काठमाडौं : ललितपुरको एक फिटनेस सेन्टरमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। ललितपुर-१४ विशालचोकमा रहेको फिट एण्ड फाइन जिमखानामा रहेको साउना वाफ लिन गएका दम्पती मृत अवस्था फेला परेका हुन्। ललितपुर महानगरपालिका १४ मा बस्दै आएका ४० वर्षीय हस्त गुबार्जा मगर र ३७ वर्षीय नेत्रकुमारीको मृत अवस्थामा फेला परेका हुन्। उनीहरु बुधवार राति जिम गर्ने गएको र त्यसपछि साउना लिनको लागि गएका थिए। तर लामो…
काठमाडौः दक्षिणकाली नगरपालिका ४ का वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन्। प्रहरीले शुक्रबार वडाध्यक्ष पुष्कर खड्कासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। देहव्यापार गरेको उजुरी प्रहरीमा परेपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले बताइन्। प्रहरीले वडाध्यक्षसहित बिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई नियन्त्रणमा लिएको हो। ठाकुर भारतीय नागरिक हुन्। प्रहरीले शुक्रबार नै जिल्ला अदालतबाट मानव बेचविखन कसुरमा अनुसन्धानकाक लागि म्याद थप गरिसकेको…
काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा च्यासल युथ क्लबले फ्रेण्डस क्लबसँग भिडने छ भने दोस्रो खेलमा न्युरोड टिम(एनआरटी) र ब्रिगेड बोइज क्लब(बिबिसी) भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लबले च्यासलको सामना गर्ने छ। फ्रेन्डस क्लब तालिकाको ११ औं स्थानमा छ भने च्यासल नवौ स्थानमा छ। च्यासल आजको खेलमा जित…
युरोपेली संसद्का सदस्यहरुले युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया (ब्रेक्जिट) लाई स्वीकृत गरेका छन्। बेलायत युनियनबाट जनवरी ३१ मा अलग हुँदैछ। त्यसका लागि युनियन र बेलायतबीच केही सहमति भएका छन्। संसद्ले 'ब्रेक्जिट विथड्रल एग्रिमेन्ट' नाम दिइएको सम्झौता पारित गरेको छ। सम्झौताको पक्षमा ६ सय २१ सदस्यले मत दिएका छन्। विपक्षमा ४९ मत मात्रै परेको थियो। मतदानपछि युरोपेली सांसदहरुले संसदमा नै 'अउल्ड…
शेरबहादुर सिंह- भीमदत्तनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने…
कापो डेल रे अन्तर्गगत गएराति भएको खेलमा रियल मड्रिडले रियल जारागोजामाथि ४-० को फराकिलो जित निकालेको छ। घरेलु टोलीलाई हराएसँगै रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। रियलको जितमा राफेल वरानो, लुकास भाजक्वेज, भिनिसियस जुनियर र करिम बेञ्जेमाले गोल गरे। ला रोमारेडा रंगशालामा भएको खेलको छैटौं मिनेटमै वारानेले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले टोनी क्रुसको पासलाई गोलमा…
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले घरेलु टोली वेस्टह्याममाथि जित निकालेको छ। लन्डन स्टेडियममा भएको खेलमा लिभरपुलले २-० ले जित हात पारेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्बरलेनले १/१ गोल गरे। खेलको ३४ औं मिनेटमा वेस्टह्यामका डिफेन्डर इस्सा डायोपले लिभरपुलका डिभोक ओरिगीलाई फउल गरेपछि पहेँलो कार्ड खाएका थिए। यता लिभरपुलले भने पेनाल्टीको अवसर अवसर…
इफएल कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडले घरेलु टोली सिटीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडको जितमा नेमन्जा म्याटिकले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेल अवधिभर सिटीले युनाइटेडमाथि दबाब बनाए पनि गोल गर्न नसक्दा म्याटिकको गोल नै युनाइटेडको जितका लागि निर्णायक बन्यो। यद्यपि…
काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। ज्ञान, बुद्धि र विवेक…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रतिको धारणा सार्वजनिक गरेको छ। आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस पुजीपति वर्गको प्रतिनिधित्व गर्ने भएपनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको भएको उल्लेख छ। नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको भूमिका नेकपाले मात्रै खेल्ने प्रतिवेदनमा दावी समेत गरिएको छ। प्रतिवेदनमा भनिएको…
काठमाडौं : सरकारले नेपाल छिर्ने चिनियाँ नाकाबाट चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ। केही सातादेखि चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस नेपालमा पनि पर्यटकहरुको माध्यमबाट फैलिने सम्भावना बढेपछि सरकारले चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको हो। सरकारले रसुवागढी-केरुङ र तातोपानी-खासा नाकाबाट प्रवेश गर्ने पर्यटकलाई रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। ‘चीनबाट नेपाल छिर्ने नाकामा आवतजावतमा…
दिल्ली, लखनउ तथा जयपुर जस्ता शहरहरुमा अहिलेसम्म जमीनमाथि र जमीनभित्र मात्रै मेट्रो रेल कुदेको देख्नेहरुले अब चाँडै नै अनन्डर वाटर मेट्रो पनि चढ्न पाउनेछन्। कोलकाता मेट्रो रेल कर्पोरेसन केएमआरसीले आगामी मार्चसम्ममा हुगली नदी तलबाट मेट्रो रेल चलाउँदैछ। हुगली नदी मुनिको वाटर टनेल करिब ५२० मिटर लामो छ भने यसलाई पार गर्न एक मिनेटभन्दा पनि कम समय लाग्ने बताइएको छ। केएमआरसीको…
काठमाडौं : सुन्धाराको सिभिल मलमा लगानी गरेका इच्छाराज तामाङका अर्का साझेदार पनि आर्थिक संकटमा परेका छन्। तामाङसँगै अर्को ५० प्रतिशत सेयर रहेका लालकाजी गुरुङ आर्थिक संकटमा परेका हुन्। उनले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको छ। त्यसपछि पनि नतिरे सेयर लिलाम हुने छ। पोखराका लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता सेयर सिभिल सेभिङ्स…
काठमाडौं: एभरेस्ट प्रिमियर लिगका लागि चितवन टाइगर्सले अफगानिस्तानका मोहम्मद सहजादलाई भित्र्याएको छ। इपिएलको आधिकारिक ट्वीटरबाट सहजाद इपिपिएलमा चितवनबाट खेल्ने पुष्टी गरिएको हो। सहजाद अफगानी राइटह्यान्ड ब्याट्सम्यान तथा विकेटकिपर हुन्। अफगानिस्तानले पहिलो टेस्ट म्याच खेल्दाको समयको उनी टिमको एक सदस्यसमेत थिए। ३३ वर्षीय उनले भारतविरुद्ध ओडिआइमा शतक बनाएर कीर्तिमान कायम गरेका थिए। उक्त खेलमा अफगानिस्तान १ सय ३१ रनमा समेटिएको थियो। ब्याट्सम्यानले ओडिआइमा शतक…
काठमाडौः रौतहटमा प्रहरी र अवैध गतिविधिमा संलग्न भारतीय समूहबीच गोली हानहान भएको छ। इशनाथ नगरपालिका १ वकैया खोलाको बाँधस्थित प्रहरी टोलीमाथि बुधवार बिहान गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हानेको गोली लागि भारत बिहार मोतिहारी राजजटौलिया ग्राम पंचायत ४ बस्ने २१ वर्षीय शेख चान्दली घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले…
टीआर ढकाल मकवानपुर : आइतवार राती मकवानपुरको मनहरीबाट गाँजा तस्करहरु हेटौंडातर्फ लागेको खबर प्रहरीसम्म पुग्यो। विशेष स्रोतमार्फत् पुगेको सोही खबरको आधारमा प्रहरी सुरक्षा जाँचका लागि खटिएको थियो। जाँचका क्रममा देखिएको बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारले भने प्रहरी देखेपछि बाटो मोड्यो। हेटौंडातर्फ लाग्दै गरेको उक्त गाडी मकवानपुरकै भैरवडाँडातर्फ सोझिएको थियो। प्रहरीलाई पत्ता लगाउन समय लागेन-तस्कर त्यही गाडीमा छन्। जाँचका…
एकजना रेस्लरले कुस्ती जितेपछि कसरी त्यसलाई सेलिब्रेट गर्ला? सबैको आआफ्नो तरिका त हुन्छन् नै। तर, जापानको टोकियोमा भएको ग्रान्ड सुमो टुर्नामेन्टमा टोकुसोर्यूको सेलिब्रेसनले सबैलाई अचम्मित बनायो। प्रतियोगितामा टोकुसोर्यूलाई ‘अन्डरडग’ सुमो खेलाडीका रुपमा हेरिएको थियो। वरियतामा पनि निकै पछि रहेको उनको प्रतिस्पर्धा थियो टाकाकेइसोसँग। जो थिए पूर्व च्याम्पियन। तर, सबैले सोचेभन्दा फरक टोकुसोर्यूले खेल जिते र उनी रुन थाले। जुन सुमोमा खासै…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङदी क्लबले संकटा क्लबको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा खेल ३ बजे शुरु हुनेछ। जारी सिजन अपराजित मनाङ अंकतालिकाको तेस्रो स्थानमा रहँदै उपाधि होडमा छ। ८ खेल सकिँदा मनाङले ४ जित र ४ बराबरी खेल्दै १६ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा मनाङले दोस्रो स्थानको मछिन्द्र…
काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन्। मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर उनी रिहा भएकी हुन्। जिल्ला प्रशासन कार्यालयमा उनले ४ हजार रुपैयाँ बुझाइन्। प्रहरीको खोजी सूचीमा रहेकी राउतलाई परिवारले सोमबार प्रहरीमा हाजिर गराएको थियो। प्रहरीले सोमवार नै जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरेको थियो। '४ हजार रुपैयाँ धरौटी बुझाएपछि हामीले छोडेका…
काठमाडौं : केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ। बैठक आज बेलुकी ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ। सचिवालयले बुधवार (भोलि)बाट शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गतेका लागि बोलाएको थियो। तर, माघ ९ को…