काठमाडौं : मन्त्रिपरिषद्को निर्णय अनुसार निशान छापभित्र अंकित नक्सा परिवर्तनका लागि संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। उक्त प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो। सरकारले…
काठमाडौं : कोरोना भाइरसको कहर चलिरहँदा राष्ट्रिय खेलकुद परिषदले खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउन सुरु गरेको छ। अखिल नेपाल फुटबल संघले आयोजना गरेको एक कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले भाइरसको अवस्था र खेलाडीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउन थालेको बताएका हुन्। सिलवालले आगामी दिनहरुमा लिगलाई चाँडो संचालन गर्नुपर्ने अवस्था रहेको बताउँदै लकडाउनको टुंगो…
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाका नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। गत १ गते कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका नवजात शिशुसहित आफन्तहरुलाई धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको थियो। आइसोलेसन कक्षमा उपचार गराइरहेका उनीहरुको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। यसैबीच अस्पतालमा नवजात शिशुको पीसीआर टेष्ट दोहोर्याकएर गरिएको थियो।…
काठमाडौं : तीन दिनका लागि लेटाङ नगरपालिका सिल गरिने भएको छ। बिहीवार नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रवार राति १२ बजेदेखि सोमवार रातिको १२ बजेसम्म नगरपालिका सिल गर्ने उल्लेख गरेको छ। कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाउन सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले जानकारी दिए। छिमेकी जिल्ला झापा र मोरङमै पनि कोरोना संक्रमण देखिएकाले नगरपालिकामा जोखिम…
काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता अर्थ तथा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विदाबारे सैद्धान्तिक निर्णय भएको बताउँदै धर्म गुरुहरुले दिन तय गरेपछिमात्र मिति तोकिने पनि जानकारी दिए। त्यस्तै, बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव…
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले आज ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक गरेको छ। दशरथ रंगशाला परिसरमा भएको कार्यक्रममा एन्फा पदाधिकारी तथा राखेपका सदस्य सचिवको उपस्थितिमा टेक्निकल रिपोर्ट सार्वजनिक गरेको हो। कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो दक्षिण एसियाकै पहिलो कदम भएको दाबी गरेका छन्। ‘टेक्निकल रिपोर्टको ड्राफ्ट हेर्दा म अत्यन्त हर्षित थिएँ,’ कर्मछिरिङ शेर्पाले भने, ‘पछि फिफा…
वर्षकै ठूलो चीनको राजनीतिक सम्मेलनको रुपमा लिइने राष्ट्रिय जनकंग्रेसको तेस्रो सत्र शुक्रवारबाट सुरु भएको छ। १३ औं जनकंग्रेसको तेस्रो सत्र शुक्रवार बेइजिङस्थति ग्रेट हल अफ द पिपलमा सुरु भएको हो। सम्मेलन सुरुवात भएसँगै प्रधानमन्त्री लि खछ्याङले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यस्तै, चिनियाँ कानुन निर्माताहरूले मुलुकी ऐन सम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्न थालेका छन्। जनकंग्रेको स्थायी कमिटीका उपाध्यक्ष वाङ…
काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले विशेष सजगता अपनाउन थालेका छन्। सडकमा खटिने ट्राफिक प्रहरीलाई विषेश सुरक्षा अपनाउन निर्देशन दिइएको छ। किनकि उनीहरुले सडकमा गुड्ने सवारीको चेक गर्दा अरु मानिससँग प्रत्यक्ष सम्पर्कमा आउने गर्छन् र उनीहरुमा संक्रमणको जोखिम अत्यधिक देखिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले सडकमा खटिएका ट्राफिक प्रहरीको र्यापिड डाइग्नेस्टिक टेष्ट…
काठमाडौं : सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो। सरकारले अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा बिहीवार सार्वजनिक गरिसकेको छ।
बलिउड अभिनेता सोनू सूद लकडाउनका कारण मुम्बईमा फसेका प्रवासी मजदुरलाई घर फर्काउने अभियानमा सक्रिय छन्। देशभित्रकै विभिन्न राज्य र छिमेकी नेपालका प्रवासी मजदुरलाई खाना खुवाउँदै बसको व्यवस्था गरेर सोनूले मुम्बईबाट पठाउने गरेका छन्। यो कार्य गर्दा उनले सरकारबाट लिनुपर्ने अनुमतिमा भने ढिलाई हुँदा समस्या समेत उत्पन्न भएको छ। नवभारत टाइम्ससँगको कुराकानीमा सोनूले राज्य सरकारहरुबाट अनुमति लिन समस्या देखिएको बताए। उनले…
जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाखको सहयोग गरेको छ। बैंकका प्रदेश कार्यालय बर्दिवास र जनकपुर शाखाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति थियो। प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका…
काठमाडौं : पूर्वमन्त्री मोहम्मद आफताव आलमको रौतहट स्थित घरमा प्रहरीले राति छापा मारेको छ। बम विस्फोटको घटनामा जिल्ला अदालत रौतहटको आदेशमा आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा रहेका छन्। मध्यरातमा प्रहरी बम प्रकरणमा मुछिएका अभियुक्त महताव आलमलाई पक्राउ गर्ने प्रहरी रौतहटको राजपुरस्थित आलमको घरमा पुगेको थियो। तर घरमा प्रहरी छापा मार्न तथा पक्राउ गर्न आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए।…
काठमाडौं : शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले ३० जनामा कोरोना संक्रमण थपिएको पुष्टि गर्दा दुई जना चितवन भरतपुरका व्यक्ति पनि परे। भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएका दुवै जना एकै परिवारका भएको खुलेको छ। उनीहरु श्रीमान श्रीमती हुन्। 'उहाँहरु एउटै परिवारका हुनुहुन्छ,' भरतपुर महानगरपालिका वडा नम्बर ६…
काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राम सोगारथ तेली शुक्रवार बिहानैदेखि तनावमा रहे। उनको वडाका १५ जनाको कोरोना परीक्षणमा पोजेटिभ देखिएको समाचार फैलिएसँगै उनको तनाव बढेको हो। रामनगर गाउँपालिकाको ४ नम्बर वडामा रहेको तपस्वी जगदेव माविको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना पोजेटिभ देखिएको हो। गत ७ गते भित्रिएका ११ जना र त्यसअघि आएका ४ जना वडा नम्बर ७ का…
काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार बिहान ९ बजे सार्वजनिक गरेको तथ्याङ्कमा थप ३० जनामा कोरोना पोजेटीभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ८७ पुगेको छ। संक्रमित हुनेहरुमा सर्लाहीका १५ जना छन् भने कपिलवस्तुका ९ जना छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिकाका १ जना, चितवनको भरतपुर महानगरपालिकाका २ जना, नवलपरासी…
पटना : पछिल्लो २४ घन्टामा बिहारमा ३ सय १३ कोरोना संक्रमणका नयाँ केस देखा परेको छ। यससँगै बिहारमा १ हजार ९ सय ८७ जना संक्रमित दर्ता भएका छन्। ५ सय ९३ जना कोरोनामुक्त भइसकेको भए पनि आप्रवासी कामदार फर्कनेक्रमसँगै यहाँ संक्रमितको संख्या उकालो लागेको हो। बिहारमा अहिलेसम्म १० जनाको ज्यान गुमिसकेको छ। वैशाली हाजिपुरको क्वारेन्टाइन केन्द्रमा आत्महत्या गरेका ३० वर्षीय…
काठमाडौं : कोरोनाको संक्रमित संख्या विश्वभर ५१ लाख १ हजार ४ सय पुगेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या १५ लाख ७६ हजार ८ सय ८९ पुगेको छ भने रसिया र ब्राजिलमा ३ लाखभन्दा माथि संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। रसियामा ३ लाख १७ हजार ५ सय ५४ संक्रमित पुगेका छन्। ब्राजिलमा ३ लाख १० हजार ८७ संक्रमित…
काठमाडौः उपचार गराउन आएका एक जना मानिसलाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भएका ३९ वर्षीय जय बहादुर घले भन्ने प्रकाश घलेलेलाई पक्राउ गरेको हो। घलेले जेठ २ गते लगनखेलमा सोलुखुम्बु माता दूधकोसी गाउँपालिकाका भक्तवीर राईलाई विभिन्न प्रलोभनमा पारेर १ लाख रुपैयाँ ठगी गरेका थिए। बा ६९ प १४०२…
कोलकाता : अंपुन चक्रवातकाका कारण भारतमा मर्नेहरुको संख्या एकै रात १२ बाट ७२ पुगेको छ। मृत्यु हुनेमा कोलकाताका मात्र १५ जना रहेका छन्। लगातारको नौ घन्टा अवधिमा दक्षिणी बंगालका सातवटा जिल्ला अत्याधिक प्रभावित भए। घर भत्किँए, बिजुली अवरुद्ध भयो। बिहान कोलकाताको सडकमा ११ वटा शव फैला परे। सयौं घर भत्किएका छन् भने रुख ढलेर बाटो अवरुद्ध भएको छ। लगातारको पानीले…
काठमाडौं : नेपालका चर्चित कलाकारहरू नायिका मनिषा कोइरालाको पक्षमा उभिएका छन्। नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्सा जारी गरेपछि नायिका कोइरालाले सो निर्णयको समर्थन गरेकी थिइन्। सोही विषयलाई लिएर भारतीय मिडिया कोइरालाविरूद्द खनिँदा नेपालका कलाकार मनिषाको पक्षमा उभिएका हुन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दीपाश्री निरौला र जितु नेपालले मनिषाको समर्थन गरेका छन्। कलाकार मदनकृष्ण श्रेष्ठले आफु भूगोलको…