PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको कोभिड १९ संक्रमणबाट मृत्यु, ५० जना कैदी अझैं संक्रमित

    केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको कोभिड १९ संक्रमणबाट मृत्यु, ५० जना कैदी अझैं संक्रमित

    काठमाडौं : केन्द्रीय कारागार सुन्धारामा रहेका रहेका एक कैदीको कोभिड १९ संक्रमणको कारण मृत्यु भएको छ। सोमवार राति उपचारका क्रममा कंचनपुर भीमदत्त नगरपालिका वडा ६ घर भएका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना भएका पुरुषको १० गते कोभिड १९ परीक्षणको लागि स्वाब लिइएको थियो। भदौ १४ गते उनमा कोभिड १९ पुष्टि भएको हो। 'उनी अन्य रोगका बिरामी…

    विस्तृतमा पढ्नुस्

  • कोराना नियन्त्रणमा सरकारी आदेश : ठूलालाई चैन, सानालाई ऐन!

    कोराना नियन्त्रणमा सरकारी आदेश : ठूलालाई चैन, सानालाई ऐन!

    ताराप्रसाद ओली - भनिन्छ, कानून बलियाहरुले बनाउँछन् र निर्धाहरु माथि लागू गर्छन्। सैद्धान्तिक रुपमा कानूनको नजरमा सबै समान हुने भए पनि व्यवहारिक रुपमा कानुन निर्माता र कार्यान्वयनकर्ताहरु सधैँ आफूलाई त्यसभन्दा माथि सम्झिरहेका हुन्छन्। अनि कानूनलाई आफू अनुकुल लागू गर्ने र 'दुरुपयोग'को समेत कोसिस गरिरहेका हुन्छन्। राज्यको स्रोत र साधनमाथि कब्जा जमाएर बसेका हर्ताकर्ताहरुले सत्ता, शक्ति तथा अधिकारको चरम दुरुपयोग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छली गरी ल्याएको ओरियन्स कम्पनीको औषधि बरामद

    भन्सार छली गरी ल्याएको ओरियन्स कम्पनीको औषधि बरामद

    विराटनगर : भन्सार छली गरी ल्याइएको करिब ७ लाख बराबरकोे ओरियन्स कम्पनीको औषधि झापाको शिवशताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट प्रहरीले बरामद गरेको छ।  सोमवार दिउँसो साढे २ बजे दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा  सबार भई आएका ६ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधि फेला पारेको हो। भारतबाट ३ सय ७ वटा बट्टामा प्याक…

    विस्तृतमा पढ्नुस्

  • अगस्टमा झन्डै २० लाख संक्रमित थपिए भारतमा, एकै महिनामा बिते २८ हजार ८ सय

    अगस्टमा झन्डै २० लाख संक्रमित थपिए भारतमा, एकै महिनामा बिते २८ हजार ८ सय

    नयाँ दिल्ली : अगस्ट महिनामा मात्र भारतमा झन्डै २० लाख जना मानिसमा कोरोना भाइरसको संक्रमण पहिचान भएको छ। एक महिनामा संसारका कुनै पनि मुलुकमा यो संख्यामा संक्रमित भेटिएका छैनन्। जुलाइ महिनामा अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए। त्यसलाई भारतले अगस्टमा उछिनेको हो। भारतका लागि अगस्ट महिना मृत्यु हुने संक्रमितको संख्याका कारण पनि खराब रह्यो। एक महिनामा भारतमा २८ हजार ८…

    विस्तृतमा पढ्नुस्

  • चितवनका १९ सहित २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    चितवनका १९ सहित २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    काठमाडौं : भरतपुरस्थित चितवन मेडिकल कलेजमा भएको परीक्षणका क्रममा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सीएमसी कोभिड-१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवन जिल्लाका १९ जना र अन्य जिल्लाबाट उपचारका लागि भर्ना भएका १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोबायोलोजिस्ट डाक्टर नविनकुमार चौधरीले जानकारी दिए। संक्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरपालिकाका १ महिलासहित १० जना रहेका छन्। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षीया किशोरीसहित थप चार जना कोभिड-१९ संक्रमितको गयो ज्यान, तीन जनामा मृत्युपछि संक्रमण पुष्टि

    १८ वर्षीया किशोरीसहित थप चार जना कोभिड-१९ संक्रमितको गयो ज्यान, तीन जनामा मृत्युपछि संक्रमण पुष्टि

