काठमाडौं : प्रतिनिधिसभाको सभामुख आज चयन हुँदैछ। चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउन लागेको हो। लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ५ गते सभामुखको उम्मेद्वार तय गरेपछि प्रक्रिया अघि बढेको थियो। ७ गते नै मनोनयन भए पनि राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया पछि सारिएको थियो। सभामुखमा नेकपामा उम्मेद्वार अग्नि सापकोटाको एकल मनोनयन परेको छ। एकल मनोनयन दर्ता भएका कारण…
काठमाडौं : नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्। शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट चीन, अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको बताएका हुन्। ‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन। हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको होकी?’, उनले…
भारतीय टेलिसिरियल ‘दिल तो ह्याप्पी है जी’का अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन्। उनको शव आफ्नै घरमा झुन्डिरहेको अवस्थामा फेला परेको हो। उनले आत्महत्या गर्दा उनका दुई साथी त्यही घरमा रहेको एएनआईले जनाएको छ। प्रहरीले उनको सुसाइट नोट फेला पारेकाले एक्सिडेन्टल डेथ रिपोर्ट अनुसार घटनाको अनुसन्धान शुरु भएको छ। ‘हो, यो सत्य हो। म पनि झसङ्ग भए सुनेर। मलाई त…
काठमाडौं : वाग्मती सफाई महाअभियानको ३५० औँ हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ। ७ वर्ष अगाडीबाट शुरु भएको अभियानको शनिवार ३५० औँ हप्ता पुगेको हो। हालसम्म १० लाखभन्दा बढी स्वयंसेवक वाग्मती सरसफाई महाअभियानमा सहभागी भएका छन्। २०७० सालबाट शुरु गरिएको वाग्मती सरसफाई महाअभियानको ३५० औं हप्तामा शनिवार पनि वाग्मतीको सरसफाइ गरिएको छ। २०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको…
काठमाडौं : देशका विभिन्न ठाउँमा ५० वटा चार्जिङ स्टेशन राख्नका लागि नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर आह्वान गरेको छ। एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत प्रसारण तथा वितरण सुदृढिकरण कार्यक्रममा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन राख्न मंगलवार टेण्डर आह्वान गरिएको हो। यसअघि प्राधिकरणले गत असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै मूख्य मुख्य…
सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा रहेका गलत प्रावधानहरु परिमार्जन गर्नेपर्ने बताएका छन्। नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका थापाले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने भन्दै भने, ‘एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुनेछ।’ तर…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले अंक तालिकाको शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। आर्मी आजको खेलमा जित निकाल्दै समान १९ अंक जोडदै तालिकाको शीर्षस्थानमा कायम रहन चाहन्छ। १६ अंकका साथ शीर्ष स्थानमा रहेको आर्मीलाई मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबले समान अंकका साथ पच्छ्याइरहेका छन्। आर्मीले जित निकालेको खण्डमा ३…
इस्तानाबुल : पूर्वी टर्कीमा शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाले ज्यान गुमाएका छन्। ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प हुँदा शनिवार बिहान यहाँ तनावको अवस्था सिर्जना भयो। भत्किएको भवनबाट १८ जनाको शव निकालिएको हो। अझै ३० जना मानिस हराइरहेका छन्। उनीहरु भूकम्पले भत्काएको संरचनाभित्र रहेको अनुमान गरिएको छ। एलाजिग प्रान्तको सिभ्रिकमा केन्द्रविन्दु रहेर भूकम्प भएको हो। ‘यो साच्चै डरलाग्दो थियो, हामीमाथि फर्निचर बज्रियो।…
पाकिस्तानको एक शहरमा भव्य विवाह समारोहको आयोजना हुन्छ। त्यहाँ पुगेका हुन्छन् ‘मौलवी साहब’। मौलवी अर्थात् इस्लामिक कानूनका गुरु। समारोहमा उनले कविता वाचनको तयारी गरेका हुन्छन्। कविताको विषय इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मद हुन्छन्। विवाह समारोहमा उनले कविता वाचन गर्छन्। उनले वाचन गरेको कविताको भिडियो कसैले खिचेर फेसबुकमा पोस्ट गरिदिन्छ। अनि भिडियो भाइरल। आनन्दले रहँदै आएका मौलवीको जीवनमा भिडियोले अप्रत्यासित प्रभाव…
खजाना वा गाडधनको कथाले हामीलाई सँधै तान्छ। खजानाको खोजी, लुटपाट वा कतै गाडिएको लुकाइएको धनका बारेमा कथा सुन्न अझै पनि रमाइलो लाग्छ। यस्तै एउटा खजानाको सत्य कथा रुसको साइबेरिया क्षेत्रको पनि छ। संसारकै सबैभन्दा गहिरो ताल भनेर चिनिने बैकालमा पर्छ यो क्षेत्र। बैकाल यति टाढा र दूर्गम ठाउँमा छ कि यहाँ पुग्न धेरै कमले मात्र आँट गर्छन्। त्यहाँ एउटा सहर…
काठमाडौं : बाह्रखरी बुक्सले दोस्रो कथा प्रतियोगिताका लागि संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ। प्राप्त भएका कथामध्ये आन्तरिक निर्णायक मण्डलले ५० कथा छान्ने र ती कथा निर्णायक मण्डललाई उपलब्ध गराउने छ। ती कथा मध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ। पत्रकार नारायण वाग्लेको संयोजकत्वमा…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको इन्ज्युरी समयमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै च्यासललाई अग्रता दिलाए। त्यसपछि ब्रिगेडले गोल फर्काउन नसक्दा साहुखलको गोल नै…
काठमाडौं: नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिलातर्फ उपाधी सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ। न्यु डाइमन्डलाई पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल खेलमा एपिएफले ३-१ को सेटमा खेल जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले एपिएफले जिते पनि तेस्रो…
काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङेविरुद्ध सार्वजनिक अपराधको कसुरमा म्याद थप गरिएको छ। बिहीबार पोखराको लेक साइडबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सांसद मनाङेलाई नियन्त्रणमा लिएको थियो। आज जिल्ला प्रशासन कार्यालय कास्कीले उनीविरुद्ध सार्वजनिक अपराधको कसुरमा दुई दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए। अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको हो। ‘विभिन्न ठगी र बैंकिङ कसुरको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने। पक्राउ परेका गुरुङमाथि मंगलबार प्रदेेश सांसद दीपक मनाङेले हातपात गरेका थिए। खेलाडी व्यवस्थापन नगरेको भन्दै मनाङेले मुख्यमन्त्रीकपको उद्घाटन समारोहमा हातपात गरेका हुन्। गुरुङले आफूमाथि हातपात…
काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले सरस्वती युथ क्लबलाई हराउँदै शीर्ष तीनमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वती क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा मनाङका लागि बिमल रानाले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै मनाङले…
काठमाडौं : अग्नि सापकोटालाई सभामुखको बनाउन रोक लगाउन माग गर्दै अदालतमा रिट परेको छ। शुक्रवार सर्वोच्च अदालतमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्। अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रिट परेको जानकारी दिए। 'रिट आएको छ तर दर्ता हुने नहुने केही समयमा थाहा हुन्छ,' पोखरेलले भने। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व मन्त्रीसमेत रहेका सापकोटालाई सभामुख बनाउन निर्णय गरेर प्रकृया अगाडि बढाइसकेको छ। उनका विरुद्धमा नेपाली…
काठमाडौः नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत् दुई जना पक्राउ परेका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणमा काम गर्ने कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने पुरुषोत्तम दाहाललाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। चौधरीले बिजुलीको पोल राखिदिने भन्दै सेवाग्राहीसँग पच्चिस हजार रुपैयाँ घुस मागेका थिए। उनलाई घुस दिँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका १४ स्थित गुडफुड तन्दुरी अगाडिबाट नियन्त्रणमा लिइएको…
काठमाडौं : नेपाल वायुसेवा निगमले स्वदेशी र विदेशी पाइलटलाई दिइरहेको सेवा सुविधाबीच असमानता भएको भन्दै २५ जना पाइलटले निगमको सञ्चालक समितिलाई सेवा सुविधा सुधार्न दवाव दिएका छन्। समितिले तीन महिनाभित्र समानता व्यवस्थापन नगरे राजीनामा प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन्। सेवा सुविधामा समानता नभएका कारण काम गर्ने मनोबल घटेको निगमका वरिष्ठ पाइलट आरके शेरचनले बताए। 'विदेशी पाइलट र हामीलाई दिइँदै आएको सेवा सुविधा असमान छ। सुधार गरियोस् भनेर हामीले…
काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को आज फाइनल खेलहरु हुँदैछन्। च्याम्पियनसिपमा पुरुषतर्फ सशस्त्र प्रहरी (एपिएफ) र हेल्प नेपाल भिड्ने छन्। त्यस्तै महिलातर्फ एपिएफ र न्यू डायमन्ड आमनेसामने हुनेछन्। महिलातर्फ बिहिबार सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै…