PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • डब्लुएचओले रोक्यो कोभिड १९ मा मलेरियाका लागि प्रयोग हुने औषधीको परीक्षण

    डब्लुएचओले रोक्यो कोभिड १९ मा मलेरियाका लागि प्रयोग हुने औषधीको परीक्षण

    काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमितका लागि सुरु गरेको मलेरियाविरुद्धको औषधि हाइड्रोअक्सिक्लोरोक्विनको परीक्षण स्थगित गरेको छ। अब कोभिड १९ का लागि यसको थप परीक्षण हुने छैन। संगठनको सोलिडारिटी ट्रायल्स इन्टरनेसनल स्टेरिङ कमिटीको सुझावलाई स्वीकार्दै हाइड्रोअक्सिक्लोरोक्विन र लिपिनाभिरको प्रयोग बन्द गर्ने निर्णय गरेको हो। अस्पतालमा उपचाररत कोभिड १९ का विरामीहरुका लागि यसको प्रयोग गरिँदै आएको थियो। कोभिड १९ का…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर युभेन्टसको सानदार जित, शीर्षस्थानमा सात अंकको अग्रता

    लिग लिडर युभेन्टसको सानदार जित, शीर्षस्थानमा सात अंकको अग्रता

    इटलियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले टोरिनोलाई हराएको छ। एलिनाज स्टेडियममा भएको खेलमा युभेन्टसले टोरिनोलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमै पाउलो डिब्यालाको गोलमा अग्रता बनाएको युभेन्टसका लागि २९ औं मिनेटमा रोनाल्डोको पासमा जुआा कुआड्राडोले गोल गरे। यता टोरिनोका लागि पहिलो हाफको अतिरिक्त समयमा एन्ड्रे बेलोटीले पेनाल्टीमार्फत गोल गर्दै गोलको खाता खोले। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको सहज जित

    म्यानचेस्टर युनाइटेडको सहज जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली म्याचेस्टर युनाइटेड ५-२ गोल अन्तरले जित निकालेको हो। खेलको १६ औं मिनेटमा बर्नेमाउथका लागि जुनियर स्टानिसलसले गोल गर्दै अग्रता बनाएका थिए। तर २९ औं मिनेटमा फर्नान्डेजको पासमा म्यासन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए। त्यसको ६ मिनेटमै युनाइटेडले अग्रता समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई प्रवक्ता श्रेष्ठको जवाफ : राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुठो प्रचार

    प्रधानमन्त्रीलाई प्रवक्ता श्रेष्ठको जवाफ : राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुठो प्रचार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने कुरा झुठो भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बेलुकी मन्त्री र राज्यमन्त्रीहरुलाई डाकेर आफू र राष्ट्रपतिलाई महाअभियोग ल्याउने तयारी गरेको बताएका थिए। लगत्तै श्रेष्ठले ट्वीटमार्फत जवाफ दिएका हुन्। उनले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्न नहुने पनि बताएका छन्। ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, 'अब कित्ता क्लियर गर्नुस्, राष्ट्रपति र ममाथि षड्यन्त्र भइरहेको छ, जुनसुकै कदम चाल्न सक्छु'

    प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, 'अब कित्ता क्लियर गर्नुस्, राष्ट्रपति र ममाथि षड्यन्त्र भइरहेको छ, जुनसुकै कदम चाल्न सक्छु'

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटको द्वन्द्व बढ्दै जाँदा दुबै पक्षले आन्तरिक छलफल र तयारीलाई तीव्रता दिएका छन्। शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद् सदस्यसँग छलफल गरेका छन्। अध्यक्ष पुष्पकमल दाहालसहितका सचिवालय सदस्यहरुले छुट्टै परामर्श गरेका छन्। बालुवाटारमा मन्त्री र  राज्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले जुनसुकै बेला कुनै पनि निर्णय हुन सक्ने बताउँदै आफूलाई साथ दिने वा…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट बनाउँदै

    जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट बनाउँदै

    जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेश क्षेत्रमा मधेस शहीद गेटको शिलन्यास भएको छ। गेटको शिलान्यास शनिवार एक कार्यक्रमका बीच गरिएको हो। जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट निर्माण गर्न लागेको उपमेयर रिता मिश्रले बताइन्। गेटमा राम सीताको प्रतिमासहित तेस्रो मधेस आन्दोलनका तीनवटा सहिदहरु निक्कु यादव, संजय चौधरी र दिलीप यादवको प्रतिमासमेत राखिने जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिस्टको समाजवाद हो? : रामचन्द्र पौडेल

    संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिस्टको समाजवाद हो? : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने स्पष्ट पारेका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने र समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिस्टहरुले यो कुरालाई पुष्टि गरेको बताए। पौडेलले कम्युनिस्टहरु…

    विस्तृतमा पढ्नुस्

  • भारतमा बन्यो सुनको मास्क!

    भारतमा बन्यो सुनको मास्क!

    कोरोना भाइरसको महामारी बढ्दै गर्दा भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्। पुनेको पिम्परी छिन्चोडका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स-साना प्वाल (छिद्रा) बनाइएको छ। सुनको मास्क बनाउने आइडिया भने उनले…

    विस्तृतमा पढ्नुस्

  • सीडीओकै 'नक्कली पास' बनाएर धमाधम काठमाडौं ! २४ यात्रुसहितको बस समातियो

    सीडीओकै 'नक्कली पास' बनाएर धमाधम काठमाडौं ! २४ यात्रुसहितको बस समातियो

    काठमाडौं : लकडाउन खुकुलो र बजार खुल्न थालेपछि काठमाडौं फर्किन फर्जी कागजात बनाउँदै आउनेक्रम बढेको छ। हिजो प्रहरीले थानकोटमा बाँकेबाट आएको एउटा बसलाई नियन्त्रणमा लिँदा फर्जी सवारी पासको पोल खुलेको हो। बाँकेबाट आएको बसमा २४ यात्रु थिए। सबै यात्रुलाई कीर्तिपुरमा रहेको राधाश्वामी होल्डिङ जोनमा पठाइएको छ। ना ६ ख ८४४५ नम्बरको बसले बाँकेबाट यात्रुहरु ल्याएको हो। कोहलपुर नगरपालिका १२ का…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना

    मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना

    वीरगंज : लकडाउन खुकुलो भए पनि कोरोना महामारी रोक्न बारा प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको परीक्षण गर्ने र कारबाही गर्ने प्रकृया अगाडि बढाएको छ। असार १६ गतेदेखि १८ गते सम्म विभिन्न ठाउँमा गरिएका जाँचमा १ सय २८ जनालाई नियन्त्रणमा लिइएको र मास्क नलगाएको आरोपमा संक्रमित रोग नियन्त्तणम ऐन अन्तर्गत रु एक सय जरिवाना तिराई कारवाही गरिएको बारा प्रहरीका प्रवक्ता गौतम…

    विस्तृतमा पढ्नुस्

  • एकाएक प्रम ओली शीतल निवासतिर, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो

    एकाएक प्रम ओली शीतल निवासतिर, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो

    काठमाडौं : राजनीतिक सरगर्मी केही कम भएको आजको साँझ प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको छलफल भइरहेको छ। त्यस्तै, प्रधानमन्त्री ओलीले साँझ सात बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन। नेकपामा पछिल्लो समय बिवाद चर्किरहेको छ। स्थायी कमिटी बैठकसमेत प्रभावित भइरहेको छ। पछिल्लो परिस्थितिबारे जानकारी गराउन ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्। 'सात बजे बालुवाटार आउन भनिएको छ। के…

    विस्तृतमा पढ्नुस्

  • अजय देवगनको ‘मैदान’को प्रदर्शन मिति तय, अझै ३५ प्रतिशत शुटिंग बाँकी

    अजय देवगनको ‘मैदान’को प्रदर्शन मिति तय, अझै ३५ प्रतिशत शुटिंग बाँकी

    अजय देवगनको फिल्म ‘मैदान’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। अभिनेता अजयले ट्वीटरमार्फत फिल्म आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने जानकारी दिएका छन्। रोचक त के छ भने फिल्मको ३५ प्रतिशत शुटिंग बाँकी छ। जसमा फिल्मको महत्वपूर्ण भाग रहेको छ। कोरोना भाइरसका कारण फिल्मको शुटिंग प्रभावित हुँदा यसै वर्ष प्रदर्शनको तयारीमा रहेको फिल्म युनिटले मिति अर्को वर्षलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतीय र चिनियाँ सेनाको गलवान उपत्यकामा भएको भिडन्तमाथि अजय देवगनले फिल्म बनाउने

    भारतीय र चिनियाँ सेनाको गलवान उपत्यकामा भएको भिडन्तमाथि अजय देवगनले फिल्म बनाउने

    कुटनीतिक हिसाबले भारत र चीनबीच पछिल्लो समय चर्को लफडा भयो गलवान उपत्यकामा। सीमामा दुई मुलुकका सैनिकबीच हिंसात्मक झडप नै भयो। भारतीय सेनाका २० जनाको ज्यान गयो भने चीनले भने आफ्ना दुई जनामात्र सैनिकको मृत्यु भएको बतायो। दुवै मुलुकका सैनिक नेतृत्वबीच भएको वार्ताले यस विषयलाई सुल्झाउने प्रयास भइरहेको छ। यसै विषयलाई लिएर फिल्म बनाउने तयारीमा जुटेका छन् बलिउडका सफल अभिनेता अजय…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेताहरु दवाव बढाउँदै, मन्त्री निवासमा भेला

    पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेताहरु दवाव बढाउँदै, मन्त्री निवासमा भेला

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजनबाट रोक्न दोस्रो, तेस्रो तहका नेताहरुको सक्रियता आज पनि जारी रह्यो। पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न नपाउँदै गम्भीर संकटमा परेको भन्दै नेतृत्वलाई दवाव दिन नेताहरु सक्रिय भएका हुन्। शनिवारमात्रै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले क्वाटरमा केही सांसदहरुसँग छलफल गरे। झण्डै दुई घण्टा भएको भेटमा पूर्व एमालेका खीमलाल भट्टराई, यज्ञराज सुनुवार,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको समर्थनमा मेलम्चीमा पनि प्रदर्शन

    प्रधानमन्त्री ओलीको समर्थनमा मेलम्चीमा पनि प्रदर्शन

    काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको पार्टीभित्रबाटै राजीनामा मागिएपछि देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ। मेलम्ची आसपासका युवाहरु शनिवार सडकमा निस्किएका हुन्। ओलीको समर्थनमा उत्रिएका युवाहरुले 'आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई', 'हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार' लगायत नारा लेखिएको प्लेकार्ड…

    विस्तृतमा पढ्नुस्

  • कोलकाता विमानस्थलले मुम्बई र दिल्ली लगायतका ठाउँबाट आएका विमान उत्रन नदिने

    कोलकाता विमानस्थलले मुम्बई र दिल्ली लगायतका ठाउँबाट आएका विमान उत्रन नदिने

    कोलकाता : कोरोना भाइरसको कहर तीब्र गतिमा फैलिन थालेपछि कोलकाता विमानस्थलले शनिवार दिल्ली, मुम्बई, चेन्नई, पुणे, नागपुर र अहमदावबाट कुनै पनि फ्लाइट आउन नदिने जनाएको छ। सोमवारबाट लागू हुने गरी १९ जुलाईसम्म ती स्थानहरुबाट विमान सेवा आउन नदिने जनाएको हो। भारतले मे २५ देखि आन्तरिक हवाई उडान पुन: सुरु गरेको थियो। दुई महिना पूर्ण रुपमा बन्द हवाई सेवा त्यसपछि सुरु…

    विस्तृतमा पढ्नुस्

  • थपिए २ सय ३२ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या पुग्यो ३४

    थपिए २ सय ३२ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या पुग्यो ३४

    काठमाडौं : नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। शनिवार स्वास्थ्य मन्त्रालयलले गरेको नियमित बिफ्रिङ थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो। यससँगै नेपालमा अहिलेसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म कोरोना संक्रमित भएका मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि अस्पतालबाट फर्किसकेका छन्। पछिल्लो २४ घण्टामा…

    विस्तृतमा पढ्नुस्

  • खोकनामा प्रहरी र स्थानीयबीच झडप : एक दर्जन अश्रुग्यास प्रहार, प्रहरीसहित स्थानीयवासी घाइते

    खोकनामा प्रहरी र स्थानीयबीच झडप : एक दर्जन अश्रुग्यास प्रहार, प्रहरीसहित स्थानीयवासी घाइते

    ललितपुर : खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले सांकेतिक विरोध गरेपछि प्रहरीबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीले लाठीचार्ज समेत गरेको छ। स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत प्रहार गरेका थिए। झडपमा परी ४ जना प्रहरी र केही स्थानियबासीसमेत घाइते भएका छन्। असार १५ गते खेतमा धान रोप्ने पुगेका किसानलाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पोखरासहित गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण, कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनको तयारी

    पोखरासहित गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण, कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनको तयारी

    काठमाडौः गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्की र गोरखा गरी  ९ जनामा कोरोना देखिएको हो। कास्कीको पोखरा महानगरपालिकामा ४ जना र गोरखामा ५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जनाए। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८८ पुगेको छ। त्यस्तै कोरोनाको कारण मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाका प्रवक्ता फेरिए

    नेपाली सेनाका प्रवक्ता फेरिए

    काठमाडौः नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। नेपाली सेनाले सेनाका प्रवक्तामा सहायकरथी सन्तोष बल्लभ पौडेललाई जिम्मेबारी दिएको छ। सहायकरथी पौडेल सैनिक मुख्यालयस्थित १५ बाहिनीपतिमा कार्यरत थिए। यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell