेनाको हेलिकप्टरबाट बाग्लुङतिर

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बाग्लुङको ढोरपाटन नगरपालिका गएका छन्। आज बिहान नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री थापा बाग्लुङ गएका हुन्।   सुकुर्दुङ खोलामा बाढी आउँदा त्यसमा परेर ८ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा १३ जना अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। गृहमन्त्री थापा सहित सांसद उपेन्द्र पौडेल पनि बाग्लुङ गएका छन्।

    विस्तृतमा पढ्नुस्

  • विद्रोह कि बहुलठ्ठी पारा? : निषेधाज्ञा तोडेर रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास

    विद्रोह कि बहुलठ्ठी पारा? : निषेधाज्ञा तोडेर रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास

    काठमाडौं : रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै युवाहरुले आज पुल्चोकमा प्रदर्शन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन्।  आउने केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

    चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

    काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। भदौ ६ गते अस्पतालमा झाडा पखला खोकी तथा छातीमा समस्या देखिएपछि भर्ना भएकी भरतपुर महानगरपालिका ११ की ४० वर्षकी महिलामा १० गते संक्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचाररत…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङको बाढीमा ८ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

    बाग्लुङको बाढीमा ८ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

    काठमाडौं : ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा त्यसमा परेर ८ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा परेर ८ जनाको मृत्यु र १३ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने २६ वर्षीया केशमाया बिकको भने सनाखत भएको छ। त्यस्तै, झर्नेबगर स्थित खोलाको किनारमा वर्षीय पुरुषको शव फेला परेको छ। ढोरपाटन नगरपालिका-०५…

    विस्तृतमा पढ्नुस्

  • आइसीयू अभावमा साधारण आइसोलेसनमा उपचार गर्दागर्दै संक्रमित महिलाको मृत्यु

    आइसीयू अभावमा साधारण आइसोलेसनमा उपचार गर्दागर्दै संक्रमित महिलाको मृत्यु

    काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा रुपन्देही सैनामैना-११ सालझण्डीका महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। बुधवार साँझ उच्च ज्वरोसहित स्वाशप्रस्वाशमा समस्या भएपछि अस्पताल भर्ना भएकी ७७ वर्षकी महिलाको बुधवार नै कोभिड-१९ को परीक्षण भएको थियो। संक्रमण पुष्टि भएसँगै उनको अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। कोभिड…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाभित्र अहिलेसम्म ५ सय ८ जना संक्रमित

    नेपाली सेनाभित्र अहिलेसम्म ५ सय ८ जना संक्रमित

    काठमाडौं : पछिल्लो समय सुरक्षाकर्मीमा कोभिड १९ को संक्रमण बढ्दै गएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि नेपाली सेनामा समेत संक्रमण देखिन थालेको छ। नेपाली सेनामा अहिलेसम्म ५ सय ८ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। जेठ ३ गते पहिलो पटक धनुषामा सेनामा कोभिड पोजेटिभ देखिएको थियो। त्यसपछि एकपछि अर्कोमा गर्दै कोरोना संक्रमण देखिन थालेको छ। साउन १७ गतेसम्म देशभर ५ सय…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवाद : ११ बजेको सचिवालय बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

    नेकपा विवाद : ११ बजेको सचिवालय बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ। ११ बजेका लागि डाकिएको बैठक ४ घण्टा पछि हुने गरी सरेको हो। विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ‌ओलीलाई राहत पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेका उपाध्यक्ष वामदेव गौतमले एकाएक राष्ट्रियसभा सदस्यमा दावेदारी गरेपछि पार्टीभित्रको विवाद फेरि गिजोलिएको छ। गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने…

    विस्तृतमा पढ्नुस्

  • मोदीको ट्विट ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रवर्द्धन!

    मोदीको ट्विट ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रवर्द्धन!

    बैगलौर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइट ह्याक भएको ट्विटरले जनाएको छ। ह्याक भएको उनको वेबसाइटबाट धेरै ट्विट भएका थिए जसमा 'राहत कोषमा क्रिप्टोकरेन्सीबाट सहयोग गर्न' भनिएको थियो। ट्विटरले स्थितिलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। 'हामी सक्रिय भएर अनुसन्धान गरिरहेका छौं। यतिखेर हामी अरु पनि अकाउन्टमा असर भएकोबारे खोजिरहेका छौं,' ट्विटरका प्रवक्ताले इमेलमार्फत् जानकारी गराएको टाइम्स अफ इन्डियाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell