PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • कोभिड-१९ विरुद्धको लडाइमा ज्यान गुमाउने सम्झनामा चीन: राष्ट्रिय झण्डा झुकाइयो, मिडियामा पनि श्यामस्वेत

    कोभिड-१९ विरुद्धको लडाइमा ज्यान गुमाउने सम्झनामा चीन: राष्ट्रिय झण्डा झुकाइयो, मिडियामा पनि श्यामस्वेत

    कोभिड-१९ विरुद्धको लडाइमा मृत्यु भएका नागरिकहरुको सम्झनामा चीनले आज राष्ट्रिय शोक मनाएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङसहित प्रधानमन्त्री ली ख्छ्याङ सहितका नेताहरुले तीन मिनेटसम्म मौन धारण गरे। आज शनिवार विहान १० बजे देखि देशभरका नागरिकहरुले मौन धारण गरे। सार्वजनिक यातायात तीन मिनेट ठप्प भए। सडकमा रोकिएका सवारी साधनबाट एक साथ हर्न बजे। चीनले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाएको छ। देशभर…

    विस्तृतमा पढ्नुस्

  • दुई जना भारतबाट आएका र एकजना संक्रमितकै आफन्तमा देखियो कोरोना

    दुई जना भारतबाट आएका र एकजना संक्रमितकै आफन्तमा देखियो कोरोना

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको छ। यससँगै नेपालमा कोभिड १९ को संक्रमितको संख्या ९ पुगेको छ।  संक्रमण देखिएकी एक महिलालाई आजमात्रै अस्पताल भर्ना गरिएको हो। उनलाई आज बिहान एम्बुलेन्समा राखेर सेती अञ्चल…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठक बोलाउन नारायणकाजीको माग

    सचिवालय बैठक बोलाउन नारायणकाजीको माग

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सचिवालय बैठक बोलाउन माग गरेका छन्। श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल बैठक बोलाउन माग गरेका हुन्। आवश्यक परेको बेलामा मन्त्रिपरिषद र उच्चस्तरीय समितिको बैठक बसिरहेको भन्दै सचिवालय बैठक बस्नु अहिलेको आवश्यकता भएको औल्याएका छन्। 'आवश्यकता पर्दा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्को बैठक बोलाइयो

    मन्त्रिपरिषद्को बैठक बोलाइयो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बैठक डाकिएको हो। बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत २५ गते सम्मको लागि लकडाउन घोषणा गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसले एक जनाको मृत्यु भएको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवक पक्राउ

    कोरोना भाइरसले एक जनाको मृत्यु भएको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवक पक्राउ

    काठमाडौ : प्रहरीले कोरोना संक्रमणको बारेमा झुटा तथा अफवाह फैलाउने मानिसको निगरानी बढाएको छ। यसै क्रममा शुक्रबार कञ्चनपुरबाट प्रहरीले एक युवकलाई अफहवा फैलाएको भन्दै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर बेलडाडी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको हो। सुनारले बिहीवार आफ्नो फेसबुकमा 'महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ'…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल नाटक महोत्सवमा आज 'दयालु रुख' देखाइने

    भर्चुअल नाटक महोत्सवमा आज 'दयालु रुख' देखाइने

    काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक 'दयालु रुख' देखाइँदै छ। अमेरिकी बाल कथा द गिभिङ ट्रिमा आधारित नाटकको परिकल्पना तथा निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। कथामा दिएर नथाक्ने रख र मान्छेको सम्बन्ध देखाइएको छ। नाटकमा इंगिहोपो कोइँच सुनुवार केन्द्रीय पात्रको रुपमा देखिएका छन्। त्यस्तै सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान…

    विस्तृतमा पढ्नुस्

  • कठैवरा विचरा, नेकपाका कार्यकर्ता !

    कठैवरा विचरा, नेकपाका कार्यकर्ता !

    तेजेन भट्टराई - केही अगाडि एउटा टेलिभिजन कार्यक्रममा प्रदीप गिरिले आफूले काङ्ग्रेसको कार्यकर्ता भएर काम गर्नुलाई महाभारतमा युधिष्ठिरले जुवा खेलेर सर्वश्व हारेको दृष्टान्तसँग तुलना गरेको थिए। उनको आशय थियो - एउटा पार्टीको कार्यकर्ता भएर काम गरिसकेपछि कतिपय मनले उचित नलागेका कुराहरुमा पनि सामेल हुने नशा लाग्दछ। प्रदीप गिरिले अनुभव गरेको यो नशा र वाध्यताको एउटा रुप आजभोलि सत्तासीन दल नेपाल…

    विस्तृतमा पढ्नुस्

  • एकाबिहानै सडकमा १३ सय मानिस होल्ड

    एकाबिहानै सडकमा १३ सय मानिस होल्ड

    काठमाडौं: सरकारले लकडाउनको आज ब्राहौं दिन। लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या थपिदै गएको छ। प्रहरीले शनिवार बिहान मात्र उपत्यकाबाट १३ सय ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। १ हजार ६४ जना पुरुष र २८१ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म उपत्यकाभित्रबाट उनीहरुलाई जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • कालीमाटीमा सुनसान, बल्खुमा भने तरकारी किनमेल जारी

     कालीमाटीमा सुनसान, बल्खुमा भने तरकारी किनमेल जारी

    काठमाडौं : आजबाट कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द भयो। सरकारले लकडानउ घोषणा गरेको पहिलो दिनदेखि नै तरकारी बजार भने खुल्लै थियो। बिहान ७ बजेसम्मको लागि तरकारी कारोबार हुने गरेको थियो। अन्य स्थानमा तरकारी किनबेच बन्द हुँदा उपभोक्ताको चाप कालिमाटी तरकारी बजारमा बढ्दै गएपछि परिस्थिति र कोरोना भाइरस संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कालीमाटी फलफूल तथा तरकारी…

    विस्तृतमा पढ्नुस्

  • 'सत्यबारे गाउन पाउने अधिकार'का लागि थियो उनको लडाई, अनशनको २८८ औं दिनमा निधन

    'सत्यबारे गाउन पाउने अधिकार'का लागि थियो उनको लडाई, अनशनको २८८ औं दिनमा निधन

    टर्किस संगीतकर्मी हेलिन बोलेकको निधन भएको छ। टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन भएको हो। उनी र ब्यान्डका अर्का सदस्य इब्राहिम गोसेक ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्ने मागसहित अनशनमा थिए। 'सत्यबारे गाउन पाउने अधिकारका लागि' भन्‍दै भोकै बसेका उनीहरुको पाँच प्रष्ट माग थिए :  इदिल सांस्कृतिक केन्द्र र ग्रुप योरममा…

    विस्तृतमा पढ्नुस्

  • सबै किसिमका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

    सबै किसिमका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन…

    विस्तृतमा पढ्नुस्

  • शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द

    शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द

    काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबारदेखि खुद्रा कारोबार बन्द हुने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न भन्दै लकडाउन घोषणा गरेको ११ औं दिन बितिसक्दा पनि बजार खुल्दै आएको थियो। लकडाउनको समयमा पनि बिहान तरकारी किन्नेहरु बजार पुग्दै आएका थिए। तर, बजारमा भीडभाड बढिरहेको परिस्थिति र कोरोना भाइरस संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कालीमाटी फलफूल तथा तरकारी…

    विस्तृतमा पढ्नुस्

  • देउवाले ओलीलाई भने : स्वास्थ्य सामग्री खरीदमा जोडिएका सबैलाई जिम्मेवारीबाट हटाएर कारवाही गर्नुस्

    देउवाले ओलीलाई भने : स्वास्थ्य सामग्री खरीदमा जोडिएका सबैलाई जिम्मेवारीबाट हटाएर कारवाही गर्नुस्

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरीद प्रकरणमा जोडिएका सबैलाई जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विवादास्पद खरीद प्रक्रियामा जोडिएकालाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन ओलीलाई आग्रह गरेका हुन्। खरीद प्रक्रियामा कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको खराब दिन : २४ घण्टामा झण्डै १ हजार २०० को मृत्यु, स्पेनमा लगातार तेस्रो दिन ९ सय बढीको मृत्यु

    अमेरिकाको खराब दिन : २४ घण्टामा झण्डै १ हजार २०० को मृत्यु, स्पेनमा लगातार तेस्रो दिन ९ सय बढीको मृत्यु

    कोराना भाइरस (कोभिड-१९)को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै १ हजार २०० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै एक दिनमा मृत्यु हुनेको संख्या हो। त्यहाँ २ लाख ४५ हजार ५७३ कुल संक्रमितमध्ये ६ हजार बढीको मृत्यु भइसकेको छ। स्पेनमा बिहीवार देखि शुक्रवारसम्म कोभिड-१९ को संक्रमणबाट ९३२ जनाको मृत्यु भएको छ। योसँगै कोभिड-१९ का कारण स्पेनमा १० हजार ९३५…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा नयाँ संक्रमित फेला परेको सूचनामा कहाँ चिप्लिए मिडिया, यस्तो छ कारण

    पोखरामा नयाँ संक्रमित फेला परेको सूचनामा कहाँ चिप्लिए मिडिया, यस्तो छ कारण

    काठमाडौँ: शुक्रबार एकाएक कोभिड-१९ को संक्रमणको समाचार सार्वजनिक भयो। दिउँसो गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले पनि वेबसाइटमा अपडेट गर्दै संक्रमितको संख्या सात पुर्‍यायो। त्यसको करिब दुई घण्टा पछाडि काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी कोभिड-१९ को संक्रमण नथपिएको स्पष्टीकरण दियो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखराबाट आएको समाचारको खण्डन गरे। कसरी चिप्लिए मिडिया मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा कोभिड-१९ को अपडेट…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबारसम्म १२ सय ७७ जनाको कोरोना जाँच, पाँच हजार ६ सयले दिए परीक्षणका लागि आवेदन

    शुक्रबारसम्म १२ सय ७७ जनाको कोरोना जाँच, पाँच हजार ६ सयले दिए परीक्षणका लागि आवेदन

    काठमाडौँ: कोरोना (कोभिड १९) को आशंकामा शुक्रबारसम्म एक हजार २७७ को परिक्षण गरिएको छ। देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   धरान, पोखरा, हेटौँडा, जनकपुर र सुर्खेतमा परिक्षणको काम भइरहेको छ। बुटवलमा भने कोरोना परिक्षणको पोर्टेबल पीसीओरा जोड्ने काम भइरहेको छ। काठमडौँ उपत्यकामा १५ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वताए।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म क्षेत्रका प्राविधिकका लागि पल शाहले पाँच लाख दिने

    फिल्म क्षेत्रका प्राविधिकका लागि पल शाहले पाँच लाख दिने

    काठमाडौं : नेपाली फिल्म क्षेत्रका पर्दा पछाडिका हिरोहरु अर्थात् फिल्मका प्राविधिकहरुको जीवनमा लकडाउनले पारेको असर वारे बहस सुरु भएको छ। चलचित्र प्राविधिक संघ नेपालका अध्यक्ष पुष्कर लामाले यस विषयको उठान गर्दै भनेका थिए : 'प्राविधिकहरुले कलाकारको सफलताको लागि दिनरात, घामपानी, भोक केही नभनी खटिएको हुन्छन्। अहिले तिनैलाई यो विपत्तिको घडीमा प्रत्यक्ष सहयोग गर्ने बेला भएको छ।' लगत्तै फिल्मकर्मीले व्यक्तिगत् एवं…

    विस्तृतमा पढ्नुस्

  • 'अनागरिक' बनाइनुको पीडा : देश चलाउनेहरु अभिभावक बन्छन् कहिले?

    'अनागरिक' बनाइनुको पीडा : देश चलाउनेहरु अभिभावक बन्छन् कहिले?

    दीपज्योति श्रेष्ठ - जब कोही पनि नागरिकले यो देशको म ‘नागरिक’ कि ‘अनागरिक’ होला भन्ने सोच मात्रै पनि आफ्नो दिमागमा ल्याउछ नि, त्यस दिन उसको राज्यप्रतिको विश्वास उठ्यो भनेर बुझे हुन्छ। भलै एउटा आम नागरिकमा उठेको यो सोचले राज्य अथवा राज्य चलाउने जिम्मा लिएकाहरुलाई त्यति फरक नपर्ला। तर, लोकतान्त्रिक मुलुक भनेर गर्व गर्ने हामीलाई त्यो भावनाले पक्कै फरक पार्छ। यो…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस सुन्तलीको दोहोरी भाग २, गरे गीतबाटै सरकारलाई प्रश्‍न

    धुर्मुस सुन्तलीको दोहोरी भाग २, गरे गीतबाटै सरकारलाई प्रश्‍न

    काठमाडौं : लकडाउनका कारण अधिकांश कलाकार घरमै छन्। उनीहरुले दर्शकसँग जोडिइ रहने माध्यम बनेको छ सामाजिक सञ्जाल। केही आफ्नो दैनिकी बारे जानकारी दिइरहेका छन् केही मनोरञ्जन पनि। कोही भने सक्रिय रुपमा कोरोना भाइरस संक्रमणविरुद्ध संदेश प्रवाह गरिरहेका छन्।   कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले पनि रंगशाला निर्माण अभियानबाट केही फूर्सदिला भएका छन्। छोरी र परिवारका अन्य सदस्यसँग…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ बारे प्रहरीलाई सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’को प्रयोग गर्न सकिने

    कोभिड-१९ बारे प्रहरीलाई सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’को प्रयोग गर्न सकिने

    काठमाडौं : विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ। घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध घटना बारेमा प्रयोगकर्ताहरुबाट जानकारी प्राप्त गर्न सकिने ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा रहेको छ। ' हामीले एपमा कोरोना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell