इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको लिभरपुलले रेलिगेसन जोनमा रहेको एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुलले २-० को सहज जित निकालेको हो। लिभरपुलको जितमा सार्डियो माने र कुर्टिस जोन्सले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा मानेले लिभरपुललाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा अग्रता…
नयाँ दिल्ली : भारत कोरोना संक्रमित मुलुकको शीर्ष तीन मुलुकभित्र पुगेको छ। कोभिड १९ का कारण खराब मुलुकहरुको सूचीमा चौथो स्थानमा रहेको भारतमा एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित थपिएपछि रसियालाई उछिनेको हो। भारतमा आइतवार एकै दिन ४ सय २१ जनाको मृत्यु समेत भयो। गएको पाँच दिनमा २ हजार ३ सय भारतीयको कोरोनाका कारण मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित भएको छ। सेन्टमेरी स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटी घरेलु टोलीसँग १-० ले पराजित भएको हो। साउथह्याम्पटनको जितमा छे आडम्सले निर्णायक गोल गरे। उनले खेलको १६ औं मिनेटमा आर्मस्टङको पासमा गरेको गोल नै सिटीलाई हराउन घरेलु टोलीलाई पर्याप्त बन्यो। उनले ३९ यार्ड टाढाबाट गरेको गोल जारी सिजन सबैभन्दा टाढाबाट गरेको…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि फराकिलो जित निकालेको छ। तालिकाको दोस्रो स्थानमा रहँदै उपाधि होडमा कायम रहेको बार्सिलोनाले भिल्लारियलमाथि ४-१ को फराकिलो जित निकालेको हो। खेलको तेस्रो मिनेटमा भिल्लारियलका पउ टोरेसले आत्मघाती गोल गरेसँगै बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर १४ औं मिनेटमा जेराड मोरेनोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। त्यसको छ मिनेटमा बार्सिलोनाले फेरि…
काठमाडौं: आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ। नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा रहेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए। ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ इरान दोश्रो भयो। इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र…
स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकालेको छ। सान म्यामेस स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोली बिल्बाओमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। रियल मड्रिडको जितमा रामोसले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले खेलको ७३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। जितसँगै मड्रिडले अंकतालिकामा ७ अंकको…
काठमाडौं : नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले सवारीधनीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सवारीधनी बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ रजेना घर भएका ३८ वर्षीय पूर्णप्रसाद गौतम, चालक बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २८ का आशिष थापा र नक्कली पास बनाउने कार्यमा संलग्न बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २१…
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र जनताको हितमा कार्य गर्न मातहतका कमाण्डरलाई निर्देशन दिएका छन्। आइतवार हलचोकस्थित प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृत तथा उपत्यकामा कार्यरत कमाण्डरहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले राष्ट्र¸ जनता र संगठनको अहितमा काम गर्ने छुट कसैलाई नभएको बताए। संगठन स्थापना कालको स्मरण गराउँदै महानिरीक्षक खनालले संगठनका सयौं कर्मचारीको बलिदानबाट प्राप्त सफलतालाई व्यक्तिगत स्वार्थ र…
अमेरिकी र्यापर कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिने घोषणा गरेका छन्। कान्ये चर्चित हलिउड स्टार किम कार्दशियनका पति हुन्। कान्येले शनिवार ट्वीटरमार्फत आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनमा दौडमा होमिएको घोषणा गरेका छन्। उनको ट्वीटलाई किम कार्दशियनले शेयर गरेकी छिन्। निर्वाचनमा अब कान्येको प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जो बाइडनबीच हुनेछ। रोचक त के छ…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार दुई घण्टा छलफल भयो। बालुवाटारमा भएको छलफलमा निष्कर्ष निक्लन नसकेको सहभागी नेताहरु बताउछन्। दुई अध्यक्षबीच सोमवारको स्थायी कमिटी बैठक अघि पुनः छलफल गर्ने सहमति भएको छ। ‘आज विभिन्न विषयमा छलफल भयो। ठोस निष्कर्ष त निस्किएको छैन। भोलिको स्थायी कमिटी बैठक अघि पुनः छलफल गर्ने कुरा…
बलिउड अभिनेता अक्षय कुमार लकडाउनमा हेलिकोप्टरमा गरेको हवाई यात्राले विवादमा तानिएका छन्। यात्रा नियम विपरित भएको भन्दै उनी विवादमा तानिएका हुन्। अक्षयले चपरबाट महाराष्ट्रको नासिकमा निजी हेलिकोप्टरमा हवाई यात्रा गरेका थिए। गएको हप्ता उनी दुई दिनका लागि नासिकको त्रियंबकेश्वर गएका थिए। उनलाई त्यहाँ जान कसले अनुमति दियो भन्ने प्रश्न उठेको छ। सुरुमा अक्षयलाई दिइएको सुरक्षामाथि जाँच गर्ने भन्दै आएका महाराष्ट्र…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा छ। पार्टी फुटको संघारमा पुगेको नेताहरु बताउँछन्। स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित छ। समस्या समाधानका लागि नेताहरु आन्तरिक भेटघाटमा व्यस्त छन्। स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीमा अहिलेको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कै कारण उत्पन्न भएको बताउँछन्। पार्टीलाई संकटबाट ओलीले नै मुक्त गर्नुपर्ने उनको भनाइ छ। ‘पार्टीको…
काठमाडौः २०७६ असार २४ गते पदम गुरुङको २२० सिसी मोटरसाइकल राखेको स्थानबाटै हरायो। २ लाख रुपैयाँ भन्दा बढी रकम तिरेर किनेको मोटरसाइकल हराएपछि प्रहरीमा उजुरी दिए। तर दिन मात्र होइन महिना बित्यो उनको मोटरसाइकल फेला परेन। झन्डै एक वर्षपछि उनको मोटरसाइकल प्रहरीले फेला पारेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो। ढिलै भए पनि गुरुङले…
कैलाली: सुदूरपश्चिममा भएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो। थपिएका संक्रमित कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा छलफल भएको छ। छलफलपछि प्रचण्ड बालुवाटारबाट निस्किएका छन्। १२ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए। त्यसअघि उनी शीतल निवासमा छलफलका लागि पुगेका थिए। आइतवारको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। प्रचण्ड बाहिरए पनि…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल शीतल निवास गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर समसामयिक राजनितिक घटनाक्रमबारे छलफल गर्न शीतल निवास गएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। राष्ट्रपतिसँगको भेटपछि प्रचण्ड बालुवाटार जाने सापकोटाले बताए। हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध कदम चालिएको भन्दै मन्त्रीहरुलाई कित्ता…
काठमाडौँ : गोङ्गबुमा भएको बस आगजनी शङ्कास्पद देखिएको छ। आइतवार बिहान गोङ्गबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागीका कारण ८ वटा माइक्रो बस पूर्णरुपमा क्षति भएका छन्। आगलागी हुँदा ग्यारेजमा राखिएको ८ वटा बस तथा माइक्रो बस जलेका छन्। सुपक्षी अटो वर्कशपमा आगजनी भएको हो। आगजनी कारण बा २ ख २०८०, बा ४ ख २४०,बा ३ ख ८५८९, बा ४…
काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमितका लागि सुरु गरेको मलेरियाविरुद्धको औषधि हाइड्रोअक्सिक्लोरोक्विनको परीक्षण स्थगित गरेको छ। अब कोभिड १९ का लागि यसको थप परीक्षण हुने छैन। संगठनको सोलिडारिटी ट्रायल्स इन्टरनेसनल स्टेरिङ कमिटीको सुझावलाई स्वीकार्दै हाइड्रोअक्सिक्लोरोक्विन र लिपिनाभिरको प्रयोग बन्द गर्ने निर्णय गरेको हो। अस्पतालमा उपचाररत कोभिड १९ का विरामीहरुका लागि यसको प्रयोग गरिँदै आएको थियो। कोभिड १९ का…
काठमाडौं : देशभर कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा गण्डकी प्रदेशमा पनि सङ्क्रमितको ग्राफ उक्लँदो छ। अहिलेसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ९१ पुगेको छ। आइतवार बिहानै थप ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। तनहुँमा दुई जना र बाग्लुङमा एक जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। कोरोना देखिएका तनहुँ व्यास नगरपालिका ६…
फोटो खिच्न लाग्दा एक महिलाको खोचमा खसेर मृत्यु भएको छ। ग्रान्ड क्यानियनमा फोटो खिच्दा खुट्टा चिप्लिएपछि उनी १० फिट तल बजारिएकी थिइन्। अमेरिकाको एरिजोनाकी ५९ वर्षीय मारिया सालगाडो लोपेज परिवारसहित हाइकिङका लागि पुगेकी थिइन्। त्यहाँ उनी फोटो खिच्न लाग्दा खसेकी हुन्। तत्कालै उनको मृत्यु भयो। शनिवार उनको शरीर खोचबाट निकालिएको हो। ग्रान्ड क्यानियन नेसनल पार्कले दुरी कायम राखेर मानिसहरुलाई प्रवेश…