काठमाडौं : दुई भारतीय र एक नेपालीले अवैध रुपमा तस्करी गरी भित्र्याएको सुर्तीजन्य पदार्थ ५० लाख रुपैयाँ भन्दा धेरैको भएको प्रहरीले जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध पैठारी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखका एसपी मुकेशकुमार सिंहका अनुसार एउटा सिंगो घर नै भाडामा लिएर उनीहरुले अवैध रुपमा भित्र्याएको सुर्तीजन्य पदार्थ भण्डारण गर्दै आएका…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो। खेलको ३५ औं मिनेटमा ब्रिगेड ब्वाइजका विजय गुरुङले उत्कृष्ट प्रहार गरे पनि संकटाका गोल किपरले बचाउ गरे। त्यस्तै संकटाका मासौकेले ७५ औं मिनेटमा पोस्ट नजिकै…
काठमाडौं : लामो समयको राजनीतिक खिचातानीपछि अन्तत: उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्। 'मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु,' संसदमा उप सभामुख तुम्बाहाङ्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्। यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको छ। महरा अहिले जेलमा नै…
काठमाडौं : उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनको प्रकृया अगाडि बढाउन आज दुई पटक संसद बैठक बस्ने भएको छ। पहिलो बैठकमा उपसभामुख डाक्टर शिवमाया तुम्बहाम्फेले राजीनामा दिने बताइएको छ। उनको राजीनामापछि उमेरका हिसाबले सबैभन्दा पाका सांसद महन्थ ठाकुरको अध्यक्षतामा संसद बैठक संचालन हुनेछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्। आजै जनकपुर जाने तयारीमा रहेका राजपा नेता ठाकुरले संसद बैठकको अध्यक्षता…
भारतले अस्ट्रेलिया विरुद्धको एकदिवसिय सिरिज जितेको छ। आइतवार बेङ्लोरमा भएको अन्तिम खेलमा ७ विकेटको जित हात पारेसँगै भारतले सिरिजमा जित हात पार्यो। सिरिज भारतले २-१ ले जितेको हो। आइतवार भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले १ सय ३१ रनको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा ब्रिगेड ब्याइज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टोली त्रिभुव आर्मी क्लब खेल्नेछन्। आजको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्पेक्सको मैदानमा १२ बजे सुरु हुनेछ। यसअघि यो खेल दशरथ रंगशालामा हुने भनिएको भए पनि एन्फा यो खेल स्थानन्तरण गरेको हो।…
दमौली : जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गोरखा पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो। गत असार १४ गते तनहुँको भानु नगरपालिका-३ तुरतेरस्थित पाँच वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको…
स्पेनिस लिग ला लिगा अन्तर्गत गएराति भएको खेलमा साविक विजेता बार्सिलोनाले ग्रानाडामाथि जित निकालेको छ। घरेलु टोली बार्सिलोनाले ग्रानडामाथि एक गोलको संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा जर्मन साञ्जे बाराहोना रातो कार्ड खाँदै बाहिरिएपछि ग्रानडा १० खेलाडीमा सिमित हुन पुगेको थियो। ६९औँ मिनेटमा बार्सिलोनाका लियोनेल मेस्सीलाई खराब ट्याकल गरेका कारण रातो कार्ड पाएका…
इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई २-० गोलअन्तरले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो। लिभरपुलको जितमा भान डाइक र मोहम्मद सलाहले १-१ गोल गरे। खेलको १४ औं मिनेटमै भान डाइकको गोलमा लिभरपुलले अग्रता लिएको थियो। अलेक्जेन्जर आर्नोल्डले कर्नरबाट प्रहार गरेको बललाई हेडिङ मार्फत गोल गर्दै डाइकले लिभरपुललाई अग्रता दिलाएका…
सन् १९६० को दशक। मुम्बईको कमाठीपुरामा वेश्यालय चलाउँथिन् गंगूबाई। सरकारी कागजहरुमा त उनको नाम गंगा हरजीवनदास थियो। स्कूल पढुन्जेल साथीहरुले गंगा भनेरै बोलाउँथे। जसै जन्मथलो, गुजरातको काठियावाडी छाडेर मुम्बई आइन् तब उनको परिचय फेरियो। प्रेम सम्बन्धले गंगालाई गुजरातबाट मुम्बई पुर्यायो। उनको परिचय बदल्यो। प्रेम नै कारण थियो जसले उनको परिचय र ठेगानासँगै जिन्दगीलाई नै कोल्टे फेरायो। गुजरातमा जीवन मस्त बितेकै…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण बिडारीले टुँडिखेल अतिक्रमणमा परेको भन्दै त्यसलाई पहिला जस्तै खुल्ला बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै उनले टुँडिखेल जनताको पैतृक सम्पत्ति रहेकाले यसलाई जनताले उपभोग गर्न पाउने बताएका हुन्। प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले टुँडिखेलको महत्व रहेको र कुनै बेला रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेल अहिले साँघुरिदै गएको उनको भनाइ छ।…
काठमाडौं : केही समयअघि मात्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वार बनाएका अग्नि सापकोटा बालुवाटार पुगेका छन्। सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। आज बसेको नेकपा सचिवालय बैठकले पूर्वमन्त्री समेत रहेका सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वमन्त्रीसमेत रहेका अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो। सचिवालय बैठकबाट सर्वसम्मत रुपमा सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए। सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र…
काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष ठहरिएका छन्। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेको हो। न्यायाधीश हेमन्त रावलको इजलाशले उनलाई निर्दोष ठहर्याएको हो। दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले सरस्वती युथ क्लबमाथि फराकिलो जित निकालेको छ। पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै लगेको फ्रेन्ड्सले सरस्वतीलाई ४-१ को फराकिलो गोल अन्तरले हराएको हो। फ्रेन्ड्सको जितसँगै सरस्वती क्लब जारी लिगको लगातार सातौं खेलमा पनि जित निकाल्न सकेन। एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले खेलको पाँचौं मिनेटमै अग्रता लिएको थियो।…
काठमाडौं : काठमाडौंमा शनिवार बालबालिकाको सौन्दर्य प्रतियोगिता आयोजना भयो। 'किड्डी फेस अफ दि इयर'को पाँचौ संस्करणमा बालक तथा बालिकातर्फबाट तीन शीर्ष विजेता चुनिए। कार्यक्रमको रोचक पक्ष त के रह्यो भने बालिकातर्फ २५ जनाको सहभागिता रहेको कार्यक्रममा बालकतर्फ जम्मा ७ को सहभागिता जनाएका थिए। अझै रोचक त ती सातजना मध्य पाँचजनाले विविध उपाधि हात पारे। कार्यक्रममा ९ देखि १४ वर्षसम्मका बालबालिका सहभागिता…
काठमाडौं : प्रहरीले सुर्तीजन्य पदार्थ भण्डार गर्ने स्थानमा छापा मारेको छ। आइतवार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका तीन स्थानमा छापा मारेको हो। भन्सार छलेर ल्याइएका एक ट्रक भन्दा बढी सुर्तीजन्य पदार्थ बरामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 'हामीले भन्सार छलेर ल्याएका सुर्तीजन्य पदार्थ बरामद गरेका छौं। थप अनुसन्धान भइरहेको छ,' एसएसपी थापाले भने। प्रहरीले सुन्धारा, पशुपति क्षेत्र…
काठमाडौं : ‘आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०२०’ मा आइतवार एपिएफ र सेनाको टिएसी महिलातर्फ सेमिफाइनल प्रवेश गरेका छन्। एपिएफले समूह ‘ए’ को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३-० को सोझो सेटमा पराजित गर्यो। अन्तिम चारको यात्रा तय गर्न एपिएफले बिएमसीलाई २५-११, २५-१२ र २५-१६ ले पराजित गरेको थियो। योसँगै एपिएफको ६ अंक भएको छ। यसअघि…
काठमाडौं : केही दिनदेखि गायिका आस्था राउतसँग जोडिएको प्रकरणले मिडियादेखि सामाजिक सञ्जालसम्म तताएको छ। आइतवारमात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई पक्राउ गर्न अनुमति दिइसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार नै गायिका राउतविरुद्ध अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएको थियो। पछिल्लो समय प्रहरी पटकपटक विवादमा तानिएको छ। कमेडियन प्रनेश गौतम एवं र्यापर भिटेन पक्राउ प्रकरणमा मिडियादेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले…
काठमाडौं : सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब ‘वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता’मा च्याम्पियन बनेको छ। एपिएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो। च्याम्पियन एपिएफले १ लाख नगद पुरस्कार पायो। ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णका साथ दोस्रो भयो। आर्मीले ५० हजार नगद पुरस्कार हात पार्यो। पुरुषमा आर्मीका राजेश चौधरी…