PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • लिग लिडर बायर्नको डुसलडोर्फमाथि फराकिलो जित

    लिग लिडर बायर्नको डुसलडोर्फमाथि फराकिलो जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले फोर्टुना डुसलडोर्फमाथि ५-० को फराकिलो जित निकालेको छ। घरेलु टोली बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा बेन्जामिन पावार्ड र अल्फोन्सो डाभिसले समान १/१ गोल गरे। त्यस्तै १ गोल आत्मघाती गोल उपहारमा पाएको थियो। खेलमा बायर्नले पहिलो गोल नै खेलको १५ औं मिनेटमा म्याथियस जोर्गेन्सनले आत्मघाती गोल गरेसँगै पाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ८ हजार नयाँ केस थपिएपछि भारतमा संक्रमितको संख्या १ लाख ७५ हजार पार

    एकै दिन ८ हजार नयाँ केस थपिएपछि भारतमा संक्रमितको संख्या १ लाख ७५ हजार पार

    नयाँ दिल्ली : चार दिनमा २५ हजार नयाँ केस थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार पार भएको छ। भारतमा शनिवारमात्रै ८ हजार थप संक्रमित पहिचान भएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। संक्रमितसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार पार भएको छ। शनिवारमात्रै २ सय जना मानिसले ज्यान गुमाएका छन्। शुक्रवार २ सय ७० जनाले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लङ्घन गर्ने सवारी साधन बढे, निगरानी बढाउँदै प्रहरी

    लकडाउन उल्लङ्घन गर्ने सवारी साधन बढे, निगरानी बढाउँदै प्रहरी

    काठमाडौं : शनिवार काठमाडौँ उपत्यकामा लकडाउनको उल्लङ्घन गर्दै कुदाएका ७ सय ३७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न निकायबाट लकडाउनको समयमा जारी भएका पास नलिइ कुदाइएका तथा अनावश्यकरुपमा निस्किएका सवारी साधनलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ। केही समय प्रहरीको अनुगमन खुकुलो जस्तो अनुभव गरेका मानिसले अब भने त्यस्तो अनुभूति गर्न पाउने छैनन्। किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले सडकमा गुड्ने सवारी साधनको…

    विस्तृतमा पढ्नुस्

  • गणेश थापाकै पथमा कर्मा छिरिङ : एन्फाले पाउन नसकेको सबल नेतृत्व

    गणेश थापाकै पथमा कर्मा छिरिङ : एन्फाले पाउन नसकेको सबल नेतृत्व

    राधेश्याम दाहाल - कमी कमजोरी सबैमा हुन्छ। तर, सुधार गर्दै अगाडि बढ्ने र हिजो भएका गल्ती र कमी कमजोरीलाई नदोहोर्‍याउनेहरु तुलनात्मक रुपमा राम्रा हुन्। हिजोका गल्तीलाई सच्चाउनका सट्टा थप दुई कदम अगाडि बढेर गल्ती गर्नेलाई के भन्ने? नेपाली खेलकुद क्षेत्रको सबैभन्दा चर्चित खेल संघका रुपमा रहेको अखिल नेपाल फुटबल संघमा पछिल्लो समय यस्तै दृश्यहरु देखापर्न थालेको छ। अखिल नेपाल फुटबल…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा सय कट्यो संक्रमितको आँकडा, शनिवार ५९ जनामा कोरोना पुष्टि

    कर्णाली प्रदेशमा सय कट्यो संक्रमितको आँकडा, शनिवार ५९ जनामा कोरोना पुष्टि

    काठमाडौं : कर्णाली प्रदेशमा शनिवार कोरोना भाइरसका ५९ नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। जसमा १७ देखि ५० वर्षका पुरुषहरु रहेका छन्। त्यस्तै, प्रतिष्ठानमै गरिएको परीक्षणमा दैलेखको दुल्लू नगरपालिकाका ३५ वर्षीय पुरुष…

    विस्तृतमा पढ्नुस्

  • धादिङ केन्द्रविन्दु बनाइ भूकम्प!

    धादिङ केन्द्रविन्दु बनाइ भूकम्प!

    काठमाडौं : धादिङ केन्द्रविन्दु भएर ४.८ म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • बुन्डेसलिगा: फ्रान्कफुर्टसँग वोल्फ्सबर्ग पराजित

    बुन्डेसलिगा: फ्रान्कफुर्टसँग वोल्फ्सबर्ग पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा फ्रान्कफुर्टसँग वोल्फ्सबर्ग २-१ गोल अन्तरले पराजित भएको छ। भोल्क्सवागेन एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली वोल्फ्सबर्गलाई हराउन आन्द्रे सिल्भा र डाइची कामदाले १/१ गोल गरे। खेलको २७ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सिल्भाले फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्कफुर्टलाई दोस्रो हाफमा गोल फर्काउँदै वुल्भ्सवर्गका केभिन एम्बाबुले खेल…

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा केटी जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

    ठमेलमा केटी जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं : सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो क्षेत्रपाटीस्थित ढल्कुमा नेपाली युवतीलाई जिस्काएको र दुर्व्यवहार गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले दुई जना चिनियाँलाई नियन्त्रणमा लिएको हो। पीडित क्षेत्रपाटीकै १९ वर्षीय युवती हुन्। आरोपीहरुलाई शनिवार अपराह्न ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तले जनाएको छ। चिनियाँ नागरिकलाई मेडिकल गरेर हिरासतमा राखिएको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपाली ल्याउने विषयमा छलफल जारी

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपाली ल्याउने विषयमा छलफल जारी

    काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। बैठकमा विदेशमा अलपत्र नेपालीहरुलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। शुक्रवार बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले प्राथमिकीकरण गरी समस्यामा रहेकाहरुलाई उद्धार गर्ने निर्णय गरेको थियो। उच्चस्तरीय समितिले त्यसबारे मन्त्रिपरिषद्लाई सुझाव दिने छ। यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बसेको थियो।

    विस्तृतमा पढ्नुस्

  • टोखा र बुढानीलकण्ठका संक्रमित पाँच दिनमै निको भएर फर्किए

    टोखा र बुढानीलकण्ठका संक्रमित पाँच दिनमै निको भएर फर्किए

    काठमाडौं : काठमाडौंमा कोरोना संक्रमण भएका दुई जना पाँच दिनमै अस्पतालबाट डिस्चार्ज भएका छन्। हिजोमात्रै काठमाडौंका दुई जना डिस्चार्ज भएका थिए। आज थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये एकजना ललितपुरका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितको सङ्ख्या थपिएको जानकारी दिए। उनका अनुसार संक्रमण भएर अस्पतालमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • देशमा १ सय ८९ संक्रमित थपिँदा प्रदेश २ मा मात्रै ५७ जना

    देशमा १ सय ८९ संक्रमित थपिँदा प्रदेश २ मा मात्रै ५७ जना

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को समाजिक विकास मन्त्रालयले गर्ने दैनिक मिडिया ब्रिफिङमा प्रदेश भरिमै पछिल्ला २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको बताइएको छ। गएको २४ घन्टामा देशभर १ सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्ला २४ घण्टामा प्रदेश २ को सप्तरीमा ९,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या नेपालमा १४ सय पार, ललितपुरमा पनि एकमा संक्रमण

    कोरोना संक्रमितको संख्या नेपालमा १४ सय पार, ललितपुरमा पनि एकमा संक्रमण

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या आज चौथो दिन पनि लगातार १ सयभन्दा बढीले थपिए। आज १ सय ८९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ सय सीमा पार भएको छ। शनिवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितको सङ्ख्या थपिएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई 'सिस्टमबाट आउट' गरेका किरण कुमार भन्छन् : डराउनु पर्दैन तर सतर्क भने रहनपर्छ

    कोरोनालाई 'सिस्टमबाट आउट' गरेका किरण कुमार भन्छन् : डराउनु पर्दैन तर सतर्क भने रहनपर्छ

    मे दोस्रो साता बलिउड कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। लगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसे। संक्रमण पुष्टि भए यता उनको दुई पटक परीक्षण भयो। दोस्रो पटकमै उनको शरीरमा कोरोना भाइरसको संक्रमण देखिएन। ७४ वर्षीय बलिउड कलाकारमा संक्रमण कुनै लक्षण समेत देखिएको थिएन। हाल उनी सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत् कोरोना भाइरसविरुद्ध सावधानी संदेशहरु प्रवाह गरिरहेका छन्। बम्बई…

    विस्तृतमा पढ्नुस्

  • जब मस्कोका लागि उडिसकेको प्लेनका पाइलटमा कोरोना पोजेटिभ देखियो...

    जब मस्कोका लागि उडिसकेको प्लेनका पाइलटमा कोरोना पोजेटिभ देखियो...

    नयाँ दिल्ली : शनिवार बिहानै मस्कोका लागि एयर इन्डियाको विमान दिल्लीबाट उड्यो। विमान उज्वेकिस्तानको आकाशमाथि पुगेपछिमात्र थाहा भयो - पाइलटलाई त कोरोना भाइरस पोजेटिभ पो देखिएको रहेछ त। विमानलाई हत्तपत्त फिर्ता बोलाइयो। पाइलटको कोरोना भाइरस परीक्षणमा रिजल्ट पोजेटिभलाई भूलबस नेगेटिभ पढ्दै उडान अनुमति दिएको पछिमात्रै खुल्यो। र, उडिसकेको विमानलाई फिर्ता बोलाइयो। राम्रो त के रह्यो भने विमान रित्तै रसियाका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण रोकियो छायाँकन, भत्काइँदै २ महिना लगाएर बनाएको सेट

    कोरोनाका कारण रोकियो छायाँकन, भत्काइँदै २ महिना लगाएर बनाएको सेट

    अजय देवगण केन्द्रिय पात्र रहने फिल्म 'मैदान' छायाँकनको बीचबाट नै रोकियो। कारण – कोरोना भाइरस महामारी। सन् २०२० को सुरुवातसँगै फिल्म युनिट छायाँकनका लागि फ्लोरमा उत्रिएको थियो। तर, महामारीको जोखिम कम गर्न छायाँकन रोकियो। फिल्मका लागि मुम्बईमा बनाएको सेटको चर्चा थियो। किनकि १६ एकर जमिनमा फैलिएको थियो उक्त सेट। कोरोना नियन्त्रणमा आउँछ, लकडाउन खुल्छ र पुन: सेटमा फर्कने अनुमान गरेका…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्षका लागि जेल चलान भएका हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाको यौन दूराचारको आरोप

    २३ वर्षका लागि जेल चलान भएका हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाको यौन दूराचारको आरोप

    बुधवार हलिउड निर्माता एवं निर्देशक हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाले यौन दूराचारको आरोप लगाएका छन्। मार्च दोस्रो सातादेखि जेल चलान भएका उनीविरुद्ध सन् १९८४ देखि २०१३ सम्म उनले यौनजन्य दूर्व्यव्यवहार गरेका महिलाहरुले उजुरी दिएका हुन्। पीडितमध्ये एक महिलाले आफू १७ वर्षको हुँदा हार्वेले गरेको दूर्व्यवहार बारे बताएकी छिन्। टेनेसीकी ४३ वर्षीया उनले सन्‍ १९९४ मा हार्वेले आफूलाई होटलमा पुर्‍याएर बलात्कार…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना : एकैदिन करिव ८ हजार नयाँ संक्रमित

    भारतमा कोरोना : एकैदिन करिव ८ हजार नयाँ संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा करिव ८ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भयो। शुक्रबार मात्रै ७ हजार ९ सय ६४ जनामा संक्रमण देखिएको हो। उक्त संख्या हालसम्मकै उच्च दैनिक संक्रमित दर हो। त्यस्तै शुक्रबार २ सय ६५ जना संक्रमितले ज्यान गुमाए। संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका हुन्। भारतकै सर्वाधिक जनसंख्या भएको मुम्बईका अस्पतालहरुमा अहिले चाप छ। संक्रमित संख्यासँगै संक्रमणका कारण मर्नेहरु…

    विस्तृतमा पढ्नुस्

  • 'डब्लूएचओ'सँग सम्बन्ध खारेज गर्ने ट्रम्पको निर्णयमाथि जर्मनीको आलोचना

    'डब्लूएचओ'सँग सम्बन्ध खारेज गर्ने ट्रम्पको निर्णयमाथि जर्मनीको आलोचना

    शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग सम्बन्ध खारेज गर्ने घोषणा गरे। उक्त निर्णयको जर्मनीले आलोचना गरेको छ। जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नले ट्रम्पको निर्णयलाई 'निराशाजनक' भएको बताएका हुन्। उनले ट्वीटमार्फत् ट्रम्पको निर्णयले विश्वकै स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने जनाएका छन्। विश्व स्वास्थ्य संगठनले आवश्यक सुधारसहित काम गर्नु पर्ने र त्यसका लागि युरोपियन युनियनले आर्थिक सहयोग पुर्‍याउन सक्ने जनाएका…

    विस्तृतमा पढ्नुस्

  • घर फर्किँदै गर्दा ८० जना मजदूरको रेलमै मृत्यु

    घर फर्किँदै गर्दा ८० जना मजदूरको रेलमै मृत्यु

    नयाँ दिल्ली : आप्रवासी मजदूरलाई उनीहरुको घर फर्काउन संचालनमा ल्याइएको श्रमिक स्पेससल रेलमा यात्रा गरेकामध्ये ८० जनाको मृत्यु भएको छ। मे ९ देखि २७ सम्म यात्रा गर्नेमध्ये ८० जनाको रेलमै मृत्यु भएको रेलवे प्रोटेक्सन फोर्सले जनाएको छ। आप्रवासी मजदूरलाई उनीहरुको स्थायी ठेगानामा पुर्‍याउनका लागि मे १ देखि विशेष रेलको व्यवस्था गरिएको थियो। अहिलेसम्म २७ लाख ३ हजार ८ सय ४०…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

    कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

    काठमाडौं : दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। आज बिहान चियाखाजा खाइसेकेपछि बान्ता गरेका पुरुषको अचानक मृत्यु भएको हो। 'चिया खाएपछि अचानक बान्ता भएको थियो। त्यसपछि चिकित्सकले चेक गर्दासम्म मृत्यु भइसकेको थियो,' दुल्लु नगरपालिकाका मेयर धनश्याम भण्डारीले भने। उनी दश दिनअघि भारतबाट गाउँ फर्किएका थिए। उनलाई दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित नेपाल विद्युत प्राधिकरणको वितरण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell