काठमाडौं : विदेशमा पढ्न जाने तयारी गर्नेहरुले अब थप रकम जोहो गर्नुपर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले विदेश पढ्न जानेका लागि थप कर लगाएको हो। अबदेखि विदेशमा पढ्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्कवापत् विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंकहरुले सटही सुविधा दिएवापत् उनीहरुसँग १५ प्रतिशत कर कट्टी गर्नुपर्ने छ। यसको अर्थ हो,…
काठमाडौं : प्रदेश ५ मा संक्रमितहरुको संख्या ३९९ पुगेको छ। पछिल्लो पटक प्रदेश ५ मा ३० जना संक्रमित बढेका हुन्। आज बिहानसम्म प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार यो संख्या बढेर ३९९ पुगेको हो। जसअनुसार कपिलवस्तु जिल्लामा २७ जना नयाँ संक्रमित पुष्टि भएका छन्। त्यस्तै, रुपन्देही जिल्लामा पनि दुई जनामा नयाँ संक्रमण पुष्टि भएको छ। त्यस्तै दाङमा पनि दुई…
कोभिड १९ को महामारीले विश्वभरकै खेल प्रभावित छ। अहिले खेलहरु पुन सुरु गर्नका लागि कडा नियमहरु लागू गराउँदै विभिन्न देशहरुले खेल गतिविधि सुरु समेत गरेका छन्। दक्षिण कोरिया, जर्मनी लगायतका देशमा कोरोना महामारी चलिरहँदा लिग चलिरहेको छ। क्रिकेट तथा अन्य खेलहरु पनि नियमहरु बीच सुरु हुने तयारीमा छ। यी सबै सञ्चालन भएका लिगहरुमा एउटा विशेषता छ: बन्द रंगशाला। यी लिगहरुमा दर्शकको…
काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १९ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज पछिल्लो पटक नवलपरासी (बर्दघाट सूस्ता पूर्व)को देवचुली नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरुलाई नवलपरासी (बर्दघाट सूस्ता पूर्व)…
काठमाडौँ : लकडाउनका कारण सबै हवाइ तथा स्थल यातायातहरु बन्द भएका छन्। लकडाउनको समयमा नेपालमा रहेका विदेशी नागरिकहरु पनि लामो समय यही थुनिए। चीन, अमेरिका, जर्मनी, फ्रान्स, रसिया, अष्ट्रेलिया लगायतका देशहरुले विमान नै चार्टर गरेर आफ्ना नागरिकलाई लिएर गए। पछिल्लो समय भारतले समेत आफ्नो नागरिकलाई उद्धार गर्न थालेको छ, स्थल मार्गबाटै। काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा रहेका भारतीय नागरिकलाई केही…
भारतको दिल्लीमा कोरोना संक्रमणबाट मुत्यु भएकाहरुको शव चितामा राखेर नै आगो लगाउन थालिएको छ। सीएनजी ग्यासबाट चल्ने शवदाह गृहले नपुगेपछि दाउराकै प्रयोग गरेर शव जलाउन सुरु भएको हो। दिल्लीमा रहेका ६ वटा शव दाह गर्ने मेसिनमध्ये दुई वटामात्र चलाउन मिल्ने अवस्थामा रहेकाले आगो लगाएर जलाउनु परेको हो जब कि यसअघि आगोमा जलाउन दिइएको थिएन। दिल्लीको लोकनायक अस्पतालमा १ सय ८…
काठमाडौँ : लकडाउनको अवधिमा देशभर २ सय ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म २ सय ७० वटा उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ। सबैभन्दा धेरै प्रदेश नम्बर २ मा घरेलु हिंसाका उजुरी परेका छन्। लकडाउनको ५४ दिनमा ५६ वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।…
काठमाडौँ : सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि झापाको कचनकवल गाउँपालिका हट स्पट बन्दै गएको छ। प्रदेश नम्बर १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएको गाउँपालिका हो कचनकवल। बिहीवार झापामा थपिएका सबै कचननकवल गाउँपालिकाका हुन्। यससँगै अहिलेसम्म कचनकवलमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार सङ्क्रमित २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा हुन्। अहिलेसम्म कोरोना देखिएको सबै इम्पोटेड हो। अर्थात्…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भन्दै आलोचना गरेका छन्। उनले विश्वका लागि चीनले दिएको खराब उपहार भन्दै ट्विट गरेका छन् जसमा कोरोनाले मार्च गरिरहेको र त्यो राम्रो नभएको जनाएका छन्। अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख नाघेपछि ट्रम्पले यस्तो ट्विट गरेका हुन्। 'कोरोना भाइरसको पेन्डामिकबाट मृत्यु हुनेको संख्या एक लाख पुग्दा हामी अत्यन्तै दुखद्…
कोरोनाको कारण खराब हालतका मुलुकको सूचीमा भारतले टर्कीलाई उछिनेको छ। यससँगै कोभिड-१९ संक्रमणले सबैभन्दा धेरै प्रभावित हुने मुलुकहरुको सूचीमा भारत नवौं स्थानमा उक्लिएको छ। भारतमा आज बिहान ५:१७ बजेसम्म १ लाख ६५ हजार ३ सय ८६ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। नवौं स्थानमा रहेको टर्की दशौं स्थानमा झर्दा त्यहाँ संक्रमितको संख्या १ लाख ६० हजार…
काठमाडौं : एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सबै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन्। बुधवार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन्। एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० ३.२ जोन अन्तर्गत नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनसार नेपालमा हालसम्म १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका अनुसार कोरोनाको संक्रमण सात प्रदेशका ५१ जिल्लामा पुगिसकेको छ। नेपालभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सबैभन्दा धेरै प्रदेश ५ मा २९ हजार १ सय ५८ जना क्वारेन्टाइनमा…
काठमाडौं : गण्डकी प्रदेश अन्तर्गतको म्याग्दी जिल्लामा पहिलो कोरोना संक्रमण पुष्टि भएको छ। म्याग्दीको मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार संक्रमितलाई सदरमुकाम बेनीस्थित आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।
काठमाडौं : सर्वोच्च अदालतले लकडाउनको समयमा म्याद, हदम्याद र तारिख गुज्रेका मुद्दाका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ। सर्वोच्चले चैत ९ गतेपछि लकडाउन कायम हुने अवधिलाई शून्य अवधिमा कायम गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेतको २९ सदस्यीय बृहत पूर्ण इजलासले लकडाउनलाई शून्य अवधि कायम गरेर लकडाउन खुलेको ३० दिनसम्मलाई मुद्दाको म्याद तथा हदम्याद कायम गरेको छ। यो फैसला रिट…
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले 'छायाँकनका लागि नेपाल' कार्यक्रम कार्यान्वयनमा ल्याइने बताएका छन्। उनले आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा प्रत्येक प्रदेशमा फिल्म छायाँकन स्थल निर्माण हुने समेत जनाएका छन्। बजेट प्रस्तुत गर्दै उनले भने,'प्रदेश सरकारको समन्वयनमा राष्ट्र राष्ट्रियता र राष्ट्रिय एकता संरक्षण र सम्बर्दन गर्ने गरी फिल्म निर्माण गर्न प्रोत्साहित गरिनेछ।' प्रत्येक प्रदेशमा फिल्म छायाँकन स्थल निर्माण, चलचित्र…
काठमाडौं : सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। यो गत वर्षभन्दा कम आकारको बजेट हो। चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख छ। आगामी वर्ष कूल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च…
काठमाडौं : सरकारले संसद विकास कोषलाई निरन्तरता दिएको छ। कोरोना महामारीका बेला संसद विकास कोषको बजेटलाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खर्च गर्न आवाज उठे पनि सरकारले बजेटमा यसलाई निरन्तरता दिएको हो। सरकारले कटौती गर्नुको सट्टा निर्णयको जिम्मा संसदलाई दिएको थियो। तर, संसद विकास कोष कटौती नहोस् भन्ने चाहिरहेका सांसदहरुले यसमा कुनै चासो देखाएनन्। सरकारले पनि यसलाई निरन्तरता दिएको छ।…
काठमाडौं : सरकारले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ। चिकित्सक, स्वास्थ्यकर्मी लगायत सबैको योगदानको उच्च मूल्यांकन गर्दै प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन्। राष्ट्रसेवकलाई आवास निर्माणका लागि ऋण सहुलियत दिइनेछ। साथै राष्ट्र सेवकलाई एक लाखसम्मको कोरोना बीमा नि:शुल्क गरिने कुरा पनि बजेटमा उल्लेख छ। भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि…
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागु गर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। त्यस्तै सरकारले नेपाल प्रवेशका लागि दिइने प्रवेशाज्ञा भिसा अनलाइन मार्फत् वितरण गर्न सुरु गरिनेसमेत उनले बताए। त्यस्तै परराष्ट्र नीतिलाई पारस्परिक लाभमा आधारित रहेर अगाडि बढाइने अर्थमन्त्री खतिवडाले जानकारी दिए। बैदेशिक रोजगारीमा रहेका…
साहित्य, कला तथा संगीत क्षेत्रका लागि आवश्यक बजेट व्यवस्थापन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए। उनले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सम्बन्धित क्षेत्रको उत्थान तथा विकासका लागि जोड दिएको बताएका हुन्। मन्त्री खतिवडाले देशका सबै समूदायका परम्परागत सीप, मूल्यमान्यता र संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने समेत बताएका छन्। त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रतिष्ठान र…