PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • सिन्धुपाल्चोकमा भारतबाट फर्किएका ५ जनामध्ये एकमा कोरोना, चारको रिपोर्ट नेगेटिभ

    सिन्धुपाल्चोकमा भारतबाट फर्किएका ५ जनामध्ये एकमा कोरोना, चारको रिपोर्ट नेगेटिभ

    काठमाडौं : सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएका इन्द्रावती गाउँपालिका वडा नम्बर १० का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका एक अधिकारीले जानकारी दिए। उनी जेठ १३ गते भारतबाट मेलम्ची आइपुगेका थिए। उनीसहित पाँच जनालाई क्वारेन्टाइनमा राखिएको थियो। उनीसँगै भारतबाट आएका अन्य चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको स्वाब संकलन…

    विस्तृतमा पढ्नुस्

  • 'चालकलाई नै कोरोना लागेको भए पनि रेस स्थगित हुँदैन'

    'चालकलाई नै कोरोना लागेको भए पनि रेस स्थगित हुँदैन'

    यदि चालकलाई नै कोभिड १९ सङ्क्रमण पाइए पनि फर्मुला वानको रेस स्थगित नहुने एफवानका कार्यकारी निर्देशक चेज केयरीले बताएका छन्। अस्ट्रियामा ५ जुलाईबाट सुरु हुने रेसको क्यालेन्डर प्रकाशनसँगै केयरीले यस्तो प्रतिकृया दिएका हुन्। कोभिड १९ ले विश्वभरको खेलकुदलाई प्रभावित पारिएको र अझै सङक्रमण बढिरहेको अवस्थामा उनको यस्तो भनाइ आएको हो। यसअघि १५ मार्चमा अस्ट्रेलियामा तय गरिएको रेसमा एकजनामा कोरोना टेस्ट…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनकारीले तोडे कर्फ्यु, अमेरिकामा तनाव कायमै

    आन्दोलनकारीले तोडे कर्फ्यु, अमेरिकामा तनाव कायमै

    अमेरिकामा लगाइएको कर्फ्युलाई आन्दोलनकारीहरुले तोडेका छन्। प्रहरीले अस्वेतमाथि गरेको दुर्व्यवहारलाई लिएर भड्किएको आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गरेर भए पनि अवस्थालाई नियन्त्रणमा लिने बताएका थिए। ह्वाइट हाउसमा प्रदर्शन चर्को भएपछि उनी सेनाको सुरक्षासहित बंकरभित्र बस्न पुगेका थिए। पेन्टानगनले वासिङ्टनका लागि १६ सय सैनिकको ट्रुप परिचालन गरेको छ। अमेरिकाका शहरहरुमा हिंसा फैलिरहेपछि सेना परिचालन भएको हो। अमेरिकाका…

    विस्तृतमा पढ्नुस्

  • २४ घन्टामा भारतमा थपिए ८ हजार ९ सय ९ संक्रमित

    २४ घन्टामा भारतमा थपिए ८ हजार ९ सय ९ संक्रमित

    भारतमा एकै दिन ८ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। २४ घन्टामा संक्रमित थपिएको यो सबैभन्दा ठूलो संख्या हो। कोरोनाका कारण विश्वका सबैभन्दा खराब मुलुकहरुको सूचीमा सातौ स्थानमा छ भारत। भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ। भारतमा एकै दिन ८ हजारभन्दा बढी संक्रमित भेटिएको यो चौथो पटक हो। भारतमा १…

    विस्तृतमा पढ्नुस्

  • अबको लकडाउनको स्वरुप कस्तो? प्रधानमन्‍त्रीले २५ जना विज्ञलाई बोलाए बालुवाटार

    अबको लकडाउनको स्वरुप कस्तो? प्रधानमन्‍त्रीले २५ जना विज्ञलाई बोलाए बालुवाटार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन्। छलफलका लागि आज दिउँसो ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइएका हुन्। लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'लकडाउनको मोडालिटी मात्रै होइन। यसको इम्प्याक्टमा छलफल हुन लागेको हो। प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन…

    विस्तृतमा पढ्नुस्

  • रोकिएको लोकसेवाको अन्तर्वार्ता सुरु हुँदै, काठमाडौं बाहिरका आउजाउ गरेकाले पीसीआर परीक्षण गराउनुपर्ने

    रोकिएको लोकसेवाको अन्तर्वार्ता सुरु हुँदै, काठमाडौं बाहिरका आउजाउ गरेकाले पीसीआर परीक्षण गराउनुपर्ने

    काठमाडौं : लोकसेवा आयोगले कर्मचारीको अन्तर्वार्ता अगाडि बढाउने भएको छ। आज सूचना जारी गर्दै लोकसेवाले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका लागि दोस्रो र तेस्रो चरणको परीक्षा संचालन हुने जानकारी गराएको छ। चैत १२ गतेका लागि तोकिएको अन्तर्वार्ता लकडाउनका कारण स्थागित भएको थियो। '१२ गतेदेखि नै सुरु हुनुपर्नेमा लकडाउनका कारण रोकिएको थियो। त्यही परीक्षा कार्यक्रम अगाडि बढाइएको हो,'…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ का ७८६ संक्रमित मध्ये ९१ प्रतिशत भारतबाट आएका

    प्रदेश ५ का ७८६ संक्रमित मध्ये ९१ प्रतिशत भारतबाट आएका

    काठमाडौं : प्रदेश ५ मा संक्रमितको संख्या ७ सय ८६ पुगेको छ। मंगलवार दिउँसो चार बजेसम्म प्रदेशमा संक्रमितको संख्या ७५३ थियो। प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो पटक थप ३३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांक अनुसार कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ९३ पुगेको छ। त्यस्तै बाँके जिल्लामा २ सय १३, रुपन्देहीमा ८८, दाङमा ५३, बर्दियामा १३, नवलपरासी पश्चिममा ७,…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो भएको हल्ला मात्र हो, बैंक वित्तीय संस्थाका कर्मचारीले राष्ट्र बैकले दिएको पास लिएर हिँड्नु होलाः महानगरीय ट्राफिक प्रमुख ढकाल

    लकडाउन खुकुलो भएको हल्ला मात्र हो, बैंक वित्तीय संस्थाका कर्मचारीले राष्ट्र बैकले दिएको पास लिएर हिँड्नु होलाः महानगरीय ट्राफिक प्रमुख ढकाल

    काठमाडौं: सरकारले पछिल्लो पटक थप गरेको लकडाउन समय आज रातिबाट सुरु भएको छ। धेरै मानिसले बुधवारबाट लकडाउन खुल्ने अनुमान गरेका थिए। मङ्गलवार काठमाडौँ उपत्यकाभित्र लकडाउन खुकुलो भएको भन्दै सवारी साधन सडक लिएर निस्किए। त्यसैले मङ्गलवार लकडाउन अवधिमा सबैभन्दा धेरै सवारी साधन कारबाहीमा परे। १८ सय ६ जना कारबाहीमा परेको थिए। के काठमाडौँ उपत्यकाभित्र लकडाउन खुकुलो भएको हो? महानगरीय ट्राफिक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • गोरखपुरसम्म विमानमा, त्यसपछि सडकबाटै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

    गोरखपुरसम्म विमानमा, त्यसपछि सडकबाटै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

    काठमाडौं : सरकारले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेसँगै दिएको अभिव्यक्तिका कारण कलाकार मनिषा कोइराला चर्चामा छिन्। जीवनको लामो समय भारतीय कलाक्षेत्रमा बिताएकी मनिषाको अभिव्यक्तिले नेपालमा उनको वाहवाही बढ्यो भने भारतीय मिडियाले चर्को खेदो खने। त्यसैले पनि मनिषाको दिनचर्यामा सबैको चासो हुनु स्वभाविक हो। सरकारले नयाँ नक्सा सार्वजनिक गरिरहँदा मनिषा कहाँ थिइन्, धेरैलाई थाहा हुने कुरै भएन। मंगलवार भने फेरि मनिषा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा थपिए थप एक संक्रमित

    गण्डकीमा थपिए थप एक संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा थप एक जनामा संक्रमण पुष्टि भएको छ। नवलपरासी बर्दघाट सूस्ता पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षका किशोरमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनी कपिलवस्तुको वाणगंगास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा थिए। उनको हाल भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • हङ्कङले पाउँदै आएको विशेष अधिकार खोसिनसक्ने बेलायती प्रधानमन्त्रीको टिप्पणी

    हङ्कङले पाउँदै आएको विशेष अधिकार खोसिनसक्ने बेलायती प्रधानमन्त्रीको टिप्पणी

    चीनले हङ्कङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने हो भने बेलायतले आफ्नो अध्यागमन नीतिलाई फेर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जनाएका छन्। जोन्सनको साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित विचारमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। 'सन् १९९७ मा हस्तान्तरण भएपछि एक देशका दुई प्रणालीको अवधारणा लागू गरिएको थियो, बेलायत र चीनबीच भएको संयुक्त घोषणाअनुसार हङ्कङको आधारभूत कानुन यथावत राख्ने भनिएको थियो,' जोन्सनले लेखेका…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै खल्तीबाट दिए झै गर्ने अर्थमन्त्रीको भाषण शैली : लोकतान्त्रिक बजेटको अलोकतान्त्रिक ढाँचा

    आफ्नै खल्तीबाट दिए झै गर्ने अर्थमन्त्रीको भाषण शैली : लोकतान्त्रिक बजेटको अलोकतान्त्रिक ढाँचा

    हंशराज जोशी - हरेक वर्ष सरकारले गर्ने गरेको बजेट भाषण नछुटाई सुन्न थालेको करिब २ दशक भयो। यसमा पनि बजेटको कुराकानी अलि अलि बुझ्न थालेको त एक दशक यता मात्र होला। बजेटको प्राविधिक पक्षमा विश्लेषण गर्ने हैसियत राख्दिन। तर, लोकतन्त्र स्थापना पूर्व र पश्चातको बजेटको शैलीमा नआएको परिवर्तनको केही दृष्टान्त उजागर गर्ने प्रयास गर्नेछु। पञ्चायती ब्यवस्था हुँदै, राजतन्त्र र राजाको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार

    भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार

    एकै दिन ८ हजारभन्दा धेरै संक्रमित थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार भएको छ। संक्रमितको संख्या दुई लाख पार भएको दिन भारतमा कोरोनाका कारण २ सय १९ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेमा ३८ प्रतिशत ६० प्रतिशतभन्दा माथिका रहेका छन्। भारतमा पछिल्लो १५ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ। शहरी क्षेत्रमा बढी फैलिएको संक्रमण भारतको गाउँगाउँमा…

    विस्तृतमा पढ्नुस्

  • चेकिङ कडा छ, सवारी पास भए पनि काम नभइ ननिस्किनुहोला : ट्राफिक प्रहरी

    चेकिङ कडा छ, सवारी पास भए पनि काम नभइ ननिस्किनुहोला : ट्राफिक प्रहरी

    काठमाडौं : काठमाडौँ उपत्यकाभित्र केही दिनयता सडकमा सवारीको चाप बढेको छ। सरकारले जारी गरेको लकडाउन खुकुलो भएको भन्दै सर्वसाधारण सडकमा निस्किने गरेका छन्। लकडाउनको मोडालिटी परिवर्तन नहुँदा केही व्यापारी विरोधमा समेत उत्रिने थालेका छन्। सडकमा सवारीको चाप बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन थप कडा पारिएको जानकारी दिएको छ। मङ्गलवार मात्र लकडाउन उल्लङ्घन गर्ने १ हजार ५ सय ८४ वटा २…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अब कस्तो? मोडालिटी फेर्न सरकारमाथि व्यवसायीको दबाब

    लकडाउन अब कस्तो? मोडालिटी फेर्न सरकारमाथि व्यवसायीको दबाब

    काठमाडौंः कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले डाकेको बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले अर्थतन्त्र समस्यामा परेको बताएका छन्। उनीहरुले लकडाउनलाई खुकुलो बनाउन समेत माग गरेका छन्। लकडाउनको मोडल परिर्वतन गर्ने विषयमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग समितिले छलफल गरेको हो। मंगलबार सिहंदरबारमा बसेको बैठकमा निजी क्षेत्रले लकडाउन खुलाएर अर्थतन्त्रलाई चलायमान बनाउन माग गरेका छन्। लकडाउन खुकुलो पारेर…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटना : बेपत्ता भएको १० दिनपछि गोबिन्द शाहीको पनि शव फेला, घटनामा ज्यान गुमाउने उनी छैठौँ व्यक्ति

    रुकुम घटना : बेपत्ता भएको १० दिनपछि गोबिन्द शाहीको पनि शव फेला, घटनामा ज्यान गुमाउने उनी छैठौँ व्यक्ति

    काठमाडौं : पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ स्थित भेरी नदीमा बेपत्ता भएका छैठौँ व्यक्तिको पनि शव भेटिएको छ। भेरी नगरपालिका वडा नम्बर ११ बस्ने १८ वर्षीय गोबिन्द शाहीको शव भेटिएको हो। मंगलवार साँझ करिब ६ वजे भेरी नगरपालिका-१३ स्थित भेरी नदीमा स्थानीय बासिन्दाहरुले शव फेला पारेका हुन्। योसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि सोही स्थानका लोकेन्द्र सुनार र…

    विस्तृतमा पढ्नुस्

  • अघिअघि राजपा-समाजवादी, पछिपछि कांग्रेस सांसदः एक दिनको फरकमा दर्ता भयो करिब हुबहु संशोधन विधेयक

    अघिअघि राजपा-समाजवादी, पछिपछि कांग्रेस सांसदः एक दिनको फरकमा दर्ता भयो करिब हुबहु संशोधन विधेयक

    काठमाडौंः मंगलबार कांग्रेसका आठ सांसदहरुले संविधान संशोधन विधेयक दर्ता गराएका छन्। पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार संसदीय दलले कुनै निर्णय नगर्दै सांसदहरुले विधेयक दर्ता गरेका हुन्। प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, उमाकान्त चौधरी, चित्रलेखा यादव, नमिता चौधरी, पद्मनारायण चौधरी, अभिषेकप्रताप शाहले संशोधन विधेयकमा हस्ताक्षर गरेका छन्।   कांग्रेस सांसदहरुका तर्फबाट दर्ता विधेयक मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि, ११ जिल्लामा पुग्यो संक्रमण

    प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि, ११ जिल्लामा पुग्यो संक्रमण

    काठमाडौं : प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर उमाशंकर प्रसाद चौधरीका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको छ। १२ जिल्ला रहेको प्रदेशमा ११ जिल्लामा संक्रमण पुष्टि भएको छ। मंगलवार मात्रै प्युठान जिल्लामा एक जनामा कोरोना पुष्टि भएको छ। मंगलवार पुष्टि भएकामध्ये सबैभन्दा बढी कपिलवस्तु…

    विस्तृतमा पढ्नुस्

  • गाउँको बाटो हिँड्दा कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि ढुंगामुढा, तीन जना पक्राउ

    गाउँको बाटो हिँड्दा कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि ढुंगामुढा, तीन जना पक्राउ

    कैलाली : डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। शिखर नगरपालिका वडा नम्बर ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि आक्रमण भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए। आक्रमणमा गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई डडेलधुरा अस्पताल पठाइएको थियो। तर, डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ। कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। शिखर नगरपालिका वडा नम्बर ७…

    विस्तृतमा पढ्नुस्

  • देउवा प्रधानमन्त्री हुँदा असफल भएको संविधान संशोधन विधेयक कांग्रेसले पुनः ब्यूँत्यायो, गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता

    देउवा प्रधानमन्त्री हुँदा असफल भएको संविधान संशोधन विधेयक कांग्रेसले पुनः ब्यूँत्यायो, गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता

    काठमाडौँः गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान संशोधनका लागि तेस्रो विधेयक पनि दर्ता भएको छ। सरकारले अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गरेपछि धमाधम गैरसरकारी विधेयक दर्ता भएका हुन्।  सोमबारमात्र मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संशोधन दर्ता गरेका थिए। मंगलबार नेपाली कांग्रेसका सांसद अमशेरकुमार सिंह, उमाकान्त चौधरी लगायतले संशोधन विधेयक दर्ता गरेका हुन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell