अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आज भएको खेलमा सन्दीप लामिछानेले कसिलो बलिङ गरेका छन्। उनले ३ ओभर बलिङ गर्दै ७ रन दिएर २ विकेट लिए। टस जितेर ब्याटिङमा उत्रिएको पर्थ स्करचर्ससले १३ दशमलब ५ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो। पर्थलाई सस्तैमा समेट्न ज्याक्सन कोलेमनले ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। उनले क्रिस जोर्डन र हेइ…
भारतीय कमेडियन कपिल शर्मा बुबा बनेको एक महिना पाँच दिन भयो। गत डिसेम्बर १० का दिन शर्माकी श्रीमती गिन्नी चतर्थले छोरीलाई जन्म दिएकी थिइन्। तर, कपिलले छोरीको तस्विर भने कतै सार्वजनिक गरेका थिएनन्। बुधबार छोरी अनेरा शर्माको फोटो सार्वजनिक गरे। ट्वीटरमा छोरी बोकेको फोटो राख्दै लेखे- 'हाम्री मुटुको टुक्रासँग भेट्नुस्।' उनले सोही ट्वीटमार्फत् छोरीको नाम पनि सार्वजनिक गरेका हुन्। कपिलले…
मुम्बई : बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला फिल्म ‘गंगूबाई काठियावाडी’को छायांकनमा व्यस्त छिन्। हालै फिल्मको पहिलो पोस्टर बाहिरिएको छ। उक्त पोष्टरमा आलिया ‘माफिया क्विन’को रुपमा प्रस्तुत भएकी छिन्। उक्त पोस्टर आलियाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन्। View this post on Instagram Here she…
काठमाडौं : त्रिभुवन विश्वविद्यलय र दक्षिण कोरियाको नेशनल युनिभर्सिटी अफ ट्रान्सपोर्ट्रेसनबीच द्वीपक्षीय सम्झौता भएको छ। दुई विश्वविद्यालयबीच ५ वर्षसम्म छात्रवृत्ति प्रदान गर्नेगरी सम्झौता भएको हो। सम्झौता पत्रमा त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा र कोरियन युनिभर्सिटीका प्रेसिडेन्ट डाक्टर जोन होन पार्कले सोमबार हस्ताक्षर गरेका हुन्। सात बुँदे सम्झौता पत्रमा नेपाली विद्यार्थीका लागि कोरियन युनिभर्सिटीले रेल्वे यातायात, इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गर्ने उल्लेख…
काठमाडौं : एभरेष्ट प्रिमियर लिगको आउँदो सिजन सन्दीप लामिछानेले काठमाडौं किङ्ग्सबाट खेल्ने भएका छन्। एभरेष्ट प्रिमियर लिगको अफिसियल साइटले ट्वीट गर्दै यसको जानकारी दिएको हो। अहिले सन्दीप अस्ट्रेलियाको फ्रेन्चाइज बिग ब्यास लिग खेलिरहेका छन्। इपिएलले ट्वीटमार्फत सन्दीप लामिछानेलाई बोलाउँदै विनोद दासले टिमलाई ब्यालेन्स गरिरहेको बताएको छ। JUST IN: @IamSandeep25 has confirmed to play the coming season of EPL. @KathmanduKings has…
काठमाडौ : नेपाल प्रहरीले अनुसन्धानको लागि चार वटा थप कुकुर ल्याउने भएको छ। टेन्डर प्रकृया सकिएर आगामी वैसाख महिनासम्म कुकुर आउने गरी प्रकृया सुरु भएको छ। ब्लड हाउन्ड र बेल्जियम सेफर्ड वर्गको कुकुर ल्याउन लागेको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका प्रमुख डिएसपी रामचन्द्र सत्यालले जानकारी दिए। 'पछिल्लो समय अनुसन्धानमा कुकुरको माग बढेको छ। त्यसैले पनि चारवटा कुकुर थप गर्ने प्रकृया सुरु भइसकेको…
काठमाडौं : आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुँदैछ। माघ १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी पूरा भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको…
काभ्रे : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ। पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो। परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
धनगढी : नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका…
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन्। मंगलवार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले नेपाल प्रहरीले प्रयोग गर्ने लाठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको बताए। केही वर्ष अघिसम्म गाउँगाउँका…
काठमाडौं: एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको आयोजनामा दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए। ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १ हजार २ सय खेलाडीको…
काठमाडौं : नेपाल मगर संघले माघे संक्रान्तिमा सार्वजनिक विदा दिन माग गरेको छ। माघे संक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले सार्वजनिक विदाको माग गरेको हो। माघ १ र २ गते काठमाडौंको टुँडिखेलमा ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’समेत आयोजना गर्दैछ संघले। पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघे संक्रान्तिमा दिँदै आएको…
‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले यो वर्षको ओस्कर (एकेडेमी) अवार्ड्सको मनोनयन सूची सार्वजनिक गरेको छ। ९२ औँ संस्करणको ओस्करमा फिल्म ‘जोकर’ सबैभन्दा धेरै ११ विधामा मनोनयन भएको छ। ‘जोकर’ ‘बेस्ट पिक्चर’, ‘बेस्ट डिरेक्टर’ तथा अभिनेता जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’को लागि मनोनयनमा परेका हुन्। त्यस्तै ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो ब्यान्डेरास, ‘वन्स अपअन अ टाइम इन हलिउड’बाट लियोनार्दो डिकाप्रियो,…
काठमाडौं : एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट एक युवकलाई नियन्त्रणमा लिएको छ। समातिएका युवा एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलपामा संलग्न भएको प्रहरीको दावी छ। युवकले भने अभियोग स्वीकार नगरेको प्रहरी स्रोतले बताएको छ। ती युवकले बसभित्र नै हस्तमैथुन गरेर युवतीको कपालमा फ्याँलेको भिडिओ भाइरल भएको थियो।…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा अंकतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले आठौं स्थानमा रहेको संकटा क्लबसँग खेल्नेछ। त्रिभुवन आर्मी क्लब पाँच खेल खेलेर ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जितेको खण्डमा आर्मीलाई तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ। अहिले शीर्षस्थानमा रहेको मछिन्द्रको…
पाकिस्तानको अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको छ। लाहोरको उच्च अदालतले मुशर्रफलाई सुनाइएको अदालतको फैसला अवैधानिक भएको फैसला गरेको हो। देश द्रोहको मुद्दामा पूर्वजनरल समेत रहेका मुशर्रफलाई डिसेम्बर १७ मा इस्लामाबादको विषेश अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। मृत्यु दण्डको फैसलाविरूद्धको सुनुवाइमा देशद्रोहको मुद्दा कानुन बमोजिम नभएको फैसला सुनाइएको हो। यसअघि मुशरर्फविरुद्ध उक्त मुद्दा चलाउन गठन भएको विशेष…
काठमाडौं : दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्वन्धी विवादको सुनुवाइ गर्दै सर्वोच्च अदालतले निजी क्षेत्रका कम्पनीहरुलाई दोषी ठहर गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले शंकर अक्सिजन ग्यास प्रालि, एआइटी प्रालि र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई दोषी ठहर गरेको हो। त्यस्तै अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई पनि दोषी ठहर्याएको छ। उसको पक्षमा…
काठमाडौं : आइतवार प्रदेश सभा ३ ले आफ्नो नाम र राजधानी मतदान गरी तोक्यो। यससँगै प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा भएको छ। राजधानी हेटौंडा भएकोमा र प्रदेशको नाम वाग्मती भएकोमा कतिपयले असन्तुष्टि जनाउँदै आएका छन्। मुख्यत: विवेकशील साझाले धुलिखेललाई राजधानी बनाउन माग गरेको थियो। यद्यपि, यसको पक्षमा तीन मतमात्र पर्यो। यता प्रदेशको नाममा वाग्मती विरुद्ध कसैले मतदान…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लब र एपिएफ गोलरहित बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल र विभागिय टोली एपिएफ गोलरहित बराबरीमा रोकिएका हुन्। खेलअवधि भर च्यासल हावी भए पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन। खेलको २२ औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले हेडिङमा पाएको गोल गर्ने अवसरबाट चुकेका थिए। त्यस्तै…
काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। नयाँ दिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए। काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि…