काठमाडौँ : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनका कारण सिमाना रोकिएका नेपालीहरूलाई व्यवस्थित तरिकाले नेपाल प्रवेश गराउने भएको छ। प्रशासनले भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई गड्डाचौकी नाकाबाट औपचारिक रूपमा नेपाल ल्याइने भएकोले प्रवेश गर्न चाहने सबै नागरिकहरुले अनुशासित, मर्यादित भएर आउन आग्रह गरेको छ। त्यस्तै, यसरी आउने मानिसको विस्तृत विवरण सङ्कलन गरिने भएकाले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्य रूपमा भर्न हुन…
जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लाइपजिगले माइन्जमाथि ५-० को फराकिलो जित निकालेको छ। ओपेल एरेनामा भएको खेलमा घरेलु टोलीलाई हराउन टिमो वेर्नरले ह्याट्रिक गरे। खेलको ११ औं मिनेटमै वेर्नरले लाइपजिगको खाता खोलेका थिए। त्यस्तै खेलको २३ औं मिनेटमा युसुफ पउलसेन र मार्सेल सबिट्जेरले ३६ औं मिनेटमा गोल गर्दा लाइपजिगले पहिलो हाफमा ३ गोलको अग्रता बनायो। दोस्रो हाफमा वेर्नरले नै…
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा थप कडाइ गरेको छ। आइतवार बसेको जिल्ला सुरक्षा समिति तथा स्थानीय तहका जनप्रतिनिधिको संयुक्त बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको भन्दै लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो। औषधि उपचार सेवा बाहेक बैंक वित्तीय संस्था तथा तरकारी पसलहरु सबै बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनका अनुसार…
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाका प्रमुख वन अधिकृत (दशौँ तह) सन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। काठ व्यवसायीसँग घुस लिएर काठमाडौँ आउँदै गर्दा पक्राउ परेकी उनीमाथि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले श्रेष्ठविरुद्ध दुई लाख तीन हजार ५०० रुपैयाँ बिगो दाबी गरेको छ। डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत सन्तमायाले काठ…
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलकासाथ खटिन मातहतका अधिकृतलाई निर्देशन दिएका छन्। हालै सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए पछि मातहत अधिकृतहरुलाई उनले सो निर्देशन दिएका हुन्। नेतृत्व तहले राष्ट्र¸ जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँ नभई राष्ट्र र…
जनकपुरधाम : सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका सञ्चालक विजय झाले प्रदेश सरकारले अनुमति दिए आफू कोरोना उपचारका लागि कोभिड-१९ अस्पताल बनाउन तयार रहेको बताएका छन्। सञ्चालक झाले प्रदेश २ का दक्षिण सिमाना भारतसँग जोडिएकोले कोराना महमारीको उच्च जोखिम रहेको भन्दै महामारीको चपेटामा परेकाहरुको उपचारको निमित्त प्रदेश सरकारले अनुमति दिए आफूहरु १०० शय्याको कोभिड-१९ विषेश अस्पताल बनाउन तयार रहेको बताएका हुन्। झाले…
काठमाडौं : जिल्ला सुरक्षा समिति बाँकेले कोरोना भाइरसबाट प्रभावित नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ। नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ। ‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो,’ बाँकेका सहायक प्रमुख जिल्ला…
काठमाडौँः होमियोप्याथिक औषधिबाट कोरोना उपचार हुन्छ भन्ने विश्वास उपचारसँग नजोड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। हालसम्म कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा होमियोप्याथिक तथा आयुर्वेद औषधिबाट कारोना निको हुनेमा कुनै प्रमाणित सत्यता नरहेको मन्त्रालयको भनाई छ। नियमित स्वास्थ्य बिफ्रिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसलाई उपचारसँग नजोड्न पनि आग्रह गरे। देवकोटाले भने, ‘हालसम्म उपचार पत्ता लागिसकेको छैन। विश्वका धेरै वैज्ञानिक भ्याक्सिन…
काठमाडौं: प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद र सांसदहरुको लोगो परिमार्जन गर्ने निर्णय गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आइतवार बसेको बैठकले संघीय संसद र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको हो। सिंहदरबारमा बसेको उक्त बैठकको निर्णयअनुसार रोष्ट्रमा राखिएको लोगो र सदस्यहरुले लगाउँदै आएको लोगो परिमार्जन हुनेछ। बैठकले…
हेटौंडाः पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको भन्दै अफहवा फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो। निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो। रिजालले शनिबार सामाजिक…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेर जारी गरिएको नयाँ नक्सा घरघरमा पुऱ्याउँदै हिड्नु सस्तो लोकप्रियता भएको टिप्पणी गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार जारी गरेको नक्सा मन्त्री पद्मा अर्यालले शीर्ष नेताहरुको घरघरमा पुगेर हस्तान्तरण गरिरहेकी छन्। थापाले मन्त्री अर्याललाई लक्षित गर्दै ट्वीटरमा भनेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिड्ने…
इस्लामावाद : पाकिस्तानमा कोरोना संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको छ। ११ सय २५ जना कोरोनाबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ५३ हजार ७ सय ७४ पुगेको छ। पाकिस्ताको सिन्धमा सबैभन्दा धेरै संक्रमित छन्। त्यहाँ २१ हजार ६ सय ४५ जनामा संक्रमण देखिएको हो। पञ्जाबमा १८ हजार ७ सय ३० संक्रमित रहेका छन्। केपीमा ७ हजार ६ सय…
काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत तथा अन्य प्रहरीको कोरोना संक्रमणको लागि स्वाब संकलन गरिएको छ। महानगरीय प्रहरी वृत्त तथा त्यस अन्तर्गतका प्रभाग र अन्य गरेर २ सय ३१ जनाको स्वाब संकलन गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी रुकुम कुँवरले जानकारी दिए। 'हामी सबैको स्वाव संकलन गरिएको छ,' डिएसपी कुँवरले भने। लकडाउनको समयमा सडकमा खटिएका प्रहरी नायव निरीक्षक (सई) र…
गगन थापा नेपालको संविधानको धारा ९ को उपधारा (२) संग सम्बन्धित अनुसूची ३ मा नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा संसोधन प्रस्ताव दर्ता गरेको छ। राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा यस प्रस्तावलाई पारित गरौं। नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुनेछ। यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै…
दिल्ली सरकारले जारी गरेको एक विज्ञापनमा सिक्किमलाई नेपाल र भुटान जस्तै छुट्टै देशको रुपमा चित्रण गरिएको भन्दै भारतमा विवाद सिर्जना भएको छ। भारतको केन्द्रीय सरकारको सत्तारुढ दलले दिल्ली सरकारले माफी माग्नुपर्ने बताएको छ। यता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सिक्किम भारतको अभिन्न अंग भएको भन्दै विज्ञापन स्वीकृत गर्ने अधिकारीलाई कारवाही गरिने स्पष्टिकरण दिएका छन्। केजरिवालले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।…
काठमाडौं : राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको लोगो र राष्ट्रिय सभाका सांसदले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको कार्यकक्षमा आइतवार बसेको बैठकले संघीय संसदका दुबै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने निर्णय गरेको हो। त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय पनि गरेको…
दिल्ली सरकारले जारी गरेको एक विज्ञापनमा सिक्किमलाई नेपाल र भुटान जस्तै छुट्टै देशको रुपमा चित्रण गरिएको भन्दै भारतमा विवाद सिर्जना भएको छ। भारतको केन्द्रीय सरकारको सत्तारुढ दलले दिल्ली सरकारले माफी माग्नुपर्ने बताएको छ। यता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सिक्किम भारतको अभिन्न अंग भएको भन्दै विज्ञापन स्वीकृत गर्ने अधिकारीलाई कारवाही गरिने स्पष्टिकरण दिएका छन्। केजरिवालले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।…
नेपाल भारत सम्बन्धमा गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी अभिनेत्री वर्षा राउतले माफी मागेकी छिन्। वर्षाले शनिवार आफ्नो फेसबुक अकाउन्टबाट लाइभ गर्दै नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका पत्रकारहरुले उचालेको, झगडा उत्पन्न गराएको बताएकी थिइन्। दुई देशका अधिकारीले टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको उनको भनाई थियो। यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना…
काठमाडौं : डिल्लीबजार कारागारभित्र झडप विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागले छानविन समिति गठन गरेको छ। विभागका निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटाकलाई छानविन गर्न जिम्मेवारी दिएको विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए। आइतवार बिहान कारागारमा कारागारका नाइके र कैदीबन्दीबीच विवाद हुँदा झगडा भएको थियो। 'लकडाउनमा आफन्त भेट्न रोक लगाइएको छ। त्यसैले कैदीसँग पैसा छैन। नाइकेले उधारोमा सामान…
काठमाडौं : बाग्लुङको पश्चिमी क्षेत्रका चार वटा पालिका आजबाट सिल गरिएको छ। ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका आजदेखि लागू हुने गरी जेठ २० गतेसम्मका लागि सिल गरिएको हो। लकडाउनलाई मध्यनजर गरी चार वटै पालिकाका प्रमुख उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको उपस्थितमा शनिवार बसेको बैठकले पालिका सिल गर्ने निर्णय गरेको थियो। बैठकले चार वटै पालिकाका मुख्य सीमा…