अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले क्रिकेटको लोकप्रियता बढाउने लक्ष्यका साथ विश्व कपमा सहभागी देशहरुको संख्या बढाउने बहस अघि सारेको छ। अस्ट्रेलियामा अक्टोबरमा हुन गइरहेको विश्वकपमा १६ टिमको सहभागिता रहने छ। तर, त्यसपछिका विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी आइसिसीले गरिरहेको द टेलिग्राफको रिपोर्टमा जनाइएको छ। रिपोर्टका अनुसार सन् २०२४ को विश्वकपमा २० टिमले सहभागिता जनाउने छन्। फुटबल र बास्केटबल जस्तै क्रिकेटलाई…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन् हुने गरि कुनैपनि विधेयक नल्याएको बताएका छन्। सोमवार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन् गर्ने अधिकार संविधानले पनि नदिएको बताए। ‘स्वतन्त्र छु भन्दैमा अरु कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानव अधिकारको व्याख्या गर्नु भएन,’…
काठमाडौं : अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘कमाण्डर’को प्रदर्शन मिति तय भएको छ। माघ १० गतेको लागि फिल्मको प्रदर्शन मिति तय गरेको निर्माण टिमले जनाएको छ। एक्सन जनारामा निर्माण भएको यस फिल्मलाई एलआर विवेक सापकोटाको निर्देशन गरेका हुन्। फिल्ममा शाहीसँगै रोबिन तामाङ, प्रेम शर्मा, साधना शिलवाल, दिनेश केसी, कालु राना, यादव सिटौला, बिमला पुरी लगायतको अभिनय रहेको छ। ‘कमाण्डर’मा…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा न्यु रोड टिम (एनआरटी)ले नेपाल पुलिसमाथि १-० को संघर्षपूर्ण जित दर्ता गरेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई १-० ले हराउँदै एनआरटी छैटौं स्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा एनआरटीले गोल गरेको थियो। खेलको ७६ औं मिनेटमा दर्शन गुरुङले गरेको गोल एनआरटीको जितमा…
जेमी वार्टलेट/बिबिसी- रुजा इग्नातोवा आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्न रुचाउँथिन्। भन्ने गर्थिन् - 'बिटक्वाइनलाई समेत माथ गर्ने नयाँ क्रिप्टोकरेन्सी 'वानक्वाइन' मैले ल्याएकी हुँ।' यतिमात्र होइन उनले मानिसहरूलाई नयाँ करेन्सीमा लाखौं करोडौं लगानी गर्नका लागि राजी पनि गराइसकेकी थिइन्। तर अचानक दुई वर्षअघि उनी गायब भइन्। रुजाले आखिर यो सबै काम किन र कसरी गरिन्, र अचानक कता गायब भइन् ? उनी…
अमेरिका र इरानबीच अहिले तनावपूर्ण अवस्था छ। अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्युपछि खाडीमा युद्धको त्रास बढेको हो। इरानले पनि बदला स्वरुप इराकमा रहेको अमेरिकी सैन्य शिविरमा आक्रमण गरिसकेको छ। तर, सोही दिन इरानकी भूमिमा नै युक्रेनी विमान दुर्घटना भयो। उक्त विमान इरानी सेनाले 'भूलवश' मिसाइल प्रहार गरि खसाएको बताएपछि इरानमा अहिले प्रदर्शन भइरहेको छ। इरानी विद्या्थीहरुले सरकार विरुद्ध प्रदर्शन…
काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रोस्टमबाट दिएको धम्की लोकतन्त्रको विरुद्ध भएको विवेकशील नेपाली पार्टीको ठहर छ। विवेकशीलले विज्ञप्ति जारी गर्दै प्रदेश नम्बर ३ को नाम र राजधानी प्रस्तावमा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै गर्दा विवेकशीलका प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यप्रति मुख्यमन्त्री पौडेलद्वारा दिइएको अभिव्यक्ति गैर संवैधानिक एवं संसदीय अभ्यासको मर्म विपरीत रहेको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भिड्दै छन्। अघिल्लो खेलमा च्यासलसँग पराजित भएको नेपाल पुलिस क्लब आज जित निकाल्दै चौँथो स्थानमा उक्लने दाउमा हुनेछ। पुलिसले जारी सिजनमा ५ खेलमध्ये २ मा जित १ हार र २ बराबरी खेल्दै ८ अंक जोडेर छैटौं स्थानमा छ।…
स्पेनिस सुपर कप कपको उपाधि रियल मड्रिडले जितेको छ। साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा भएको गएरातिको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियलले उपाधि हात पारेको हो। रोमान्चक खेलमा निर्धारित समयमा समयमा गोल हुन सकेन। त्यसपछि थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटबाट ४-१ को जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपरकपको उपाधि हात पारेको…
काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा विशेषज्ञसँग बुझ्न आदेश दिइएको छ। आइतवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाबारे सम्बन्धि विज्ञहरुसँग बुझ्न निर्देशन दिएको हो। पीडित महिलाले बलात्कारको प्रयास र कुटपिट गरेको जानकारी दिएपछि प्रहरीले महिलाको स्वास्थ्य परीक्षणसमेत गराएको थियो। त्यस्तै सम्वन्धित घटनामा कागज गर्नेहरुलाई बकपत्रको लागि बोलाइएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन्। आज अंक बाँडेसँगै अंकतालिकाको पुछारमा रहेको सरस्वती क्लबले पहिलो अंक जोडेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज केही हावी देखिए पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिन पुग्यो। ब्रिगेड ब्वाइज ६ खेलमा २…
अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आजको खेलमा सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई पराजित गरेको छ। मेलबर्नले सिड्नीलाई ४४ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो। मेलबर्नका लागि मार्कस स्टोइनिसले अभिजित सर्वाधिक १ सय ४७ रन बनाउँदा हिल्टन कार्टराइट ५९ रन बनाएर पभेलियन फर्किए।…
परासी : नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ। आइतवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्। फलामको उत्खनन् र प्रशोधनका लागि…
इरानका लागि बेलायती राजदूत रब मेकयरलाई इरानी प्रहरीले नियन्त्रणमा लिएको थियो। राजदूत नियन्त्रणको विषयमाथि बेलायतले विरोध जनाएको छ। इरानमा युक्रेनी विमान दुर्घटना हुनुमा आफ्नो सेनाको 'गल्ती' भएको स्वीकार गरेपछि इरानी विश्वविद्यालय बाहिर विरोध प्रदशर्न हुँदै आएको छ। १७३ सवार विमानमा सबैभन्दा धेरै यात्रु इरानकै थिए। उक्त दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको भन्दै राजदूत रबलाई नियन्त्रणमा लिइएको थियो।…
काठमाडौं: प्रहरीले हतियारसहित शनिवार दुई जनालाई नियन्त्रणमा लियो। काठमाडौंको सिनामंगलबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घरमै बनाइएको रिभल्बरसहित दुई जनालाई समातेको हो। पक्राउ पर्नेमा धनुषाका २५ वर्षीय धर्वेन्द्र पासवान र सिरहाका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन्। प्रहरीले जनाए अनुसार झा शिवा गेष्ट हाउसका सञ्चालक हुन्। त्यस्तै पासवान भने ट्राभल एजेन्सी सञ्चालक हुन्। दुबै लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको…
फिल्म 'जर्सी' छायांकनको क्रममा बलिउड अभिनेता शाहिद कपूर घाइते भएका छन्। तेलेगु ब्लकबस्टर फिल्म 'जर्सी'को बलिउड रिमेकका लागि उनी हाल चन्डिगढमा छन्। त्यहाँ क्रिकेट खेल्ने सिन खिच्दै गर्दा बलले उनको ओठमा लागेको हो जसका कारण उनको ओठमा १३ टाँका लगाउनु परेको बलिउड बबलले जनाएको छ। शाहिद घाइते भएसँगै जर्सीको छायाँकन स्थगित भएको छ। घाइते हुनुअघि शाहिदले रिहर्सल र छायांँकन स्थलको फोटो तथा भिडियो इन्स्टाग्राममार्फत्…
काठमाडौं : आइतवार १ बजे हुने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। हिउँदे अधिवेशनपछिको प्रतिनिधि सभाको चौथो बैठक स्थगित हुनु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गैर जिम्मेवारीपन भएको कांग्रेसको आरोप छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै सत्ता पक्षकै कारण महिना दिनदेखि सदन अवरुद्ध रहनुलाई गम्भीरतापूर्वक लिनु पर्ने बताए। विज्ञप्तीमार्फत् कांग्रेसले दलगत…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। थ्री स्टारमाथि जित निकाल्न फ्रेन्ड्स क्बलका लागि वाग्नर डी कार्मोले निर्णायक गोल गरे। उनले खेलको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। लिगको पहिलो जितसँगै फ्रेन्ड्स क्लब…
एक मराठी संगठनले बलिउड अभिनेता अक्षय कुमारको विरुद्ध मुद्दा दर्ताको तयारी थालेका छन्। महाराष्ट्रको नान्देडस्थित जिल्ला अधिकारी र प्रहरीलाई पत्रमार्फत अक्षयले एक वासिङ पाउडको विज्ञापनमा मराठी समुदायको भावनामा चोट पुर्याएको बताएका हुन्। निर्मा एड्भान्स नामक वासिङ पाउडरमा अक्षय मराठी राजाको रुपमा देखिएका छन्। उनी लडाई जितेर सेनाहरुसँगै दरबार फर्कन्छन् तर उनीहरुको लुगा फोहोर भएको हुन्छ। त्यसैबीच अक्षयले एक संवाद बोल्छन्-…
काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतवार बिहान सम्पन्न १४ औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। वर्तमान कार्यसमितिको कार्यकाल वैशाखसम्म भए पनि अर्ली अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनलेखि २०७४ चैतसम्म अध्यक्ष थिए। महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको…