कोरोना भाइरसको संक्रमणबाट निधन भएका ४२ वर्षीय संगीतकार वाजिद खानको आमालाई पनि संक्रमण भएको छ। आमा छोरा दुबैको उपचार एकै अस्पतालमा भइरहेको थियो। छोराको निधनको खबर आमालाई सुनाइएको छैन। आमाको रिपोर्ट पोजेटिभ आएपछि मुम्बईको सुराणा सेठिया अस्पतालमा उपचार भइरहेको छ। मिर्गौलाको समस्याका कारण वाजिदको उपचार यसै अस्पतालमा भइरहेको थियो। वाजिदकी आमालाई उनीभन्दा पहिला नै कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको…
काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्याको अभियोगमा नियन्त्रणमा लिएका युवकले अत्याधिक मदिरा सेवन गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले हत्याको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। मदिरा सेवन र घटनाको कारण युवक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी…
काठमाडौं : राजधानीको सरकारीधारास्थित नोर सुनचाँदी पसलबाट करिब २ लाख २३ हजार ७२० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका-१० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका-४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र…
काठमाडौं : बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ४ स्थित भटनामा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवती मृत्यु भएको हो। 'मुटुको समस्या थियो। हिजो राति बित्नुभयो,' पुर्चौडी नगरपालिका उपमेयर जानकी ऐर बमले भनिन्। उनी पाँचदिन अघि मात्र भारतबाट मुटुको उपचार गराएर फर्किएकी थिइन्। गाउँमा आएपछि उनलाई गाउँको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न…
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी केही ठाउँमा बाहिर जिल्लाबाट आएको तरकारी नष्ट गरेको भन्दै अबदेखि त्यसो नगर्न सचेत गराएको छ। स्वास्थ्यका मापदण्डहरु पालना गरी कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी र विक्री वितरणका कामहरु सुचारु गर्न सरकारले निर्देशन दिएको भए पनि त्यस विपरित तरकारी नष्ट भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै तरकारी नष्ट गर्दा कृषकको मनोबल खस्किने…
काठमाडौः सरकारले घोषणा गरेको लकडाउनको समयमा जुवा खेल्ने र खेलाउने गरेर ९ जना व्यापारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गमा टोलीले सोमबार साँझ कमलादीस्थित गनगौर होटेलबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा होटेल सञ्चालक निकी जोगाई सहित व्यापारीहरू नन्द किशोर वर्मा, अशोक कुमार अग्रवाल,गोविन्दराम सनिया, पुरुषोत्तम कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, रामचन्द्र सघाई, विमल अहुजा, विमल कुमार खेतान रहेका छन्।…
काठमाडौं : नेपाली दूतावास साउदी अरबले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आफ्नो विवरण दूतावासमा पेस गर्न अनुरोध गरेको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसँगै दूतावासले विवरण संकलन गर्न सुरु गरेको हो। दूतावासले आवश्यक कागजात सहित दूतावासको मेल [email protected] वा ह्वाट्स एप नं. ०५०००३१७०५ आफ्नो विवरण पेश गर्न अनुरोध गरेको हो। यसअवधिसम्म दूतावासमा बहिर्गमन भीसा लागेका, करार…
नयाँ दिल्ली : मंगलवारबाट भारतको राजधानी दिल्लीका बजार पूर्ण रुपमा खुला हुने भएको छ। मार्केट एसोसिएसनले पूर्ण रुपमा बजार खोल्ने र त्यसका लागि आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ। विशेषगरी कोरोना भाइरसको संक्रमणबाट जोगिनेगरी बजार खुलाउने तयारी गरेको हो। भारतको दिल्ली कोरोना संक्रमणका कारण सबैभन्दा खराबमध्येको राज्य हो। मार्केट एसोसिएसनले बजार खुला गर्दा वस्तु बिक्री गर्दा, पैसा साट्दा वा फिर्ता…
जयराम आचार्य - पृथ्वीमा मानिस जस्तो देखिने जीव होमिनिड्स आजभन्दा करिब ४० लाख वर्ष अगाडि देखापरेका थिए। सानो दिमाग भएको, लामा हात र छोटा खुट्टा भएको, करिब १.५ मिटर अग्लो अस्ट्रालोपाइथेसिन्स; दुई खुट्टा टेकेर सिधा उभिन सक्ने, चिम्पान्जी जस्तै लुसी; रुखमा झुण्डिएर यताउता गर्न सक्ने इजिप्टोपिथेकपछि मानिसका पूर्वरुप ढुङ्गे युगमा प्रवेश गरेका हुन्। इजिप्टोपिथेक आजभन्दा ३५ लाख वर्ष अगाडि देखापरेको…
काठमाडौं: सरकारले विकल्प सहितको लकडाउनको मोडालिटी नबनाएको भन्दै चितवनका स्थानीय व्यापारी प्रदर्शनमा उत्रिएका छन्। सोमवार दिउँसो उनीहरूले लकडाउनको कारण व्यापार व्यवसायमा असर परेको भन्दै सुरक्षित व्यापार व्यवसाय खोल्न पाउनु पर्ने माग राखेका हुन्। उनीहरूले चितवनको शहीद चोक, बेल्चोक, लगायतका ठाउँमा पसलका सटरमा सरकारलाई लकडाउन खोल्नु पर्ने विकल्प र विभिन्न माग लेखिएका पोस्टर टाँसेर लकडाउनको विरोध जनाएका थिए। उनीहरूले आर्थिक विकास…
नयाँ दिल्ली : किड्नीको उपचार गरिरहेका एक विरामीले आफूलाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि दक्षिणी दिल्लीको बात्रा अस्पतालमा झुन्डिएर आत्महत्या गरेका छन्। मे २० मा डायलासिसका लागि भर्ना भएका मीथापुरका ६३ वर्षका उनले त्यही अस्पतालमा झुन्डिएर ज्यान फालेका हुन्। उनी लामो समयदेखि किड्नीको उपचार गरिरहेका थिए। गत सातामात्र उनमा कोभिड-१९ पुष्टि भएको थियो। 'अस्पतालको सिलिङ फ्यानमा आइतवार साँज ४…
कालाजातिका एक व्यक्तिमाथि प्रहरीले गरेको व्यवहार र मृत्युलाई लिएर सुरु भएको रंगभेदको मुद्दा एकाएक हिंसात्मक बनेपछि अमेरिकाका धेरै शहर तनावग्रस्त भएका छन्। कर्फ्यु लागेको भए पनि अमेरिकामा सल्केको विद्रोहको आगो निभ्ने लक्षण देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीविरुद्ध अभिव्यक्ति दिइरहेका छन् भने सडकमा उत्रिएर आन्दोलन गर्नेहरु घटेका छैनन्। विद्रोही बनेको अमेरिकाको रंगभेदी आन्दोलनले सल्केको आगोले यस्तो अवस्था ल्यायो हेर्नुस्…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सम्बन्ध टुटाएपछि विश्व स्वास्थ्य संगठनसँगका लागि सबैभन्दा ठूलो दाता बनेको छ बिल एन्ड मिलान्दा गेट्स फाउन्डेसन। पहिलो पटक संयुक्त राष्ट्रसंघीय एजेन्सीमा निजी क्षेत्रको संस्था सबैभन्दा ठूलो दाता बन्न पुगेको हो। त्यसो त डब्लुएचओलाई सहयोग गर्ने १० मुख्य मुलुकलाई जिम्मेवार मानिएको भए पनि जम्मा ४ मुलुक र युरोपियन कमिसनबाहेक शीर्षक तहमा सहयोग गर्ने समाजसेवी संस्था वा…
काठमाडौं : सोमवार झापामा थपिएका दुई जना कोरोना सङ्क्रमित भारतबाट आएको खुलेको छ। सोमवार स्वास्थ्य मन्त्रालयले झापा बाह्रदशी गाउँपालिकाका दुई जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो। उनीहरूलाई गाउँपालिकाले बनाएको क्वारेनटाइनमा राखिएको छ। 'दुवै जना दिल्ली र मुम्बईबाट आएका थिए। गाउँमा आए लगत्तै हामीले क्वारेनटाइनमा राखेका थियौँ,' गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीले भने। अहिले गाउँपालिकामा १७ जना क्वारेनटाइनमा रहेका छन्।…
काठमाडौं : नेपालभर यो वर्ष ८२ जनामा डेंगु देखा परेको छ। जसमध्ये रुपन्देहीमा ३५ र म्याग्दीमा १२ जनामा डेंगुको संक्रमण देखिएको हो। त्यस्तै, कास्कीमा १०, काठमाडौंमा १० र ललितपुरमा ४ जनामा पनि डेंगु देखिएको छ। पुसदेखि अहिलेसम्म देशका विभिन्न जिल्लामा ८२ जनामा डेंगु रोगको संक्रमण देखिएको हो। गत वर्ष ६८ जिल्लामा करिब १६ हजार जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये…
काठमाडौं : रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना भाइरसका संक्रमित रोगमुक्त भएर घर फर्किएका छन्। रुपन्देहीको गैँडहवा गाउँपालिकाका एकै परिवारका ९ जनासहित १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरी जम्मा २५ जना डिस्चार्ज भएका हुन्। उनीहरुलाई प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालबाट…
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले कोरोना रोकथामका लागि छुट्याएको बजेट नपुगे रकमान्तर गरेर खर्च गर्ने प्रतिबद्धता समेत जनाए। ‘कोरोना संक्रमण रोकथाम सरकारको पहिलो प्राथमिकता हो। मानव जीवन रक्षा सरकारको दायित्व हो। पुगेन बजेट भने हाम्रो कानुनी सीमामा रहेर…
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो कपिलवस्तु। यस जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३१० जनामा संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तुमा ४० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लोपटक संक्रमित भएकामध्ये शिवराज नगरपालिकाका २६ जना छन्। शिवराज-३ का १९ देखि ३० वर्षसम्मका का ४ जना पुरुष, वडा नं ४ का १७…
काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ। कोरोना भाइरसका संक्रमित र बिरामी छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमण देखिएपनि लक्षण नदेखिएकालाई घरमै राख्नुपर्ने अवस्था आउन लागेको बताए। ‘लक्षण भएका बिरामीलाई अस्पतालमा र कोरोना संक्रमण भएपनि बिरामी नभएकालाई घरमै राख्ने सोँचमा पनि छौं,’ उनले…
काठमाडौं : कञ्चनपुरका ११ महिने बालक जेठ १४ गते ११ जनाको परिवारसँग गौरीफन्टा नाकाबाट प्रवेश गरेको खुलेको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का बालक आमाबुबा, अंकल आन्टी तथा ठूलोबुबा र ठूलीआमा तथा अन्य ४ बच्चासहित दिल्लीबाट आएको वडाध्यक्ष दिलबहादुर बुढाले जानकारी दिए। ‘बच्चाको आमाबुबा दिल्लीको गुडगाउँ बस्दै आएका थिए। ठूलोबुबा र अंकलको दम्पती महाराष्ट्रबाट बच्चासहित आएका थिए। दिल्लीबाट उनीहरु…