PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, थप दुई लाखलाई रोजगारी

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, थप दुई लाखलाई रोजगारी

    काठमाडौं: सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १० अर्ब ६० करोड विनियोजन गरेको छ। कोरोना महामारीले बेरोजगारी बढ्ने देखिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसहित १० अर्ब ६० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रदेश र स्थानीय तहमा दायरा विस्तार गर्ने पनि तयारी छ। सबै नागरिकलाई रोजगारी सिर्जना गर्न आफनो गाउँ…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च दोब्बर

    स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च दोब्बर

    काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ। संसदमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ। आगामी वर्षको बजेटमा एक चिकित्सक एक स्वास्थ्य संस्था, पूर्ण खोपयुक्त देश, निजी क्षेत्रको स्वास्थ्य संस्था र अस्पतालको कडाईका साथ निगरानी गरिने भनिएको छ। त्यसैगरी स्वास्थ्य स्वयम् सेविकाको यातायात खर्च दोब्बर बनाउने उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण विदेशमा अलपत्र नागरिक फर्काउन बजेट 

    कोरोनाका कारण विदेशमा अलपत्र नागरिक फर्काउन बजेट 

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सरकारले रकम विनियोजन गरेको छ।  कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएका, भिसा अवधी सकिएका, विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउनका लागिसमेत सरकारले बजेट विनियोजन गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग भिड्न तत्काल ६ अर्ब : स्वास्थ्य केन्द्रित बजेटको सुरुवात

    कोरोनासँग भिड्न तत्काल ६ अर्ब : स्वास्थ्य केन्द्रित बजेटको सुरुवात

    काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षको बजेट स्वास्थ्य क्षेत्रको प्राथमिकता केन्द्रित हुने गरी प्रस्तुत गरेका छन्। उनले कोरोना भाइरसको संक्रमण रोकथामका विषयलाई प्राथमिकता दिँदै बजेट भाषण सुरु गरेका हुन्। कोरोनाको रोकथामलाई उच्च प्राथमिकता दिँदै यसका लागि ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको जानकारी दिए। उनले विभिन्न अस्पतालका लागि कोरोनाविरुद्ध लड्नका लागि बजेट बिनियोजन गरिनेसमेत बताएका छन्। कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षभित्र सबैको विमा

    तीन वर्षभित्र सबैको विमा

    काठमाडौः तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विम गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवाडाले जानकारी दिए। खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सबैलाई विमाको दायरमा ल्याउने बताएका हुन्। यस कार्यक्रममको लागि ७ अर्ब छुट्याएको बताए।

    विस्तृतमा पढ्नुस्

  • संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री (लाइभ)

    संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री (लाइभ)

    अहिले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन्। कोरोना संक्रमणका बीच आएको यो बजेटमा सबैको चासो छ। हेर्नुस् लाइभ:

    विस्तृतमा पढ्नुस्

  • ब्रिफकेस बोकेर पुगे अर्थमन्त्री डाक्टर खतिवडा, सबैको ध्यान बजेटमा

    ब्रिफकेस बोकेर पुगे अर्थमन्त्री डाक्टर खतिवडा, सबैको ध्यान बजेटमा

    काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडा बजेटको ब्रिफकेस बोकेर संसद भवन प्रवेश गरेका छन्। लगातार तेस्रो पटक बजेट प्रस्तुत गर्न संसद पुगेका अर्थमन्त्री खतिवडाले यसपाला कोरोना संक्रमणसँग जुध्न कस्तो कार्यक्रम ल्याउँछन् भन्नेमा सबैको ध्यान केन्द्रित छ। मुलुकको समग्र आर्थिक धरातल कमजोर भएको अवस्थामा आज ल्याउन लागिएको बजेटप्रति सबैको चासो पनि छ। लगातार तेस्रो पटक संसदमा बजेट प्रस्तुत गर्ने रेकर्डमा अर्थमन्त्रीमा…

    विस्तृतमा पढ्नुस्

  • भेरीमा भेटियो एक अर्को शव, मारिनेको संख्या पुग्यो पाँच

    भेरीमा भेटियो एक अर्को शव, मारिनेको संख्या पुग्यो पाँच

    काठमाडौं : रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले आज दिउँसो एक जनाको शव फेला पारेको हो। जाजरकोट छेडागाड नगरपालिका ५ काले भिरमा जाजरकोट भेरी नगरपालिका ४ बस्ने १९ वर्षीय सन्जु बिकको शब फेला पारेको प्रहरीले जानकारी दिएको छ। योसँगै रुकुम घटनमा मृतकको संख्या ५…

    विस्तृतमा पढ्नुस्

  • घुम्तीमा नआउ है... नफर्किने गरी गए रत्न शमशेर थापा, कोरोना परीक्षणका लागि लिइयो स्वाब

    घुम्तीमा नआउ है... नफर्किने गरी गए रत्न शमशेर थापा, कोरोना परीक्षणका लागि लिइयो स्वाब

    वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको। ८३ वर्षीय उनको बिहीवार दिउँसो १ बजे निधन भएको हो। लामो समयदेखि ढाडको समस्याबाट उनी पीडित थिए। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब परीक्षणका लागि पठाइएको  लेखक तथा निर्देशक प्रकाश सायमीले पुष्टि गरे। उनका अनुसार कोरोना भाइरस संक्रमण भए/नभएको यकिन भएपछि मात्र अन्तिम संस्कार हुनेछ। घुम्तीमा नआऊ…

    विस्तृतमा पढ्नुस्

  • झापाको कचनकवलमा फेरि २५ थपिएपछि संक्रमितको संख्या पुग्यो ७३, भारतबाट आउनेक्रम जारी

    झापाको कचनकवलमा फेरि २५ थपिएपछि संक्रमितको संख्या पुग्यो ७३, भारतबाट आउनेक्रम जारी

    काठमाडौं : बुधवार देशभर १ सय ५६ जना कोरोना सङ्क्रमित थपिँदा झापाका २५ जना रहे। यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। बिहीवार झापामा थपिएका सबै कचननकवल गाउँपालिकाका हुन्। यससँगै अहिलेसम्म कचनकवलमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार सङ्क्रमित २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा हुन्। उनीहरू भारतको विभिन्न नाकाबाट लुक्दैछिप्दै गाउँ आइपुगेका थिए। अहिले पनि…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए १ सय ५६ जना कोरोनाका नयाँ संक्रमित, हजारको सीमा भयो पार

    एकै दिन थपिए १ सय ५६ जना कोरोनाका नयाँ संक्रमित, हजारको सीमा भयो पार

    काठमाडौं : नेपालमा एकै दिन १ सय ५६ थप संक्रमित फेला परेका छन्। यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। देशका विभिन्न भागमा गरिएको परीक्षणबाट प्राप्त जानकारीका आधारमा यति संख्यामा संक्रमण थप भएको देखिएको हो। अहिलेसम्म ५१ जिल्लामा संक्रमण फैलिएको छ। आज थपिएका संक्रमितमा सोलुखुम्बु…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन रोकिएपछि प्रमोद खरेलको प्रश्न: लकडाउनमा भारतीय जहाज काठमाडौं किन आयो?

    संविधान संशोधन रोकिएपछि प्रमोद खरेलको प्रश्न: लकडाउनमा भारतीय जहाज काठमाडौं किन आयो?

    लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने संशोधन विधेयक रोकिएपछि कलाकारले पनि चासो व्यक्त गरेका छन्। गायक प्रमोद खरेलले भारतीय चलखेलका कारण संशोधन रोकिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। नेपाली राजनीतिक बजारमा भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौं आएको चर्चा चलिरहँदा गायक खरेलले त्यसतर्फ संकेत गर्दै सत्ता र प्रतिपक्ष दुवै संशोधनको निम्ति दृढ र इमान्दार…

    विस्तृतमा पढ्नुस्

  • बेलायतको रित्तो नाटकघरबाट नाटक प्रसारण हुँदै, 'संकटबीच दर्शक जोगाउन यस्तो प्रयास'

    बेलायतको रित्तो नाटकघरबाट नाटक प्रसारण हुँदै, 'संकटबीच दर्शक जोगाउन यस्तो प्रयास'

    क्लायर फोय र म्याट स्मिथ कोरोना भाइरस महामारी बीच एकसाथ मञ्चमा देखिने भएका छन्। शारीरिक दूरी कायम राख्दै निर्माण गरिने उक्त नाटक 'लङ्ग्स' ओल्ड भिक थिएटरमा मञ्चन हुनेछ। त्यहाँ दर्शक उपस्थित हुने छैनन्। डनक्यान म्याकमिलानको किताबमा आधारित नाटकमा फोय र स्मिथ जोडीका रुपमा प्रस्तुत हुनेछन्। नाटक आगामी महिनादेखि प्रत्यक्ष प्रसारण हुनेछ। उक्त नाटक अनलाइनमार्फत् हेर्नका लागि दर्शकले १० देखि ६५…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको नयाँ उचाइका विषयमा नेपालले चीनसँग छलफल गर्ने

    सगरमाथाको नयाँ उचाइका विषयमा नेपालले चीनसँग छलफल गर्ने

    काठमाडौं : उत्तरी छिमेकी चीनले सगरमाथाको उचाइ नाप्नका लागि खटाएको टोलीले बुधवार विहान सगरमाथाको चुचुरोमा पुगेर उपकरण जडान गरिसकेको छ। नेपाल सरकारले सगरमाथाको नयाँ उचाइको घोषणा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चिनियाँ टोली सगरमाथा पुगेसँगै चीनमा चोमोलङ्मा भनेर चिनिने सगरमाथाको उचाइको विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने बताएकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • लायन्सकर्मीद्वारा गणतन्त्र दिवसमा भूकम्प पीडितलाई आर्थिक सहयोग

    लायन्सकर्मीद्वारा गणतन्त्र दिवसमा भूकम्प पीडितलाई आर्थिक सहयोग

    काठमाडौं: गणतन्त्र दिवसको अवसरमा भूकम्प पीडितलाई आर्थिक सहयोग गरिएको छ। लायन लिडर रमेश कुमार लामाको अगुवाईमा राईजिङसन तथा सुन्दरीजल लायन्स क्लब, लायन लिडर दिपेन्द्र सिम्खडा, लायन्सका पूर्वगर्भनर कुमारराज सुवेदी र आलापोट निवासी जयराम खड्काले मिलेर संयुक्त रुपमा सहयोग गरेका हुन्। उनीहरुले बिहीवार वडाध्यक्ष राममणि पुडासैनी र वडा सदस्य सुनकुमार नगरकोटीको उपस्थितिमा कागेश्वरी मनोहरा नगरपालिका ३, भद्रवासका भूकम्प पीडित रामप्रसाद नगरकोटीलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठक बस्दै

    राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ :  आज आर्थिक वर्ष २०७७\७८ को बजेट प्रस्तुत हुँदै छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दै छन्। त्यसअघि दिउँसो १ बजेका लागि राष्ट्रिय योजना आयोगको बैठक बोलाइएको छ। त्यस्तै २ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बबाट बजेट पास गर्नुपर्ने हुन्छ। त्यसका…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सचिव कोइरालाको सरुवा, लक्ष्मण अर्याललाई दिइयो जिम्मेवारी

    स्वास्थ्य सचिव कोइरालाको सरुवा, लक्ष्मण अर्याललाई दिइयो जिम्मेवारी

    काठमाडौँः स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको सरुवा भएको छ। मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला प्रशासनिक नेतृत्व गरेका सचिव कोइरालाको सरुवा भएको हो। औपचारिक रुपम सरुवाको निर्णय सार्वजनिक गरिएको छैन। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अद्यावधिक गरिएको सूचनामा कोइरालालाई मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ। स्वास्थ्यमा लक्षण अर्याललाई जिम्मेवारी दिइएको छ। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए।

    विस्तृतमा पढ्नुस्

  • बजेटलाई महामारी केन्द्रीत बनाउन र रोजगार प्राथमिकतामा राख्न स्कुल अफ डेमोक्रेसीको सुझाव

    बजेटलाई महामारी केन्द्रीत बनाउन र रोजगार प्राथमिकतामा राख्न स्कुल अफ डेमोक्रेसीको सुझाव

    काठमाडौं : बजेट घोषणाको पूर्वसन्ध्यामा स्कुल अफ डेमोक्रेसीले आम नागरिकको स्वास्थ्य रक्षामा गम्भीरताका साथ लाग्न सरकारलाई सुझाव दिएको छ। कोरोनाको महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण परीक्षण न्यून, संक्रमित संख्यामा बृद्धि र आधारभूत चेकजाँच समेत हुन नसकेको औल्याउँदै बजेटलाई महामारी केन्द्रित बनाउन आग्रह गरेको छ। देशविदेशमा रहेका बिभिन्न बिज्ञ, जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालासंगको छलफलपछि सरकारलाई दिएको सुझाव…

    विस्तृतमा पढ्नुस्

  • इन्स्पेक्टरदेखि जवानसम्म १९ जनामा कोरोना सङ्क्रमण, बारामा सबैभन्दा धेरै

     इन्स्पेक्टरदेखि जवानसम्म १९ जनामा कोरोना सङ्क्रमण, बारामा सबैभन्दा धेरै

    काठमाडौः एक सातादेखि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल छ। त्यहाँ कार्यरत दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि वृत्त नै सिल गरिएको हो। कालीमाटी अन्तर्गतका प्रहरी प्रभागमा कार्यरत तथा अन्य सङ्क्रमितसँग सम्पर्कमा आएका २ सय ३१ जनाको स्वाब लिएर परीक्षण गरिएको छ। तर रिजल्ट आइसकेको छैन। बुधवार स्वास्थ्य मन्त्रालयले दिएको औपचारिक जानकारी अनुसार देशभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ सय न ८६ पुगिसकेको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनबारे निर्णय लिन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    संविधान संशोधनबारे निर्णय लिन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले जेठ १७ गते शनिवार दिउँसो १ बजेलाई बैठक आह्वान गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन्। नेपालकाे भुमि लिम्पियाधुरा,लिपुलेक र कालापानी लाई नेपालकाे नक्सामा समाबेश गरिएकाे बिषय संग जाेडिएकाे नेपालसरकार बाट संसदमा प्रस्तुत संविधान शंसाेधन सम्बन्धि प्रस्ताबमा छलफल गरि निरर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell