PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • हात्ती लखेट्न आएका भारतीय युवकको हात्तीकै आक्रमणमा मृत्यु

    हात्ती लखेट्न आएका भारतीय युवकको हात्तीकै आक्रमणमा मृत्यु

    भद्रपुरः दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी ६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो। मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको 'फोकस' सवारी साधनमा, पसलहरू फाटफुट खुल्ला

    प्रहरीको 'फोकस' सवारी साधनमा, पसलहरू फाटफुट खुल्ला

    काठमाडौँ : सरकारले लकडाउन घोषणा गरेको दुई महिना पूरा भएको छ। तर लकडाउन अझै जारी नै छ। सरकारले लकडाउनलाई थप कडाइ गर्ने बताइरहेको छ। तर पहिलेको महिनाभन्दा अहिले काठमाडौँ उपत्यकाभित्रका सडकमा मानिसको चहलपहल केही बढेको छ। कीर्तिपुर, मैतीदेवी, नक्साल, जोरपाटी, चाबहिल, गौशाला लगायत स्थानमा बिहान मानिसको चहलपहल बढेको छ। पहिलै झैँ सुरक्षाकर्मीको उपस्थिति कम देखिएको छ। सडकमा रहेका सुरक्षाकर्मीले पनि मानिसलाई…

    विस्तृतमा पढ्नुस्

  • सांसद झाको प्रश्न : जिल्लामा पीसीआर मेसिन समेत छैन, राज्य के गर्दैछ?

    सांसद झाको प्रश्न : जिल्लामा पीसीआर मेसिन समेत छैन, राज्य के गर्दैछ?

    काठमाडौं  : जनता समाजवादी पार्टीका नेता तथा रौतहट १ का सांसद अनिल झाले कोरोना संक्रमण नियन्त्रणमा राज्यको उपस्थिति हुन नसकेको आरोप लगाएका छन्। रौतहटमा सोमवार मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँसै संक्रमितको संख्या ४९ पुगेको छ। कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताउँदै उनी भन्छन्, ‘कोरोना परीक्षण गर्न जिल्लामा पीसीआर मेसिन समेत छैन। राज्य छ र? के गर्दैछ?’ झाले नगरपालिका तथा…

    विस्तृतमा पढ्नुस्

  • दुई प्रतिशत जनसंख्याको कोरोना परीक्षण, बन्द होटलमा क्वारेन्टाइन

    दुई प्रतिशत जनसंख्याको कोरोना परीक्षण, बन्द होटलमा क्वारेन्टाइन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको दुई प्रतिशतसम्मको कोरोना परीक्षण गरिने बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 'विज्ञहरुले दिएको सल्लाह बमोजिम कम्तिमा जनसंख्याको दुई प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ, उनले भने। त्यस्तै प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको संख्या बढाउने र स्तर सुधार गर्ने बताए। उनले आवश्यकता अनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले गर्‍यो आठ जिल्लामा सिडिओको हेरफेर, को कहाँ?

    गृह मन्त्रालयले गर्‍यो आठ जिल्लामा सिडिओको हेरफेर, को कहाँ?

    काठमाडौँः गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। मन्त्रालयका अनुसार हालका पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। अन्य तीन जनालाई प्रजिअको जिम्मेवारी थप गरिएको छ। निर्णय अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृह मन्त्रालय ल्याइएको छ। बाँकेमा रामबहादुर कुरुवाङलाई खटाइएको छ। उनलाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको हो। यसअघि उनी स्याङ्जामा प्रजिअ थिए।  यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली मन्त्रीहरु लिएर शीतल निवासमा, बुझाए दुई प्रतिवेदन

    प्रधानमन्त्री ओली मन्त्रीहरु लिएर शीतल निवासमा, बुझाए दुई प्रतिवेदन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुई वटा प्रतिवेदन बुझाएका छन्। सोमवार मन्त्रीहरु लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले सरकार र सुरक्षा परिषदको अघिल्लो वर्षको प्रतिवेदन बुझाएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा सरकारले गरेका काम र प्राप्त उपलब्धी सहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा करिब तीन हजारको पीसीआरबाट परीक्षण, २० वटा प्रयोगशालाबाट सञ्चालनमा

    पछिल्लो २४ घण्टामा करिब तीन हजारको पीसीआरबाट परीक्षण, २० वटा प्रयोगशालाबाट सञ्चालनमा

    काठमाडौंः सोमबारसम्म ५१ हजार ६४२ जनाको पीसीआरमार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ। यस्तै आरडीटीबाट ९५ हजार १९२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। २४ घण्टामा २ हजार ९०४ पीसीआर परीक्षण गरिएको छ। केही दिन यता क्वारेन्टाइन बस्ने र पीसीआर परीक्षण गर्नेको संख्या बढेको हो। हालसम्म क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेको छन्। एक हजार ६५२ जनाले…

    विस्तृतमा पढ्नुस्

  • अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, ६८२ संक्रमित हुँदा चार जनाको मृत्यु

    अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, ६८२ संक्रमित हुँदा चार जनाको मृत्यु

    काठमाडौँः थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।  मन्त्रालयका अनसार अछाम जिल्लामा पहिलोपटक कोरोना केस पुष्टि भएको छ। सेती अस्पतालमा भएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।   यस्तै, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बर्दिया गुलरियाका तीन पुरुषमा संक्रमण पुष्टि भएको छ।  नारायणी…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि शिक्षण अस्पतालमा पीसीआर ल्याबबाट कोरोना परीक्षण सुरु

    त्रिवि शिक्षण अस्पतालमा पीसीआर ल्याबबाट कोरोना परीक्षण सुरु

    काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पीसीआर ल्याबबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ। अस्पतालका कार्यकारी कार्यकारी निर्देशक प्रेम सिंह खड्गाले ल्याब मेसिन जडान भइसकेको र आजैबाट परीक्षण सुरु हुने जानकारी दिए। यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र र वीर अस्पतालबाट पीसीआर परीक्षण भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • बाराका संक्रमित भारतबाट आएका थिए, ३० जनाको परीक्षण गर्दा २१ मा संक्रमण, थप टेस्ट गर्न किट अभाव

    बाराका संक्रमित भारतबाट आएका थिए, ३० जनाको परीक्षण गर्दा २१ मा संक्रमण, थप टेस्ट गर्न किट अभाव

    काठमाडौं : बाराको महागढीमाई नगरपालिकामा एकै दिन २१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमवार पुष्टि गरेका संक्रमितहरु भारतबाट एक साताअघि आएका व्यक्तिहरु भएको नगरपालिकाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। 'भारतको दिल्ली, मुम्बई, हरियाणा, पटना र पञ्जाबबाट एक साताभित्र नगरपालिकामा ५२ जना प्रवेश गर्नुभएको छ। आज पुष्टि भएका संक्रमितहरु तिनीहरु मध्येकै हुनुहुन्छ,’ उनले भने। संक्रमितहरु नगरपालिकाको वडा…

    विस्तृतमा पढ्नुस्

  • इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको भारतद्वारा उद्धार

    इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको भारतद्वारा उद्धार

    काठमाडौं: भारतले लकडाउनका कारण इण्डोनेसियामा अलपत्र एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। अध्ययनको सिलसिलामा इण्डोनेसिया पुगेकी चितवनकी शेभिका ढकाललाई एयर इण्डियाको १०३९ विमानले उद्धार गरेको हो। यो विमान भारतीय नागरिकलाई उद्धार गर्न इण्डोनेसिया गएको थियो। इण्डोनेसियास्थित भारतीय राजदूतावासका अनुसार ढकालले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेकी थिइन्। नेपालले भारत सरकारलाई अनुरोध गरेपछि इण्‍डोनेसियास्थित भारतीय दूतावासले फर्किने व्यवस्था मिलाएको हो। भारतको…

    विस्तृतमा पढ्नुस्

  • ईद मुबारक !

    ईद मुबारक !

    काठमाडौं : नेपालमा आज इस्लाम धर्मवालम्बीहरुले ईद उल फित्र मनाउँदैछन्। आइतबार ईद मनाउने भनिएपनि शनिवार राति चन्द्रमा नदेखिएछि आज ईद एक दिन पछि सारिएको थियो। रमजान महिना सकिएको खुशीयालीमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै ईदको शुभकामना दिने गरिन्छ। आजको दिन मस्जिदमा पुगेर नमाज पढ्ने गरिन्छ। तर, यसपटक कोरोना भाइरसको प्रभावका कारण मस्जिदहरु सुनसान देखिए। धेरैले घरमा नै नमाज पढे। मस्जिदहरुमा थोरै संख्यामा मात्रै मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • निजी गाडीलाई एम्बुलेन्स बनाउने पछिल्ला संक्रमित थिएनन् समूहमा, एक्लै जुटेका थिए सेवामा

    निजी गाडीलाई एम्बुलेन्स बनाउने पछिल्ला संक्रमित थिएनन् समूहमा, एक्लै जुटेका थिए सेवामा

    सोमवार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। लगत्तै सुभाष श्रेष्ठलाई लगातार फोन आउन थाल्यो। प्रश्न उहीं – तपाईंको समूहको कसमा भाइरस देखिएको? कारण – संक्रमण पुष्टि भएका पुरुष समाजसेवी भएको बताइयो। बुढानीलकण्‍ठकै स्थानीय र लकडाउन सुरु भए यता आफ्नो कारलाई एम्बुलेन्स बनाएर सेवा दिँदै आएको भनिएपछि सुभाषलाई फोन नआउने कुरै भएन। किनकि…

    विस्तृतमा पढ्नुस्

  • दाहसंस्कार भइसकेका व्यक्तिमा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या पुग्यो ४, मृत्युपछिमात्रै पुष्टि हुने पुगे ३

    दाहसंस्कार भइसकेका व्यक्तिमा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या पुग्यो ४, मृत्युपछिमात्रै पुष्टि हुने पुगे ३

    काठमाडौं : नेपालमा मृत्युपछिमात्रै कोरोना पुष्टि हुनेक्रममा एक अर्को केस पनि थपिएको छ। यससहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। वीरगंजको नेसनल मेडिकल कलेजमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको हो। उनमा कोरोना भाइरस रहेको अन्त्यष्टिपछिमात्रै पुष्टि भएको हो। उनको जेठ ४ गते नै मृत्यु भएको हो भने २ गते उनी अस्पताल भर्ना भएका थिए। आजमात्र उनमा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका ३ सहित बिहानै थपिए थप ७२ संक्रमित, पुग्यो ६७५

     काठमाडौंका ३ सहित बिहानै थपिए थप ७२ संक्रमित, पुग्यो ६७५

    काठमाडौं : काठमाडौंको टोखा र बुढानिलकण्ठका गरी ३ जनासहित थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले बिहान १०:४५ बजे जारी गरेको नयाँ तथ्याङंकअनुसार नेपालमा कोरोनाका संक्रमितको संख्या अब ६ सय ७५ पुगेको छ। थपिएका ७२ नयाँ संक्रमितमध्ये एक जना महिला हुन् भने बाँकी सबै पुरुष हुन्। काठमाडौंसहित धनुषा, कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, दैलेख,…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक भारतले हक्कीमा ओलम्पिक जित्दा टिममा सदस्य रहेका बलबीर सिंहको निधन

    तीन पटक भारतले हक्कीमा ओलम्पिक जित्दा टिममा सदस्य रहेका बलबीर सिंहको निधन

    भारतीय हक्की टिमबाट तीन पटक ओलम्पिकमा स्वर्ण पदक जित्दा टिममा महत्वपूर्ण सदस्य रहेका बलबीर सिंहको मृत्यु भएको छ। लामो समययता बिरामी रहेका सिंहको आज ९५ वर्षको उमेरमा भारतको मोहालीस्थित एक अस्पतालमा निधन भएको हो। पछिल्लो समय दिमागमा रगत जमेको र निमोनियाका कारण २ हप्ता अघि अस्पताल भर्ना भएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा चुनिने उनी एकमात्र भारतीय खेलाडी थिए। ओलम्पिकको पुरुष…

    विस्तृतमा पढ्नुस्

  • फेरि हिंश्रक बन्यो हङ्कङ, प्रदर्शनमा उत्रिए हजारौं

    फेरि हिंश्रक बन्यो हङ्कङ, प्रदर्शनमा उत्रिए हजारौं

    कोरोना भाइरसको संक्रमणका कारण रोकिएको हङकङको प्रदर्शन फेरि हिंश्रक हुन थालेको छ। आइतवार हङकङमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास हानेको छ। बेइजिङले ल्याउन लागेको राष्ट्रिय सुरक्षा कानुनको विरोधमा हङकङमा प्रदर्शन भइरहेको हो। प्रहरीले १८० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। आइतवार कजवे वे र वान चाइमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरिएको साउथ चाइना मर्निङपोस्टले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि

    प्रदेश ५ मा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ : प्रदेश पाँचमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा गरिएको परीक्षणका क्रममा बर्दियाका एक र बाँकेका चार जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानले वक्तव्य जारी गर्दै बर्दियाबाट संक्लित एक सय स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमित बासगढी-९ का २५ वर्षका पुरुष हुन्। त्यस्तै बाँकेको अमृतपुर्वा र…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईमा मात्र कोरोना संक्रमित ३० हजार पार, बिहार र युपीमा पनि लगातार बढ्दै

    मुम्बईमा मात्र कोरोना संक्रमित ३० हजार पार, बिहार र युपीमा पनि लगातार बढ्दै

    नयाँ दिल्ली : पछिल्लो २४ घन्टामा भारतमा ६ हजार ५ सय ६६ नयाँ संक्रमित थपिएका छन्। भारतको एकै दिन धेरैं संक्रमित भेटिएको यो लगातार छैटौं दिन हो। भारतमा एक दिनमा १ सय ५३ जनाले ज्यान पनि गुमाएका छन्। भारतको महाराष्ट्रमा थप ३ हजार ४१ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये मुम्बईमा मात्र १७ सय २५ नयाँ संक्रमित छन्। यससँगै मुम्बई एक्लैमा…

    विस्तृतमा पढ्नुस्

  • इरानलाई उछिन्दै कोरोना संक्रमितको १० औं मुलुकमा भारतको इन्ट्री

    इरानलाई उछिन्दै कोरोना संक्रमितको १० औं मुलुकमा भारतको इन्ट्री

    काठमाडौं : विश्वभर कोरोना संक्रमित मुलुकहरुको सूचीमा इरानलाई पछि पार्दै भारत १० औं स्थानमा उक्लिएको छ। धेरै मुलुकहरुमा कोरोना संक्रमितको संख्या स्थिर हुनेक्रममा पुग्दा भारतमा भने नयाँ रेकर्ड कायम हुँदै संख्या थपिइरहेको छ। इरानमा आज बिहान सवा ६ बजेसम्मको तथ्याङ्कअनुसार १ लाख ३५ हजार ७ सय १ जना संक्रमित छन्। दशौं स्थानमा रहेको इरानलाई एघारौं स्थानमा झारेको भारतमा संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell