PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याहा, दुवै शिशु स्वस्थ

    कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याहा, दुवै शिशु स्वस्थ

    भारतको मध्य प्रदेशमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। २८ वर्षीया महिलाले इन्दोरको अस्पतालमा शनिवार जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। महाराजा टुकोजीराव होल्कर अस्पतालका डाक्टर सुमित शुक्लाले डेलिभरीपछि आमा र दुबै शिशु पूर्ण रुपमा स्वस्थ रहेको बताए। शिशुको जन्म कुनै अप्रेशन विना सामान्य रुपमा भएको डाक्टर शुक्‍लाले जानकारी दिएको पीटिआईलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण

    बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण

    बलिउड कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि उनी शनिवारदेखि घरमै क्वारेन्टाइनमा बसेका छन्। ७४ वर्षीय किरणले संक्रमण देखिए पनि आफूमा कुनै लक्षण नदेखिएको द इण्डियन एक्सप्रेसलाई बताएका छन्। किरण १४ मे मा स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए। त्यहाँ उनले कोरोना परीक्षणका लागि स्वाब दिएका दिएका थिए। रिपोर्ट पोजेटिभ आयो। उनको अर्को परीक्षणको तयारी भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • हिजो काठमाडौंमा भेटिएका संक्रमितका परिवारको लिइयो स्वाब

    हिजो काठमाडौंमा भेटिएका संक्रमितका परिवारको लिइयो स्वाब

    काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनका परिवारका थप दुई जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ। 'उहाँ धेरै बाहिर निस्किने र घुलमिल गर्नेखालको नभएकाले धेरै फैलिने सम्भावना कम छ,' गोकर्णेश्वर नगरपालिका ७ का अध्यक्ष केशव गुरुङले भने, 'त्यसैले धेरै आत्तिनुपर्ने अवस्था छैन।' उनका अनुसार परिवारका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी बिटमा नै असई मृत अवस्थामा फेला, टाउकोमा गोलीको दाग

    प्रहरी बिटमा नै असई मृत अवस्थामा फेला, टाउकोमा गोलीको दाग

    काठमाडौं : स्वयम्भूमा एक प्रहरी मृत अवस्थामा फेला परेका छन्। प्रहरी बिट स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) विष्णु कार्की मृत अवस्थामा फेला परेका हुन्। उनको टाउकोमा गोली लागेको छ। 'टाउकोमा चोट छ। गोली कसरी लाग्यो? के हो  भन्ने अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने। मृत कार्की राती १२ बजेसम्म ड्युटी सकेर बिटमा नै रहेको कोठामा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीतिर उकालिँदै कोरोनाको कहर : बिहानै थपिए १८, पुग्यो १२३

    कर्णालीतिर उकालिँदै कोरोनाको कहर : बिहानै थपिए १८, पुग्यो १२३

    काठमाडौं : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका एक जना र दैलेखकामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आइतवार बिहान ८ बजे सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका ५…

    विस्तृतमा पढ्नुस्

  • कोरोना नजचाएको भन्दै भतिजले काकालाई कुट्दा मृत्यु, नयाँ दिल्लीबाट पुगेका थिए युपी

    कोरोना नजचाएको भन्दै भतिजले काकालाई कुट्दा मृत्यु, नयाँ दिल्लीबाट पुगेका थिए युपी

    लखनउ : कोरोना भाइरस परीक्षण गर्न नमानेको भन्दै आफ्नै भतिजहरुले कुटेपछि एक २३ वर्षका युवकको मृत्यु भएको छ। नयाँ दिल्लीबाट उत्तर प्रदेशकी बिनजोर पुगेका युवकको ज्यान गएको हो। मिरौतमा उपचारका क्रममा मनजीत सिंह नामका ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मृत्युपछि उनका बाबु कल्याण सिंहले प्रहरीकहाँ किटानी उजुरी दिएका थिए। मनजितका भतिजहरु कपिल र मनोज तथा उनीहरुका आमा…

    विस्तृतमा पढ्नुस्

  • उधारोको विषयलाई लिएर डिल्लीबजार कारागारमा झडप

    उधारोको विषयलाई लिएर डिल्लीबजार कारागारमा झडप

    काठमाडौं : डिल्लीबजार कारागारभित्र झडप भएको छ। कैदीबन्दी र नाइके बीच झडप भएको हो।'भित्र कैदीबन्दी र नाइकेबीच झडप भएको देखियो। गोकुल गिरी नाइके विरुद्ध कैदीबन्दीले नाराबाजी गरेका छन्,' प्रहरी स्रोतले भन्यो। प्रहरी स्रोतका अनुसार नाइकेले उधारो दिन बन्द गरेपछि झडप भएको जानकारी दिएका छन्। त्यसपछि कैदीहरुले चौकीदार परिवर्तन गर्ने माग गर्दै नाराबाजी गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा संक्रमण देखिएपछि नयाँ बानेश्वरका तीन घर सिल

    प्रहरीमा संक्रमण देखिएपछि नयाँ बानेश्वरका तीन घर सिल

    काठमाडौः कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका १० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ।  प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए। ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ। ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते

    टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते

    काठमाडौँ : टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'एक आपसमा ठोकिँदा दुर्घटना भएर मृत्यु भएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्सालले भने। साढे ५ बजेतिर सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प…

    विस्तृतमा पढ्नुस्

  • नेपालकै होचो ठाउँमा प्रदेशकै उच्च कोरोना संक्रमित ग्राफ : झापा जोखिमको केन्द्र बन्दै

    नेपालकै होचो ठाउँमा प्रदेशकै उच्च कोरोना संक्रमित ग्राफ : झापा जोखिमको केन्द्र बन्दै

    काठमाडौं : नेपालको सबैभन्दा होचो ठाउँको परिचय बनाएको कचनकवल गाउँपालिका अहिले भने प्रदेश नम्बर एकको कोरोना संक्रमणको हटस्पट बन्दै छ। प्रदेश नम्बर १ उदयपुरको भुल्केलाई अहिले यो गाउँपालिकाले संक्रमित संख्यामा उछिनेको छ। यहाँ ३३ जना कोरोना संक्रमणका विरामी पुष्टि भइसकेका छन्। बिहीवार एकै दिन झापामा २३ जनामा कोरोना सङ्क्रमित थपिएका थिए। शनिवार थप एक जना कोरोना संक्रमित थपिए। तर, उनी…

    विस्तृतमा पढ्नुस्

  • सिक्किममा पनि भेटियो कोरोना, नेपालसँग जोडिएका सबै भारतीय राज्यमा संक्रमण

    सिक्किममा पनि भेटियो कोरोना, नेपालसँग जोडिएका सबै भारतीय राज्यमा संक्रमण

    काठमाडौं : नेपालसँग झन्डै १ सय किलोमिटर सीमा जोडिएको भारतीय राज्य सिक्किममा पहिलो कोरोना संक्रमण देखिएको छ। कोरोनाले भारतका अन्य राज्यहरुमा कहर मच्चाइरहँदा सुरक्षित रहेको सिक्किममा हिजो पहिलो कोभिड १९ केस देखा परेको हो। भारतमा हिजोसम्म १ लाख २९ हजार ५ सय ३९ जना संक्रमित भेटिएका छन्। लामो अवधिको लकडाउन पछि भारतले आप्रवासी मजदुरलाई उनीहरुको गाउँ फर्काउन थालेसँगै संक्रमण कम…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर बायर्नलाई चार अंकको अग्रता

    लिग लिडर बायर्नलाई चार अंकको अग्रता

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिखले फ्राङ्फर्टलाई हराउँदै अंकतालिकामा ४ अंकको अग्रता बनाएको छ। एलिनाज एरिया स्टेडियममा भएको खेलमा घरेलु टोली बायर्नले ५-२ को सहज जित निकालेको हो। खेलको १७ औं मिनेटमै लेओन गोरेट्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै थोमस मुलरले ४१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अगाडी रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • भारतले १० दिनभित्र २६ सय रेलबाट ३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै, नेपालतिर जोखिम

    भारतले १० दिनभित्र २६ सय रेलबाट ३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै, नेपालतिर जोखिम

    नयाँ दिल्ली : इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल संचालन गर्ने भएको छ जसबाट ३६ लाख आप्रवासी मजदुर आफ्नो गाउँ फर्किन सक्नेछन्। पछिल्लो २३ दिनमा यति नै संख्यामा श्रमिकका लागि रेल संचालनमा ल्याइसकिएको छ। भारतले रेल सेवा सुरु गरेर श्रमिक फिर्ता पठाउन थालेपछि नेपालमा पनि कोरोनाका संक्रमितको संख्या ह्वात्तै माथि लागेको हो। पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • नरैनापुरले गुहार्‍यो सरकार : संक्रमितलाई भगाउन खोजे, बचाउ...

    नरैनापुरले गुहार्‍यो सरकार : संक्रमितलाई भगाउन खोजे, बचाउ...

    काठमाडौं : बाँकेको नरैनापुरमा कोरोना संक्रमितलाई भगाउनेहरु सक्रिय भएको भन्दै गाउँपालिकाले सुरक्षाको माग गरेको छ। अत्याधिक संक्रमित भेटिएको यहाँको क्वारेन्टाइनको अव्यवथा कतै कोरोना विष्फोट हुने केन्द्र त बन्दैछैन?   प्रदेश पाँचको बाँकेमा रहेको सीमावर्ती गाउँ नरैनापुर नेपालमा कोरोना संक्रमित सबैभन्दा बढी हुने स्थानीय निकाय हो। भारतसँग सीमा जोडिएको र प्रदेशकै पनि पिछडिएको यस गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना कोरोना संक्रमित छन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले आज दिएको इदुल फित्रको सार्वजनिक बिदा भोलिलाई सार्‍यो

    सरकारले आज दिएको इदुल फित्रको सार्वजनिक बिदा भोलिलाई सार्‍यो

    काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रकाको विदा सारेको छ। गृहमन्त्रालयले सुचना जारी गर्दै आइतवारको लागि दिएको विदा सोमबार( भोली) लाई सारेको जानकारी दिएको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले धर्म गुरुहरुले दिन तय गरेपछि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। गृहले आइतवार विदा दिने निर्णय पनि सुनायो। तर आइतवार सार्वजनिक विदा घोषणा गरेपनि नेपाल र दक्षिण एसियामा चन्द्रमा नदेखिएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा १ जनासहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि : नुवाकोटमा नयाँ केस

    काठमाडौंमा १ जनासहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि : नुवाकोटमा नयाँ केस

    काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयलको नियमित पत्रकार ब्रिफिङ्मा मन्त्रालयलका प्रवक्ता विकास देवकोटाले १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। मोरङ, काठमाडौं, नुवाकोट जिल्लाका मानिसमा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६ सय ३ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • बुन्डेसलिगा: वुल्भ्सबर्गलाई हराउँदै डर्टमुन्डले शीर्ष स्थानका लागि अंकदुरी घटायो

    बुन्डेसलिगा: वुल्भ्सबर्गलाई हराउँदै डर्टमुन्डले शीर्ष स्थानका लागि अंकदुरी घटायो

    जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग तालिकाको दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले वुल्भ्सबर्गमाथि २-० को जित निकालेको छ। अघिल्लो खेलमा शाल्केलाई हराएको डर्टमुन्डले जितसँगै शीर्षस्थानको ब्रायनसँग अंक दुरी घटाएको छ। भोल्क स्वागेन एरेनामा भएको खेलमा डर्टमुन्ड पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गरेको थियो। खेलको ३२ औं मिनेटमा हजार्डको पासमा राफेल ग्वुर्रेइरोले गोल गर्दै खाता खोलेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सहकर्मी कोरोना मुक्त भएपछि महानगरका कर्मचारीमा खुशी

    सहकर्मी कोरोना मुक्त भएपछि महानगरका कर्मचारीमा खुशी

    वीरगंजः संक्रमित सहकर्मी कोरोना संक्रमण मुक्त भएपछि वीरगंज महानगरका कर्मचारीमा खुसियाली छाएको छ।  वीरगंज महानगरका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको थियो। शनिबार उनी कोरोना मुक्त भएका हुन्। नारायणी अस्पतालमा उपचाररत उनी शनिबार डिस्चार्ज भएका हुन्। शनिबार नारायणी अस्पतालका ९ जना डिस्चार्ज भएका छन्। बिहीबार कोरोनामुक्त भएका उनी छपकैयाका बासिन्दा हुन्। वीरगंज महानगरका सरसफाई इकाइ प्रमुख सर्फुद्दिन मियाले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला, बजेट र एमसीसीबारे छलफल हुँदै

    बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला, बजेट र एमसीसीबारे छलफल हुँदै

    काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु वालुवाटारमा भेला भएका छन्। दिउँसो ३ बजेपछि सुरु भएको भेलामा नेकपाका सचिवालय सदस्यबाहेक अर्थमन्त्री युवराज खतिवडा, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली र भीम रावल सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा बजेटको विषयमा छलफल हुने थापाले बताए। 'बजेटकै विषयमा छलफल हुने भएकाले अर्थमन्त्री पनि सहभागी हुनुहुन्छ, उनले भने। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि हेटौंडाको अस्पतालको ओपिडी बन्द

    काठमाडौंमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि हेटौंडाको अस्पतालको ओपिडी बन्द

    हेटौँडा : हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ। उक्त अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो। अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेशनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए। यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत् कोरोना परीक्षण गर्ने जनाइएको छ। सामाजिक विकास मन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell