काठमाडौं: रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित महिला सञ्जाल कीर्तिपुरले प्रदर्शन गरेको छ। घटनाका दोषीलाई जोगाउन ढाकछोप गरिएको भन्दै सञ्जालले कीर्तिपुरको नयाँबजार, पांगादोबाटो लगायतका ठाउँमा प्रदर्शन गरेको हो। सञ्जालले न्याय र मानवअधिकार मार्न पाइँदैन भन्दै र्याली निकालेको हो। जाजरकोटका नवराज विकसहित ५ जनाको गैरदलित समुदायकी केटीलाई भगाउन खोजेको भन्दै रुकुमको सोतीमा हत्या गरिएको थियो। ५ जनाको शव भेटिएको छ।…
वासिङ्टन : अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनले हिंसात्मक मोड लिएको छ। प्रहरीको दुर्व्यवहारलाई लिएर चर्को आलोचन पनि भइरहेको छ। त्यसको असर प्रदर्शन थप कडा बन्दै गयो र वासिङ्टनमा यतिखेर कर्फ्यु लगाइएको छ। प्रदर्शनकारीलाई प्रहरीले दमन गरेको भन्दै मानिसहरु थप भड्किएका छन्। अमेरिकाका एक प्रहरीले जर्ज फ्लोइड नाम गरेका अश्वेत नागरिकलाई नियन्त्रणमा लिँदा उनको मृत्यु भएपछि आन्दोलन भड्किएको हो। मिन्नेसोटाबाट रंगभेदविरुद्धको आन्दोलन…
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको बैठक बस्दैछ। आज बिहान ११ बजेबाट भर्चुअल बैठक सुरु हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। आजको वैठकमा पाँचवटा विषयमा प्रवेश पाउनेछ। एन्फाको वार्षिक वजेट, कोभिड १९ कोरोना रोगको संक्रमणको राहत सम्वन्धमा, अनुशासन, एन्फा (कंग्रेस) साधारणसभा तथा बैठक सम्बन्धमा र विविध गरी पाँच विषय वैठकको एजेन्डा रहेको राईले बताए। पछिल्लो समय कोरोना सङ्क्रमणका कारण रोकिएको…
भारतीय फिल्म निर्माण एवं गेमिङ कम्पनी रिलायन्स इन्टरटेन्मेन्टका प्रमुख शिवासिष सरकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हाल उनी उपचारका लागि मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा छन्। शनिबार उनलाई ज्वरो आएपछि कोरोना संक्रमण परीक्षण गराइएको थियो। हिन्दुस्तान टाइम्समा खबर छ। विहीवार मात्रै सरकारले आफ्ना दुई फिल्म ‘सूर्यवंशी’ र ’८३’को प्रदर्शनीमा कोभिड-१९ ले पारेको असर बारे एक वेबीनारमा बोलेका थिए। बलिउड कलाकार…
वासिङ्टन : संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटनमा रातभर कर्फ्यु लगाइने भएको छ। कोलम्बियाका मेयरले आन्दोलन भड्किएकाले कर्फ्युको आदेश दिएका हुन्। आन्दोलनकारीहरु ह्वाइट हाउसको नजिकै प्रदर्शन गर्न पुगेपछि त्यहाँ कर्फ्युको आदेश भएको हो। राति ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी रहने मेयर म्युरिअल ब्राउसरले वक्तव्यमार्फत् जानकारी गराएका छन्। कर्फ्यु पालन गराउन प्रहरीको पछाडि नेशनला गार्डलाई परिचालन गरिएको उनले जानकारी…
बलिउडका चर्चित संगीत निर्देशक एवं गायक वाजिद खानको निधन भएको छ। ४२ वर्षीय संगीतकर्मीको सोमबार बिहान मुम्बईमा निधन भएको हो। गायक सोनु निगमले इन्स्टाग्राम पोस्ट लेख्दै वाजिदको मृत्यु पुष्टि गरेका छन्। लेखेका छन्,’मेरो भाइ वाजिदले हामीलाई छाडेर गयो।’ हिन्दुस्तान टाइम्सले जनाए अनुसार वाजिदको स्वास्थ्यमा समस्या थियो। उनको दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्ला चार दिन यता उनी भेन्टिलेटरमा रहेको जनाइएको छ।…
काठमाडौं : नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा कोरोनाको संक्रमण लगातार बढिरहेको छ। भारतमा श्रमिक स्पेसल रेल सेवा सुरु भएपछि नेपालसँग जोडिएका भारतीय राज्यहरुमा संक्रमितको संख्या ह्वात्तै बढ्यो। त्यसको असर नेपालमा थपिएका संक्रमित संख्याले पनि देखाउँछन्। नेपालसँग जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम वंगाल र सिक्किममा संक्रमितको संख्या १६ हजारभन्दा माथि पुगेको हो। यी प्रदेशहरुमध्ये सबैभन्दा धेरै संक्रमित उत्तर प्रदेशमा छन्।…
काठमाडौं: प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना फैलिएको जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएपछि आपत्ति जनाएका छन्। कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्न सक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो। यसप्रति किसानहरुले आपत्ति जनाइसकेका छन्। मुख्यमन्त्री पोखरेलले पनि यो घटनाप्रति असन्तुष्टि जनाएका छन्। प्रदेश ५ मा संक्रमण भारतवाट आएर क्वारेन्टाइनमा बसेका र…
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले पार्डाबोनमाथि ६-१ को फराकिलो जित निकालेको छ। बेन्टेलर एरेनामा भएको खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले हराउन जडोन सान्चोले ह्याट्रिक गरे। उनले खेलको ५७, ७४ र अतिरिक्त समयमा गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा लागेको थियो। सान्चोबाहेक थोर्गन हजार्ड, अर्चाफ हमिकी र मार्सेल…
कोरोना भाइरसका कारण सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको सूचीमा भारतले जर्मनी र फ्रान्सलाई पछि पारेको छ। युरोपका दुई मुलुकलाई पछि पार्दै संसारका सबैभन्दा बढी संक्रमित मुलुकको सूचीमा भारत सातौं स्थानमा उक्लिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ। संक्रमितको संख्याको आधारमा मृत्यु हुनेको संख्या हेर्ने हो भने भारतको अवस्था अन्य…
काठमाडौं : पूर्वी नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका दुई पुरुषमा संक्रमण देखिएको हो। नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका २२ वर्षीय र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। त्यस्तै बिनय त्रिवेणी गाउँपालिका क्वारेन्टाइनमा रहेका १४ वर्षका एक किशोरमा पनि संक्रमणको पुष्टि भएको छ। उनीहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल…
काठमाडौं : बाँकेमा सवारी दुर्घटनामा परेका सबैको स्वाब संकलन गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डाक्टर प्रकाश थापाले दुर्घटनामा मृत्यु भएका र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको बताए। उनले अस्पतालको इमरजेन्सी वार्ड नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको जानकारी दिए। उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो। नेपालगञ्जको जमुनाहा नाकाबाट…
काठमाडौं: दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ अटोभिलेजमा रेडिएटर मर्मत गर्ने पसलका सञ्चालक मंदीप भुजको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आइतावार चार जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कपडादेवी बस्ने २३ वर्षीय सौरभ पोख्रेल, तुलसीपुर ५ निवासी २३ वर्षीय अजय बुढाथोकी, सोही ठाउँका २० वर्षीय आशिष नेपाली र तुलसीपुर १८ का…
प्रा. भरत शर्मा - नागार्जुन दरबारको काम सकेपछि मलाई नारायणहिटी दरबारभित्र पनि ल्यान्डस्केपसम्बन्धी काम गर्न भनिएको थियो। अहिलेको ल्यान्डस्केपको काम खास गरेर पश्चिम ढोका क्षेत्र र मूल दरबारको उत्तरी ठूलो प्राङ्गणको थियो, जहाँ राजदरबारमा हुने बाह्य समारोहहरु हुने गर्थे। यसबारे रानी ऐश्वयले नै मलाई कामममा लगाएकी हुन्। यसै कामका लागि सम्बन्धमा राजदरबारमा भएको भेटमा कामको बारे मलाई जानकारी गराउँदा केही…
बलिउड संगीतकार वाजिद खानको निधन भएको छ। दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका ४२ वर्षीय वाजिद विरामी थिए। उनमा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परिवारका सदस्यका अनुसार वाजिदको घाटीमा इन्फेक्सन भएको थियो। उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए। आइतवार साँझ उनको निधन भएको हो। वाजिद खानको गीत ‘भाई-भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको…
काठमाडौं : केटी जिस्काएको आरोपमा ठमेल क्षेत्रबाट पक्राउ परेका चिनियाँ नागरिकलाई थप ७ दिन हिरासतमा राखेर अनुन्धान गर्न म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले नेपाली युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँ नागरिकविरुद्ध प्रहरी अनुसन्धानका आइतवार लागि म्याद थपेको हो। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरुमध्ये एक जनालाई छोडिएको वृत्तका प्रमुख डिएसपी दीपक खड्काले…
काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ अटोभिलेजस्थित रेडिएटर मर्मत गर्ने पसलका सञ्चालक मंदीप भुजको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कपडादेवी बस्ने २३ वर्षीय सौरभ पोख्रेल, तुलसीपुर ५ निवासी २३ वर्षीय अजय बुढाथोकी, सोही ठाउँका २० वर्षीय आशिष नेपाली र तुलसीपुर १८ का २१…
काठमाडौं : प्रदेश नम्बर ५ मा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाको पछिल्लो परीक्षणमा पाल्पामा ३ र रुपन्देहीमा २ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ५७३ पुगेको छ। पाल्पा जिल्लामा संक्रमण पुष्टि भएसँगै प्रदेशका १२ मध्ये १० जिल्लामा संक्रमण पुष्टि भएको हो। हालसम्म प्रदेशको प्युठान र…
काठमाडौं : आइतवार नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये झापामा चार जनामा कोरोना संक्रमण देखिएको हो। कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। कोरोना संक्रमित देखिएका चारै जना गौरीगंज गाउँपालिकाका हुन्। झापा जिल्लामा सबैभन्दा धेरै कचनकवच गाउँपालिकामा संक्रमण देखिएको छ। प्रदेश नम्वर १ मा सबैभन्दा…
अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनका क्रममा कलाकार केन्ड्रिक स्याम्पसनलाई रबरको गोली लागेको छ। लस एन्जलसमा जारी प्रदर्शनमा प्रहरीले चलाएको गोलीले उनलाई लागेको हो। त्यहाँको प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत नागरिकलाई नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भयो। लगत्तै मिन्नेसोटाबाट रंगभेदविरुद्धको आन्दोलन चर्कियो। जुन आन्दोलन हाल अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ। दोषी भनिएका प्रहरी कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढिसकेको…