PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • नेकपा बैठक सोमवारसम्मका लागि स्थगित, पार्टीभित्रको किचलो सकिएन

    नेकपा बैठक सोमवारसम्मका लागि स्थगित, पार्टीभित्रको किचलो सकिएन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ। शुक्रवार दलभित्रको किचलो मिलाउने भन्दै बैठक रोकिएको थियो। दिनभर नेकपाका विभिन्न गुटका नेता तथा दुई अध्यक्षसहितको बैठकले कुनै निकास निकाल्न नसकेपछि आजका लागि तय भएको बैठक स्थगित गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्म बैठक स्थगित भएको फेसबुकमार्फत जानकारी दिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको ६ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशको ६ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि

    काठमाडौंः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रदेशका विभिन्न ६ जिल्लामा दुई महिला सहित १६ जनामा कोरोना संक्रमण देखिएको हो। गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार नवलपरासी पूर्व,कास्की, बाग्लुङ्, तनहुँ, स्याङ्जा र म्यााग्दीमा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या १ हजार ७९ पुगेको छ। त्यस्तै कोरोना…

    विस्तृतमा पढ्नुस्

  • गए राति रिपोर्ट पोजेटिभ, बिहानै मृत्यु : कोरोनाले लियो अर्को ज्यान

    गए राति रिपोर्ट पोजेटिभ, बिहानै मृत्यु : कोरोनाले लियो अर्को ज्यान

    काठमाडौं : कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५:०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिएका छन्। गोरखा अस्पतालमा उपचाररत उनकी हिजो गराति ९:५५ बजेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेहबाट पीडित उनलाई…

    विस्तृतमा पढ्नुस्

  • मालोर्कामाथि एट्लेटिको सहज जित, मोराटाको दोहोरो गोल

    मालोर्कामाथि एट्लेटिको सहज जित, मोराटाको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले मालोर्कामाथि सहज जित निकालेको छ। वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले ३-० को सहज जित निकालेको हो। मड्रिडको जितमा अल्भारो मोरटाले २ गोल र कोकेले १ गोल गरे। खेलको २९ ‍औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मोराटाले मड्रिडलाई अग्रता दिलाएका थिए। फेरि पहिलो हाफको अतिरिक्त समयमा उनले नै…

    विस्तृतमा पढ्नुस्

  • भारतको बिजोग, दुई दिनमै थपिए ४५ हजारभन्दा धेरै संक्रमित

    भारतको बिजोग, दुई दिनमै थपिए ४५ हजारभन्दा धेरै संक्रमित

    नयाँ दिल्ली : शुक्रवार एकै दिन २३ हजार ५ सय भन्दा धेरै नयाँ संक्रमित थपिँदा भारत कोभिड १९ को संकटमा थप फस्दै गएको छ। यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो। बिहीवार २२ हजारभन्दा धेरै संक्रमित भेटिएको थियो भारतमा। दुई दिनमा ४५ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएपछि भारत अमेरिका र ब्राजिल पछि सबैभन्दा धेरै संक्रमण प्रभावित मुलुक बन्ने…

    विस्तृतमा पढ्नुस्

  • १ करोड १० लाख माथि पुगे कोभिड १९ संक्रमित

    १ करोड १० लाख माथि पुगे कोभिड १९ संक्रमित

    विश्वभर कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। कोभिड १९ को तथ्याङ्क संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ६:१८ बजेसम्मको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या १ करोड १० लाख पार भएको हो। विश्वभर एक करोड १० लाख ४५ हजार ७ सय १३ जनामा संक्रमण देखिँदा सबैभन्दा खराब अवस्थामा रहेको अमेरिकामा २७ लाख ९३ हजार ३४ जनामा संक्रमण देखिएहो…

    विस्तृतमा पढ्नुस्

  • खराब मुलुकको सूचीमा नेपाल शीर्ष ६० भित्र, कोरोना कहर गहिरिँदै

    खराब मुलुकको सूचीमा नेपाल शीर्ष ६० भित्र, कोरोना कहर गहिरिँदै

    काठमाडौं : हिजो एकै दिन ७ सयभन्दा धेरै संक्रमित फेला परेपछि नेपाल कोभिड १९ का कारण खराव अवस्था झेलिरहेका मुलुकको सूचीमा थप एक कदम अगाडि बढेको छ। नेपालमा १५ हजार २ सय ५९ जना संक्रमित संख्या पुग्दा अल्जेरियालाई उछिनेको छ। यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने देखिन्छ। खराब मुलुकको सूचीमा नेपाल अहिले ६०…

    विस्तृतमा पढ्नुस्

  • होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

    होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन्। शुक्रवार विभिन्न ९ पर्यटन व्यवसायी संगठनहरुको माग तथा सुझाव बुझ्दै मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गरे। उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन…

    विस्तृतमा पढ्नुस्

  • दीपाश्रीको बयानले विवादमा परेपछि राजेश हमालको प्रतिक्रिया यस्तो

    दीपाश्रीको बयानले विवादमा परेपछि राजेश हमालको प्रतिक्रिया यस्तो

    काठमाडौं : महानायक राजेश हमाल अहिले विवादमा तानिएका छन्। खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र?’ भन्दै हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्री आलोचनाको तारो बनेकी छिन्। साथै राजेश हमालबारे सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको माफी पनि मागिसकेकी छिन्। दर्शकहरु दीपाश्रीमाथि खनिएपछि राजेश हमालले शुक्रवार सामाजिक सञ्जालमार्फत सांकेतिक प्रतिक्रिया…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउनेहरु अब २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने : स्वास्थ्य मन्त्रालय

    विदेशबाट आउनेहरु अब २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : सरकारले विदेशबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। विदेशबाट आउने तथा संक्रमित क्षेत्रबाट आएकालाई २१ दिन क्वारेन्टाइन अनिवार्य गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यसअघि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको थियो। ‘विदेशबाट स्थल तथा हवाई मार्गमार्फत आई क्वारेन्टाइनमा बस्नेले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाउने, २१ दिन…

    विस्तृतमा पढ्नुस्

  • टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, 'ड्राइभरले ब्याक गरेर मामालाई…'

    टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, 'ड्राइभरले ब्याक गरेर मामालाई…'

    महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा एक युवकको पानी बोक्ने टिप्परले ठक्कर दिँदा मृत्यु भएको छ। शुक्रवार बिहान पुनर्वास नगरपालिका १ स्थित हुलाकी राजमार्गमा सामेल तामाङले चलाएको पानी बोक्ने टिप्परले ठक्कर दिँदा पुनर्वास ७ निवासी योगेन्द्रसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ठकुरी से१क ६४२८ नम्बरको मोटरसाइकलमा ११ वर्षीय भान्जा प्रवीन तामाङलाई लिएर बेलौरीतर्फ जाँदै थिए।…

    विस्तृतमा पढ्नुस्

  • बेलायतलाई उछिन्यो पेरुले र चिली पनि सँगै

    बेलायतलाई उछिन्यो पेरुले र चिली पनि सँगै

    काठमाडौं : कोरोना भाइरसको प्रकोपका कारण खराब हालतबाट गुज्रिरहेका मुलुकको सूचीमा बेलायतलाई पेरुले उछिनेको छ। चिलीले पनि आज बेलायतलाई पछि पार्दैछ। दुवै दक्षिण अमेरिकी मुलुकहरुमा कोरोनाका संक्रमितको संख्या यति तीब्र गतिमा फैलिरहेको छ कि शीर्ष स्थानमा बेलायतलाई सजिलै उछिन्दै छन्। अमेरिकाले यो सूचीमा फराकिलो अन्तरले नेतृत्व गरिरहेको छ भने ब्राजिलले उसलाई पछ्याइरहेको छ। रसिया तेस्रो र भारत चौथो स्थानमा अगाडि…

    विस्तृतमा पढ्नुस्

  • 'लिटिल बुद्ध' भनिने रामबहादुर बमजनबिरुद्ध अदालतमा मुद्दा दर्ता

    'लिटिल बुद्ध' भनिने रामबहादुर बमजनबिरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौं : 'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजन सहित तीन जना विरुद्ध मुद्दा दर्ता भएको छ। बिहीवार जिल्ला अदालत सर्लाहीमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको हो। उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएको छ। प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको आश्रम र सिन्धुलीमा पटक पटक छापा मारिसकेको छ। केन्द्रीय अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • ओम्नीले तिरेन चीनबाट स्वास्थ्य सामग्री ल्याउँदाको हवाई भाडा, पर्यटनमन्त्रीले भने: स्वास्थ्य मन्त्रालयले जिम्मा लिनुपर्छ

    ओम्नीले तिरेन चीनबाट स्वास्थ्य सामग्री ल्याउँदाको हवाई भाडा, पर्यटनमन्त्रीले भने: स्वास्थ्य मन्त्रालयले जिम्मा लिनुपर्छ

    काठमाडौं: ओम्‍नी ओबिसिए ग्रुपले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेवापतको ढुवानी भाडा नदिएको खुलेको छ। ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो। शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले ओम्नीले अझै ढुवानी वापतको भुक्तानी नदिएको जानकारी दिए। यसमा स्वास्थ्य मन्त्रालय जिम्मेवार रहेको उनको भनाई थियो। ओम्नीले चैतमा चीनमा नेपाल एयरलाइन्सको…

    विस्तृतमा पढ्नुस्

  • संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गासँग गरे विवाह

    संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गासँग गरे विवाह

    संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गा खरेलसँग विवाह गरेका छन्। शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा मन्दिरमा विहे भएको हो। सांगितिक करियरमा सहकार्य गर्दै आएका अर्जुन र दुर्गा प्रेम सम्बन्धमा थिए। सार्वजनिक भने गरेका थिएनन्। उनीहरु वैशाखमा नै विहे गर्ने तयारीमा भए पनि लकडाउनका कारण आजमात्रै हुन पायो।

    विस्तृतमा पढ्नुस्

  • भारत-चीन सीमा विवाद : लद्दाख पुगे प्रधानमन्त्री मोदी, सैनिक अधिकारीसँग छलफल

    भारत-चीन सीमा विवाद : लद्दाख पुगे प्रधानमन्त्री मोदी, सैनिक अधिकारीसँग छलफल

    गलवान घाटीमा भारत र चीनको सीमा विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्। लद्दाखको सीमा गलवान घाटीमा गत १५ जुनमा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। आज विहानै सेना प्रमुख मनोज मुकुन्द नरभाने, चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथ ११ हजार फिट उचाईंमा रहेको लद्दाखको निमु पुगेर प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • हिजोको बाहेक नै काठमाडौं महानगरपालिका भित्र ४० कोरोना संक्रमित, उनीहरुको स्थायी ठेगाना भने अन्यत्रै

    हिजोको बाहेक नै काठमाडौं महानगरपालिका भित्र ४० कोरोना संक्रमित, उनीहरुको स्थायी ठेगाना भने अन्यत्रै

    काठमाडौं : विभिन्न जिल्ला र विदेशबाट मानिसहरु आउनेक्रम बढेपछि काठमाडौंमा कोरोना संक्रमित बिरामीको सङ्ख्या दैनिक थपिँदै गएको छ। बुधवार १७ जना थपिएकामा बिहीवार यो सङ्ख्या बढेर २८ पुगेको छ। यसरी थपिएका संक्रमितमध्ये केही काठमाडौं महानगरपालिका रहेका छन्। अहिलेसम्म काठमाडौं महानगरपालिकामा ४० जनामा कोरोना संक्रमण देखिएको छ। यो सङ्ख्यामा हिजो थपिएकाहरु समावेश गरिएको छैन। 'हिजो थपिएका महानगरपालिकाका हुन् वा कहाँका हुन्…

    विस्तृतमा पढ्नुस्

  • विद्या बालनको 'शकुंतला देवी' डिजिटल प्लेटफर्ममा, ३१ जुलाईमा प्रदर्शन

    विद्या बालनको 'शकुंतला देवी' डिजिटल प्लेटफर्ममा, ३१ जुलाईमा प्रदर्शन

    बलिउड अभिनेत्री विद्या बालनको फिल्‍म 'शकुंतला देवी' ओटिटी फ्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ। विद्याले फिल्म ३१ जुलाईमा प्रदर्शन हुने जानकारी ट्वीटरमार्फत दिएकी छन्। अमेजनले फिल्‍मको ग्‍लोबल प्रिमियरको घोषणा गरेको छ। विद्याले आफ्नो ट्विटर ह्याण्डलमा एक मिनेटको भिडियो शेयर गरेर फिल्‍म घोषणाको जानकारी गणीतीय स्टाइलमा दिएकी छिन्। अनु मेननद्वारा निर्देशित फिल्ममा विद्याले लोकप्रिय भारतीय गणितज्ञ शकुंतला देवीको भूमिका निभाउँदैछिन्।…

    विस्तृतमा पढ्नुस्

  • १० रुपैयाँ भन्सार थपेर चर्को बनाइएको पेट्रोल थप महँगो बनाउने तयारी

    १० रुपैयाँ भन्सार थपेर चर्को बनाइएको पेट्रोल थप महँगो बनाउने तयारी

    काठमाडौं : तीन दिन अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको आयल निगमले नोक्सानी गएको देखाउँदै फेरि भाऊ बढाउने तयारी गरेको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख नोक्सानीमा जाने प्रक्षेपण गरिएको छ। पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको निगमको दावी छ। अरु पेट्रोलियम पदार्थमा भने…

    विस्तृतमा पढ्नुस्

  • वडा अध्यक्षले अंगालो मारेर चुम्बन मागेपछि...

    वडा अध्यक्षले अंगालो मारेर चुम्बन मागेपछि...

    धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम नाथ महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। वडा नम्बर ९ ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडा अध्यक्ष नाथले दुर्व्यवहार गरेका हुन्। बिहीवार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडा अध्यक्षले राती सवा ८ बजे उनीमाथि दुर्व्यवहारको प्रयास गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell