बलिउड अभिनेत्री विद्या बालनले सुशान्तसिंह राजपुत निधन प्रकरणमा मुख खोलेकी छन्। सुशान्त मुद्दामा अभियुक्त बनाइएकी प्रेमिका रिया चक्रवर्तीमाथि सीबीआईसहित तीन वटा निकायले छानविन गरिरहेका बेला विद्या उनको पक्षमा उभिएकी हुन्। विद्याले आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रायलको विरोध गरेकी हुन्। उनले ट्वीटरमा लेखेकी छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि हाम्रो प्रिय युवा स्टार सुशान्तसिंह राजपूतको निधन अब मिडिया सर्कस…
काठमाडौं : एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन्। मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुस्कानले प्रधानमन्त्री ओलीसँग आफूमाथि एसिड छ्याप्नेहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै कारवाहीको माग गरिन्। मुस्कानको साथमा एसिड पीडितका लागि आवाज उठाउँदै आएका अभियन्ता उज्जव थापा, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, कान्तिपुर टिभीका कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरी, महान्यायाधिवक्ता अग्नी…
काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा कपिलवस्तुकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ ७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ११ की ६० वर्षकी महिलाको आज विहान ९:१५ बजे मृत्यु भएको अस्पतालका प्रवक्त डा विष्णु गौतमले जानकारी दिए। उच्च ज्वरो, स्वासप्रस्वासमा समस्यासँगै…
काठमाडौं : मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ। कोभिड-१९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञानको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ। कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित/गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज…
काठमाडौं : रुपन्देहीको भीम अस्पतालमा एक जना कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। नवलपरासी वर्दघाट सूस्ता पश्चिम रामग्राम नगरपालिकाकी ६५ वर्षकी महिलाको उपचारका क्रममा मंगलवार राति निधन भएको हो। १४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएकी महिलालाई बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा आइसीयू खाली नभएपछि भैरहवास्थित भीम अस्पतालमा रेफर गरिएको थियो। अस्पतालको आइसीयूमा उपचाररत संक्रमित महिलामा…
नयाँ दिल्ली : भारतमा एकै दिन ८० हजार भन्दा धेरै संक्रमित पहिचान भएका छन्। मंगलवार पहिचान भएका संक्रमितको संख्या भारतको दोस्रो ठूलो रेकर्ड हो। एकै दिन संक्रमितको संख्या पहिचानमा विश्वमै भारतले नयाँ रेकर्डहरु कायम गरिसकेको छ। मंगलवार नै भारतमा हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाएका छन्। सेप्टेम्बरको सुरुवाती दिनमा भारतमा ८० हजार २४ नयाँ कोभिड १९ संक्रमित पहिचान भएका हुन् भने…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आएन सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचार मन्त्रीबाट राजीनामा दिएका थिए। आज गोरखापत्रमा अख्तियारले सूचना जारी गर्दै मिश्रलाई हाजिर हुन आउन भनेको हो। 'सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। तर, गृह मन्त्रालयको सुझाव र निर्देशनमा थप केही दिन निषेधाज्ञा कायम हुने सम्भावना छ। उपत्यकाभित्र कोभिड १९ को संक्रमण बढ्दै गएकाले थप निषेधाज्ञा गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहमत भएका छन्। तर मोडालिटी भने केही फेरबदल गर्ने तयारी छ। मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल…
काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवार रातिसम्म भएका थप २ सय ८५ वटा नमुना परीक्षण मध्ये ३५ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। जसमा १४ जना महिला रहेका छन्। संक्रमण देखिएका मध्ये २८ जना चितवन भरतपुर महानगरपालिका, रत्ननगर र राप्ती नगरपलिकाका रहेका छन्। बाँकी भने नवलपरासी,…
काठमाडौं : रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा एकाएक वामदेव गौतमले दावेदारी प्रस्तुत गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिक पोजिसन बदलिएको छ। पछिल्लो राजनीतिक घटनाक्रमसँग अभ्यस्त उच्च स्रोत भन्छ, भदौ २० गते डा युवराज खतिवडाको अर्थमन्त्रीका रूपमा अन्तिम दिन हुनेछ। तर, राजनीतिमा सम्भावना भने सधैँ जिवित रहन्छ। गत भदौ १२ गते प्रधानमन्त्री ओली र पार्टीका अर्का…
इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टी २० सिरिज अन्तर्गत गएराति भएको अन्तिम खेलमा पाकिस्तानले जित निकालेको छ। म्यानचेस्टरमा भएको खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई ५ रनले हराउँदै ३ खेलको सिरिज १-१ ले बराबरी गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। जसका लागि मोहम्मद हफिजले सर्बाधिक अभिजित ८६ रन बनाउँदा हैदर अलीले ५४, कप्तान बाबर…
सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। गएराति भएको खेलमा जमैका १९ रनले पराजित भएको हो। जमैकाको लागि सन्दीपमा १ विकेट लिएर २० रन दिएका थिए। टस हारेर ब्याटिङमा उत्रिएको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। जसका लागि कोलिन मुन्द्रोले सर्वाधिक ६५ रन बनाउँदा किरोन पोलार्डले अभिजित ३३ रन, सुनिल नारिनले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विस्कान्सिन राज्यको केनोसा पुगेका छन्। त्यहाँ उनले उनी रङ्गभेदविरुद्धको कानून कार्यान्वयनको मागमा समर्थन जनाए। गत साता आइतवार प्रहरीले २९ वर्षीय ज्याकुब ब्लेकलाई नियन्त्रणमा लिने क्रममा करिव ७ राउन्ड गोली प्रहार गरेको थियो। घटना पछि युवालाई पक्षघात भएको छ। त्यसयता रङ्गभेदविरुद्ध र न्यायको माग गर्दै आन्दोलन जारी छ। मध्य पश्चिमी शहरमा भएको यस घटनालाई ट्रम्पले ‘घरेलु आतंक’…
काठमाडौँः नेपाल आयल निगमले पेट्रोलको भाउ फेरि बढाएको छ। १५ दिनअघि मात्रै लिटरमा एक रुपैयाँ बढाएको निगमले मंगलबार रातिबाट लागू हुनेगरी फेरि २ रुपैयाँ बढाएको हो। अब पेट्रोलको भाउ लिटरमा १०७ रुपैयाँ पुगेको छ। यसपाली डिजल र मट्टीतेलको भाउ भने बढाएको छैन। गत साउन ३२ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ बढाएको थियो। यसको १५ दिनअघि प्रति लिटर २ रुपैयाँले बढाएको…
जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। कोरोनाबाट पर्सामा २, बारामा १ र सिरहामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजयकुमार झाले बताए। पर्सामा मृत्यु हुनेमा वीरगंज महानगरपालिका २० हरपतगंजका ५३ र ६० वर्षीय पुरुष रहेका छन्। यस्तै बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको हो। सिरहाको मिर्चैया…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५५ जिल्लामा कोभिड-१९ का संक्रमितको पहिचान भएको छ। कुल १२ हजार ८८ नमुना परीक्षणका क्रममा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। मंगलवार एक हजार ६९ जना कोभिड-१९ का संक्रमित पुष्टि भएसँगै नेपालमा हालसम्म ४० हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका…
कैलाली: डोटीमा गरिएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित थप ३१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक दीपेन्द्रराज मिश्रले बताए। पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि…
काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। संक्रमणपछि होम आइसोलेसनमा बसिरहेका मेयर शाक्यले मंगलवार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ। यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ। म छिट्टै…
काठमाडौं : झन्डै दुई सातादेखि काठमाडौं उपत्यकाभित्रका सडक सुनसान छ। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सडक सुनसान देखिएको हु। सडकमा सुरक्षाकर्मीको उपस्थिति पनि पहिलेको तुलनामा कम छ। ड्युटीमा खटिएका प्रहरीमा नै कोभिड १९ को संक्रमण देखिनेक्रम बढ्दै गए पछि झनै समस्यामा छन् उनीहरु। प्रहरीको अनुपस्थितिको फाइदा उठाउँदै सडकमा ट्राफिक नियम पालना नगर्ने सवारी चालकको पनि कमी छैन। त्यस्तै कतिले त ट्राफिक नियमको…
काठमाडौं: त्रिभुवन विश्वविद्यालले कोभिड १९ का कारण भदौ १५ सम्म बन्द भएका क्याम्पसहरुलाई स्थानीय प्रशासन र सरकारी निकायहरुबाट अनुकूल हुनेगरी बन्द गर्ने या खोल्ने भन्ने निर्णय गर्न आङ्गिक क्याम्पसहरुलाई निर्देशन दिएको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै क्याम्पस खोल्ने, नखोल्ने या आंशिक रुपमा खोल्नेबारे निर्णय गरेर विश्वविद्यालयमा जानकारी दिन भनेको हो। ‘त्रिवि अन्तर्गतका सबै क्याम्पसहरु भदौ १५ गतेसम्म बन्द गरिएकोमा…