PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका लक्ष्मणलाई स्वर्ण

    भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका लक्ष्मणलाई स्वर्ण

    काठमाडौं: कोभिड १९ भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका लक्ष्मण ऐरले स्वर्णपदक हात पारेका छन्। २० भन्दा वढि देशका खेलाडीहरु सहभागि रहेको प्रतियोगितामा नेपालबाट ६ जना खेलाडीले सहभागिता जनाएका थिए। जसमध्ये ५० वर्षमुनीको उमेर समूहमा मास्टर लक्ष्मण वहादुर ऐर स्वर्ण पदक तथा ४० वर्ष मुनिको विधामा रेखामाया गुरुङ कास्य पदक जित्न सफल भएका छन्। स्वर्ण पदक विजेता ऐर नेपाल पुलिसका तेक्वान्दो…

    विस्तृतमा पढ्नुस्

  • बेहाल मुलुक, अनिर्णयको बन्दी बन्यो बालुवाटार [सम्पादकीय]

    बेहाल मुलुक, अनिर्णयको बन्दी बन्यो बालुवाटार [सम्पादकीय]

    मृत्युपछि कोरोना पहिचानको थप एक घटना बिहीवार सार्वजनिक भयो। सरकारको कोरोना संक्रमणविरुद्धको गति कति धिमा छ फेरि पनि प्रकट भयो यसै घटनाबाट। कोभिड १९ को संक्रमण सुरु भएदेखि नै सरकार लगातार अनिर्णयको बन्दी बन्दै आएको छ। लकडाउनबाहेक सरकारले के गर्‍यो त? ७४ दिन लामो लकडाउन भोगेका जनताले प्रश्न गर्न थालेका छन्। जनतालाई घरमा थुनेरै कोरोनासँग जित्ने सरकारी तयारी पूर्णत: असफल…

    विस्तृतमा पढ्नुस्

  • २६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

    २६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

    काठमाडौं : म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो। यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो। म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, हिँड्न नसक्दा बुहारीले बोकेकी थिइन्

    जुम्लामा भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, हिँड्न नसक्दा बुहारीले बोकेकी थिइन्

    काठमाडौं : जुम्लामा एक पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको छ। चन्दननाथ नगरपालिका ८ निवासी अन्दाजी ६५ वर्षीय पुरुषको वडा नम्बर ४ को क्वारेन्टाइनमा निधन भएको हो। उनी जेठ २१ गते नेपालगञ्ज हुँदै भारतबाट आएका थिए। वडा नम्बर ५ का वडा अध्यक्ष गोल्डेन कठायतले मृत्यु भएका पुरुषको स्वाब लिने काम भइरहेको बताए। मृतकमा दमको समस्या थियो। स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी…

    विस्तृतमा पढ्नुस्

  • जिउँदो हुँदा एन्टीबडी नेगेटिभ देखिएका युवकमा मरेपछि कोरोना पोजेटिभ ! कोभिड १९ बाट मर्नेको संख्या पुग्यो ११

    जिउँदो हुँदा एन्टीबडी नेगेटिभ देखिएका युवकमा मरेपछि कोरोना पोजेटिभ ! कोभिड १९ बाट मर्नेको संख्या पुग्यो ११

    काठमाडौं : बिहीवार राति सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ। 'उहाँको कोरोना पोजेटिभ देखिएको छ,' जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले भने। १४ दिनसम्म पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुर जनता माविको क्वारेन्टाइनमा बसेर उनी…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सभित्र गैर बिरामी, साथमा १६ ग्राम ब्राउन सुगर

    एम्बुलेन्सभित्र गैर बिरामी, साथमा १६ ग्राम ब्राउन सुगर

    काठमाडौं : लकडाउनको समयमा अत्यावश्यक सवारी  दुरुपयोग बढ्दै गएको छ। एम्बुलेन्सले गैर बिरामीदेखि तस्करी समेत गर्ने गरेको घटना बाहिरिएका छन्। त्यस्तै दाङमा पनि एम्बुलेन्सले अवैध लागू औषधि बोकेको भेटिएको छ। बिहीवार राति उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित र १ च ३८९ नम्बरको एम्बुलेन्समा रहेका गैर बिरामीको साथबाट १६ ग्राम ४ सय ५० मिल ग्राम ब्राउन सुगर फेला परेको हो। तुलसीपुर उप-महानगरपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • एआइजीको बर्दी सहितको फोटो प्रयोग गरेर विज्ञापन बनाएकोमा एजेन्सीले माग्यो माफी

    एआइजीको बर्दी सहितको फोटो प्रयोग गरेर विज्ञापन बनाएकोमा एजेन्सीले माग्यो माफी

    काठमाडौँ : नेपाल प्रहरीका एआइजी शैलेश थापा क्षेत्रीको फोटो प्रयोग गरेर विज्ञापन बनाएको कम्पनीले माफी मागेको छ। सम्बन्धित व्यक्तिको अनुमतिबिना र प्रहरी नियमावली विपरीत बर्दीमा प्रहरीको फोटो प्रयोग गरेको भन्दै विज्ञापन एजेन्सी ब्रान्ड लजिक विज्ञप्ति जारी गर्दै माफी मागेको हो। बिहीवार एआइजी शैलेश थापा क्षेत्री एक निजी कम्पनीको विज्ञापनमा देखिए। लक्ष्मी ट्रेडिङ हाउस विराटनगरको विज्ञापनमा एआइजी थापालाई देखाइएको थियो। विज्ञापन हिरो…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा पुगे ५६ जना संक्रमित

    तनहुँमा दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा पुगे ५६ जना संक्रमित

    काठमाडौः तनहुँ जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्। ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणले खराब मुलकको सूचीमा नेपालको छलाङ, पुग्यो ८५ औं स्थानमा

    कोरोना संक्रमणले खराब मुलकको सूचीमा नेपालको छलाङ, पुग्यो ८५ औं स्थानमा

    काठमाडौं : बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै कोरोनाका कारण खराब मुलुकको सूचीमा नेपाल लगातार अगाडि बढेको छ। सबैभन्दा खराब अवस्थामा रहेको अमेरिका पहिलो स्थानमा छ भने छिमेकी मुलुक भारत सातौ स्थानमा रहेको छ। नेपाल खराब अवस्थाको ८५ औं स्थानमा उक्लिएको छ। तीन दिन अघिसम्म नेपाल एक सयभन्दा पछाडि नै थियो। नेपालमा अहिलेसम्म २६ सय ३४ जनामा कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लङ्घन गर्ने सवारीको सङ्ख्या बढ्दै, बिहीवार मात्र १५ सय सवारी कारबाहीमा

    लकडाउन उल्लङ्घन गर्ने सवारीको सङ्ख्या बढ्दै, बिहीवार मात्र १५ सय सवारी कारबाहीमा

    काठमाडौः केही दिन यता सडकमा सवारीको चाप बढ्दै गएको छ। सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्दै व्यापार व्यवसाय समेत सञ्चालनमा आउन थालेका छन्। लकडाउन उल्लङ्घन गर्दै गएपछि काठमाडौँ उपत्यकाभित्र प्रहरीले सवारी चेकिङ कडा बनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १५ सय भन्दा बढी सवारी साधनलाई कारबाही गर्ने गरेको छ। सम्बन्धित निकायबाट जारी भएका पास बिना कुदाइएका सवारी साधनलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-चीन सम्बन्ध ‘कृत्रिम मित्रता’ भएको भाजपा सचिवको दाबी, ‘हामीबीच मतभेद छ, तर मनभेद छैन’

    नेपाल-चीन सम्बन्ध ‘कृत्रिम मित्रता’ भएको भाजपा सचिवको दाबी, ‘हामीबीच मतभेद छ, तर मनभेद छैन’

    भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय सचिव वाइ सत्य कुमारले नेपाल र भारत भूगोलले मात्रै नभइ सभ्यता र संस्कृतिले पनि जोडिएको बताएका छन्। भारतले नेपाली भूमि हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। त्यसयता नेपालले कुटनीतिक माध्यमबाट वार्ता गरेर सीमा विवाद टुंगो लगाउने बताइरहँदा भारतले भने वार्ताको लागि तयार भएको छैन। सीमाको…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्षमुनिका एकल महिलालाई भत्ता दिनेगरी संसदमा गैरसरकारी विधेयक, कांग्रेस सांसद पन्थले गरे दर्ता 

    ६० वर्षमुनिका एकल महिलालाई भत्ता दिनेगरी संसदमा गैरसरकारी विधेयक, कांग्रेस सांसद पन्थले गरे दर्ता 

    काठमाडौँः नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सामाजिक सुरक्षा ऐन संशोधन विधेयक राष्ट्रियसभामा दर्ता गरेका छन्। ६० वर्षमुनिका एकल महिला, अति अशक्त अपाङ्गता भएका व्यक्तिले पाउने सुरक्षा भत्ताको व्यवस्थालाई समेट्न पन्थले विधेयक दर्ता गरेका हुन्। गैरसरकारी विधेयक उनले दर्ता गरेका हुन्। प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले चालु अधिवेशनमा नै ऐन संशोधन प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई केही दिनअघि निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • तरकारीलगायत आवश्यक वस्तुको ढुवानी र बिक्रीमा अवरोध गर्नेलाई कारबाही हुन्छ : गृह

    तरकारीलगायत आवश्यक वस्तुको ढुवानी र बिक्रीमा अवरोध गर्नेलाई कारबाही हुन्छ : गृह

    काठमाडौं : गृह मन्त्रालयले तरकारी तथा फलफूललगायतका आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा कुनै पनि प्रकारको अवरोध नगर्न निर्देशन दिएको छ। अवरोध सिर्जना गर्नु कानुन विपरीत भएकाले त्यस्तो कार्य गर्ने जोकोहीलाई पनि कारबाही गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा अवरोध नगर्न सबै निकाय र संघसंस्थालाई अनुरोध गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराई…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् वैठक सुरु, लकडाउनको मोडालिटीबारे निर्णय हुने सम्भावना कम

    मन्त्रिपरिषद् वैठक सुरु, लकडाउनको मोडालिटीबारे निर्णय हुने सम्भावना कम

    काठमाडौंः मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। लकडाउनका विषयमा निर्णय हुने बताइए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे कुनै निर्णय नहुने जानकारी दिए। थापाले आजको बैठक नियमित  भएकाले लकडाउनबारे परिमार्जनबारे निर्णय नहुने संकेत गरे। 'नियमित बैठक हो। लकडाउनबारे निर्णय त नहोला,' उनले भने। बुधबार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए। जसमा मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। जेठ…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक दिनमै तीन सय कटे कोरोना संक्रमितः मृतकको संख्या १० पुग्यो, स्वास्थ्य आपतकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा

    पहिलोपटक दिनमै तीन सय कटे कोरोना संक्रमितः मृतकको संख्या १० पुग्यो, स्वास्थ्य आपतकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं: नेपालमा थप ३३४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ३३४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ। धरानको विपी कोइराला स्वास्थ्य विज्ञान…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण, १२२ जना उपचारपछि घर फर्किए

    प्रदेश २ मा २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण, १२२ जना उपचारपछि घर फर्किए

    काठमाडौंः प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी रौतहट जिल्लामा छन्। रौतहटमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १२ जनामा संक्रमण पुष्टि भएको छ। बारा जिल्लामा ११ जना संक्रमण पुष्टि भएको छ। त्यस्तै धनुषा जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये महोत्तरी र सर्लाहीका तीन/तीन जना…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयः सुरक्षित तरिकाले पसल खुलाउन सरकारलाई आग्रह गर्ने

    उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयः सुरक्षित तरिकाले पसल खुलाउन सरकारलाई आग्रह गर्ने

    काठमाडौंः लकडाउन जारी रहेका समयमा व्यापारीहरुले एकतर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सामाजिक दूरी कायम गरेर बजार खोल्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। जिल्ला समन्वय समिति काठमाडौँमा भएको संयुक्त छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार सञ्चालन गर्ने अवस्था सिर्जना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। समन्वय समिति…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्साका १२ जना संक्रमित डिस्चार्जः घर फर्कनेमा दुई सेना, ६ प्रहरी र एक मिडियाकर्मी

    बारा र पर्साका १२ जना संक्रमित डिस्चार्जः घर फर्कनेमा दुई सेना, ६ प्रहरी र एक मिडियाकर्मी

    वीरगंजः बिहीबार बिहान पर्सा र बाराका १२ जना कोरोना संक्रमित उपचारपछि घर फर्केका छन्। गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पर्साका ३ जना डिस्चार्ज भएका छन्। यस्तै बारा पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएर संक्रमित भएका दुई सैनिक पनि डिस्चार्ज भएका छन्। यस्तै कलैया अस्पतालबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत ६ जना प्रहरी डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा एक प्रहरी नायब निरीक्षक, एक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा एकैदिन ११३* जनामा कोरोना संक्रमण पुष्टि, मुगुमा भेटियो पहिलो केस

    दैलेखमा एकैदिन ११३* जनामा कोरोना संक्रमण पुष्टि, मुगुमा भेटियो पहिलो केस

    काठमाडौंः दैलेखमा बिहीबार एकैदिन ११३ जना कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो।   प्रतिष्ठानका अनुसार मुगका १ जनामा कोरोना पोजेटिभ देखिएको हो। दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘रजनीगंधा’ बनाउने बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

    ‘रजनीगंधा’ बनाउने बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

    बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेर बिहीवार निधन भएको छ। लामो समयदेखि अस्वस्थ चटर्जीको मुम्बईस्थित घरमै निधन भएको हो। भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघका अध्यक्ष अशोक पण्डितले चटर्जीको निधनको पुष्टि गरेका छन्। उनका अनुसार आजै सांताक्रूजमा चटर्जीको अन्तिम संस्कार गरिनेछ। अध्यक्ष पण्डितले चटर्जीको निधन बलिउड उद्योगका लागि ठूलो धक्का भएको बताएका छन्। चटर्जीले ‘छोटी सी बात’, ‘रजनीगंधा’,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell