काठमाडौं : आज बिहानसम्म गण्डकी प्रदेशमा नयाँ कोरोना संक्रमितको संख्या १६ थपिएको छ। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत गरी चार जिल्लाका मानिसमा संक्रमण देखिएको हो। वाग्लुङको निसीखोला गाउँपालिकामा तीन जना संक्रमित देखिएका छन्। एक ३३ वर्षीया महिला र दुई २२…
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको विवादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्याउन नहुने बताएका हुन्। भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै योगीले भने, ‘ धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक,ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’…
काठमाडौंः लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग लामो छलफल गरेका छन्। लकडाउनको साढे दुई महिनापछि प्रधानमन्त्रीले औपचारिक रुपमा विज्ञसँग परामर्श गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको पाँच घण्टाभन्दा लामो छलफलमा चिकित्सक, अर्थतन्त्रका क्षेत्रका जानकार, अनुसन्धानकर्ता लगायत सहभागी थिए। छलफलमा सहभागी डा. समीरमणि दीक्षितका अनुसार प्रधानमन्त्रीले लकडाउनको स्वरुप परिमार्जन गर्दा कसरी अघि बढ्दा उपयुक्त हुने…
काठमाडौं : मधेसको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा तानिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो भनाइलाई तोडमोड गरिएको भन्दै माफी मागेका छन्। एक अनलाइनसँगको अन्तरवार्ताका क्रममा ‘मधेसमा राष्ट्रियता फिलिङ अलि कम छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए। उनको भनाइलाई लिएर प्रतिनिधि सभामा समेत उनलाई कारबाहीको माग उठेको थियो। त्यस्तै चारवटा जिल्लाका फुटबल संघका अध्यक्षहरुले…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। नेकपाका महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन्। ‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ। हाम्रो पार्टी उक्त वीभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ। मृतकहरूप्रति…
भारतीय फिल्म उद्योग बलिउडमा फिल्मको छायांकन (शुटिङ्ग)मा ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई प्रतिबन्ध लगाइएको छ। वृद्धमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भएकाले फिल्मी दुनियाँको सहर मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेरका कलाकारलाई सुरक्षाका लागि दृष्टिकोणले शुटिङ्गमा रोक लगाउने निर्णय गरेको छ। महाराष्ट्र सरकारले आउँदो २० जुनदेखि मुम्बईमा शर्तसहित फिल्मको शुटिङ्ग खुला गर्ने निर्णय गरिसकेको छ। आफूमाथि रोक लगाएपछि ६५…
काठमाडौं : कोभिड-१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन्। कोरोना संक्रमणको लक्षण नदेखिएका र हल्का लक्षण देखिएकाहरु घरमै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले आइसोलेसन सम्बन्धी निर्देशिका जारी गर्दै होम आइसोलेसनको मापदण्ड छुट्याएको छ। मापदण्ड पूरा भएमा स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बस्न निर्देशन दिन सक्नेछन्। तर, घरमा बस्नका लागि पालना गर्नुपर्ने पक्षहरुको मन्जुनामा गर्नुपर्ने…
काठमाडौँः राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ। सांसद दुर्गा पौडेलले प्रतिनिधिसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता गरेकी हुन्। जसमा स्थानीय सरकारलाई स्वायक्त अधिकार दिएर प्रादेशिक संरचना खारेज गर्न माग गरिएको छ। धारा ५६ संशोधन गरी उक्त व्यवस्था गर्न माग गरिएको हो। संघीयतासँग सम्बन्धित अन्य धारा, उपधारा र सोसँग सम्बन्धित अनुसूची खारेजीको माग विधेयकमा गरिएको छ। पढ्नुस्…
काडमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ हजार तीन सय पुगेको छ। पछिल्लो २४ घण्टामा चार हजार ९२४ को परीक्षण गर्दा २०१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या २३ सय पुगेको हो। त्यस्तै कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भएका दोलखाका…
काठमाडौं: काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत् दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई टिचिङ लगिएको थियो। आइसियुमा रहेका उनको बुधवार मृत्यु भएको हो। यससँगै नेपालमा भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ।
काठमाडौं: स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन्। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय पुगेको छ। यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन्।
काठमाडौं: कोभिड–१९ भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाउँदा संघीय संसद बैठकको सञ्चालन लागत बढेको छ। सांसदले करोडौं रुपैयाँ पाउने सांसद विकास कोष खारेज गर्न आवाज उठे पनि सरकारले निरन्तरता दिएका बेला संसदको आन्तरिक खर्च पनि बढेको हो। कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने तथा २५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारको निर्णयका…
काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये सबै भन्दा बढी सर्लाहीमा १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रौतहटमा ११ जना संक्रमित भएका छन्। पर्साका ७ जनामा पनि संक्रमण पुष्टि भएका छन्। त्यस्तै महोत्तरीमा ९ जना, धनुषा र सप्तरीमा एक एक जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक…
काठमाडौं: सरकारले कर तिर्ने समय थप दुई सातालाई बढाएर असार ७ गतेसम्म पुर्याएको छ। जेठ २५ भित्र कर तिरिसक्नुपर्ने निर्णयको चौतर्फी विरोध भएपछि सरकारले समय बढाएको हो। आन्तरिक राजश्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। लकडाउनको अवधिमा व्यापार ठप्प भएका बेला कर तिर्न उर्दी जारी गरेपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा सरकारको आलोचना सुरु…
उत्तरी चिलीमा ६.८ म्याग्नेच्युडको भूकम्प भएको छ। जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसार बुधवार भूकम्प महसुस भएको हो। अमेरिकी जुओलोजिकल सर्भेका अनुसार सान पेद्रो डे अट्कामाबाट ६२ किलोमिटर दुरीमा भूकम्पको केन्द्रविन्दु थियो। भूकम्पबाट क्षति भएको जानकारी आएको छैन।
काठमाडौं: नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। बुधवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले नाराबाजीसहित प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर, के चाहन्छन् जनता? स्वाभिमान र स्वाधिनता, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाइका थिए। एमसीसीबारे सत्तारुढ नेकपामा विवाद भइरहँदा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा…
बेलायतमा रहेका एसियाली मुल र अस्वेतहरु कोभिड-१९ बाट मर्ने जोखिममा बढी रहेका छन्। बुधवार सार्वजनिक गरिएको एक अध्ययनले बेलायतमा रहेका एसियाली र अस्वेत कोरोना भाइरसको संक्रमणका कारण मर्ने सम्भावना बढी देखिएको हो। बेलायतको जनस्वास्थ्य कार्यालयले यसअघि जारी गरेको रिपोर्टमा सीमान्तकृत समूदाय बढी प्रभावित हुने देखिएको थियो। त्यसैअनुसार नीति अवलम्बन गर्न भनिएको थियो। पछिल्लो रिपोर्टले अस्वेत र एसियाली मुलका मानिसलाई सुरक्षित…
भारतमा यही महिनाको मध्यदेखि दैनिक १५ हजार नयाँ कोरोना संक्रमित फेला पर्ने चिनियाँ अनुसन्धानकर्ताले सार्वजनिक गरेका छन्। उत्तरपूर्वी चीनको गान्सु प्रान्तको लनझाउ विश्वविद्यालयका अनुसनधानकर्ताले १ सय ८० मुलुकको दैनिक संक्रमितबारे प्रक्षेपण गरेको हो। अनुसन्धानकर्ताले जुन २ मा भारतमा ९ हजार २ सय ९१ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए। भारतको आधिकारिक तथ्याङ्क आउँदा यो संख्या थोरैलेमात्र बढी देखियो। जुन २ मा…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जेठ २५ भित्र कर तिर्न सरकारले दिएको समयावधिप्रति असन्तुष्टि जनाएको छ। सभापति शेरबहादुर देउवाले बुधवार विज्ञप्ति जारी गर्दै सरकारले अनुदार ढंगले कर तिर्न ताकेता गरेकाले अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन्। आन्तरिक राजस्व विभागमार्फत सरकारले जेठ २५ भित्र कर चुक्ता गर्न निर्देशन दिएको थियो। राहतको प्याकेज ल्याउन सरकार गम्भीर नभएको तर कर तिराउन भने अनुदार…
काठमाडौं : जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि नयाँ व्यवस्था लागु गरेको छ। आज सूचना जारी गर्दै कार्यालयले सवारी पासका लागि इमेल र फेसबुक पेजमा प्रमाण खुल्ने कागजातसहित निवेदन पठाउनु पर्ने व्यवस्था गरेको हो। विज्ञप्तिमा सवारी पासका लागि सेवाग्राहीको कार्यालयमा भीडभाड बढेकाले संक्रमण फैलन सक्ने स्थिति आउन नदिन यस्तो व्यवस्था गरेको जनाएको छ।