काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा सरस्वती युथ क्लबले मनाङ मर्स्याङदीसँग खेल्दैछ। अंकतालिकाको पुछारमा रहेको सरस्वती पहिलो जितको खोजीमा छ भने मनाङ शीर्ष स्थानको होडमा छ। उपाधि दावेदार मनाङ आजको खेलमा जित निकालेको खण्डमा शीर्ष स्थानका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबसँग अंक बराबरी गर्नेछ। त्रिभुवन आर्मी क्लब र मछिन्द्रको १६ अंक…
विराटनगर: आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरीलाई जेल चलान गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजलासले बिहीवार गिरीलाई जेल चलानको लागि आदेश दिएको हो। तर उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारत गएका…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागिय टोली एपिएफ जावलाखेल युथ क्लबसँग पराजित भएको छ। एपिएफमाथि १-० को संघर्षपूर्ण जित निकालेसँगै जावलाखेल अंकतालिकको शीर्ष पाँचमा प्रवेश गर्न सफल भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको १३ औं मिनेटमा एपिएफका आशिष लामाले जावलाखेलको पोस्टमा प्रहार गरे पनि एपिएफका…
काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनी आज पक्राउ परेका हुन्। प्रहरीले उनलाई होटल प्याराडाइज गौरीघाटबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको कास्कीका एसपी दानबहादुर कार्कीले बताए। पोखरामा जारी मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए। खेलाडीलाई व्यवस्थापन नगरेको भन्दै…
जनकपुरधाम : प्रदेश २ मा ४ वटा सिटको लागि भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत प्रतिशत मत खसेको छ। जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा भएको मतदानमा सत प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए। बिहान करिब १०:३० बजे शुरु भएको मतदानमा प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले पहिलो मतदाताका रुपमा मतदान गरेका थिए। निर्वाचन अन्तर्गत…
काठमाडौं : सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको हो। बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले निर्धारित समयमा बस सञ्चालन गर्न नसेकाले सरकारले लगानी फिर्ता गर्ने निर्णय गरेको जानकारी…
काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १८ पदका लागि सातै प्रदेशमा निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९५ प्रतिशत मत खको छ। मतदानका लागि बिहान १० वजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन्।…
काठमाडौं : सशस्त्र प्रहरी बल (एपिएफ)का प्रमुख आइजिपी शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन्। १९ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आइजिपी खनालले यस्तो बताएका हुन्। संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारबाही गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न…
काठमाडौं : आरबिबी एनभिए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गतको महिलातर्फ न्यु डाइमन्ड र एपिएफ क्लब फाइनलमा पुगेका छन्। आज भएको सेमिफाइनलका खेलमा एपिएफले नेपाल पुलिसलाई तथा न्यु डाइमन्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन्। फाइनल पुग्न एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। विभागिय डर्बीमा एपिएफले २५-१५,२५-१६ र २५-२२ ले खेल आफ्नो पक्षमा पार्दै…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबमाथि सहज जित निकाल्दै थ्री स्टार क्लब अंक तालिकाको शीर्ष तीनमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन सुशिल राई, सञ्जोग राई र वासियु हजमतले १/१ गोल गरे। अर्कोतर्फ हिमालयन शेर्पा क्लबका लागि स्टेफेन समिरले सान्तवना गोल फर्काए। थ्री स्टारले खेलको छैटौं…
काठमाडौं : चाबहिलस्थित धोविखोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ। बिहीवार बिहान प्रहरीले खोलाको किनारमा फ्याँकेको अवस्थामा शव फेला पारेको हो। करिव ७ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत गौशलाका डिएसपी प्रदिपकुमार सिंहले जानकारी दिए। कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 'हामीलाई जानकारी आएपछि घटनास्थल पुग्दा पोको पारेर फ्याँलिएको अवस्थामा भेटाएका हौं,' डिएसपी सिंहले भने।…
‘बेयर ग्रिल्स’ नामभन्दा चर्चित छ उनी देखिने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’। डिस्कभरी च्यानलमा एड्भेन्चर कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'मा एड्भेन्चर सिकाउँछन् उनी। उसो त उनकै जीवन पनि कुनै एड्भेन्चरभन्दा कम भने लाग्दैन। आफ्नै भोगाइका कारण। कुनैबेला बेलायतको एयरफोर्समा सहयोगीका रुपमा कार्यरत थिए उनी। केही समय आफ्नै व्यवसाय पनि शुरु नगरेका होइनन्। तर अनुभव बटुल्ने बानीले एउटै क्षेत्रमा चुपचाप बस्न भने दिएन। लेखनमा…
काठमाडौँ: राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ। राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्। स्थानीय तहमा १५०६ तथा प्रदेश सभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनमा प्रदेश सभासदस्यको मतभार ४८…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा अंक तालिकको पाचौं स्थानमा रहेको थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। आज मध्यान्ह १२ बजे शुरु हुने खेलमा थ्री स्टार क्लब शेर्पा क्लबमाथि जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ। ७ खेल खेलेको थ्री स्टार क्लबले ३ जित २ हार र…
कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले इबिजामाथि जित निकालेको छ। म्युनिसिपाल डि क्यान मिस स्टेडियममा भएको खेलका बार्सिलोनाले इबिजालाई २-१ को गोल अन्तरले हराएको हो। खेलको ९ मिनेटमै पेप क्याबेलेले गोल गर्दै इबिलाई शुरुवाती अग्रता दिलाएका थिए। उनको गोलसँगै बार्सिलोना पहिलो हाफमा १ गोलले पछाडि रह्यो। दोस्रो हाफमा भने इबिजाले अग्रता जोगाइरहन सकेन। खेलको ७२ औं मिनेटमा गोल…
इङग्लिस प्रिमियर लिग अन्तरर्गत गएराति भएको खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेड २-० ले पराजित भएको हो। बर्नलीको जितमा चेरिस उड र जे रोड्रिगेजले गोल गरे। खेलको ३९ मिनेटमा बर्नलीले पहिलो गोल गरेको थियो। उसका लागि चेरिस उडले गोल गर्दा पहिलो हाफमै बर्नली १ गोलले अगाडि रहेको थियो। दोस्रो हाफमा रोड्रिगेजले गोल…
कोपा इटालियाको गएराति भएको खेलमा युभेन्टसले रोमालाई हराएको छ। रोमामाथि ३-१ को जितसँगै युभेन्टसले सेमिफाइनलको यात्रासमेत तय गरेको छ। खेलको पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। फेरि ३८ औं मिनेटमा बेन्टानकुरले अर्को गोल थपे। त्यसपछि खेलको ४५ औं मिनेटमा बोनुस्सीले गोल गर्दा पहिलो हाफमा युभेन्टस ३-० ले अगाडि रह्यो। दोस्रो हाफमा रोमाले आत्मघाती गोल उपहारमा पाएको…
काठमाडौं : पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। बुधवार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो। सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा कुराकानी भएको वरिष्ठ नेता पौडेलले जानकारी दिए। शुक्रवार बिहानै पुनः…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीको नेतृत्वलाई नेकपामा आउन आग्रह गरेका छन्। समाजवादीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गरेका हुन्। उनले पार्टी प्रवेश गरेका समाजवादीका नेता रामप्रसाद रिजालको भनाइ उदृत गर्दै भने, ‘रामप्रसादजीले त्यहाँ अशोक राई, बावुराम भट्टराई बडो निरिह…
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले माघ ९ गते (भोलि) हुने निर्वाचनबारे जानकारी दिएको हो। फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर हुन्। स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा…