काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्। मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन…
काठमाडौं : स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालले नियमित डायलाइसिस सेवा स्थगित गरेको छ। अस्पतालले सूचना जारी गर्दै अस्पतालको डायलाइसिस युनिटका चिकित्सक एवं नर्सिङ कर्मचारीहरुमा कोभिड-१९ को संक्रमण देखिएकाले देखिएकोले नियमित डायलाइसिस सेवा सम्बन्धित विरामीलाई अस्पतालबाटै सम्पर्क गरी पालो मिलाई सेवा दिइने र अस्पतालबाट अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मको लागि इमर्जेन्सी डायलाइसिस सेवा मात्र प्रदान गरिने जनाएको छ। त्यस्तै…
काठमाडौं: स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण थप सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। सोमवारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप सात जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। मृत्यु हुनेमा चार वर्षकी बालिकासहित तीन महिला र चार जना पुरुष रहेको गौतमले जानकारी दिए। मृत्यु हुनेमा मोहत्तरीकी ४ वर्षकी बालिका रहेकी छन्। त्यस्तै गोर्खाकी ६५ र रुपन्देहीकी ६८…
काठमाडौं: सरकारले कोभिड १९ संक्रमण बढ्दै गए अहिले भएको स्रोत साधनले नभ्याउने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेदेखि नै स्रोत साधनको अभावबारे योजना बनाउनुपर्ने बताए। 'अहिलेको स्रोत साधनले भ्याउँदैन। नपुग्न सक्छ। स्रोत साधनले नभ्याएमा के गर्ने भन्ने आजै सोच्नुपर्छ। घर घरमा रोकथामबारे सोचौ, 'उनले भने। लक्षण बिनाका संक्रमितलाई घरमै राख्न पनि गौतमले…
फिल्म 'ब्ल्याक प्यान्थरका निर्देशक रायन कुग्लरले फिल्मका स्टार चाडविक बोसम्यानलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले लामो पत्रमार्फत् चाडविकको व्यक्तिगत एवं पेशागत् विशेषता बारे व्याख्या गरेका छन्। 'चाड नियममा बाँधिन नचाहने व्यक्ति थिए। निकै शान्त स्वभावको। सधैं ढुक्क रहन्थे अनि अध्ययनशिल पनि', निर्देशक रायनले लेखेका छन्। चाडविकले आफूहरूमा कहिल्यै नमेटिने छाप छाडेको जनाउँदै लेखेका छन्,'पुर्खाहरू उनीमार्फत् बोले।' ४३ वर्षीय बोसम्यानको गत विहीवार…
काठमाडौं : ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ। सोमवारदेखि नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सोको डिजिटल अडिसन खुला गरिएको हो। यसको आधिकारिक घोषणका कार्यक्रमको पेजमार्फत् गरियो। अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर चार मिनेट ५९ सकेन्ड सम्मको भिडियो अपलोड गर्नु पर्नेछ। डिजिटल अडिसन असोज १४ गतेसम्म खुला रहने छ। 'हाँसौं हँसाऔं' भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई महिनापछि अभिनेत्री तापसी पन्नूले आफ्नो धारणा सार्वजनिक गरेकी छन्। सुशान्त प्रकरणमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले जाँच गरिरहेका बेला तापसीले आफूले व्यक्तिगत रुपमा सुशान्त-रियालाई नचिन्ने बताएकी छन्। उनले यो प्रकरणमा भएको सामाजिक सञ्जाल र मिडिया ट्रायलमा पनि असन्तुष्टि जनाएकी छन्। कसैलाई आरोप लागेकै भरमा दोषी ठहर गर्नु, अनुमान लगाउनु गलत भएको बताउँदै तापसीले…
कोभिड-१९ महामारीपछि श्रमिकको अभाव झेल्न थालेको कतारले मजदुर तथा घरेलु कामदारको न्यूनतम पारिश्रमिक सम्बन्धी नयाँ कानुन ल्याएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीले आइतावार २०२० को १७ नं कानुन जारी गरेका हुन्। यो कानुन राजपत्रमा प्रकाशित भएसँगै लागु हुने गल्फ टाइम्सले जनाएको छ। त्यस्तै त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नयाँ पारिश्रमिक सम्बन्धी कानुनले तोके भन्दा…
नयाँ दिल्ली : भारतीय वरिष्ठ वकिल तथा अधिकारकर्मी प्रशान्त भुषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। अदालतको फैसलाको विषयमा ट्विट गरेपछि उनीविरुद्ध अदालतको अवहेलनामा मुद्दा परेको थियो। अभिव्यक्ति स्वतन्त्रताको विषयमा महत्वका साथ हेरिएको उनको मुद्दामा आज सर्वोच्च न्यायालयले उनलाई १ रुपैयाँ जरिवाना तिर्न भनेको छ। सेप्टेम्बर १५ भित्र जरिवाना रकम नतिर्ने हो भने उनलाई ३ महिना जेल जाने र ३…
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा सीबीआईले प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान केन्द्रित गरेको छ। रियासँग चार दिनदेखि लगातार सीबीआईले सोधपुछ गरिरहेको छ। रियाका फरक फरक बयान तथा अन्य व्यक्तिहरुको फरक बयानले यो मुद्दा जटिल बन्न पुगेको हो। सीबीआई साँचो कुरा के भन्ने पत्ता लगाउने कसरतमा छ। सीबीआईले जाँच सुरु गरेको आज ११ दिन पुगेको छ। तर, घटनाको कुनै क्लू भेटिएको…
काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७२ नायब उपरीक्षक(डीएसपी)को सरुवा गरेको छ। सोमवार सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी समेत फेरिएका छन्। कालीमाटीमा डीएसपी अपिलराज बोहोरालाई सरुवा गरिएको छ। हेर्नुस् को पुगे कहाँ?
भारत र चीनका सैनिकबीच शनिवार/आइतवार राती पूर्वी लद्दाखमा झडप भएको छ। २९/३० अगस्टको राती पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्। ‘हामीले चीनलाई अघि बढ्न दिएनौं। यो इलाकामा तैनाथी बढाएका छौं,’ प्रवक्ताले भने। झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक…
आइपीएल खेल्न संयुक्त अरब इमिरेट्स पुगेका चेन्नइ सुपर किंग्सका अनुभवी ब्याट्सम्यान सुरेश रैना प्रतियोगिता सुरु नहुँदै फर्किए। उनी किन फर्किए? धेरैखाले अनुमानहरु बाहरिए। जसमध्ये उनको फुपू र फुपाजुमाथि पञ्जावमा आक्रमण भएको घटनालाई जोडेर हेरियो। त्यस घटनामा एकजनाको मृत्यु र अर्का एकजना गम्भीर घाइते भएका थिए। त्यसैका कारण उनी फर्किएको लख काटिएको थियो। तर, उनी फर्किएको कारण न त आक्रमण थियो न त…
काठमाडौं : सडकमा नै खटिएर 'सेलिब्रेटी' छवि बनाएको नाम हो सितारामा हाछेथु। तीन दशक नेपाल प्रहरी जागिरे जीवन बिताए उनले, त्यसमा पनि २९ वर्ष त ट्राफिक प्रहरीमा मात्रै। ट्राफिक व्यवस्था सम्बन्धि राम्रो ज्ञान भएका पूर्व प्रहरी निरीक्षक हाछेथुलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखको रुपमा नियुक्त गरेको छ। आइतवार ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले उनलाई नयाँ जिम्मेवारी सुम्पिएका हुन्। पूर्व प्रहरी निरीक्षक हाछेथुबाट…
काठमाडौं : २४ घण्टाभन्दा बढी समय कोठाभित्र नै बेवारिसे बनेको ८१ वर्षीय मदन (नाम परिवर्तन)को अन्त्येष्टि गरिएको छ। विभिन्न निकायमा तारन्तार प्रयास गरेपछि आइतवार मध्यान्ह स्वास्थ्य मन्त्रालयको स्वाब संकलन गर्ने टोली शान्ति सेवा गृहमा पुगेको थियो। मृतकको स्वाब लिएपछि अन्त्येष्टि गरिएको हो। काठमाडौं तिलगङ्गास्थित शान्ति सेवा गृहमा बस्दै आएका मदनको शनिवार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको थियो। केही…
काठमाडौं : कमलादी गणेस्थानमा रहेको रुखको पूर्वतर्फको ठूलो हाँगा भाचिँदा त्यहाँ रहेको पुरानो घर क्षतिग्रस्त बनेको छ। मन्दिर परिसरमा रहेको मसलाको पुरानो रुखको ठूलो हाँगो भाँचिएको हो। आज बिहान ७:३० बजे चर्को आवाजसहित भाचिएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।
काठमाडौं : चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। आइतवार रातिसम्म गरिएका नमुना परीक्षणमा मध्ये २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन। ३ सय ६९ वटा नमुना परीक्षण गर्दा २१ वटामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण देखिएका अधिकास भरतपुर महानगरपालिकाका रहेका छन्। तीन जनामा भने गोरखा,रूपन्देही र…
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन रेकर्ड कायम गरिरहेको छ। यसैक्रममा आइतवार पनि नयाँ रेकर्ड कायम भयो। आइतवारमात्रै ८० हजार ९२ जना नयाँ संक्रमित भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ। पछिल्ला पाँच दिनमा लगातार ७६ हजार भन्दा धेरै संक्रमित भारतमा रेकर्ड हुँदै आएको छ। साथै एकै दिन अर्को एक हजार भन्दा धेरैले संक्रमणकै बीच ज्यान गुमाएका छन्।…
इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टी२० सिरिज अन्तर्गतको दोस्रो खेलमा इङ्ग्ल्याण्डले जित निकालेको छ। गएराति म्यानचेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डले ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जसका लागि मोहम्मद हफिजले सर्वाधिक ६९ रन बनाउँदा कप्तान बाबर आजमले ५६ र फखर जमानले ३६ रन बनाएका थिए। इङ्ग्ल्याण्डका अदिल रासिदले २…
काठमाडौँः सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए। …