PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

  • द्वन्द्व पीडित देवी सुनार भन्छिन् : प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्रलाई मुद्धा हाल्छु

    द्वन्द्व पीडित देवी सुनार भन्छिन् : प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्रलाई मुद्धा हाल्छु

    काठमाडौं : द्वन्द्व पीडित देवी सुनुवारले पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध मुद्दा हाल्ने बताएकी छिन्। मुक्तिनाथ अधिकारीको १८ औं वार्षिक स्मृतिसभामा उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर, प्रधानमन्त्री केपी ओली र पूर्ब राजा ज्ञानेन्द्र शाह पनि अपराधी भएको भन्दै मुद्दा हाल्ने बताइन्। 'मेरी छोरी मार्न निर्देशन दिने ज्ञानेन्द्र हो उनको बिरुद्ध मुद्दा हाल्छु म,' उनले भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • दुर्व्यवहारको दावी गर्दै फेसबुक लाइभमै आस्थाले झारिन् आँशु

    दुर्व्यवहारको दावी गर्दै फेसबुक लाइभमै आस्थाले झारिन् आँशु

    काठमाडौं : विमानस्थलमा लफडा गरेपछि विवादमा तानिएकी गायिका आस्था राउत आज दिउँसो फेसबुक लाइभमा रोएकी छिन्। एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज फेरि फेसबुक लाइभमा आएकी हुन् उनी। यसअघि उनलै जारी गरेको भिडियो प्रयोग गरेको भाषा र शैलीलाई लिएर चर्को आलोचना भइरहेको छ। उनले भिडियोमा प्रहरीप्रति आक्रोशित प्रस्तुत हुँदै 'डन्ठीनी', 'प्युसिनी' लगायत शब्द प्रयोग गरेकी थिइन्। यसैबीच शुक्रबार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेता बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे द्वन्द्व पीडितसँग भएको परामर्शको रिपोर्टिङ

    शीर्ष नेता बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे द्वन्द्व पीडितसँग भएको परामर्शको रिपोर्टिङ

    काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ। शुक्रवार भएको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता : छलफलमा दुई आयोग

    बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता : छलफलमा दुई आयोग

    काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष तथा केपी…

    विस्तृतमा पढ्नुस्

  • भर्खरै बनेको दशरथ रंगशाला हिलाम्य, लिगको खेल एन्फा ग्राउन्डमा

    भर्खरै बनेको दशरथ रंगशाला हिलाम्य, लिगको खेल एन्फा ग्राउन्डमा

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको आज हुने तय भएको मछिन्द्र क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल स्थान एन्फाले परिवर्तन गरेको छ। आज दिउँसो ३ बजे दशरथ रंगशालामा खेल हुने तय थियो। तर एन्फाले आजै एउटा सूचना निकाल्दै खेल स्थल परिवर्तन भएको जनाएको हो। एन्फाका अनुसार 'हेभि रेन' का कारण खेलस्थल परिवर्तन गरिएको हो। अब खेल सोही समयमा सातदोबाटोस्थित एन्फा ग्राउन्डमा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • उच्च हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा निरन्तरको वर्षाले जनजीवन कष्टकर

    उच्च हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा निरन्तरको वर्षाले जनजीवन कष्टकर

    काठमाडौं : बिहीवार दिउँसोदेखि मौसममा बदलाव आउँदा चिसो पुनः बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार पश्चिम, मध्य भू-भाग र पूर्वी पहाडी क्षेत्रमा सामान्यदेखि पूर्णतया मौसममा बदली भइरहेको छ। महाशाखाका अनुसार शुक्रवार देशभर अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुनेछ। उच्च पहाडी र हिमाली भेगमा अधिकांश क्षेत्रमा हल्का हिमपात र उच्च पहाडी तथा…

    विस्तृतमा पढ्नुस्

  • संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना

    संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना

    पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेको बताए। उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको सुरुवात गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदमा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको…

    विस्तृतमा पढ्नुस्

  • उच्च शिक्षामा छात्रवृत्ति पाउन कक्षा ६ देखि नै सामुदायिक विद्यालय पढ्नुपर्ने, बहुमतबाट उपकुलपति हटाउने प्रावधान

    उच्च शिक्षामा छात्रवृत्ति पाउन कक्षा ६ देखि नै सामुदायिक विद्यालय पढ्नुपर्ने, बहुमतबाट उपकुलपति हटाउने प्रावधान

    अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयमा कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ। यसअघि कक्षा १० अध्ययन गरे पुग्ने व्यवस्था थियो। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने प्रावधान राख्न सहमति जुटेको छ। ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा सातौ‌ँ चरणका खेल शुरु : आज मछिन्द्र र हिमालयन शेर्पा भिड्ने

    ए डिभिजन लिगमा सातौ‌ँ चरणका खेल शुरु : आज मछिन्द्र र हिमालयन शेर्पा भिड्ने

     काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजबाट शुरु हुँदैछन्। आज हुने खेलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ। यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ। मछिन्द्रले चार खेलमा जित तथा दुई खेलमा बराबरी…

    विस्तृतमा पढ्नुस्

  • एक्काइस दिनभित्र अदालतमा उपस्थित हुन मेडिकल कलेज सञ्चालक प्रसाईलाई काटियो पत्र

    एक्काइस दिनभित्र अदालतमा उपस्थित हुन मेडिकल कलेज सञ्चालक प्रसाईलाई काटियो पत्र

    काठमाडौं : झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित हुन पत्र काटिएको छ। जिल्ला अदालत काठमाडौंले २१ दिनभित्र उनलाई अदालतमा उपस्थित हुन पत्र काटेको हो। प्रसाईंले केही दिनअघि पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजको सम्बन्ध प्राप्त गर्नेको लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए। त्यसपछि उपाध्यक्ष गिरीले अदालतमा गाली बेइजतीको उजुरी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बास्कोटाले सोधे : भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्याउनुहुन्छ?

    मन्त्री बास्कोटाले सोधे : भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्याउनुहुन्छ?

    काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको कुरा सत्य नभएको दावी गरेका छन्। उनले सरकारको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा ज्यान मार्ने धम्की आयो भन्ने पत्यार लाग्छ र? भन्दै प्रश्न गरे। सहरी विकासमन्त्री समेत रहेका बास्कोटाले भने, ‘भीम रावलज्यूको ज्यान मार्ने धम्की…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डको संवादहीनता ‘ब्रेक’, वार्ता सकारात्मक

    ओली-प्रचण्डको संवादहीनता ‘ब्रेक’, वार्ता सकारात्मक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको संवादहीनता ‘ब्रेक’ भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार वालुवाटार पुगेका थिए। प्रचण्ड केही घण्टाको भेट सकारात्मक भएको प्रतिक्रिया दिएको उनको सचिवालयले जानकारी दियो। ‘सभामुखबारे वार्ता सकारात्मक भएको जानकारी पाएको छु,’ प्रचण्डका सचिवालय सदस्यले जानकारी दिए। नेकपामा सभामुखबारे अन्यौलता कायम नै छ।…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा, एक छोरा तीन छोरी जन्मिए

    स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा, एक छोरा तीन छोरी जन्मिए

    काठमाडौं: स्याङ्जाको पुतलीबजार-१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा सन्तान जन्म दिएकी छन्। पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार बिहान उनले शल्यक्रियाबाट एकैपटक चारवटा बच्चा जन्माएकी हुन्।   उनको शल्यक्रिया अस्पतालका डा. महेन्द्रराज पाण्डेको टिमले गरेको हो। उनले पहिलो सन्तान छोरी १ किलो ६ सय किलोग्रामकी छन्।  दोश्रो छोरा एक किलो ३ सय ग्राम, तेश्रो छोरी १ किलोग्राम ३ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार 

    प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार 

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। उनी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। ‘अध्यक्ष केही अघि बालुवाटार पुग्नुभएको हो,’ दाहाल निकट स्रोतले भन्यो। भेटमा सभामुखबारे छलफल हुने स्रोतको दावी छ। नेकपामा सभामुखबारे अन्यौलता कायम नै छ। गत शनिवार प्रचण्डको अध्यक्षतामा बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन गरेको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एक करोड चोरी : कैलालीमा खाल्डो खनेर घरभित्रै लुकाइएको ६५ लाख प्रहरीद्वारा बरामद

    भारतमा एक करोड चोरी : कैलालीमा खाल्डो खनेर घरभित्रै लुकाइएको ६५ लाख प्रहरीद्वारा बरामद

    कैलाली : कैलाली प्रहरीलाई गत डिसेम्मबर ४ मा भारतको नयाँ दिल्लीबाट एकक करोड ४ लाख बराबरको रकम र अन्य सामान चोरी  भएको सूचना भारतीय दूतावासबाट प्राप्त भयो। भारतको दिल्लीमा काम गर्दे आएका श्रीमान् श्रीमती मिलेर चोरी गरेको दाबी गरिएको थियो। उक्त घटनामा अनुसन्धान थालेको प्रहरीले पुस २६ गते कैलालीको गौरीगंगा नगरपालिका ६ बस्दै आएकी बिन्दा थापाको घरमा खानतलासी थाल्यो। खानतलासीका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रुको मृत्यु

    ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रुको मृत्यु

    भरतपुर : ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ। हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका-१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा युवा समूहबीच झडप : एक गम्भीर घाइते, अस्पतालमा पनि तोडफोड

    धनगढीमा युवा समूहबीच झडप : एक गम्भीर घाइते, अस्पतालमा पनि तोडफोड

    कैलाली : धनगढीमा बुधबार राति युवा समूहबीच झडप भएको छ। राति साढे १० बजे धनगढी उपमहानगरपालिका १ अस्पताल लाइनको मुख्य बजार क्षेत्रमै युवाहरूको समूहबीच झडप भएको हो। प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी १ अदालत रोडका २३ वर्षीय समीर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो। आक्रमणबाट तियाली घाइते भएका छन्।  उनलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • एम्बापे चम्किँदा मोनाकोमाथि पिएसजीको शानदार जित

    एम्बापे चम्किँदा मोनाकोमाथि पिएसजीको शानदार जित

    लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई हराएको छ। मोनाको घरेलु मैदानमा भएको खेलमा उसले पिएसजीसँग ४-१ ले पराजित भएको हो। पिएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा नेयमार र सारावियाले १/१ गोल गरे। खेलको २४औं मिनेटमै पिएसजीले अग्रता बनाएको थियो। डि मारियाको पासमा एम्वाप्पेले गोल गर्दै अग्रता दिलाए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गरेर टिमलाई २…

    विस्तृतमा पढ्नुस्

  • उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड चौथो चरणमा

    उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड चौथो चरणमा

    एफए कप अन्तर्गत गएराति भएको खेलमा उल्भ्वरह्याम्टनमाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड चौँथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा माटाले निर्णायक गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे। माटाले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए। खेल अवधिभर घरेलु टोली युनाइटेडले गोलको विभिन्न अवसरहरु सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट

    बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट

    काठमाडौं : काठमाडौंको नागार्जुनमा विस्फोट भएको छ। नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ। 'विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ। घरको गेटमा विस्फोट भएको जानकारी आएको छ। घरमा सामान्य क्षति भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने। ढकाल ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन्। विस्फोट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell