PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

  • एकै दिन ६ हजार ५ सय ६६ संक्रमित थपिँदा भारतमा १ सय ९४ जनाको मृत्यु

    एकै दिन ६ हजार ५ सय ६६ संक्रमित थपिँदा भारतमा १ सय ९४ जनाको मृत्यु

    नयाँ दिल्ली : भारतमा गएको २४ घन्टामा ६ हजार ५ सय ६६ केस थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ३ सय ३३ पुगेको छ। भारतमा एक दिनमा ६ हजारभन्दा बढी संक्रमित देखिएको यो लगातार सातौं दिन हो। मे २२ मा ६ हजार ८८ जना संक्रमित देखिएका थिए। त्यसयता हरेक दिन ६ हजारभन्दा माथि संक्रमित थपिएका छन्। बुधवार बिहानदेखि…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका २९ सहित प्रदेश २ मा ७६ नयाँ संक्रमित

    धनुषाका २९ सहित प्रदेश २ मा ७६ नयाँ संक्रमित

    जनकपुरधाम : धनुषाका २९ जनासहित प्रदेश २ मा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ।

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा नेपालको सन्देश : भारतको एकतर्फी नक्साले सहमति तोड्यो, कालापानीबाट सेना हटाउ, चीनसँग जोडेर नहेरौं

    दिल्लीमा नेपालको सन्देश : भारतको एकतर्फी नक्साले सहमति तोड्यो, कालापानीबाट सेना हटाउ, चीनसँग जोडेर नहेरौं

    काठमाडौं: नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा विवाद खडा गरेको भारतसामु आफ्नो स्पष्ट अडान प्रस्तुत गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै नयाँदिल्लीमा नेपालको सन्देश सुनाएका हुन्। ज्ञवालीले कालापानीबाट भारतीय सेना हटाउनुपर्ने, सडक निर्माण बन्द गर्नुपर्ने सन्देश सुनाउँदै भारत सरकार, मिडिया र जनतालाई नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले चीनसँग जोडेर नहेर्न आग्रहसमेत गरेका छन्। आफूहरु वार्ताको माध्यमबाटै…

    विस्तृतमा पढ्नुस्

  • एसपीका सुरक्षा गार्डदेखि चालकसम्म कोरोना संक्रमित : भान्सेमा भने देखिएन

    एसपीका सुरक्षा गार्डदेखि चालकसम्म कोरोना संक्रमित : भान्सेमा भने देखिएन

    काठमाडौं : पछिल्लो समय कोरोना सङ्क्रमित थपिएकामध्ये सुरक्षाकर्मी समेत रहेका छन्। प्रहरी निरीक्षकदेखि जवानसम्म कोरोनाबाट संक्रमित भएका छन्। त्यस्तै, पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी उमाशङ्कर चतुर्वेदीका सुरक्षा गार्ड र चालकलाई समेत कोरोना सङ्क्रमण देखिएको छ। लकडाउनको समयमा व्यवस्थापन, सुरक्षा र विभिन्न ड्युटीमा खटिएका उनीहरूलाई कहाँबाट कोरोना सर्‍यो भन्ने खुलेको छैन। त्यस्तै, कार्यालयमा भान्छेका रूपमा काम गर्नेलाई भने कोरोना नेगेटिभ देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा राष्ट्रपतिबाट २३३ कैदीको सजाय माफ

    गणतन्त्र दिवसमा राष्ट्रपतिबाट २३३ कैदीको सजाय माफ

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्। यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी…

    विस्तृतमा पढ्नुस्

  • हरिद्वारबाट धनगढी हुँदै देवचुली पुगेका किशोरमा कोरोना

    हरिद्वारबाट धनगढी हुँदै देवचुली पुगेका किशोरमा कोरोना

    काठमाडौं : नवलपरासी वर्दघाट सूस्ता पूर्वको देवचुली नगरपालिकामा फेरि अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ। देवचुली वडा नम्बर १ का १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो। यही जेष्ठ १० गते भारतको हरिद्वारबाट धनगढी हुँदै उनी देवचुली आएका थिए। वडामा आएलगतै उनलाई क्वारेन्टाइनका लागि नजिक रहेको जनज्योति नमुना माविमा राखिएको थियो। त्यही उनमा कोरोनासँग मिल्ने सामान्य लक्षण देखियो र स्वाब…

    विस्तृतमा पढ्नुस्

  • युद्धको तयारीमा लाग्न सेनालाई चिनियाँ राष्ट्रपतिको निर्देशन

    युद्धको तयारीमा लाग्न सेनालाई चिनियाँ राष्ट्रपतिको निर्देशन

    चीनका राष्ट्रपति सी चिनफिङले युद्धको तयारीमा लाग्न सेनालाई निर्देशन दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं सेना प्रमुख समेत रहेका राष्ट्रपति सीले राष्ट्रिय जनकंग्रेसको १३ औ सत्रमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) र पिपुल्स आर्म्ड पुलिस फोर्सका प्रतिनिधिहरुसँग बैठक गर्दै अहिलेसम्मकै सबैभन्दा खराब स्थितिको कल्पना गर्दै युद्धको तयारी तीव्र रुपमा बढाउन निर्देशन दिएका हुन्। भारत र चीनबीच सीमामा विवाद…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा तीन जनामा कोरोना देखियो, गण्डकी प्रदेशमा पुगे १५

    स्याङ्जामा तीन जनामा कोरोना देखियो, गण्डकी प्रदेशमा पुगे १५

    काठमाडौं : स्याङ्जामा तीन जनामा कोरोना संक्रमण देखिएको छ। वालिङका तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ। पछिल्लो पटक संक्रमण देखिएका तीन जना सबै क्वारेन्टाइनमा नै रहेका व्यक्ति हुन्। २६ र २२ वर्षका युवक तथा ३९ वर्षीय महिलामा संक्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • एक लाख पार भए अमेरिकामा मर्नेहरु

    एक लाख पार भए अमेरिकामा मर्नेहरु

    कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित बनेको संयुक्त राज्य अमेरिकामा मर्नेहरुको संख्याले १ लाख पार गरेको छ। झन्डै १७ लाख मानिस अमेरिकमा कोभिड १९ बाट संक्रमित छन्। आज बिहान ६:१५ मिनेटसम्मको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्क नुसार अमेरिकामा १६ लाख ९९ हजार ७३ जना कोरोना संक्रमित छन्। त्यहाँ १ लाख ४ सय ११ जनाको मृत्यु भएको छ, यसैका कारण। अमेरिकामा पनि…

    विस्तृतमा पढ्नुस्

  • थुनामुक्त भए लगत्तै नेत्रविक्रम चन्द समुहका केन्द्रीय नेता गजमेर पक्राउ

    थुनामुक्त भए लगत्तै नेत्रविक्रम चन्द समुहका केन्द्रीय नेता गजमेर पक्राउ

    काभ्रपलाञ्चोकः नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ। गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन्। प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन्। सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवादमा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै चीनले भन्यो: विवाद सुल्झाउन सक्षम छौं

    सीमा विवादमा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै चीनले भन्यो: विवाद सुल्झाउन सक्षम छौं

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका छन्। ट्रम्पले ट्वीटरमार्फत बुधवार भनेका छन्, ‘हामीले भारत र चीन दुबैलाई सूचित गरिसकेका छौं कि उनीहरुको सीमा विवादमा अमेरिका मध्यस्थता गर्न इच्छुक र सक्षम छ।’ We have informed both India and China that the United States is ready, willing and able to mediate or arbitrate their now…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा नयाँ सिडिओ आएलगत्तै फेरि निषेधित क्षेत्र घोषणा

    बाँकेमा नयाँ सिडिओ आएलगत्तै फेरि निषेधित क्षेत्र घोषणा

    काठमाडौं: बाँकेमा दोस्रो पटक निषेधित क्षेत्र घोषणा गरिएको छ। १५४ जनामा संक्रमण देखिएको र संक्रमणबाट एक जनाको मृत्यु भएपछि भाइरसको संक्रमण थप फैलिन नदिन जिल्ला सुरक्षा समितिको बैठकले बुधवार राती १० बजेदेखि निषेधित क्षेत्र घोषणा गरेको हो। बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांग हाजिर भएसँगै निषेक्षित क्षेत्र घोषणाको निर्णय भएको हो। यसअघि प्रमुख जिल्ला अधिकारी कुमार खड्का थिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षापछि पनौतिमा बाढी, बस्तीमा पस्यो पानी

    लगातारको वर्षापछि पनौतिमा बाढी, बस्तीमा पस्यो पानी

    लगातारको वर्षापछि काभ्रेको पनौति नगरपालिकास्थित त्रिवेणीघाटको पुन्यमाता खोलामा बाढी आएको छ। खोलामा बाढी आएपछि त्यहाँको बस्ती र मन्दिरमा पानी पसेको छ। पानी बस्तीमा पसेपछि मानिसहरु त्रसित बनेका छन्। बाढीका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ। फोटो सबै : प्रशान्त श्रेष्ठ/फेसबुक।

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्तावको कार्यसूची विवादमा कांग्रेसको असन्तुष्टिः प्रतिपक्षी दललाई आरोपित गर्न खोज्नु गम्भीर, को गर्दैछ यो षड्यन्त्र?

    संशोधन प्रस्तावको कार्यसूची विवादमा कांग्रेसको असन्तुष्टिः प्रतिपक्षी दललाई आरोपित गर्न खोज्नु गम्भीर, को गर्दैछ यो षड्यन्त्र?

    काठमाडौं: नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी प्रस्ताव संसदको कार्यसूचीबाट हट्नु अचम्भित भएको जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो पार्टी संविधान संशोधनकै पक्षमा रहेको दाबी गरेका छन्। बुधबार शर्माले ट्वीटरमार्फत भनेका छन्, 'प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने? को गर्दैछ यो षड्यन्त्र? प्रधानमन्त्री प्रक्रिया सुचारु गर्नोस्। केसको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विधेयक संसद्को कार्यसूचीबाट किन हट्यो?

    संविधान संशोधन विधेयक संसद्को कार्यसूचीबाट किन हट्यो?

    काठमाडौँ: संविधान संशोधन विधेयक प्रतिनिधि सभाको सम्भावित कार्यसूचीबाट हटेपछि सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। बुधबार दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको थियो। तर, संसद सुरु हुनुअघि नै कार्यसूचीबाट विधेयक हटेपछि नेताहरुले एकाअर्कामा दोषारोपण गरेका हुन्। सरकारको आग्रहमा नै…

    विस्तृतमा पढ्नुस्

  • मोदी सरकारका मन्त्री भन्छन् : भारतीय भूमिमा नेपालले आँखा लगाउन सक्दैन

    मोदी सरकारका मन्त्री भन्छन् : भारतीय भूमिमा नेपालले आँखा लगाउन सक्दैन

    काठमाडौं: भारतका कानुन तथा न्याय मन्त्री रविशंकर प्रसादले भारतीय भूमिमा कसैले पनि आँखा गाड्ने हिम्मत गर्न नसक्ने बताएका छन्। बुधवारको पत्रकार सम्मेलनमा सोधिएको नेपालले भारतीय भूमिमा आँखा लगाइरहेको भन्ने प्रश्नमा नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारका मन्त्री प्रसादले भारतीय भूमिमा आँखा लगाउने कसैको हिम्मत नभएको बताएका हुन्। प्रश्नकर्ताले भारतमा लकडाउन हुँदा नेपालले भारततर्फ आँखा गाडेको र चीन सीमामै आएर बसेको कुरा…

    विस्तृतमा पढ्नुस्

  • एशियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली खेलाडी

    एशियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली खेलाडी

    एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ। कोभिड-१९ को प्रकोप बढेका बेला खेलाडीलाई क्रियासिल गर्दै मानसिक पीडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्देश्यले आजदेखि प्रतियोगिता शुरु भएको हो। ४ जुनसम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष तर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र महिलातर्फ खुस्बु थापा, अनिषा न्यौपाने र…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित जिल्लाको सूचीमा थपियो रुकुम पूर्व: तीन जनामा संक्रमण पुष्टि, प्रदेश ५ मा संक्रमित पुगे ३६५

    संक्रमित जिल्लाको सूचीमा थपियो रुकुम पूर्व: तीन जनामा संक्रमण पुष्टि, प्रदेश ५ मा संक्रमित पुगे ३६५

    काठमाडौं : नेपालमा बुधवार एकैपटक ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। आज संक्रमित जिल्लाको सूचिमा प्रदेश ५ को रुकुम पूर्व पनि थपिएको छ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा रुकुम पूर्व उत्तरगंगा वडा नं. १४ का तीन जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये सिद्ध मण्डली मावि राङ्सीको क्वारेन्टाइनमा रहेका एक जना…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न सरकारको निर्देशन

    गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न सरकारको निर्देशन

    काठमाडौँः गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दीपावली गर्न सरकारले सबैमा अपिल गरेको छ। जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न गृह मन्त्रालयले सबैमा आग्रह गरेको हो। जेठ १२ गतेको मन्त्रिपरिषदले तीन दिन दीपावली गर्ने निर्णय गरेको थियो।  तीनै तहका सरकारले दीपावली गर्ने निर्णय भएको थियो।  सरकारले सबै सरकारी तथा गैरसरकारी कार्यालय, आम नागरिक, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सीमा विवादमा पाकिस्तानी प्रधानमन्त्री भन्छन् : भारत छिमेकीका लागि खतरा

    नेपाल-भारत सीमा विवादमा पाकिस्तानी प्रधानमन्त्री भन्छन् : भारत छिमेकीका लागि खतरा

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गइरहेको बताएका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक सीमा विवादलाई लिएर नेपाल र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला इमरानले ट्वीटरमार्फत नेपालको प्रसंग जोड्दै भारत छिमेकको हितमा नभएको उल्लेख गरेका छन्। नागरिकता कानूनमार्फत बंगलादेशलाई चिढ्याएको, नेपाल र चीनसँग सीमा विवाद गरेको र पाकिस्तानलाई झुटो सैन्य अपरेशन गर्ने धम्की दिएर जिस्काउने काम गरिरेहको भारत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell