विजय शिवाकोटी - धेरै लामो बाटो सँगै हिँडिसके पछि उ भन्छे अब हामी छुटौं धेरै झरी सँगै रुझे पछि उ भन्छे- अब घाम लाग्यो म जान्छु ती यात्राहरु, ती घुम्तीहरु ती यात्राका क्रमका साथहरु ती पलहरु सँगै बिताएका ती साँझहरु एकाएक बिर्सिएर उ छुट्टिने कुरा गर्छे म निशब्द हुन्छु म स्तब्ध हुन्छु मैले सोचेकै थिइन उ मसँग टाढिन सक्छे…
काठमाडौं : शुक्रवार राति नक्सालको होटेल मेरियट होटलमा जीप दुर्घटना भएको छ। दुर्घटनाको कारण होटेलको गेट र दुईवटै सवारी साधनमा क्षति पुगेको छ। राति ९ बजेर ५ मिनेटमा होटेलको पार्किङबाट निस्किँदै गरेको बा २१ च ८१०८ नम्बरको जीप अनियन्त्रित भई होटेलको गेटमा ठोक्किन पुगेको थियो। त्यस्तै जीपले पार्किङमा राखेको बा २१ च १५१० नम्बरको कारलाई पनि क्षति पुर्याएको छ। जीप…
काठमाडौं : बजेट सार्वजनिक भएपछि त्यसले पार्ने प्रभाव, सम्भावना र चुनौतीका विषयलाई लिएर नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले पाँच दिने छलफल आजबाट सुरु गर्दैछ। विभिन्न विषयका विज्ञहरु छलफलमा सहभागी हुने संघका महासचिव तेज सुवेदीले जानकारी दिए। दिउँसो ३ बजेदेखि ५ बजेसम्म वेबिनारबाट चार्टर एकाउन्टेन्टहरु जोडिनेछन्। करका दरमा भएका परिवर्तन र त्यसले आगामी दिनमा पार्ने असर छलफलको विषय हुने उनले बताए। आजबाट…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ९:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। अमेरिकी मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुन: विवाद सुरु भएको छ। बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाइने उल्लेख छ। नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम…
काठमाडौं : विश्वभर कोरोनाबाट करिब ६० लाख मानिस संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ७:१७ बजेको तथ्याङ्कअनासर ५९ लाख २३ हजार ४ सय ३२ जना कोरोना संक्रमित छन्। संक्रमणको संख्यामा फराकिलो अन्तर राखेको अमेरिकामा १७ लाख ४५ हजार ९ सय ३० जना संक्रमित पुगेका छन्। कोरोनाको कहर भित्रिसक्दा पनि अमेरिकी सरकारले देखाएको लापर्वाही र आक्षेपको राजनीतिले उसलाई नराम्ररी…
दीपज्योति श्रेष्ठ- ओहो! तिमी त १३ वर्षको भएछौ। मैले त तिम्रो उपस्थिति महसुस गर्ने सुरमा तिम्रो उमेर काउन्ट गर्नै पो बिर्सेछु। केही वर्षअघि जस्तो लागेको थियो तिमी जन्मेको। उत्साहमा देश दिपावलीले जगमग भएको। तिमी जन्मेसँगै कैयौंले अब सुखी र सम्वृद्ध नेपाली हुने आशा र सपना भरेको। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्ष पुरानो राजतन्त्रलाई…
काठमाडौं : विश्वभर कोरोनाबाट करिब ६० लाख मानिस संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ७:१७ बजेको तथ्याङ्कअनासर ५९ लाख २३ हजार ४ सय ३२ जना कोरोना संक्रमित छन्। संक्रमणको संख्यामा फराकिलो अन्तर राखेको अमेरिकामा १७ लाख ४५ हजार ९ सय ३० जना संक्रमित पुगेका छन्। कोरोनाको कहर भित्रिसक्दा पनि अमेरिकी सरकारले देखाएको लापर्वाही र आक्षेपको राजनीतिले उसलाई नराम्ररी…
कोलकाता : पश्चिम वंगालका मुख्यमन्त्री ममता बेनर्जीले भारतको रेलबेलाई कोरोना संक्रमण फैलाउन मद्दत गरेको भन्दै आक्षेप लगाएकी छिन्। लकडाउनमा फसेका आप्रवासी मजदूरलाई उनीहरुको घर पठाउन श्रमिक स्पेसल रेल सेवा सुरु गरिएको छ जसलाई ममताले ‘कोरोना एक्सप्रेस’ नाम दिएकी छिन्। वंगालमा कोरोना संक्रमित बढ्नुको मुख्य कारण यही रेल रहेको उनको टिप्पणी छ। केन्द्र सरकारको निर्णयमाथि कडा रुपमा प्रस्तुत भएकी उनले १…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध खारेज गर्ने जनाएका छन्। साथै हङ्कङ तथा कोरोना भाइरस पेन्डामिकको विषयलाई लिएर चीनामाथि प्रतिवन्ध लगाउने समेत उल्लेख गरे। ह्वाइट हाउसमा टेलिप्रम्पटरबाट वक्तव्य पढ्दै ट्रम्पले अमेरिका अध्ययन गरिरहेका चिनियाँ अनुसन्धानकर्तालाई निषेध गर्ने जनाएका छन्। अमेरिकी सुरक्षामा उनीहरु चुनौती हुने ट्रम्पको दावी छ। साथै उनले अमेरिकी स्टक एक्स्चेन्जमा दर्ता भएका चिनियाँ कम्पनीहरुविरुद्ध…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादबारे भारतसँग वार्ताका लागि औपचारिक मिति र मोडालिटीको पर्खाइमा रहको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा मन्त्री ज्ञवालीले वार्ताको माध्यमबाटै सीमा समाधान गर्न औपचारिक मिति र मोडालिटी तय भइनसकेकोले त्यसको पर्खाइमा रहेको बताएका हुन्। सरकारले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी गरेको समेत मन्त्री ज्ञवालीले…
काठमाडौँ : आज पनि झापाको कचनकवल गाउँपालिकामा २४ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण देखिएको हो। प्रदेश नम्बर १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएको गाउँपालिका हो कचनकवल। यससँगै अहिलेसम्म कचनकवलमा मात्रै ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार मात्र २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवामा संक्रमण देखिएको थियो।…
काठमाडौं : आज १ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार तेस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए। नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या…
काठमाडौँ : बिहीवार बौद्धको सिमलटारमा कोरोना परीक्षणको क्रममा झडप भएको छ। झडपका क्रममा केही मानिस सामान्य घाइते भएका छन्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसलेहरुले कुर्सी कुर्सीले हानेको देखिएको छ। त्यस्तै पीपीई लगाएका चिकित्सकहरू समेत भागाभाग गरेका छन्। आखिर भएको के थियो? बिहीवार हुम्लाका सांसद छक्कबहादुर लामाले लकडाउनका समयमा काठमाडौँभित्र अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लिएर जाने योजना बनाए।…
काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा चार सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयलले जनाएको छ। सप्तरीमा ५ जना धनुषा जिल्लामा एक जना सर्लाहीमा ४ जना रौतहट जिल्लामा ७३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बारा जिल्लामा चार जना र पर्सा जिल्लामा ५…
काठमाडौं : कोभिड-१९ विरुद्ध लड्न विश्वका अधिकांश देशमा लकडाउन छ। लकडाउन जारी रहँदा परिवार नियोजनका साधनहरुको अभाव हुने र यस्ता साधनहरुमा महिलाको पहुँच कम हुने राष्ट्रसंघीय जनसंख्या नियोग (युएनएफपीए)ले रिपोर्ट नै सार्वजनिक गरेको छ। सो रिपोर्टमा तीन महिनामा तीन लाख २५ हजार अनिच्छित गर्भारण हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै यो लकडाउन एक वर्षसम्म कायम रहे एक करोड ५० लाख…
काठमाडौं : 'सन् २०२० भित्र नेपालमा गुड्ने २० प्रतिशत गाडी बिजुलीबाट चल्नेछन्। पेट्रोलियम पदार्थ माथिको परनिर्भरताको क्रमश अन्त्य हुँदै जानेछ।' यो भनाई हो प्रधानमन्त्री केपी शर्मा ओलीको। २०७५ कार्तिक ६ गते साझा यातायातको विद्युतीय बसको उद्घाटन गर्नेक्रममा उनले यसै भनेका थिए। प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले हिजो ल्याएको बजेटले भने उनको बोलीको उल्टो बाटो लिएको छ। नयाँ बजेटअनुसार अब विद्युतीय गाडी…
काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा भेटिएका दुई जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। गोकर्णेश्वर ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नम्बर ७ शिवचोकका ३५ वर्षीय पुरुष ठीक भएर डिस्चार्ज भएका हुन्। दुवैलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो। दुवैजनाको पछिल्लो दुई पटकको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले जानकारी दिए।
भारतको माथिल्लो सदन राज्यसभामा कोरोना भाइरस प्रवेश गरेको छ। राज्यसभा सचिवालयका सदस्यमा कोरोना भाइरसको संक्रमण पाइएको समाचार संस्था एएनआईले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि राज्यसभा सचिवालयको एक भाग सिल गरिएको छ। संसद भवनमा पनि उच्च सतर्कता अपनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार पुगेको छ। ४ हजार ७०६ जनाको मृत्यु भएको छ। ७१ हजार १०६…
काठमाडौँ : कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दिउँसो २ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीहरूलाई फिर्ता गर्ने विषयमा छलफल हुने जानकारी दिए। उनले भने, ' बैठक कोरोनाकै विषयमा छलफल गर्न हो। विदेशमा अलपत्र रहेका नेपालीहरूलाई कसरी फिर्ता ल्याउने…
काठमाडौं: बिहीवार निधन भएका वरिष्ठ गीतकार रत्नशम्शेर थापाको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएका छन्। शुक्रवार विहान आर्यघाट नजिकै आयोजित श्रद्धाञ्जली सभामा गगनले राष्ट्रिय झण्डा ओढाएका हुन्। गगन थापा बस्ने काठमाडौं क्षेत्र नम्बर ४ का सांसद हुन्। श्रद्धाञ्जली सभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आउने भनिए पनि उनी नआएपछि सो…