काठमाडौं : नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएका संक्रमित मध्ये धरानमा परीक्षण गरिएका सप्तरीका ११ जना छन्। कोशीमा परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामा परीक्षण गरिएका मध्ये एक जना मकवनपुर र सात जना रौतहटका…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाएका छन्। सरकारले आजको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्नेगरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने तयारी गरेको थियो। संसद सचिवालयले पनि यसलाई समेटेर कार्यसूचीको ड्राफ्ट तयार गरिसकेको थियो। संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा…
अभिनेता अक्षय कुमार लकडाउन अवधिभर सामाजिक सेवा एवं सावधानी संदेश प्रवाहमा व्यस्त छन्। विशेषगरी लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको अभावमा रहेका वर्गलाई आवश्यक सहयोग पुर्याउँदै आएका छन्। जस अन्तर्गत् विहीवार थप ४५ लाख सहयोग गरेको बलिउड हंगामाले जनाएको छ। उनले टिभी कलाकारहरुको सिने एण्ड टिभी आर्टिस संघ (सिन्टा)लाई उक्त रकम हस्तान्तरण गरेका हुन्। मार्चदेखि प्रभावित छायाँकन एवं अन्य कामका कारण…
काठमाडौं : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको ५८ वर्षको उमेरमा निधन भएको छ। वडा नम्बर ७ स्थित राष्ट्रिय माविमा थप क्वारेन्टाइन स्थापना गर्ने क्रममा वडाध्यक्ष रानालाई मंगलवार राती हृदयघात भएको र लगत्तै निधन भएको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले जानकारी दिए। नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सह सचिव लेखराज जोशीले क्वारेन्टाइन बनाउने क्रममा राती ११ बजेतिर…
काठमाडौं : झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। कोशी अस्पताल विराटनगरको प्रयोगशालमा गरिएको परीक्षणमा बुधवार थप १७ जनामा कोरोना पोजेटीभ देखिएको हो। झापाको कचनकवल गाउँपालिका १५ र गौरादह नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो। गौरादह नगरपालिका वडा नम्वर ७ स्थित स्वास्थ्य चौकीमा भारतबाट आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु मध्येका दुई जनालाई संक्रमण देखिएको गौरादह नगरपालिकाका उपप्रमुख गीता…
काठमाडौं : संविधान संशोधनको विधेयक प्रतिनिधि सभाको सम्भावित कार्यसूचीबाट हटेको छ। बुधवार दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको थियो। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी गरेको नक्सा स्वीकृत गर्नेगरी संशाोधन विधेयक तयार गरेको छ। जसलाई संसदले पारित गर्नुपर्छ। तर, सरकारले संसदमा प्रतिनिधित्व गर्ने…
काठमाडौं : बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बाग्लुङका दुई गाउँपालिकाका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो। बाग्लुङ जिल्लाको बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेक १९ र २० वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। त्यस्तै, तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार जना पुरुषमा समेत कोरोना भाइरसको संक्रमण…
काठमाडौं : शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ भेरी नदीमा वेपत्ता भएकाहरु खोजी गर्ने सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल जाजरकोट स्थित आश्रित गुल्मबाट डिएसपीको कमाण्डमा चार जना गोताखोर सहितको ११ जना सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट नायब निरीक्षकको कमाण्डमा चार जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी पठाइएको हो। भेरी…
सिंगापुर सरकारले त्यहाँका नागरिकलाई नि:शूल्क मास्क वितरण गर्न थालेको छ। मास्क बाढ्नका लागि करिव ४ सय भेन्डिङ मेसिन राखिएका छन्। सिंगापुरमा यसअघि पनि दुई पटक नि:शूल्क डिस्पोजल मास्कहरु उपलब्ध गराइएको थियो। तर, विभिन्न ठाउँमा मेसिन राखेरै मास्क वितरण गरिएको यो पहिलो प्रयास भएको बीबीसीमा जनाइएको छ। सुरुवातदेखि नै सिंगापुरले कोरोना भाइरस रोकथामका लागि सावधानी र सुरक्षाका उपायहरु अपनाएको थियो। तुलनात्मक…
भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार संक्रमणको ६ हजार ३ सय ८७ केस पुष्टि भएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७ सय ६७ पुगेको छ। जसमध्य ८३ हजार मानिसमा अझै संक्रमण छ। ६४ हजार मानिस संक्रमण मुक्त भएका छन् भने…
गुगलले मनोरञ्जनात्मक एप टिकटकको लाखौं 'नेगेटिभ रिभ्यू' हटाएको छ। प्ले स्टोरमा उक्त एपको रेटिङ ४.५ बाट १.२ मा झरेपछि लाखौं नकारात्मक प्रतिक्रियाहरु हटाइएको हो। भारतीय टिकटक स्टार फैजल सिद्दिकीले 'एसिड अट्याक' प्रोत्सहान गर्ने भिडियो बनाएको आरोप लागेपछि टिकटकको विरोध भएको थियो। लगत्तै फैजलको भिडियो डिलिट भयो। फैजलले पनि आफ्नो गल्तीका लागि माफी मागेका थिए। तर सामाजिक सञ्जालहरुमा उनीविरुद्ध आवाज उठिरह्यो।…
काठमाडौँ : बर्दियाको गुलरियामा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु भएको हो। 'आज बिहान मृत्यु भएको छ। थप टेस्ट गरिरहेका छौँ,' गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादवले भने। मृत्यु भएका पुरुष हिजो रातिमात्र अछामबाट गुलरिया आइपुगेका थिए। १३ जनाको समूहमा हिँड्दै आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। बाटोबाट नै आफू मर्न लागेको…
नयाँ दिल्ली : भारतमा एकै दिन १ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४५ पुगेको छ। संक्रमितको संख्या पनि भारतमा तीब्र गतिमा बढिरहेको छ। १ लाख ४७ हजार ७ सय ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ भारतमा। आजै यसले १ लाख ५० हजारभन्दा माथिको रेकर्ड बनाउने निश्चित…
धनगढी : कञ्चनपुरमा एक वडा अध्यक्षको मृत्यु भएको छ। क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। सोही वडामा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए। ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौँ : लकडाउनको समयमा भारतबाट ठूलो सङ्ख्यामा नेपाली आउँदै छन् भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले सक्रियता देखाएको छ। लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट जोगवनी नाका हुँदै नेपाल छिरेका ३ सय ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलुका करिब ७ बजेतिर उद्धार गरी उनीहरूलाई विराटनगर स्थित डिएभी स्कुलमा पुर्याइएको छ। उनीहरूलाई सामाजिक दुरीका साथ स्कुलको होल्डिङ स्टेसनमा राखिएको जिल्ला…
कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। आज बिहानसम्म ३ लाख ५० हजार ४ सय २३ जनाको कोरोनाका कारण मृत्यु भएको हो। अमेरिकामा कोरोनाका कारण ९८ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ। बेलायतमा कोरोनाका कारण ३७ हजार १ सय ३० जनाको ज्यान…
काठमाडौं : गुल्मीमा दुई जनामा संक्रमित पुष्टि हुँदा एकजना भारतबाट आएका व्यक्ति रहे भने अर्का गाउँपालिका अध्यक्ष। धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण देखिएको हो। तर, उनी लकडाउनको अवधिमा गाउँपालिका बाहिर तम्घासमात्र गएको बताएका छन्। उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर भैरहवा पठाइएको थियो। त्यहाँको रिपोर्टमा पोजेटिभ आएको हो। 'उहाँ हामी भन्दा धेरै सचेत हुनुहुन्थ्यो। उहाँबाट कसरी सर्यो…
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमन्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोलीलाई हराएसँगै बायर्नले ७ अंकको अग्रता बनाउँदै सहज अवस्थामा पुगेको छ। सिंगल इडुना पार्क स्टेडियममा भएको खेलमा बायर्नको जितमा जोसुवा किममिचले निर्णायक गरे। उनले ४३ औं मिनेटमा गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो। जितसँगै अंकतालिकामा शीर्ष स्थानमा रहेको…
भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले नेपाल भारतबीच उत्पन्न सीमा विवादका बारेमा नरेन्द्र मोदी सरकारले जानकारी नदिएको बताएका छन्। भिडियो कन्फ्रेन्स मार्फत भएको पत्रकार सम्मेलनमा उनले हाल लद्दाकमा चिनियाँ र भारतीय सेनाबीच भएको झडप र नेपालले लिम्पियधुरा सहितको नक्साका बारेमा केन्द्र सरकारले जानकारी नदिएको बताएका हुन्। केन्द्र सरकारले दुवै देशबीच भइरहेको विवादबारे आधिकारिक जानकारी नदिएसम्म यस विषयमा प्रतिक्रिया दिन नसकिने…
काठमाडौं : हालसम्म नेपालमा ७७२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको छ। त्यस्तै सातै प्रदेशका ४६ जिल्लामा संक्रमण पुगिसकेको छ। नेपालभर ५५ हजार २ सय ८२ जना क्वारेण्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सबैभन्दा धेरै प्रदेश ५ मा २३ हजार ५ सय ७९ जना क्वारेण्टाइनमा छन्। सबैभन्दा कम बागमती प्रदेशमा ९ सय ६४ जना क्वारेण्टाइनमा…