    काठमाडौं : चितवनमा थप चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिकाका-११ की १८ वर्षकी किशोरी र ६५ वर्षका पुरुषको सोमवार मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। उनीहरुमा कोभिड-१९ को लक्षण देखिएको थियो। त्यस्तै, खैरहनी नगरपालिकाका एक ५५ वर्षकी महिलामा कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • बीपी प्रतिष्ठान, धरानमा कोभिड १९ संक्रमित सिराहाका ६५ वर्षीय पुरुषको मृत्यु

    बीपी प्रतिष्ठान, धरानमा कोभिड १९ संक्रमित सिराहाका ६५ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। सिराहा मिर्चौया ६ घर भएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको डाक्टर निदेश सापकोटाले जानकारी दिए। ज्वरो, खोकी  लगायतको समस्या देखिएपछि बिराट मेडिकल कलेज, विराटनगरले बीपी प्रतिष्ठानमा रिफर गरेको थियो। भदौ ९ गते कोभिड १९ परीक्षण गर्दा पोजेटिभ…

    विस्तृतमा पढ्नुस्

  • थपिने केस थामिँदै : वीरगंजमा थपिए बीस संक्रमित

    थपिने केस थामिँदै : वीरगंजमा थपिए बीस संक्रमित

    वीरगंज : वीरगंजमा पछिल्लो समय थपिने कोरोना संक्रमितको सख्या घट्दै गएको छ। ३५ दिनदेखिको निषेधाज्ञा र कन्ट्याक्ट् ट्रेसिङ् एवम परीक्षण कम हुँदा संक्रमित थपिने संख्या पनि कम हुँदै गएको हो। भदौ १६ गते नारायणी अस्पताल पीसीआर प्रयोगशालाले अबेर राति सार्वजनिक गरेको नतिजा अनुसार ४ सय १४ नमुना परीक्षणमा ३ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भयो। नारायणी अस्पतालका प्रवक्ता डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण

    चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण

    काठमाडौं : चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ। सोमवार रातिसम्म गरिएका थप  ३ सय ५३ मध्ये नमुना परीक्षणमा २० वटा पोजेटिभ आएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका अधिकांश भरतपुर महानगरपालिकाका रहेका छन्। त्यस्तै नवलपरासी,कैलाली, पर्सा, अछाम र रौतहट स्थायी घर भएका मानिसहरुमा पनि…

    विस्तृतमा पढ्नुस्

  • भयावह दृष्य : १५ दिनमा १३ हजार संक्रमित, १ सय २४ को मृत्यु

    भयावह दृष्य : १५ दिनमा १३ हजार संक्रमित, १ सय २४ को मृत्यु

    काठमाडौं : देशभर पछिल्लो १५ दिनमा १२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म देशभर १२ हजार ७७० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। सोमबारमात्रै ८९९ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको संख्या  ३९ हजार ४६० पुगेको छ। भदौ १ गते ५८१ जनामा संक्रमण देखिएको थियो। त्यसयता संक्रमणको…

    विस्तृतमा पढ्नुस्

  • सोनु सुदको प्रेरणा : सरकारको उपस्थिति बिना गाउँका आदिवासी युवाले बनाए सडक

    सोनु सुदको प्रेरणा : सरकारको उपस्थिति बिना गाउँका आदिवासी युवाले बनाए सडक

    बलिउड अभिनेता सोनु सुदले सिङ्गो गाउँका युवाहरूलाई प्रेरित गरे। ती युवाले गाउँमा सडक निर्माण गरे। त्यो पनि कुनै सरकारी अधिकारी र सहयोग बिना। आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डल। त्यहाँको आदिवासी गाउँहरू कोडामा, चिन्तामाला, बारा, सिरीवारा ७० वर्षदेखि मुख्य सडकबाट पर छ। त्यहाँका स्थानीयहरू पुग्ने सबैभन्दा नजिकको प्राथमिक स्वास्थ्य केन्द्र नै ५ किलोमिटर टाढा। त्यो पनि हिँडेरै पुग्नु पर्ने।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संकट बीच ‘भेनिस फिल्म फेस्टिभल’को तयारी

    कोरोना संकट बीच ‘भेनिस फिल्म फेस्टिभल’को तयारी

    विश्वको सबैभन्दा पूरानो फिल्म महोत्सव ‘भेनिस फिल्म फेस्टिभल’ हुने भएको छ। कोरोना भाइरसले निम्त्याएको संकट बीच इटालीमा फिल्म फेस्टिभलको तयारी भइरहेको छ। टेम्प्रेचर स्क्यानर र भौतिक दूरी कायम राख्दै फिल्म देखाइन स्क्रिन जडान भएका छन्। मास्कलाई अनिवार्य बनाइएको छ। समग्रमा कोभिड-१९ विरुद्ध सुरक्षा रणनीतिसहित कार्यक्रम आयोजना गर्ने तयारी छ। इटाली भाइरसका कारण सर्वाधिक प्रभावितमध्ये एक देश हो। आयोजक र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्यक सामानहरूको डेलिभरी पुन: सुरु

    अत्यावश्यक सामानहरूको डेलिभरी पुन: सुरु

    काठमाडौं : सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी इ–कमर्स सेवा प्रदायकहरूले अत्यावश्यक सेवा उपलब्ध गराउने भएका छन्। इ-कमर्स व्यवसायीहरूको साझा फोरमले विज्ञप्ति जारी गर्दै भदौ १६ गतेदेखि होम डेलिभरी पुन: सुरु गर्ने जानकारी दिएको हो। सेवा अन्तर्गत अत्यावश्यक भनिएका औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरू मात्र होम…

    विस्तृतमा पढ्नुस्

  • १५ दिनको कोरोना रिपोर्ट : करिब १३ हजारमा संक्रमण, १२४ जनाको मृत्यु

    १५ दिनको कोरोना रिपोर्ट : करिब १३ हजारमा संक्रमण, १२४ जनाको मृत्यु

    काठमाडौं : देशभर पछिल्लो १५ दिनमा १२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म देशभर १२ हजार ७७० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। सोमबारमात्रै ८९९ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको संख्या  ३९ हजार ४६० पुगेको छ। भदौ १ गते ५८१ जनामा संक्रमण देखिएको थियो। त्यसयता…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न  सांसदलाई सरकारको आग्रह , यस्ता छन् पछिल्ला निर्णय  

    कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न  सांसदलाई सरकारको आग्रह , यस्ता छन् पछिल्ला निर्णय  

    काठमाडौं :  सरकारले सांसदहरुलाई कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न आग्रह गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यक्ष निर्वाचित, समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई जनप्रतिनिधिको हैसियतले कोरोना उपचारको अनुगमन गर्ने आगह्र गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले  नेपाल मेडिकल काउन्सिल चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको छ। परीक्षा हलमा बढीमा २५ जना विद्यार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण, रोगको छैन कुनै पनि लक्षण

    काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण, रोगको छैन कुनै पनि लक्षण

    काठमाडौँः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। शाक्यलाई कोरोनाको कुनै पनि लक्षण छैन। शाक्य होम आइसोलेसनमै छन्।  मेयर शाक्यका प्रेस संयोजक मोहन बास्तोलाका अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार नतिजा आएको हो। शाक्यमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको पनि बास्तोलाले बताए।  शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए। संक्रमणको दर बढेसँगै उनको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणका लागि नेपाल आउन दिने सरकारको निर्णय

    बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणका लागि नेपाल आउन दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले आगामी सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी…

    विस्तृतमा पढ्नुस्

  • भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

    भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

    भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। सोमवार साँझ ८४ वर्षको उमेरमा मुखर्जीको निधन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कोरोना संक्रमण समेत देखिएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी 'डिप कोमा' मा रहेको अस्पतालले जनाएको थियो। मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गरेका छन्। पूर्वराष्ट्रपति मुखर्जीको लामो समयदेखि भेन्टिलेटरमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र

    रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र

    रौतहट : रौतहटका एक पुरुषलाई अज्ञात समूहले भारतमा बोलाएर हत्या गरेको छ। ईशनाथ नगरपालिका-७ सानो घ्युरा बस्ने ३२ वर्षीय दिनदयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको हो। अपरिचित व्यक्तिले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनको गोली हानी हत्या गरिएको थियो। हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ। गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • असोज १ गतेसम्म छोटो तथा लामो दुरीका यातायात नखुल्ने

    असोज १ गतेसम्म छोटो तथा लामो दुरीका यातायात नखुल्ने

    काठमाडौं :  सरकारले असोज १ गतेसम्म लामो तथा छोटा दुरीका यातायातका साधन असोज १ गते सम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतवारको निर्णय अनुसार कोभिड १९ को संक्रमण कम नभएको भन्दै यस्तो निर्णय गरेको हो। अर्थमन्त्री तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले साउन ५ गते गरेको निर्णय अनुसार भदौ १६ सम्म सञ्चान नगर्ने निर्णय गरेकोमा समय थप भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell