PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • झुटो विवरण बनाई विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत जेल चलान

    झुटो विवरण बनाई विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत जेल चलान

    काठमाडौः झुटो विवरण पेस गरेर विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइ दिएको अभियोगमा प्रहरीले एक प्रशासकीय अधिकृतलाई जेल चलान गरिएको छ। जिल्ला अदालत झापाले जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई पूर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय झापा र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई काठमाडौंको गोठाटारबाट पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाभित्र संक्रमण बढेपछि सवारी चेकिङमा थप कडाइ गर्दै प्रहरी

    उपत्यकाभित्र संक्रमण बढेपछि सवारी चेकिङमा थप कडाइ गर्दै प्रहरी

    काठमाडौः काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको संकट थपिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ। सडकमा गुड्ने सवारीदेखि मानिसले सङ्क्रमणबाट जोखिन सामाजिक दुरीदेखि मास्कसमेत लगाएको नलगाएको हेर्न गृहले प्रहरीलाई निर्देशन दिइसकेको छ। गृह मन्त्रालयले सोमवार नै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै ७७ वटै जिल्लामा मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको हो। त्यस्तै काठमाडौँ उपत्यकाभित्र…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप सिपिएलमा जमैकाबाट खेल्ने

    सन्दीप सिपिएलमा जमैकाबाट खेल्ने

    क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछाने जमैका तल्लावहाजबाट खेल्ने भएका छन्। गएराति भएको ड्राफ्टबाट जमैकाले उनलाई ९० हजार अमेरिकी डलरमा (१ करोड ८ लाख नेपाली)मा अनुबन्धित गरेसँगै उनले लगातार तेस्रो पटक सिपिएल खेल्ने भएका हुन्। सन्दीप अनुबन्धित भएका विदेशी लिगहरु मध्येमा यो इङ्ग्ल्याण्डको द हन्ड्रेड पछिको यो दोस्रो ठूलो रकममा अनुबन्धन हो। कोरोना महामारीका कारण सिपिएल कहिले हुने भन्ने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका केन्द्रीय महाधिवेशन तोकिएकै समयमा, गाउँ-नगर तथा प्रदेशको कार्यतालिका हेरफेर

    कांग्रेसका केन्द्रीय महाधिवेशन तोकिएकै समयमा, गाउँ-नगर तथा प्रदेशको कार्यतालिका हेरफेर

    काठमाडौँः नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएको मितिमा नै हुने भएको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको हो। तर, आन्तरिक कार्यतालिका भने केही हेरफेर हुने भएको छ।  महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म हुनेछ।  कांग्रेसले समायोजन हुन बाँकी जिल्लामा अन्तरिम संरचना समायोजन गर्न साउन १० गतेसम्मको समय तोकेको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले…

    विस्तृतमा पढ्नुस्

  • सवारी पास वितरण प्रणालीमा परिवर्तन, यस्तो छ प्रशासनको सूचना

    सवारी पास वितरण प्रणालीमा परिवर्तन, यस्तो छ प्रशासनको सूचना

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ। राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो। कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने जनाएको छ। जसअन्तर्गत मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी,…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची आयोजनाले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति

    मेलम्ची आयोजनाले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति

    काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निर्माणाधिन मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङमा पानी हाल्ने कार्य गर्दा गाउँपालिकालाई जानकारी नदिइएको भन्दै आपत्ति जनाएको छ। गाउँपालिकाले सोमवार एक विज्ञप्ति जारी गर्दै मेलम्ची खानेपानी आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुरुङ मार्गबाट पानी पठाउने काम भएको जानकारी सञ्चार माध्यमबाट पाएको र समन्वय नगरी सम्बन्धित निकायले गैरजिम्मेवार…

    विस्तृतमा पढ्नुस्

  • बैठकको माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले शुरु गरे हस्ताक्षर अभियान

    बैठकको माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले शुरु गरे हस्ताक्षर अभियान

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यहरुले बैठकको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेका छन्। बैठकको माग गर्दै हस्ताक्षर गर्न थालिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए। ‘सचिवालय र स्थायी कमिटीहरुले काम गर्न सकेको देखिएन। पार्टी विधान र पद्धति अनुसार चल्नुपर्छ। केन्द्रीय कमिटी बैठक राखेर अहिलेका समस्याको हल गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ न्यौपानेले भने। अहिलेसम्म १०० भन्दा…

    विस्तृतमा पढ्नुस्

  • नेपोटिज्मबारे टाइगर भन्छन्: ‘इण्डस्ट्रीमा इन्ट्री सजिलो, स्थापित हुन एकदमै कठीन, मेहनत दोब्बर’

    नेपोटिज्मबारे टाइगर भन्छन्: ‘इण्डस्ट्रीमा इन्ट्री सजिलो, स्थापित हुन एकदमै कठीन, मेहनत दोब्बर’

    बलिउड अभिनेता टाइगर श्रापले नेपोटिज्म (नातावाद/गुटबन्दी)बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। बलिउड अभिनेता ज्‍याकी श्रापका छोरा टाइगरले आफन्त र परिवारका सदस्य हुँदा बलिउड फिल्म इण्डस्ट्रीमा प्रवेश गर्न सहज भए पनि स्थापित हुन एकदमै कठीन रहेको अनुभव सुनाएका छन्। अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस भइरहेका बेला टाइगरले आफ्नो अनुभव सुनाएका हुन्। उनले इण्ड्रस्टीमा आफ्ना अभिभावक हुँदा उनीहरुको ख्यातीलाई गिर्न…

    विस्तृतमा पढ्नुस्

  • ढकाल राखेपको कार्यवाहक सदस्य–सचिव

    ढकाल राखेपको कार्यवाहक सदस्य–सचिव

    काठमाडौं:  युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ। असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • भारत-चीन तनावका कारण आमिर खानको शुटिंग प्रभावित

    भारत-चीन तनावका कारण आमिर खानको शुटिंग प्रभावित

    गलवान घाटीमा भारत र चीनबीचको सीमा तनावका कारण बलिउड अभिनेता आमिर खानको फिल्मको शुटिंग प्रभावित भएको छ। दुई देशका सेनाबीच गलवान घाटीमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि तनाव बढेको छ। उक्त तनावले लद्दाखमा हुने भनिएको आमिर खानको फिल्मको शुटिंग स्थगित गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरको फिल्म 'लाल सिंह चड्ढा'को शुटिंग लद्दाख हुनुपर्ने थियो। तर, भारत र चीनबीच…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाई घरबाट निस्किए अब प्रहरीले कारबाही गर्ने

    मास्क नलगाई घरबाट निस्किए अब प्रहरीले कारबाही गर्ने

    काठमाडौः देशमा कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न गृह मन्त्रालले निर्देशन दिएको छ। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो। मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ। 'मानिस मास्क नलगाई हिंड्ने गरेकाले संक्रमण फैलिदै गएपछि यस्तो निर्देशन दिएका हौं,' गृह मन्त्रालयलका उपसचिव उमाकान्त अधिकारीले भने। सकारले असार १ गतेबाट लकडाउनको…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट नेपाली ओसार्ने नेवानीका पाइलट पनि कोरोनाबाट संक्रमित

    विदेशबाट नेपाली ओसार्ने नेवानीका पाइलट पनि कोरोनाबाट संक्रमित

    काठमाडौं : नेपाल वायुसेवा निगमका ७ जना पाइलट र क्रुमा कोभिड १९ पोजेटिभ देखिएको छ। विदेशमा रहेका नेपाली ओसार्न सक्रिय रहेका निगमका कर्मचारीमा कोरोना देखिएको हो। पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पाइलटमा कोरोना संक्रमणको पुष्टि गरेका छन्। उनले सोसल मिडियामा लेखेका छन्, 'नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना भाइरस पोजेटिभ देखिएकोमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग 

    काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग 

    काठमाडौँ: काठमाडौँ महानरपालिकाले ६ ओटा ए डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा क्लबलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो। मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल…

    विस्तृतमा पढ्नुस्

  • धनगढीका ७ सहित कैलालीमा थपिए ८ नयाँ संक्रमित

    धनगढीका ७ सहित कैलालीमा थपिए ८ नयाँ संक्रमित

    धनगढी : धनगढीका सातसहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो। धनगढीका ३३ र ३५ वर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार गोदावरी नगरपालिकाका ३०…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका तीन जिल्लामा थप १७ जनामा कोरोना पोजेटिभ

    गण्डकी प्रदेशका तीन जिल्लामा थप १७ जनामा कोरोना पोजेटिभ

    काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेशका तीन जिल्लामा दुई महिलासहित १७ जनामा कोरोना पोजेटिभ देखिएको हो। लमजुङमा ११ जना,कास्कीमा १ जना र बाग्लुङ्मा ५ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या १…

    विस्तृतमा पढ्नुस्

  • अपराध महाशाखाको कार्यालय मीनभवनमा सर्‍यो

    अपराध महाशाखाको कार्यालय मीनभवनमा सर्‍यो

    काठमाडौं : महानगरीय अपराध महाशाखाको कार्यलय सरेको छ। २०७२ वैशाख १२ गतेको भूकम्प पछि काठमाडौंको हनुमानढोकाबाट सरेर टेकु पुगेको महाशाखाको कार्यलय पुनः सारिएको हो। महाशाखाको भवन निर्माण हुने भएकाले कार्यलय सारिएको महाशाखाले जानकारी दिएको छ। महाशाखाको कार्यलय काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मीनभवनमा सरेको हो। यो भवन नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको छ। महाशाखाले जघन्य प्रकृतिका अपराध, साइवर अराध, ठगीदेखि…

    विस्तृतमा पढ्नुस्

  • सतबाँज–खलंगा सडकलाई प्रेमसिंह धामी मार्ग नामाकरण गर्न माग

    सतबाँज–खलंगा सडकलाई प्रेमसिंह धामी मार्ग नामाकरण गर्न माग

    दार्चुला : सतबाँज–खलंगा सडकलाई प्रेमसिंह धामी मार्ग नामाकरण गर्न चौथो जिल्ला सभाले माग गरेको छ। कालापानीको विषयलाई राष्ट्रिय मुद्दा बनाइनुपर्ने, कालापानी नेपालको मुटु हो लगायतका आवाजहरु सदनमै उठाउने पहिलो व्यक्तिका रुपमा परिचित राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिंह धामीकै नामबाट सतबाँजदेखि खलंगा सडकको नामांकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सभामा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताए। सुदूरपश्चिम प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • छिमेकीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

    छिमेकीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

    काठमाडौं: हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर पुनर्वास नगरपालिका ५ भानुबस्ती बस्ने ४१ वर्षीय गोरे भन्ने गौरवबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो। आज बिहान साढे ४ बजे गाउँमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीको विशेष अप्रेसन टोलीले नियन्त्रणमा लिएको हो। गत शनिवार राति १० बजेर ४० मिनेटमा खड्काले छिमेकीलाई धारिलो हतियार प्रहार गरी हत्या…

    विस्तृतमा पढ्नुस्

  • नक्कली कागजपत्र प्रयोग गरी विदेशीलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत पक्राउ

    नक्कली कागजपत्र प्रयोग गरी विदेशीलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत पक्राउ

    काठमाडौः झुटो विवरण पेस गरेर विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिएको अभियोगमा प्रहरीले एक प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई काठमाडौंको गोठाटारबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले अदालतबाट अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको जानकारी दिएका छन्। आचार्यले २०७२ मंसिर १०…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग

    कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग

    क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीलाई १९ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको छ। कोरोनाको कारण प्रभावित नेपालीहरुलाई स्थानीय संघसस्थाले सहयोग उपलब्ध गराएका हुन्। क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को आसपासमा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)का महासचिव कैलाश थापाले जानकारी दिए। संस्थाको समन्वयमा गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर, दि व्हाइट जोन, सन्नी सगरमाथा समाज लगायतका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell